स्याङ्जा, ६ साउन । ४१औँ विपि स्मृति दिवसका अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांगे्रस जिल्ला समिति, विभिन्न पालिकास्तरीय समिति र पार्टीको भातृ संघसंगठनहरुले बृक्षारोपण सहित विभिन्न कार्यक्रम गरी विपि स्मृति दिवस मनाएका हुन । पुतलीबजार नगरपालिका १ चौकी स्थित वीपी चोकमा राखिएको विपिको शालिकमा माल्यापण र बृक्षारोपण गरिएको छ । नेपाली कांगे्रस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजना गरिएको कार्यक्रममा स्याङ्जामा रहेको विपिको शालिकमा माल्र्यापण र पुतलीबजार नगरपालिका वडा नं.४ मा रहेको भाुलपहाडमा बृक्षारोपण गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं जिल्ला सभापति राजु थापाले महामानव विपि कोईरालाले प्रतिपादन गर्नुभएका निति र सिद्धान्तलाई अबलम्बन गर्दै नेपाली कांगे्रस अगाडि…
Author: Syangja Sandesh
स्याङ्जा ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संस्थापक विपी कोइरालाको ४१ औ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि सं १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिनु भएका वीपीको २०३९ साल साउन ६ गते अर्थात् आजकै दिन निधन भएको थियो । उहालाई घाँटीको क्यान्सर थियो । २०१५ सालमा भएको आमनिर्वाचनमा बहुमत ल्याएपछि उहा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकारलाई बर्खास्त गरेपछि भारतमा निर्वासित वीपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो । सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी वीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी हुनुहुन्थ्यो । उत्पीडन,…
स्याङ्जा ५ साउन । गल्याङ नगरपालिकामा पनि ड्रागन फलको उत्पादन राम्रो देखिएको छ । गल्याङ् नगरपालिका ३ लल्याङ् निवासी हुमनाथ भट्टराईले २ वर्षमै ड्रागन फल फलाएर राम्रो उत्पादन लिन सकिने पुष्टि गर्नुभएको हो । उहाले दुई वर्षअघि आफैंले धान, मकै उब्जाउँदै आएको ६ रोपनी जग्गामा ड्रागन खेती सुरु गर्नुभएको थियो । सूर्योदय कृषि तथा पशुपालन फर्म मार्फत उहाले ड्रागन खेती गरेको जानकारी दिनुभयो । पहिलो बषृमै उहाले ६ सय विरुवा लगाउनु भएको थियो । ड्रागनका लागि सर्पोर्ट चाहिने हुँदा उहाले एक सय ५० वटा पिलर समेत बनाउनुभयो । सोही पिलरमा अहिले ड्रागनका फल राताम्यै भएर झुलिरहेका छन् । यातायात व्यवसायी…
स्याङ्जा ५ साउन । वालिङ्मा एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ गरिएको छ । अखिल नेपाल विद्यार्थी युनियन वालिङले विद्यार्थीलाई सम्मान एवम् करियर काउन्सिलिङ गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका उपाध्यक्ष मोहन रेग्मीले प्रतिस्पर्धामा पहिलो बन्ने प्रयास गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका विधायन समितिका पूर्व सभापतिसमेत रहनुभएका रेग्मीले २१ औं शताव्दी टेक्नोलोजीको शताव्दी भएकाले विद्यार्थीहरुले समयको मागलाई बुझेर प्रतिस्पर्धामा अव्वल बन्नेगरी अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आ आफ्नो क्षमताका आधारमा विषय छनौट गरेर उच्च शिक्षा हासिल गर्न आग्रह गर्दै नेता रेग्मीले हामीले गन्तव्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने उल्लेख गर्नुभयो कार्यक्रममा एसइइमा उत्तीर्ण वालिङ क्षेत्रका…
धर्मराज भट्ट काठमाडौं, ५ साउन । सरकारले चालू आर्थिक वर्ष २०७९र८० मा ७६।६४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । १७ खर्ब ९३ अर्ब बजेट ल्याएको केन्द्र सरकारले भुक्तानी गर्ने समय सकिँदा असार २४ गतेसम्म १३ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । भुक्तानी गर्ने अन्तिम दिन मात्रै ४१ अर्ब रुपैयाँ भुक्तानी भएको छ । बजेटमा ११ खर्ब ८३ अर्ब रुपैयाँ चालु खर्च हुने अनुमान गरिएकोमा जम्मा १० खर्ब १ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत खर्च ३ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन भएकोमा २ खर्ब १०…
स्याङ्जा ४ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीले २२ बर्ष र १८ बर्षदेखि फरार २ जना प्रतिवादीलाई पक्राउगरी जेल चलान गरेको छ। कर्तब्य ज्यान मुद्धाका आरोपित भीरकोटका जमूना अर्याल २२ बर्षपछि पक्राउ परिन्। यसैगरी, सवारी ज्यान मुद्धाका आरोपित विरुवा गाउँपालिकाका दुर्गाबहादुर गुरुङ १८ बर्षपछि पक्राउ परेका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । गुरुङ्लाई २०६२ सालमा १ बर्ष ११ महिना ९ दिन कैद तोकिएको थियो भने अर्याललाई २०५८ सालमा ४ बर्ष ११ महिना १० दिन कैद तोकिएको थियो। अदालतबाट कैद सजाए तोकिएपछि फरार रहेका उनीहरु दुवै जनालाई प्रहरी टोलीले पक्राउगरी मंगलबार जिल्ला अदालत स्याङ्जा मार्फत कारागार शाखा चलान गरिएको…
स्याङ्जा २ साउन । जिल्ला अस्पताल स्याङ्जा प्रमुख बिहीन भएको १० महिना भएको छ। गण्डकी प्रदेश सरकार अन्र्तगत रहेको जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) नभएको झण्डै बर्ष दिन पुग्न थालेको हो । गएको कात्तिकमै मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको लम्जुङ् सरुवा भएर गएपछि अस्पताल प्रमुख बिहीन बनेको छ । अहिले यही अस्पतालमा कार्यरत वरिष्ट स्टाफ नर्स कृष्ण कार्कीले निमित्त प्रमुख भै नियमित कामकाज गर्दे आउनु भएको छ । अस्पताल प्रमुख र ३ जना मेडिकल अफिसर सहित २५ जनाको स्थायी दरबन्दी हो। प्रदेश र अस्पताल ब्यवस्थापन समिति सहितगरी यहाँ ७८ जना कार्यरत रहेकोमा असार मसान्तसंगै प्रदेश अन्र्तगतका १६ जना करारमा सेवारत…
स्याङ्जा २ साउन । भीरकोट नगरपालिका ७ स्थित लोलुंगाका पालिएको गाईमा लम्पी स्किन रोग देखिएको छ। केही महिनाअघि नै देशभरका केही जिल्लाका पशुहरुमा लम्पी स्किन रोग देखिदै आएका छन् । लोलुंगाका किसान लालप्रसाद कोईरालाले पाल्नुभएको गाईको बाच्छीमा लम्पी स्किन देखिएको हो। बँधुवा गाईलाई एक्कासी लम्की स्किन देखिएको हो । गोठमा रहेका २ गाई मध्ये एउटा गाईको शरीरभरि ििगर्खै गिर्खा आएको छ भने ज्वरो पनि आएको छ । यस्ता लक्षण देखिएपछि अहिले प्राविधिकहरुले लालप्रसादको घरमै पुगेर आवश्यक औषधी दिएका छन् भने लम्पी स्किन देखिएको गाईलाई छुट्टै राखिएको छ। लम्पी स्किन सरुवा रोग हो । यसका उपचारका लागि लम्पी स्किन बिरुद्धको खोप…
स्याङ्जा ३० असार । स्याङ्जाका नेवार समुदायले शनिवार गाठेमंगल जात्रा मनाएका छन्। पुतलीबजार नगरपालिका १ प्रगतीनगर स्थित झिगु प्रगती नेवा छे को सक्रियतामा गाठेमंगल जात्रा प्रर्दशनी गरिएको हो । यहाँका नेवार समुदायले घर तथा समाज शान्तिको कामना गर्दै पूजाआजा गरी गाठेमंगल जात्रा सुरु गरेका हुन्। बाजागाजा सहित गीत गाउदै जात्राले नगर परिक्रमागरी नजिकको नदी तथा खोलामा लगेर जलाइएको छ । बिशेषतः नेवार समुदायले आजको जात्राबाट आफ्ना घर तथा परिवारको सुखशान्ति प्राप्ति होस भन्दै नराम्रा मन, भावनालाई भूतप्रेत संझी भगाउने र आगोमा दहन गर्ने मुख्य उदेश्य रहेको झिगु प्रगती नेवा छे का अध्यक्ष राजेन्द्र श्रैष्ठले जानकारी दिनुभयो । पराल, छवाली, काठ,…
स्याङ्जा २९ असार । वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न शुरु गरेको छ । ‘इएफटी’ सेवा सुरु भएपछि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइनेछ । आर्थिक वर्ष २०७९÷०८० मा चौँथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता इएफटी प्रणाली मार्फत वितरण गरिएको हो । यसअघि चालु आर्थिक वर्षको पहिलो, दोस्रो, तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता चेक मार्फत दिईएको थियो । वालिङ नगरपालिकामा ७ हजार २८ जना लाभाग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । जसमा अन्य जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ४ हजार १७८ जना, दलित जेष्ठ नागरिक भत्ता…
स्याङ्जा २९ असार । अर्जुनचौपारीमा गाउँपालिका १ स्थित सहेले फाँटमा निर्मित हेलिप्याड पालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाको आर्थिक तथा आँधीखोला ब्यारेक स्थित समरजीत गुल्मको प्राबिधिक तथा श्रमदानमा निर्मित सो हेलिप्याड गुल्मपति हरिप्रसाद भट्टराईले गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई शुक्रवार पालिकामा आयोजित कार्यक्रम मार्फत हस्तान्तरण गर्नुभएको हो । बहुउपयोगी सेवाप्राप्तिका लागि निर्माण गरिएको हेलिप्याडले विपद र आपत्तीका बेला झनै सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरेले बताउनुभयो । प्रजिअका अनुसार, जोखिमका बेला उद्धारमा सहयोग पु¥याउने मुख्य उदेश्य लिएर गरिएका सहकार्यले पालिकाबासी र सुरक्षाकर्मीबीचको सम्बन्ध बढाएको छ । जेठ १ गतेदेखि दैनिक २० जनाले सुरु गरिएको निर्माण कार्यले १५ दिनमा सम्पन्न भएको…
काठमाडौं २७ असार । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु की पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान साढे ८ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा दाहालको निधन भएको नर्भिक अस्पतालले जनाएको छ। डा। युवराज शर्माले विज्ञप्ति जारी गर्दै ६९ वर्षीया दाहालको निधन भएको जानकारी दिनुभयो । स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको हो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुग्नु भएको थियो । उहामा पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुका साथै मधुमेह, उच्च रक्तचाप समेत थियो। उपचारको लागि यसअघि उहालाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको…
काठमाण्डौ २६ असार । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र एक जनाको शरीरका टुक्रा भेटिएको उहाँले बताउनुभयो । सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामोजुरा क्षेत्रमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा एक जना पाइलट र पाँच जना यात्रु रहेका थिए । पाइलट नेपाली नागरिक हुन् भने यात्रु सबै मेक्सिकोका नागरिक रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । यात्रुमध्ये तीन जना महिला र दुई जना पुरुष थिए ।…
स्याङ्जा २६ असार । स्याङ्जामा पनि कानून विषयको पढाइ सुरु भएको छ। पुतलीबजार नगरपालिका(१ मालेबगरस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका कानून विषयको पढाइ सुरु भएको हो। केही दिनअघि मात्र एसईईको नजिता सार्वजनिक भएसँगै क्याम्पसले पनि नयाँ भर्ना सुरु गरेको छ। यो कानून विषयमा अध्ययन गराउने जिल्लामै पहिलो सामुदायिक क्याम्पस हो। कानून विषय पढ्न चाहने विद्यार्थीलाई आफ्नै गाउँघर जिल्लामै सहज रूपमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले कक्षा ११ मा कानून विषयको पढाइ सुरु गरेको क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले जानकारी दिनुभयो । प्रमुख सिग्देलका अनुसार, ‘कानून सबैले जान्नु पर्ने विषय हो। र, कानूनको अज्ञानता क्षम्य हुँदैन।’ क्याम्पसमा कक्षा ११ देखि स्तातकोत्तर तहसम्मको पढाइ…
स्याङ्जा २६ असार । पुतलीबजार नगरपालिकाले बिद्युत्तीय घर नक्सा पास प्रणाली सम्बन्धी तालिम सुरु गरेको छ । नव प्रवद्र्धन साझेदारी कोष कार्यक्रम अन्र्तगत बिद्युतीय घर नक्सा प्रणाली सम्बन्धी तालिम सहित अभिमूखीकरण कार्यक्रम गरिएको हो । चार दिने कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नगरबासीका सहजताका लागि पालिकाले बिद्युत्तीय प्रणालीबाट नक्सा पास गर्ने काम सुरु गरेको जानकारी दिनुभयो । उहाले सूचना र प्रबिधिको उपयोग गर्दै नगरपालिकाले आम नागरिकलाई छिटो, छरितो सेवा उपलब्ध गराउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्यालले बिद्युत्तीय नक्सा पास प्रणालीका बारेमा जानकारी गराउनुभयो । उहाले दुइ चरणमा दिईने तालिमा पहिलो चरणका दुई दिन जनप्रतिनिधि, वडा…