स्याङ्जा २५ साउन । वालिङ नगरपालिकाका विभिन्न विद्यालयहरुमा समेत आँखा पाक्ने रोग देखिएको भन्दै वालिङका विद्यालयहरु ४ दिनसम्म बन्द गरिएको छ । आँखा पाक्ने रोग संक्रामक भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुँदा ४ दिनसम्म विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरु ४ दिनसम बन्द रहने जनाएको हो । यो रोग संक्रमक रहेकाले धेरै मानिसहरुको भिडभाडमा सजिलै सर्न सक्ने र धेरै संख्यामा यसको संक्रमण हुने भएकाले ४ दिन वालिङका विद्यालय बन्द गरिएको नगरप्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । यो विदा अन्य विदाबाट कट्टी गरिने भएकाले विद्यार्थीको कोर्षमा कुनै…
Author: Syangja Sandesh
स्याङ्जा २५ साउन । भोली शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) मा स्याङ्जाका एक हजार ९६२ सहभागी हुने भएका छन्। शुक्रबार र शनिबार हुने परीक्षाका लागि सदरमुकामस्थित पुतलीबजार र वालिङ नगरपालिकामा परीक्षा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय अधिकारी विश्वराज आचार्यले जानकारी दिनुभयो । ‘यस वर्ष आँखा पाक्ने रोगको संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ भने, अर्कोतर्फ, टाढा टाढाबाट परीक्षा दिन आउने परीक्षार्थीलाई सदरमुकामसम्म आउन कठिनाइ देखिएकाले दुई पालिकामा केन्द्र तोकेका उहाले जानकारी दिनुभयो । यसअघिका परीक्षा भने पुतलीबजारमा मात्र हुने गर्थ्यो । यसपटक माथिल्ला भेगका पालिकाहरू फेदिखोला, आँधीखोला, पुतलीबजार, भीरकोट, अर्जुनचौपारी, बिरुवा, हरिनासका विद्यार्थी पुतलीबजारमा परीक्षा केन्द्र…
स्याङ्जा २४ साउन । वालिङ नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु भएको छ । नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवाविभाग र वालिङ नगरपालिकाको बीचमा हस्ताक्षर भएसँगै कार्यक्रम सुरु भएको हो ।नागरिकको स्वास्थ्यलाई सबल बनाउन नगरपालिकाले वृहत कार्यक्रम सुरु गरेको जनाएको छ । नसर्ने रोगहरुले धेरैको मृत्यु भएको पछिल्लो समयमा नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी चेतना फैलाउन यस कार्यक्रम सार्थक हुने छ । हस्ताक्षर कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नगरको विकासको लागि नागरिकको स्वास्थ्य सबल हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य सबलताको लागि नर्सिङ घरदैलो कार्यक्रम सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘नगर समृद्धिको लागिहामीले कार्यकालको बाँकी समयमा अर्थपूर्ण र प्रभावकारी कार्यक्रमलागू गर्दै जनप्रतिनिधिको दायित्वबाट…
स्याङ्जा २३ साउन । स्याङ्जा स्थित कृषि र पशुका क्षेत्रमा कार्यरत ५ वटा कार्यालयले संयुक्तरुपमा मंगलार आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक कार्यक्रम सार्वजनिकरण गरेको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु रोग विज्ञ केन्द्र, कृषि विकास स्रोत केन्द्र, मत्स्य विकास केन्द्र र कृषि सामाग्री लिमिटेड स्याङ्जाले आ आफना कार्यक्रम सार्वजनिकरण गरेका हुन् । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश कृषि तथा भूमिब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले किसानलाई उत्पादनका आधारमा अनुदान दिने ब्यवस्था गरिने बताउनुभयो । मन्त्री जिसीले स्याङ्जा कृषि र पशुका लागि अत्यन्त उर्वर क्षेत्र रहेकाले यहाँका किसानलाई थप प्रोत्साहितगरी ब्यवसायिकरणमा जोड दिनेगरी बिबिध योजनाहरु संचालन…
पोखरा २२ साउन । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले सो निर्देशन दिनुभएको हो । जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिर्फर गर्ने र गण्डकी प्रदेश भन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाइ समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिनुभयो । उहाले आयुर्वेद औषाधालयलाई पनि संगसंगै विकास गरेर काम गर्ने योजना सुनाउनुभयो । प्रदेशका बिरामीलाई प्रदेश भित्र नै उपचार गर्ने वातावरण बनाउने…
स्याङ्जा २२ साउन । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले आधारभूत स्वास्थ्य सेवा सबै जनताको घर दैलोमा पु¥याउने प्रतिबन्धता ब्यक्त गर्नुभएको छ । वडा नं.११ जिमुहा स्थित जिमुहा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको समुद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । उहाले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्दै विशेषज्ञ सेवा सहितको आँखा र दाँतको उपचार, बर्थिङ सेन्टर सञ्चालन गरेर स्वास्थ्यका सबैखाले सेवालाई प्रभावकारी रुपमा जनताको घर घरमा पु¥याउने अभियानका साथ आफू लागेको कुरा बताउनु भयो । कसरी हुन्छ गल्याङ नगरबासीलाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा सुविधा दिन सकिन्छ भन्ने पक्षमा आफू नगर प्रमुखमा निर्वाचीत भएर आए पछि ग्रामिण क्षेत्रका जनतालाई…
स्याङ्जा २२ साउन । नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाले विबादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेको छ । स्याङ्जामा जिल्ला प्रशासन कार्यालय अगाडि शान्तीपुर्ण धर्ना सहित समितिले प्रशासन मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दे शान्तिपुर्ण रुपमा प्रर्दशन गरिरहेका माथि भएको प्रहरी दमन र ज्याजती विरुद्ध शान्तीपुर्ण प्रर्दशनी सहित ज्ञापन पत्र बुझाएको मगर संघले जनाएको छ । जातिय सदभावमा खलल पु¥याउने गरी गुल्मीको रेसुंगा नगरपालिका ६ स्थायी ठेगाना भएको काठमाडौ बस्दै आउनुभएको अधिवक्ता पाण्डेले एक टेलिभिजन वार्तामा तामाङ र मगर जातिमा दाजुबहिनी बीचमा विवाह हुने गरेको र…
स्याङ्जा २० साउन । नेपाली काँग्रेस, स्याङ्जाका तत्कालीन पार्टी सभापति एवम् संविधानसभा सदस्य .कमल प्रसाद पंगेनीको पाचौं स्मृति दिवसमा नेपाली काँग्रेस पुतलीबजार नगर कार्यसमिति, स्याङ्जाले स्याङ्जा बजार स्थित सहिदचोकमा स्मरणसभा तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख बक्ताको रूपमा प्रजातन्त्र सेनानी बिश्वप्रेम अधिकारीले स्व.कमल प्रसाद पंगेनीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्लोलन र पार्टि संठठनका पुर्याउनु भएको योगदानका कारण वहाँ काँग्रेसको मात्र नेता नभएर सबैको साझा नेता भएको कुरा बताउनु भयो । कार्यक्रममा पूर्वमन्त्री मेखलाल श्रेष्ठ, पूर्वसांसद भागवतप्रकाश मल्ल, नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल लगायत गण्डकी प्रदेश कार्यसमिति सदस्यहरू, महासमिति सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू,…
स्याङ्जा २० साउन । नेपाल बिद्यार्थी संघले पुतलीबजार नगर कार्यसमितिले यसबर्ष एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तिर्ण बिद्यार्थीलाई करियर काउन्सिलिङ् सहित सम्मान गरेको छ । एसइई उत्तीर्ण बिद्यार्थीका रुची र क्षमता अनुरुपका बिषय अध्ययनका लागि सहजीकरण गर्ने उदेश्यले करियर काउन्सिलिङ् कार्यक्रम आयोजना गरिएको हो । सम्मान सहितको कार्यक्रममा बोल्दै कांग्रेसका क्षेत्रीय सभापति एवं नगर प्रमुख तुलसीराम रेग्मीले सबै बिद्यार्थीलाई अध्ययनले नै मानिसलाई असल बनाउने जनाउदै एसइइपछिको यस्ता कार्यक्रमले बिद्यार्थीलाई आफनो अध्ययनको मार्ग खुलाउने बताउनु भयो । उहाले कसैका दवाव र प्रभावमा नपरीकन आफना क्षमता र रुचीलाई ध्यान दिदै शिक्षा आर्जन गर्न समेत सुझाव दिनुभयो । उहाले एसइइ उत्तीर्ण बिद्यार्थीलाई बधाई सहितको…
स्याङ्जा २० साउन । नेपाल विद्यार्थी संघ भीरकोटले २०७९ सालको एसईईमा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले अनुशासित र जिम्मेवार भएर अध्ययनलाई प्राथमिकता दिन अनुरोध गनुभयो । कर्तव्यनिष्ट भएमा मात्र सहज रूपमा जिवनमा सफलता प्राप्त गर्न सकिने बताउँदै नगर प्रमुख कर्माचार्यले समाज र देशलाई योगदान दिन सक्ने गरि अध्ययनमा जुट्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो । शनिबार सम्राट सदनमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा निवर्तमान नगर प्रमुख छायाराम खनाल, महिला नेतृ सुनिता उच्चै ठकुरी, नेपाली काँग्रेस भीरकोटका सभापती यामप्रसाद अधिकारी (लक्ष्मण), युवा नेता सुनिलबाबु चापागाईं लगायतका व्यक्तित्वहरूले एसईई उतिर्ण विद्यार्थीहरूलाई शुभकामना एवं बधाई दिनुभएको…
स्याङ्जा २० साउन । तत्कालिन संबिधानसभा सदसय एवं नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पङ्गेनी पाँचौ स्मृति सभा गरिएको छ । नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिको आयोजनामा बयरघारीमा शनिवार स्मृति सभा गरिएको हो । स्मृती सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति पुर्व मन्त्री मेखलाल श्रेष्ठले संगठन र विकास निर्माणलाई प्राथमिकता दिन सकेमा मात्र विकासप्रेमी नेता पङ्गेनीप्रती सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । मृत्युपछि पङ्गेनीको गुणगान गाउनु भन्दा पनि उहांको इच्छा र चाहना अनुसार स्वच्छ, सुसंस्कृत , सभ्य, आत्मनिर्भर र समृद्ध समाजको निर्माण लाग्नुपर्ने श्रेष्ठको भनाई छ। सोही सभापमा पूर्वसांसद भागवतप्रकाश मल्लले पङ्गेनी एक कुशल राजनीतिक सहयात्री भएको स्मरण गर्दै…
स्याङ्जा २० साउन । घर बहाल सरोकार संघ स्याङ्जा गठन भएको छ । डा. वसन्त पंगेनीको अध्यक्षतामा ११ सदस्यीय घर बहाल सरोकार संघ जिल्ला समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्ष देबी अधिकारी , उपाध्यक्ष मीन प्रसाद अर्याल, सचीव अच्युत पोख्रेल, कोषध्याक्ष गिता थापा र सदस्यमा शम्भु अर्याल , हुमकान्त पाठक , अनन्तराज मरासिनीलाई चयन गरिएको हो । घर बहाल सरोकार महांघका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेल, कास्कीका अध्यक्ष कमलप्रसाद न्यौपाने, गण्डकी प्रदेश तथा स्याङ्जा चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, सदस्य तथा शितल केसी लगायतले घर बहाल सरोकार सम्बन्धी आ आफना धारणा सहितको मन्तब्य ब्यक्त गर्नुभएको थियो । स्याङ्जा चेम्बर…
स्याङ्जा १९ साउन । पुतलीबजार नगर स्तरीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यले सथप ग्रह गरेका छन्। पुतलीबजार नगरपालिका अन्र्तगतका प्रज्ञा प्रतिष्ठानका उपकुलपति सहित सदस्यहरुले शुक्रवार सपथ लिएका हुन्। नगरप्रमुख एवं प्रतिष्ठानका कुलपति तुलसीराम रेग्मीले उपकुलपति सहित २१ सदस्यलाई सथप गराउनुभएको हो ।भाषा, कला, साहित्य एवं संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्ने उदेश्यले दुई साताअघि नगरप्रमुख रेग्मीले उपकुलपति सहित १६ सदस्यीय समिति मनोनय गर्नुभएको थियो । समितिमा प्रमुख प्रशासकिय अधिकारी, कार्यपालिकाका २ सदस्य र शिक्षा शाखा प्रमुखलाई सदस्य सचिव पदेन रहनेगरी पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन २०८० बनेको छ। हालै सम्पन्न १३ औं नगरसभाले सो ऐन पारित गरेको थियो। नगरप्रमुख तुलसीराम रेग्मीले प्रज्ञाप्रतिष्ठान ऐन,…
स्याङ्जा १९ साउन । नेपाल बिद्यार्थी संघले पुतलीबजार नगर कार्यसमितिले यसबर्ष एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तिर्ण बिद्यार्थीलाई करियर काउन्सिलिङ् सहित सम्मान कार्यक्रम गर्ने भएको छ । एसइई उत्तीर्ण बिद्यार्थीका रुची र क्षमता अनुरुपका बिषय अध्ययनका लागि सहजीकरण गर्ने उदेश्यले शनिवार करियर काउन्सिलिङ् कार्यक्रम आयोजना गरिने भएको नेविसंघ नगर सभापति सबिन रेग्मीले जानकारी दिनुभयो । एसइई उत्तीर्ण सबै बिद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै सम्मान सहित बिषय बिज्ञ शिक्षकहरुद्धारा प्रशिक्षित गराईने भएको छ । पहिलो पटक हुन लागेको यस्ता कार्यक्रमले बिद्यार्थी आफैंले पनि आफनो क्षमता पहिचान गरी अघि बढ्न प्रेरित गर्ने बताईएको छ । सबै बिद्यार्थीका लागि आमन्त्रण गरिएको उहाँले भन्नुभयो ।
स्याङ्जा १८ साउन । हरियाली चापाकोट अभियानलाइ सहयोग गर्न रोटरी क्लब नक्साल शक्ति काठमाडौले चापाकोट वृक्षारोपण अभियानमा सहयोग गरेको छ । रोटरी क्लब नक्साल शक्ति काठमाडौको आयोजनामा चापाकोट नगरपालिका वडा न ९ सितलपार्क क्षेत्र भित्र आप,लिचि अमला,गुल्मर,कल्की पारिजात लगाएतका फलफुलको विरुवा रोपिएका हुन । नगर प्रमुख देवबहादुर खाणकोे नगरपालिकालाई फलफुलमा विशेष गरि आँप लिची कागती कटहर जस्ता फल र सडक किनारामा कल्की ,पारिजात, गुल्मर जस्ता फुलहरु रोपेर सुन्दर नगर बनाउने अभियानमा जुटिरहेका बेला रोटरी क्लवले ५ सय बिरुवा रोपेर सहयोग गर्ने उदेश्यबाट चापाकोट आएकोले खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो । नगर प्रमुख खाणले हामीलाई सामाजिक सस्था र स्थानीय नागरिकको सहयोगमा…