Author: Syangja Sandesh

स्याङ्जा, ३० साउन । स्याङ्जा रेडियो तथा स्याङ्जा टेलिभिजनका अध्यक्ष एवं राजनितीकर्मी ध्रुबबन्धु पौडेलले आफ्नो जन्मदिन पाणिनी आश्रम गुरुकुलमा मनाउनु भएको छ । पुतलीबजार नगरपालिका १४ लामागे स्थित पाणिनी आश्रम तथा गुरुकुलममा मनाउनुभएको हो । आश्रमको संस्थापक एवं कार्यसमिति सदस्य ंसमेत रहनुभएका पौडेलले बटुक एवं गुरुहरुलाई भोजन तथा फलफूल वितरण गरेर जन्मदिन मनाउनुभएको हो । सोही अवसरमा पौडेलले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एक विद्यार्थी एक संरक्षकको पनि सुरुवात गर्नुभएको छ । जसअनुसार आश्रममा रहेर अध्ययन गर्ने समयावधिसम्म एक जना बटुकको खाद्यान्न सहितको पढाईको जिम्मेवारी वहन गर्दा लाग्ने रकम आफुले खर्चिने घोषणा गर्दै उहाले आश्रमका संरक्षक १००८ स्वामी ईश्वरानन्द ज्यू लाई…

Read More

स्याङ्जा, ३० साउन । मित्र राष्ट्र भारतको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा अन्र्तक्रिया सम्पन्न भएको छ । नेपाल भारत मैत्रि संघ जिल्ला साखा स्याङ्जाको आयोजनामा भारतको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा मंगलबार वालिङमा अन्र्तक्रिया तथा आजिवन सदस्यहरुलाई सम्मान एवं प्रमाणपत्र वितरण कायक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघका सल्लाहकार तथा पुर्व मेयर दिलिपप्रताप खांणले नेपाल भारतको सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल र भारतको धार्मिक, सांस्कृतिक व्यापारिक पक्षहरुमा समानता रहेको बताउनुभयो । कार्यक्रममा पुर्व मेयर खांणले नेपालभारतको इतिहासिदेखि वर्तमान सम्बन्धका बारेमा सहजीकरण समेत गर्नुभएको थियो । कार्यक्रममा संघका सल्लाहकार जिवलाल काफ्लेले मित्र राष्ट भारतले नेपाललाई सदियौँदेखि गर्दै आएको आर्थिक, सामाजिक, सांस्कृतिक सहयोगका कारेमा…

Read More

स्याङ्जा ३० साउन । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमिति स्याङ्जाको आयोजना आन्तरिक बिशेष अभियान अन्तरगत कार्यक्रम सम्पन्न भएका छन् । पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस मुख्यालयमा आयोजित अभियानको उदघाटन गर्दै गण्डकी प्रदेश सदस्य बिनाकुमारी श्रेष्ठले आन्तरिक बिशेष अभियानका बारेमा जानकारी गराउनु भएको थियो । उहाले नेपाली कांग्रेसले निकै कहाली लाग्दा समयसंग जुध्दै बनाएको इतिहास र विरासत जोगाउदै यहाँसम्म आइपुगेको बताउनुभयो । आम नागरिकका स्तन्त्रताका निम्ति राणा र निरंकुश पञ्चयती शासन बिरुद्ध आन्दोलन छेडेको कांग्रेस पार्टीको संरक्षण र सम्बद्र्धनका लागि तपाई हामी नेता तथा कार्यकर्ता एक ठाउँमा उभिई आममानिसका आवश्यकता परिपूर्तिका निम्ति निती तया योजना बनाएर अघि बढ्नु पर्नेमा उहाले जोड…

Read More

स्याङ्जा २८ साउन । स्याङ्जा जिल्ला क्रिकेट संघको तेस्रो जिल्ला अधिवेशनले पुनः दिवाकर थापाको अधयक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा विनोद कार्की, सचिवान शोनेय तिवारी, कोषाध्यक्षमा अनुपम मरासिनी निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा जगतबहादुर टमाटा, नारायणप्रसाद तिवारी, लालबहादुर गुरुङ, अभिषेक ढकाल, रागिस श्रेष्ठ, सन्देश थापा, किशोर थापा, बिन्दु खत्री, बिद्यादेवी भट्टराई, टोपबहादुर राना, राकेश थापा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत युगनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा २८ साउन । आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि स्याङ्जा ४ वटा नगरपालिकाले बिद्यालयका पठनपाठनका कार्य बन्द गर्ने सूचित गराएका छन्। ती पालिका अन्र्तगतका सामुदायिक तथा संस्थागततर्फका बिद्यालय बन्द गरिएका हुन्। केही दिनदेखि आँखा पाक्ने रोग देखिएपछि पुतलीबजार, भीरकोट र गल्याङ् नगरपालिकाले थप संक्रमण फैलिन नदिनका लागि भन्दै ४ देखि ६ दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। वालिङ नगरपालिकाले भने यसअघि नै बन्द गरिसकेको छ। सिद्धार्थ राजमार्गका दाँयाबाँया पर्ने यी पालिकाले बिद्यालय बन्द गराएका हुन। ग्रामिण क्षेत्रमा भन्दा बजार क्षेत्रका पालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण बढी देखिएको छ। बिद्यार्थीका पढाईमा असर नपर्नेगरी हिउँदे तथा बर्षे बिदामा…

Read More

स्याङ्जा, २८ साउन । घरेलू तथा पर्यटन कार्यालय स्याङ्जाबाट प्रवाह हुने सेवा सम्बन्धमा व्यवसायीहरुबीच छलफल तथा अन्र्तक्रिया वालिङमा भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा शनिबार छलफल तथा अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालले कार्यालयले घरेलु तथा पर्यटन कार्यालयमा व्यवसायीक फर्म दर्ता, नवीकरण लगायतका विषयमा व्यापारी तथा व्यवसायीहरुलाई प्रकाश पार्नुभयो । समयमै आफ्ना व्यापारीक फर्महरुको नवीकरण तथा दर्ता गर्न आग्रह गर्दै प्रमुख ढकालले कार्यालयले घरेलु तथा पर्यटन उद्योगमा पनि आफ्नो फर्म दर्ता तथा समय समयमा नविकरण गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यालयका कम्प्युटर अपरेटर कृष्ण लम्सालले समयमै नविकरण नगरेमा लाग्ने जरीवानाको विषयमा सहजीकरण गर्नुभएको थियोे…

Read More

स्याङ्जा, २८ साउन । अर्जुनचौपारी गाउँपालिकाका माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उतिर्ण विद्यार्थीलाई नेपाल विद्यार्थी संघ अर्जुनचौपारिले बधाई सहित सम्मान गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश सदस्य रामचन्द्र पौडेलले सहभागी बिद्यार्थीलाई बधाई एवं सम्मान ब्यक्त गर्दै असल बन्नका लागि अध्ययनमा लगाव हुनुपर्ने बताउनुभयो । ब्यवहारिक र प्राबिधिक शिक्षा आजको आवश्यकता रहेको जनाउदै बिद्यार्थी यसतर्फ रुची बढाउनसमेत सुझाव दिनुभयो । नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिका सभापति बिष्णुप्रसाद काफले, जिल्ला सदस्य बोधनारायण रेग्मी, महिला संघ केन्द्रिय सदस्य माया केसी, नेपाल बिद्यार्थी संघ केन्द्रिय सदस्य सुनिल चापागाई, पूर्व केन्द्रिय सदस्य प्रताप पौडेल, कांग्रेस नेताहरु भिम रोका, क्षेत्रबहादुर रोका, शालिकराम काफले, केशव चापागाई…

Read More

स्याङ्जा, २८ साउन । भीरकोट नगरपालिकामा महिला तथा बालबालिका र विछडिएका वर्गको उत्थानका क्षेत्रमा काम गर्ने उदेश्यले नगयुग नामक संस्था स्थापना गरिएको छ । भीरकोटको बयरघारीमा महिला तथा बालबालिका र पिछडिएका वर्गको उत्थानका लागी नवयुग भीरकोट संस्थाको स्थापना गरिएको हो । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने, बालमैत्रि भीरकोटको कार्यान्वयनका लागी बालसहभागितामा जोड दिने, पछडिएका वर्गलाई मुल प्रवाहमा ल्याउने, बृद्धबृद्धा र आपंगाता भएकाहरुको जिवनलाई सरल र सहज बनाउने उद्देश्यले संस्थाको स्थापना गरिएको संस्थाकी अध्यक्ष सुनिता उच्चै ठकुरीले जानकारी दिनुभयो । महिलाहरुलाई आर्थिक उपार्जनसंग जोड्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागी यो संस्थाले वडा, स्थानीय तह तथा सरोकारवालासंग समन्वय गरी सिपमुलक तालिम…

Read More

पोखरा, २८ साउन । नेवाः खलः कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे निर्वाचित हुनु भएको छ ।पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सर्वसम्मत निर्वाचित हुनुभएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ र प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी निर्वाचित हुनुभएको छ । बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि अध्यक्षले क्लष्टर अनुरुप सदस्यहरुमा संगीता बज्राचार्य, विनित जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, शुसिल गोशली र गोपाल बाटाजुलाई मनोनित गर्नुभएको छ ।समितिमा पदाधिकारी सहित सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु समेत मनोनित गरिएको छ । यस्तै संस्थागततर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी रहनु भएको छ…

Read More

स्याङ्जा २७ साउन । गण्डकी प्रदेश सांसद सुधिर पौडेलले स्याङ्जालाई क्रिकेट खेलबाट चिनाउनु पर्ने बताउनु भएको छ । छोटो समयमा संघले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराई सफलता प्राप्त गरेकोमा उहाले खुशी ब्यक्त गर्नुभयो । स्याङ्जा जिल्ला क्रिकेट संघको तेस्रो जिल्ला अधिवेशन तथा साधारणसभाको शनिवार उदघाटन गर्दै उहाले स्याङ्जामा अन्य धेरै खेलहरु खेलिने भएता पनि क्रिकेटलाई प्राथमिकतामा राखेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो । एक वडा एक खेल मैदान आजको आवश्यकता रहेको जनाउदै खेलका माध्यमबाट शारिरीक एवं मानसिक तन्दुरुष्टीका लागि स्थानीय पालिकाहरुले खेलकूद तथा शारिरीक ब्यायामका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।सांसद पौडेलले क्रिकेटका लागि आवश्यक…

Read More

काठमाडौँ २७ साउन। मदन पुरस्कार २०७९ का लागि पाँच वटा पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले ३१३ मध्ये उत्कृष्ट छनोट भएका पाँच पुस्तक सार्वजनिक गरेको छ। विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो। मदन पुरस्कार गुठीले वि.सं।.२०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दश वटाको श्रेष्ठ सूची सार्वजनिक गर्ने गरेको छ। मदन पुरस्कार २०७९ का लागि छनौटमा परेका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको…

Read More

स्याङ्जा २६ साउन । आँधीखोला गाउँपालिका १ स्थित त्रिसहित नमूना माध्यमिक बिद्यालय पञ्चमूलमा नेपाल बिद्याथीं संघ इकाई कार्यसमिति चयन भएको छ । बिद्यालयमा आयोजित बिद्यार्थीहरुको भेलाले मिलन ढकाललाई सभापति चयन गरेका हुन् । समितिको उपसभापतिमा मिलन ढकाल र कुशल ढकाल, सचिवमा रेशम देवकोटा, सहसचिवमा वेलप्रसाद ढकाल, कोषाध्यक्षमा मेलिना ढकाल सहित ३५ सदस्यीय इकाई कार्यसमिति गठन भएको छ । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई एवं सम्मान ब्यक्त गर्दै नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय उपसभापति एवं कांग्रेस युवा नेता प्रेमराज पौडेल नेपाली कांग्रेसको मेरुदण्डका रुपमा रहेको नेविसंघ बलियो भए मात्र कांग्रेसले सफलता पाउने बताउनुभयो । कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पौडेलले…

Read More

स्याङ्जा २६ साउन । नेपाली कांग्रेस स्याङ्जाले ‘आन्तरिक बिशेष अभियान’ अन्तरगतको कार्यक्रम गल्याङ् स्थित वीपी स्मृतिसभामा सम्पन्न गरेको छ । नेपाली कांग्रेस स्याङ्जा कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति अन्र्तगत प्रदेश २ (१) र २ (२) कार्यसमितिको संयुक्त आयोजनामा आन्तरिक विशेष अभियान सहितको बैठक शुक्रवार गल्याङ् नगरपालिका स्थित क्षेत्रीय कार्यालयमा सम्पन्न भएको छ । कांग्रेस संगठन सृदृढीकरणमा जोड दिने उदेश्यले आन्तरिक बिशेष अभियान साउन २० गतेदेखि सुरु गरिएको हो ।अभियानको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सीतादेवी देवकोटाले मुलुकभर एकसाथ संचालन गरिएको यस अभियानको प्रभाव टोलटोलमा पुग्नु पर्ने बताउनुभयो । उहाँले अभियानबाट कार्यकर्ता जागरुक बनाउने र पार्टी सुदृढीकरणमा जोड…

Read More

स्याङ्जा २६ साउन । माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उतिर्ण विद्यार्थीलाई नेपाल विद्यार्थी संघ चापाकोट नगर कार्यसमितिले सम्मान गरेको छ । चापाकोट — ९ सिटिहलमा आयोजित कार्यक्रममा बिद्यार्थीलाई सम्मान सहित प्रशंसापत्र प्रदान गरेको हो । चापाकोट नगर प्रमुख देवबहादुर खाण (इस्वर)ले नेपाली काङ्ग्रेसको नर्सरी नेविसंघ जुनसुकै क्षेत्रमा अब्बल हुने गरि अध्ययन गर्न सुझाव दिनुभयो । नगर प्रमुख खाणले आफु नेविसंघमा काम गर्दै नेतृत्व गर्न सफल भएको बताउदै सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरू रहेको भन्दै जुनसुकै विषय पढे पनि चापाकोटका विद्यार्थी उत्कृष्ट हुनुपर्ने बताउनु भयो । काँग्रेस महाधिवेशन प्रतिनिधि रामचन्द्र पङेनी, शिक्षक संघ स्याङ्जा जिल्ला अध्यक्ष पशुपति पौडेल, नेपाली काङ्ग्रेस नगर…

Read More

स्याङ्जा २६ साउन । नेपाल बिद्यार्थी संघ स्याङ्जाले बिद्यालय स्तरीय इकाई कार्यसमिति विस्तार अभियान सुरु गरेको छ ।नेविसंघले पुतलीबजार नगरपालिकाबाट सो अभियान सुरु गरेको हो । संघले पुतलीबजार नगरपालिका १ स्याङ्जा बजार स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालय, वडा नं. ४ नौडाँडा स्थित सरस्वती माध्यमिक बिद्यालय र वडा नं. ७ ठूलाडिही स्थित जनता माध्यमिक बिद्यालयमागरी छुट्टाछुट्टै नेविसंघ इकाई कार्यसमिति गठन गरेको हो । त्रिभुवन माविमा संगम ढकाललाई सभापतिमा चयन गरी ५० सदस्यीय इकाई कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा शिशिर पोखरेल र स्वीकृति क्षत्री, सचिवमा सरस्वती नेपाली, सहसचिवमा कुसुम थापा, कोषाध्यक्षमा विकास सेन लगायत अन्य सदस्यहरु चयन गरिएको छ…

Read More