स्याङ्जा २२ भदौ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङमा पढाइ मेला सम्पन्नभएको छ । सहभागिले प्रदर्शनीमा राखिएका पुस्तकहरु अध्ययन गर्नुका साथै पढाइ र यसको महत्वकाबारे आफ्ना अनुभवहरु समेत साटासाट गरेका छन् । पुस्तक अध्ययनका साथै कक्षा एक देखि पाँच सम्म कोर्सको पढाइ भन्दाअन्य २५०० बाल पुस्तकअध्ययन गर्ने श्री राष्ट्रिय माध्यमिक विद्यालय वालिङकी छात्रा लुवीना लामालाई सम्मान समेत गरिएको थियो । दहथुम माध्यमिक विद्यालय भीरकोट बाट समेत सहभागीभई ५ जना विद्यार्थीहरुले बालकथा वाचन गरेका थिए । १५ जना बालबालिकाले बालकथा वाचन गर्नुभएको थियो । पुस्तक पढ्ने रर पढाउने कार्य पवित्रकार्य भएको र पुस्तक पढ्ने मेलाले यहाँको समुदायमा पुस्तक पढ्ने संस्कृतिमा टेवापुग्ने…
Author: Syangja Sandesh
स्याङजा २२ भदौ । गल्याङ नगरपालिकाद्वारा आयोजित ५७औ अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोह भब्य रुपमा सम्पन्न भएको छ । । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री तिवारीले बौद्धिक सक्षमताले भरिपूर्ण रहेको शिक्षकहरुको अगाडि आफू केही सिकाउन नभै आशिर्वाद लिन आएको बताउदै सबैप्रती श्रद्धा पूर्वक सम्मान ब्यक्त गर्नु भएको थियो उत्त अबसरमा उहाले यो बर्गको हातमा सभ्य समाज निर्माणको तागत रहेकोले आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्न अनुरिध समेत गर्नु भएको थियो । यसै अबसरमा नगर प्रमुख भट्टराईले अतिरिक्त कृयाकलापको माध्यमबाट बिद्यार्थीमा रहेको अन्तर निहित क्षमताको बिकास गरि उनीहरुमा सकारात्मक उर्जा भर्दै उत्साही बनाउदै शैक्षिक प्रगतिका लागि थप उत्प्रेरित गर्नु रहेको बताउनु भएको…
स्याङ्जा २१ भदौ । जनैपूर्णिमाका दिनदेखि मनाइने गाईजात्रा यसबर्ष सकिएका छन् । आज कृष्ण जात्रा मनाएसंगै सकिने भएका हुन् । जात्राहरु मध्ये अन्तिम दिन देखाइने बाघजात्रामा दर्शकहरुको भब्य उपस्थिती देखियो । अन्य जात्राहरुका तुलनामा बाघ जात्रा खर्चिलो पनि हुन्छ । यसजात्रामा धेरै मानिसहरुको पनि सहभागिता आवश्यक रहन्छ । नेवार समुदायले जनैपूर्णिमाका दिनदेखि सुरु गरेको जात्राहरुमा क्रमशः लाखेनाँच, गाई जात्रा, रोपाईं जात्रा, तायमाचा, छोकडा, बाघजात्रा, जोगीजात्रा पर्दछन्। यी जात्राहरु मध्ये आज कृष्ण जात्रा हुने भएको झिंगु नेवा छे प्रगतीनगर स्याङ्जाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजारमा नेवाः खल स्याङ्जा अन्र्तगत गाइजात्रा नाँच समिति र झिंगु नेवा छें…
स्याङ्जा २१ भदौ । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप सातै प्रदेशका सङ्घीय अस्पतालहरूबाट लगाउन सुरु गरिने भएको छ । यो खोप भदौ २७ गतेबाट १० देखि १४ वर्ष उमेरका किशोरीलाई दिइने स्वास्थ्य तथा जनजङ्ख्या मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका लागि काठमाडौँको परोपकार प्रसूति अस्पताल, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा पाठेघरको क्यान्सरविरूद्धको २० हजार भाइल एचपीभी खोप पठाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । पाठेघरको क्यान्सरविरूद्धको एचपीभी खोप ६ महिनाको अन्तरमा दुई मात्रा लगाउनुपर्ने पनि उहाँले बताउनुभयो ।
स्याङ्जा २१ भदौ । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले खानेपानीका लागि डोकोमा पानी बोकेर ल्याउनु पर्ने कार्यको अन्त्य गर्ने बताउनुभएको छ । गल्याङ् नगरपालिकाद्धारा आयोजित तीज मिलन कार्यक्रम अर्थात तीज गीत प्रतियोगिताकोे बुधवार यहाँ उदघाटन गर्दै मन्त्री तिवारीले स्याङ्जा लगायत गण्डकी प्रदेश अन्र्तगतका एघारै वटै जिल्लामा डोकोमा पानी बोक्नु पर्ने वाध्यता हटाउने बताउनु भएको हो । ‘दिदीबहीनीका समस्या बुझेकी छु। प्रत्यक्ष देखेकी छु। भोगेकी छु। यदी कहिं कतै डोकोमै पानी बोकेर जीवन चलाईहरनु भएको छ भने, मलाई तत्काल जानकारी गराउनुहोस्। आजैदेखि त्यस कार्यको लागि म जुट्नेछु,’ उहाले भन्नुभयो । प्रदेशमा एक घर एक धारा अभियानलाई…
स्याङ्जा २० भदौ । जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ पुतलीबजारका सहकोषाध्याक्ष प्रकाश पौडेलले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नुभएको छ । पुतलीबजार नगरपालिका वडा न. १३ स्थित दियालो आधारभुत बिधालयमा अध्ययरत ३८ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । लायन्स क्लब अफ् पुतलीबजाबिद्यालय जस्तरको चार्टर प्रीसिडेन्ट एंव डिस्ट्रीक्ट एड्भाइजर श्री गुरुङले ती समाग्री हस्तान्तरण गर्दै शिक्षाको उज्यालो दिने बिधालय र बिद्यार्थीहरु भबिष्यमा मुलुक हाक्ने कर्णधार भएको बताउनुभयो । शिक्षा प्राप्त गर्ने थलो बिद्यालयमा आएर सहयोग गर्दा खुशी लागेको जनाउदै आगामी दिनहरुमा समेत यस्ता सहयोगलाई निरन्तरता दिईने बताउनुभयो । कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अलि शेख , लायन्स क्लवका…
स्याङ्जा २० भदौ । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास…
स्याङ्जा १८ भदौ । न्यून आय भएकाका लागि आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले पुतलीबजार नगरपालिका वडा नं. १० स्थित राङ्खोला सामुदायिक सिकाई केन्द्रले कुखुराका चल्ला सहितका सामाग्री उपलब्ध गराएको छ । सिकाई केन्द्रले पुतलीबजार नगरपालिका — १२ पेल्काचौरका ३० जना विपन्न परिवारलाई कुखुराका चल्ला सहित दाना र औषधी समेत प्रदान गरेका हुन् । चल्ला सहितका सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नमूनाका रुपमा उपलब्ध गराईएका चल्लाका पालन पोषण गर्दे राम्रो आयआर्जन बढाउने किसानका लागि आउदा दिनमा नगरपालिकाको पनि सहयोग रहने बताउनुभयो । मेहनत र परिश्रम गर्ने ब्यक्ति मात्र समाजमा अघि बढ्ने जनाउदै आय आर्जन जोडिन सुझाव दिनुभयो । तालिमहरु धेरै हुने…
स्याङ्जा १८ भदौ । पुतलीबजार नगरपालिकाले प्रारम्भिक बालविकासदेखि ५ कक्षा सम्म अध्ययरत बालबालिकालाई दिवा खाजा वापत जनही १० रुपैंया थप दिने भएको छ। नगरले थपेसंगै अव यहाँका बिद्यार्थीले २५ रुपैंया बराबरको दिवा खाजाको सुबिधा पाउने भएका छन ्। यही साउन महिनादेखि लागु हुनेगरी नगरसभाले गरेको सो निर्णयलाई कार्यान्वयन सुरु गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । प्रमुख रेग्मीका अनुसार, ‘संघिय सरकारले उपलब्ध गराउदै आएको खाजा वापतको दैनिक १५ रुपैंयामा पुतलीबजारले १० रुपैंया थप गर्ने भएको हो। यो संगै नगरभित्रका प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म अध्ययरत प्रत्येक बालबालिकाले दैनिक २५ रुपैंया बरावरको खाजा खान पाउने छन्।’ बढ्दो महंगीलाई ध्यान दिदै…
वालिङ, १८ भदौ । अपाङ्गताका सवाललाई वालिङ नगरपालिकाले प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा स्थानीय सरकार सवलीकरण परियोजना अन्तर्गत स्याङ्जा अपाङ्ग समाजको साझेदारीमा समाजले शनिवार वालिङमा आयोजित अपाङ्गता समावेशी विकास कार्यक्रममा अपाङ्गता सवाललाई प्राथमिकता दिने नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । परियोजना सञ्चालनका क्रममा प्राप्त भएका सुझावहरुलाई कार्यान्वयनमा लैजाने प्रमुख खाँणले बताउनुभयो । स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत वालिङमा पैरवी समूह गठन गरिएसँगै अपाङ्गता सम्बन्धीका गतिविधिहरुमा क्रियाशील रहेको, समूहको आन्तरिक तथा सरोकारवाला पक्षहरुसँग अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न गरिएका छन् । परियोजनामार्फत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु यातायात ब्यवसायी, उद्योगी तथा ब्यापारी,…
स्याङ्जा १७ भदौ । डेंगु सङ्क्रमणबाट वालिङ नगरपालिकाका ४४ बर्षिय एक पुरुषको आइतवार मृत्यु भएको छ । केही दिनअघि डेंगु सङ्क्रमण देखिएपछि वालिङ – १३ का उनी उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी ििदनुभयो ।गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा चार जनामा डेङ्गी देखिएको थियो। डेंगुबाट पनि गएको साउनमा वालिङका ११ महिने बालिकाको मृत्यु भएको थियो। वालिङ–११ का ती बालिकाको उपचारका क्रममा पाल्पा अस्पतालमा मृत्यु भएको हो। योसँगै स्याङ्जामा २ जनाको डेंगुका कारण ज्यान गएको छ।
स्याङ्जा १७ भदौ । स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको १५ औ स्थापना दिवस शनिवार पुतलीबजार १ स्थित कार्यालयमा मनाइएको छ । संसारका २० वटा मुलुकमा शाखा रहेको समाजले विपत्तीमा परेका स्याङ्जाली कामदारलाई हालसम्म ७ करोढ ५० लाख नगद र १ करोड ५० लाख बराबरको जिन्सी सामान सहयोग उपलब्ध गराएको जनाएको छ । स्याङजा सहयोग समाजले १ करोडको अक्षय कोष स्थापनागरी सो को ब्याजबाट प्राप्त हुने रकमबाट प्रत्येक बर्ष बार्षिकोत्सवका अवसरमा सामाजिक र लोककल्याणकारी काममा खर्च गर्ने अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठ, संस्थापक सदस्यहरु ओमप्रकाश शर्मा, खेम काफले, सल्लाहकार प्रकाश श्रेष्ठ, रामु बश्याल, गुप्तप्रसाद…
स्याङ्जा १७ भदौ । भदौ १५ गते १६ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा स्याङ्जाका विद्यालयहरुमा १० मिनेट सम्म एक साथ पुस्तक पढेर मनाइएको छ । विद्यालयमा औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयमा उपस्थित सबैले एक साथ पुस्तक पढिएको हो । आँधीखोला गाउपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, बिरुवा गाउँपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र रुम टु रिडको साझेदारीता तथा सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा पुस्तकालय दिवस मनाइएको हो । पठन संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ पुस्तकालय दिवसको अवसरमा सबै थोक छाडौँ, पुस्तक पढौँ अभियान अन्तर्गत विद्यार्थी, शिक्षक तथा अभिभावकहरु सहभागी भएको रुम…
स्याङ्जा १७ भदौ । पुतलीबजार नगरपालिका १४ लामागे स्थित श्रवण माध्यमिक बिद्यालयमा पूर्व बिद्याथी मंचको अध्यक्षमा अमृत लामिछानेको निर्वाचित हुनु भएको छ । समितिको उपाध्यक्षमा सन्तोष भण्डारी, सचिवमा बिक्रम संवत, सहसचिवमा उषा कार्की, कोषाध्यक्षमा बिक्रम केसी चयन हुनु भएको हो । यसैगरी, सदस्यहरुमा बिजय सुनाम, सन्तोष शर्मा, अरुण मल्ल, नारायण पुरी, चोलानाथ गिरी, रमेश पौडेल, मनिता पुरी, सुशिल भण्डारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक धुवबन्धु पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको उदघाटन गर्दै हिसान गण्डकी प्रदेशका वरिष्ट उपाध्यक्ष डा. रामजी शर्माले यही बिद्यालयमा अध्ययरत बिद्यार्थीले बिद्यालयको शैक्षिक एवं भौतीक गुणस्तर बृद्धिका लागि उदाहरणीय कार्य गरेको बताउनुभयो । बिद्यालयको गुणस्तरीयता कायम राख्न…
स्याङ्जा १७ भदौ । पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयले बिद्यालयको शैक्षिक, भौतीक एवं ब्यवस्थापकिय गुणस्तरीय बृद्धिका लागि प्रशिक्षण सहितको अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिकालाई शिक्षा बिना विकास समृद्धि संभव नभएकाले नगरपाालिकाको पहिलो प्राथमिकता शिक्षामा रहेको बताउनुभयो । पुतलीबजारलाई शैक्षिक हव बनाउने उदेश्य सहित अघि बढेको जनाउदै नगरबासी सबैले यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाले नगरपालिकाले प्रबिधिक शिक्षा अध्ययनका लागि प्रत्येक वडाबाट २÷२ जनालाई ५० प्रतिशत छात्रबृद्धि उपलब्ध गराएको बताउनुभयो । साथै उहाले संघीय सरकारले उपलब्ध गराएको १५ रुपैंया बराबरको खाजाका लागि दिएको रकममा नगरपालिकाले १०…