Author: Syangja Sandesh

स्याङ्जा २९ भदौ । बाल दिवसको अवसरमा स्याङ्जाको वालिङ नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुको बीचमा प्रतियोगिता सम्पन्न गरिएको हो ।‘सुनिश्चित बाल अधिकारः शिक्षा विकासको आधार’ भन्ने शीर्षकमा प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले बालबालिका देशका कर्णधार भएको बताउँदै बालविकासको लागि नगरले विशेष योजना तर्जुमा गरेको उल्लेख गर्नुभयो । बालबालिकामा गरिएको लगानी सफल सावित हुनेमा विश्वास व्यक्त गर्दै नगरप्रमुख खाँणले बालअधिकारको सुनिश्चित गर्दै बालमैत्री नगर निर्माणमा नगरपालिकाले आवश्यक सम्पूर्ण कदमहरु चालेको जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले नगरको सुशासन विद्यालय तहबाट सुरु हुने बताउनुभयो ।…

Read More

स्याङ्जा, २९ भदौ । अर्जुन चौपारी गाउँपालिका ६ तमाखुबारीका १२५ घरधुरीमा नियमित बिद्युत सुनिश्चितताको माग गरेका छन् । साहारा सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारी मार्फत सेवा लिदै आएका यहाँका स्थानियले प्रभाबकारी सेवा नपाएको भन्दै गाउँपालिकामा नियमित बिद्युत सुनिश्चितताको माग गरेका हुन् । १०८ सेवाग्राहीले हस्तास्क्षर गरेको निबेदनमा सेवा प्रदायक साहाराबाट भोल्टेज कम आउने र नियमित मर्मत तथा प्रभाबकारी सेवा नपाएको गुनासो गरेका छन् । सेवा प्रदायक संस्था साहाराले प्रभाबकारी सेवा दिन नसकेको बताउदै नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रमा सेवा समाहित गरी दिन स्थानियले निबेदनमा माग गरेका छन् । स्थानिय डिल्लीराम ढकालले २०६३ सालबाट ८०÷२० को साझेदारीमा पाचँ लाख रकम…

Read More

स्याङ्जा, २९ भदौ । स्याङ्जामा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ स्याङ्जाका बालबालिकाले विभिन्न रचनात्मक कार्यक्रम गरी बालदिवस मनाएका हुन् । राष्ट्रिय बालदिवसको अवसरमा वालिङका बालवालिकाले लागुऔषध बिरुद्धको सचेतना ¥याली सहित प्रशिक्षण गरिएको छ । लागुऔषध प्रयोग गर्नेमा बढी युवायुवतीहरु देखिन थालेपछि यसको रोकथामका लागि बालवालिकाहरुले सचेतना ¥याली निकालेका छन । वारियर फ्याम्ली वालिङ स्याङ्जा नामक संस्थाको आयोजनामा राष्ट्रिय बालदिवसको अवसरमा वालिङका सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरु मार्फत लागुऔषध बिरुद्धको सचेतना अभियान गरिएको हो । लागुऔषध बिरुद्धका प्लेकार्ड सहित बालवालिकाहरुले वालिङ बजारका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । आशा…

Read More

स्याङ्जा २८ भदौ । हरितालिका तीजको अवसर पारेर पुतलीबजार नगरस्तरीय शोैन्दर्यकला समितिले प्रथम अधिवेशनस सहित शुभकामना आदानप्रदानका कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले धर्म संस्कृतिको सम्बद्र्धन गर्दै कम खर्चमा चाडपर्व मनाउनुपर्ने बताउनुभयो । धर्म र संस्कृतिका नाउमा बढ्दो आडम्बर घटाउन तपाई हामीबाटै सुरुवात गर्नुपर्ने उहाले भन्नुभयो । नगरपालिका भित्र रहेर धेरै बहिनीहरु शौन्दर्यकला ब्यवसाय संचालन गर्दै आयआर्जन गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नगरपालिकाले आर्थिक सहयोग तथा आवश्यक तालिम उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा च्याम्बर अफ कमर्शका केन्द्रीय सदस्य निर्मला लम्साल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, डिस्ट्रिब्यूटर दिपक शर्मा लगायतले हरितालिका…

Read More

स्याङ्जा २६ भदौ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजना तथा करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा कर शिक्षा कार्यक्रम गरिएको छ । शिक्षा कार्यक्रमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले राज्यको एक महत्वपूर्ण अंगका रुपमा रहेको कर प्रणालीलाई नियमानुसार परिचालन गर्नु तपाई हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो । तपाई हाम्रा जनमतप्राप्त जनप्रतिनिधिले हाम्रा लागि बनाएको करका दायरामा आई समयमै कर तिर्ने वानीको विकास गर्नुपर्ने बताउनुभयो । सोही करबाट बिकास निर्माण, सामाजिक विकास, तलब भत्ता लगायतमा राज्यले उपयोग गर्ने उहाको भनाई छ । सरकारका ३ खम्बे नीति सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रलाई समावेश गरेको जनाउनुभयो । ब्यवसायीलाई…

Read More

स्याङ्जा २६ भदौ । नेकपा एमालेका केन्द्रीय सचिव पदमा अर्यालले महिलालाई राष्ट्रको पहिलो शक्ति भएको बताउनुभएको छ । अखिल नेपाल महिला सँघ स्याङ्जाले वालिङमा सोमबार आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएका अर्यालले महिला भनेको यो देशको शक्ति भएको बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको इतिहासको वर्णन गर्नुभयो । हिजो महिलाहरुलाई घरबाट बाहिर निस्कने वातारण थिएन, हक अधिकारको विषय त परैको कुरा भयो उहाँले भन्नुभयो महिला अधिकार र स्वतन्त्रताका लागि अग्रजहरुले गरेका त्याग र बलिदानीले आज हामी यसरी संगठितरुपमा स्वतन्त्र भएर अगाडि बढन पाएका हौं । अग्रजहरुको सपना र उनीहरुले कोरेको बाटोमा…

Read More

स्याङ्जा २६ भदौ । स्वास्थ्य कार्यालय स्याङ्जाले सोमबार डेगी रोग सम्बन्धी अभिमूखीकरण गरेको छ । डंगी संक्रमण रोकथामको लागि सरोकारवाला निकायसंग छलफल सहितको अभिमूखीकरण तथा लार्भा खोज र नष्ट गर अभियान गरेको हो । सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्री प्रसाद जिटीले धेरै रोगहरु सार्ने माध्यमका रुपमा रहेका झिंगा, पुतली, र लामखुट्टे नियन्त्रणका लागि हामी सबै चनाखो हुनु पर्ने बताउनुभयो । वडा र स्थानीय पालिकाले आ आफना क्षेत्रभित्रका स्थानीयबासीलाई डेंगी रोग नियन्त्रणका उपायका बारेमा सचेतना र लार्भा पहिचान सहित नष्ट अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा. शुशिल ढाकाल, पुतलीबजार नगरपालिका २ का अध्यक्ष भिमबहादुर गुरुङ्, पत्रकार…

Read More

स्याङ्जा २६ भदौ । अल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपालको चौथो अधिवेशन तथा साधारणसभा सोमबार स्याङ्जा सदरमुकाम स्थित सिटी हलमा सम्पन्न भएको छ । अधिवेशनको उदघाठन गर्दै पूर्व कर्णैल कृष्णबहादुर क्षेत्रीले भारतीय पूर्वसैनिकका हक, हित र अधिकार प्राप्तिका लागि सबै भूपूहरु एकजुट हुनु पर्ने बताउनुभयो । जबसम्म हामी एकजुट हुन सक्दैन, तबसम्म हाम्रा आवाज सुनिदैन उहाले भन्नुभयो । भूपूहरुका समस्या समाधानका लागि आफु सधै तत्पर र क्रियाशिल रहेको उहाले बताउनुभयो । हजारौंका संख्यामा रहेका भूपूहरुका सीप, क्षमतालाई राज्यले पहिचान गर्न नसकेको उहाको भनाई छ । भारतीय पूर्वसैनिक र परिवारले राज्यले उपलब्ध गराएको सेवा र सुबिधा लिन कठिनाई झेल्नु परेको…

Read More

स्याङ्जा २६ भदौ । अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम दंगालले राज्यले दिएका अनुदान वास्तविक किसानसम्म पुग्नु पर्ने बताउनुभयो । उहाले श्रमजीवी किसानका सम्मानका योगदानमा आधारित पेन्सनको ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । अखिल नेपाल किसान महासंघ स्याङ्जाकोे नवौं जिल्ला सम्मेलन तथा अधिवेशनको स्याङ्जा स्थित पाटी कार्यालयमा आयोजित कार्यक्रमको सम्मेलनको उदघाटन गर्दै उहाले हरेक राजनीतिक परिवर्तनमा किसानको योगदान उल्लेख्य रहेको स्मरण गराउनुभयो । हरेक आन्दोलनमा होमिएका हामी अव किसानको हक, अधिकार सुनिश्चितताका लागि सबै हामी सबै किसानहरु एकजुट हुनु पर्ने उहाका भनाई छन् । कार्यक्रममा केन्द्रीय उपमहासचिव प्रेमनारायण अधिकारी, सचिव वेदप्रसाद बेदप्रसाद गर्जुजा, किसान मोर्चा गण्डकी प्रदेश इन्चार्ज रामबहादुर थापा,…

Read More

काठमाडौं २६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उहाको निधन भएको हो। ७० वर्षका नेम्बाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिनु भएको हो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुग्नुभएको थियो । ७० वर्षका सुवासचन्द्र नेम्बाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिनु भएको हो । उहाले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभयो…

Read More

स्याङ्जा २४ भदौ । नेपाल सरकारका कानु, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मुलुक बनाउन सबैदल एकै ठाउमा उभिनुपर्ने बताउनुभएको छ । वालिङमा राष्ट्रिय बाणिज्य बैंकको २८२ औं शाखाको समुदघाटन् गर्दै कानुन मन्त्री गुरुङ्ले विरोध गरेर भन्दा पनि सबै मिलेर अगाडी बढ्न सकेमा मुलुकको विकास हुने बताउनु भएको हो । विरोध मात्रै गरेर मुलुकको विकास नहुने भन्दै मुलुकको विकासका लागि नेपालका सबै राजनीतिकदल एकै ठाउमा उभिनुपर्ने बताउनुभयो । ‘कर्म र विश्वासले मुलुकको हित गर्छ’ मन्त्री गुरुङ्ले भन्नुभयोे,‘नेता र कर्मचारीमा कर्म र विश्वास हुनु जरुरी छ ।’ देश बनाउन गफ गर्ने हैन होइन काम गर्ने हो भन्दै गुरुङ्ले अव भाषण…

Read More

स्याङ्जा २४ भदौ । नेपाली कांगे्रस स्याङ्जाले वी.पी. जन्म जयन्तीको अवसर पारेर खुल्ला रक्तदान तथा वी.पी. विचार गोष्ठी गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस पाटीको मुख्यालयमा रक्तदान सहित बिचार गोष्ठी गरिएका हुन । बिचार गोष्ठीलार्ई सम्बोधन गर्दै नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारको फाईल खुल्ने क्रममा रहेको भन्दै वर्तमान सरकार ढलेपनि भ्रष्टाचारको मुद्धालाई किनारामा पु¥याई छाड्ने बताउनुभयो । भ्रष्टाचार नै देशका मुख्य समस्या रहेको भन्दै भ्रष्टाचारलाई न्युनीकरण गरेमा मात्रै देशमा समृद्धि र अमनचयन प्राप्त हुने भएकाले भ्रष्टाचारको फाईल अब बन्द नहुँने मन्त्री गुरुङले दावी गर्नुभयो । भ्रष्टाचारका फाईल खोल्दा आफ्नो पद गुमेपनि कुनै…

Read More

स्याङ्जा २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको आज ११० औँ जन्मदिन । आजको दिनको स्मरण गर्दै स्याङ्जा लगायत देशभर बिबिध कार्यक्रमको आयोजना गरि वीपी जन्मजयन्ती मनाईदैछ। कोइराला नेपाल पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झने गर्दछन्् । पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताउनु भएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गर्नुभएको थियो । उहाले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गर्नुभएको थियो । कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा…

Read More

स्याङ्जा, भदौ २३ गते । पोखरा एयरपोर्ड पछाडी गण्डकीकै सबै भन्दा ठुलो अर्जुन चौपारीमा १ बजारमा निर्माण गरिएको हेलीप्याडमा हेलिकोप्टर सफल परिक्षण गरिएको छ । नेपाल आर्मी र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरिएको छ । जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पु¥याउने हेतुले आर्मीसगँ सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको हो । नेपाल आर्मीका कर्णेल रचन श्रेष्ठको नेतृत्वमा काठमाडौबाट आएको तीन जनाको टोलीले हेलिकोप्टर सफल परिक्षण गरेको हो ।पुतलीबजार हुदै आएको हेलिकोप्टरले गाउँपालिकाका सबै क्षेत्रमा परिक्षण गर्दै चार पटक अवतरण गरेको थियो । हेलिकोप्टरको सफल परिक्षण पश्चात कर्णेण श्रेष्ठले हेलिप्याड राम्रो…

Read More

स्याङ्जा २२ भदौ । उद्योग वाणिज्य संघ स्याङ्जा अन्र्तगतको महिला विकास उद्यमी समितिले तीजको अवसर पारेर सामुहिक दर खाने कार्यक्रम सहित महिला उद्यम सम्बन्धी अन्र्तक्रिया गरेको छ । कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरपालिकका उपप्रमुख देवी अर्यालले सबै महिला दिदीवहीनीहरु आय आर्जनमा जोडिई आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । महिला पुरुष दुबैलाई समान शिक्षा र अवसरको खाचो रहेको बताउदै महिला उद्यमीलाई आवश्यकता अनुरुपका सीप र तालिम उपलब्ध गराउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । जुन परिवारमा महिला शिक्षित र सीपयुक्त हुन्छन ती परिवारमा कहिल्यै आर्थिक अभाव नहुने उहाको भनाई छ । तीजको मौलिक संस्कृतिको जगेर्ना र सम्वद्र्धन गर्दै आफना क्षमता अनुरुप मनाउन समेत…

Read More