स्याङ्जा १९ असोज । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि आज ( बिहीवार) बिहानदेखि मतदान हुने भएको छ । यसअघि बुधवार साँझ मतदानको कार्य तालिका रहे पनि आजलाई सार्नुपरेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो । गण्डकी प्रदेश स्तरीय अधिवेशन कास्कीको पोखरामा १५ गते सोमबारदेखि सुरु भएको हो । पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारी सहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् । गण्डकी एमालेमा दुई समूहबीच चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबिच प्रतिस्पर्धा हुँदैछ । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ…
Author: Syangja Sandesh
स्याङ्जा १५ असोज । कालीगण्डकी गाउँपालिका–५ जैपाते स्थित ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’ का करिब २ सय वटा कालिज मारिएको अवस्थामा भेटिएको छ । बिहान फार्ममा दानापानी दिन जाँदा फर्मभित्रका कालिज मरेको अवस्थामा भेटिएको सञ्चालक आशिष न्यौपानेले बताउनुभयो । उहाले भन्नुभयो, ‘केही मरेका र केही छट्पटाईरहेका अवस्थामा देखेपछि यताउता खोज्दै जादाँ झाडीभित्र चितुवाको पछाडी पट्टीको केही भाग देखियो।’ न्यौपानेले करिब डेढ वर्षदेखि कालिज पालन गर्दै आएको बताए। झण्डै ४ लाख ५० हजार मूल्य बराबरको क्षति पुगेको उहाले बताउनुभयो । मासुका लागि र अण्डा दिदै गरेका ति कालिज मारिएका हुन। कालिजको मासु र अण्डा स्वस्थ्यकर मानिन्छन्। अन्य पंक्षीको तुलनामा कालिजको मासु…
स्याङ्जा १५ असोज । आइतवार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस बिबिध कार्यक्रमगरी मनाइएको छ । सबै पुस्ताको लागि जेष्ठ नागरिकको मानव अधिकारको विश्वव्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौँ“ भन्ने नाराका साथ हिजो पुतलीबजारमा जेष्ठ नागरिक दिवस मनाईएको छ । जेष्ठ नागरिकका घरघरमा पुगेर भेट सहितको सम्मान गरिएको हो । पुतलीबजार नगरपालिकाभित्र बस्दै आउनु भएको ९० बर्ष उमेरका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र योजना अधिकृत ताराचन्द्र ढकालको नेतृत्वमा गएका टोलीले नगरपालिका भित्रका १४ वटै वडाका जेष्ठ नागरिकलाई फलफूल र दोसल्ला सहित सम्मानपत्रले सम्मान गरिएको जेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख ठगीकुमारी खनालले…
स्याङ्जा १५ असोज । पुतलीबजार नगरपालिका वडा नं. २ स्थित दुर्गादेवी सामुदायिक सिकाई केन्द्र स्याङ्जाको आठौं बार्षिक साधारणसभा तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दे नगरउपप्रमुख देवी अर्यालले सामुदायिक सिकाई केन्द्रले बिगत देखि सामाजिक सेवामा उत्कृष्ट कार्य गर्दे आएको जनाउनुभयो । आगामी दिनमा पनि केन्द्रसंग सहकार्य गर्दै रचनात्मक एवं आवश्यक कार्यमा सहकार्य गर्दे अघि बढ्ने उहाले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, शिक्षक संघ नगर सचिव प्रकाश कोइराला, सूर्योदय साकोसका वचत प्रमुख मोतीप्रसाद मरासिनी, विरेन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष युमाया कुवर लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा सिकाई केन्द्रका अध्यक्ष युवराज पराजुलीले आ.ब.…
स्याङ्जा १५ असोज । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना प्रहरी जवानलाई ‘उत्कृष्ट प्रहरी’का रुपमा सम्मानित गरेको छ । लामो समयदेखी फरार रहेका प्रतिवादीहरु देखी लागु औषध, सुन चोरी र सरकारी छाप किर्ते गर्ने जस्ता गिरोह पक्राउ गर्न सफल प्रहरी सहायक हवल्दार युवराज तिमिल्सेनालाई जिल्लाकै ‘उत्कृष्ट प्रहरी’का रुपमा कदरपत्रले सम्मानित गरेको हो । नेपाल प्रहरीको महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९ अनुसार तिमिल्सेनालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रुपमा कदरपत्रले सम्मान गरेको छ । तिमिल्सेनाले झण्डै १ सयभन्दा बढी फरार अभियुक्त प्रक्राउ गर्न सफल भएका व्याक्ति हुन् । अदालतले विभिन्न मितिमा सजाय सुनाएर फरार रहदै आएका प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएका…
स्याङ्जा १५ असोज । बसपार्कको अभावमा अव्यवस्थित पार्किङ्को समस्या लामो समयदेखी वालिङ नगरपालिकाले भोगिरहेको छ । वढदो सवारी साधन र अव्यवस्थित पार्किङको समस्याको भोगाईको अन्त्य गर्नका लागि वालिङमा सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएको छ । वालिङ नगरपालिका वाड नं ८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माणको लागि नगरपालिकाले नगरविकास कोषसँग सम्झौता गरेको छ । सोमबार नगरविकास कोषसँग कुल १२ करोड २७ लाख ५७ हजार रुपैयाँको सम्झौता भएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । खाँणका अनुसार कुल सम्झौता रकममध्ये नगर विकास कोषसँग ६ करोड ७५ लाख १६ हजार ३ सय ५० ऋण लिइएको हो भने नगरपालिकालाई १ करोड २२ लाख…
काठमाडौँ, १४ असोज । सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गर्नु भएका ‘बसन्त’ को ‘हे देव तिमी’ मा नौ वटा लामा कविता रहेका छन् । पूर्वीय जीवन पद्धतिका उहाँका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ । त्यसभन्दा भिन्न अङ्ग्रेजीको ‘आउट अफ बक्स’ चाहिँ २२८ वटा छोटा कविताहरुको सङ्ग्रह हो । अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका…
स्याङ्जा ३ असोज । संबिधान दिवसको अवसर पारेर पहिलो पाइला नेपाल पुतलीबजार शाखाले सहिदचोकमा बुधवार साँझ दिप प्रज्वलन गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित मुख्य चोकमा नेपालको नक्सा र झण्डाको चित्र कोरेर मैनवत्ती बालिएको हो । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले मैनवत्ती बालेर दिप प्रज्वलनको सुरुवात गर्नुभएको थियो । त्यसपछि सहभागी सबैले नेपालको संबिधान जारी भएको दिनको स्मरण गर्दै चोकममा दिप प्रज्वलन गर्नुभएको पहिलो पाइलाका उपाध्यक्ष पवन मरासीनीले जानकारी दिनुभयो ।
स्याङ्जा ३ असोज । आठौं संबिधान दिवसको अवसर पारेर सहिद महेन्द्र शाह पार्कको सरसफाई एवं दिप प्रज्वलन गरिएको छ । पुतलीबजार नगरपालिका १४ सतौ स्थित पार्कमा सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा सरसफाई तथा दीप प्रज्वलन गर्रिएको हो। पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले शहिद महेन्द्र शाह जस्तै हजारौं नेपाली जनताको बलिदानबाट प्राप्त संबिधानमाथि निरन्तर प्रहारहरू भईरहेको र यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो। लोकतन्त्र र स्वतन्ताका निम्ति आफना ज्यानको समेत प्रवाह नगरी आन्दोलनमा उत्रेका शाहको योगदानको चर्चा गर्दै उनले देखाएको मार्गमा हिड्न उहाले आग्रह गर्नुभयो । कार्यक्रममा पुतलीबजार वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, स्थानीय समाजसेवीहरु ध्रुवबन्धु पौडेल, सूर्यप्रसाद लामिछाने, राजेन्द्रप्रसाद…
स्याङ्जा ३ असोज । नेपाल कर्मचारी यूनियन पुतलीबजार नगरपालिकाले सेवा निबृत्त कर्मचारीहरुलाई सम्मान तथा विदाई गरेको छ । लामो समयसम्म पुतलीबजार नगरपालिकामा सेवागरी हालै सेवानिबृत्त हुनु भएका डालबहादुर कुँवर र अणप्रसाद पौडेललाई कार्यक्रम आयोजनागरी सम्मान सहित विदाई गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय एवं तत्कालिन जिल्ला विकास समिति तथा नगरपालिकाका बिभिन्न वडामा गरी २७ बर्ष सेवा गर्नुभएका डालबहादुर कुँबर र पुतलीबजार नगरपालिकामा २३ बर्ष सेवागरी निबृत्त हुनु भएका अणप्रसाद पौडेललाई दोसल्ला सहित सम्मानपत्रद्धारा सम्मान सहित विदाई गरिएको हो । सम्मान सहित विदाई कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले लामो समयसम्म सरकारी सेवामा समर्पित दुबै जनाका आगामी दिन समाजसेवामा समर्पित गर्न सुझाव…
स्याङ्जा १ असोज । नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले सर्वमान्य नेता लौहपुरुष गणेशमान सिंह श्रेष्ठको २६ औं स्मृतिदिवस पारेर बिचार गोष्ठी सहित अन्तरक्रिया गरेको छ । बिचार गोष्ठीको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले गणेशमानका योगदानको चर्चा गर्नुभयो । सत्ता र शक्ति भन्दा बाहिर बसेर जनताका सेवामा समर्पित सिंह उदार नेता भएको स्मरण गर्नुभयो । आफुलाई प्राप्त भएको प्रधानमन्त्री जस्तो पद पनि आफना सहकर्मी नेता कृष्णप्रसाद भट्टराईलाई दिएर सर्बमान्य नेता बन्नुभएको उहाले भन्नुभयो । वीपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय जस्ता नेताहरुको त्याग र वलिदानीले कांग्रेसको गरिमा उचो बनाएको उहाले भन्नुभयो…
स्याङ्जा ३१ भदौ । बौद्धिक अपाङ्गता भएका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ युवा पक्राउ परेका छन ्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाँडास्वाराका २५ बर्षे सुवास गुरुङ र २७ बर्षे मदन गुरुङ रहेको प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । आफनै घरमा बसिरहेकी ती महिलालाई ११ दिनअघि उनकै घरमा गएर दिउसो ३ बजतिर जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ। आरोपित दुबैजना घटना घटेको ९ दिनपछि पक्राउ परेका हुन ्। आरोपित दुबै जना बिरुद्ध जबरजस्ती करणीमा मुद्धा दर्ता भएको छ। जिल्ला अदालतबाट म्याद थप भै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
स्याङ्जा ३० भदौ । हरितालिका तीजको अवसर पारेर पुतलीबजार नगर स्तरीय शिक्षक संघले शुभकामना आदान प्रदान, सास्कृतिक एवं दरखाने कार्यक्रम गरेको छ । पुतलीबजार नगरपालिका १ अभियानपथमा आयोजित कार्यक्रमको उदघाटन गर्दै उपप्रमुख देवी अर्यालले शिक्षकहरु सबै बौद्धिक बर्गमा पर्ने बताउनुभयो । उहाले शिक्षण पेशाको सम्मान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा शिक्षकहरु बिगतदेखि नै लागिपरेको स्मरण गराउनुभयो । पेशाप्रतिको लगाव र सम्मानले मानिसलाई महान बनाउने उहाको भनाई छ । शिक्षण पेशाबाट आफु आजको स्थानसम्म आउन सफल भएको बताउदै तीजको शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, संघका जिल्ला सभापति पशुपति पौडेल, नेपाल शिक्षक महासंघका कार्यवाहक…
स्याङ्जा ३० भदौ । आपसी सहयोग केन्द्रको २६ औं बार्षिक साधारणसभा तथा सामाजिक परिक्षणका शनिवार सम्पन्न गरेको छ । सहकार्यवाट दिगो विकास, गरिबी न्यूनिकरणका लागि शैक्षिक पूर्वाधार, शान्त र समतामूलक समाज निर्माणका लागि आधारभूत अधिकार भन्ने नाराको साथ साधारणसभा सम्पन्न भएको हो । पुतलीबजार नगरपालिका १ नारायणस्थान स्थित कार्यालयमा आयोजित सभाको उदघाटन गर्दै उपपप्रमुख देवी अर्यालले नगरपालिका र आपसी सहयोग केन्दबीच सहकार्य गर्दै काम गर्ने बताउनुभयो । केन्द्रले लिएका उदेश्य र नगरपालिकाले गर्दै आएका कृषि, रोजगार, उद्यम, जलवायू सम्बन्धी कार्यहरु मिल्दाजुल्दा रहेकाले दुबै पक्षबीच सहकार्य गर्दै अघि बढ्न सकिनेमा जोड दिनुभयो । केन्द्रले स्थापना कालदेखि राम्रा कार्य गर्दै आएको र…
स्याङ्जा ३० भदौ । पुतलीबजार नगरपालिकाले रैथाने बाली संरक्षण सम्बन्धी नगरपालिका स्तरिय खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ । हरितालिका ती को अवसर पारेर पुतलीबजार नगरपालिका द्वारा आयोजित प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले रैथाने बाली लोप हुन थालेको अवस्थामा नगरपालिकाले रैथाने बालीको संरक्षणका जोड दिएको बताउनुभयो । रैथाने बालीका तुलनामा बर्णशंकर जातका वीउ विजन उत्पादनमा बढी भएता पनि टिकाउ नहुने जनाउदै हाम्रा रेैथाने बालीलाई जोगाउन आवश्यक रहेकोमा उहाले जोड दिनुभयो । स्वस्थ्य रहन र स्वस्थ्यकर खानाका लागि पनि रैथाने बाली उपयुक्त रहेको जनाउदै हरितालिका तीजको मौलिकपन, संस्कृति जोगाउन र फजुल खर्च नगर्न समेत उहाले सुझाव दिनुभयो । कार्यक्रममा…