Author: Syangja Sandesh

स्याङ्जा २८ असोज । क्षत्री समाज नेपाल स्याङ्जाले आज आइतवार क्षत्री दिवस मनाएको छ । समाजले प्रत्येक बर्ष घटस्थापनाका दिनलाई क्षत्री दिवसका रुपमा मनाउदै आएको छ । भीरकोट नगरपालिकामा आयोजित कार्यक्रमको उदघाटन गर्दै समाज जिल्ला अध्यक्ष भक्तबहादुर केसीले समाजका हक, हित र अधिकारका लागि सबै क्षत्रीहरु एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा केन्दिय सदस्य इन्दिरा केसी, गण्डकी प्रदेश उपाध्यक्ष सीता गोदार, प्रदेश कोषाध्यक्ष प्रेमबहादुर केसी, जिल्ला सदस्य भूमिजंग केसी, भीरकोट नगर प्रवक्ता दिपेन्द्र केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । भीरकोट अध्यक्ष क्षेत्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मिनबहादुर अधिकारीले गर्नुभएको थियो ।

Read More

स्याङ्जा २८ असोज । नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । नेपालीहरुको मूल पर्व विजयादशमीको पहिलो दिन घटस्थापना आज घरघरमा जमरा राख्ने तथा घटको स्थापना गरेर मनाईंदैछ । सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो । घटलाई सुख–समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ । यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र एवं महादेव, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोही अनुसार…

Read More

स्याङ्जा २७ असोज । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाड्खोला र स्याङ्जा सेवा केन्द्रको साधारण सभाको बाड्खोलामा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राजु थापाले सहकारीले समाजिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै अब महिला नेतृत्त्व आवश्यकता भएको बताउनु भयो । उहाले सहकारीका माध्यमबाट समाज, जिल्ला र देश विकासका निम्ति सहकारीमा एकाकार भई उत्पादनमूलक कार्यमा लाग्नुपर्ने जोड दिनुभयो । सांसद थापाले कृषि प्रधान मूलकमा कृषि उपजहरु पनि ठूलो परिमाणमा आयत भएकोमा दुख व्यक्त गर्दै सहकारीहरुसँग मिलेर तीनै तहका सरकारले खाली जग्गामा उत्पादनमुखी कार्यक्रम संचालन गरि आत्मनिर्भर तर्फ अग्रसर बनाउँन अनुरोध गर्नुभयो । कार्यक्रममा…

Read More

स्याङ्जा २७ असोज । प्रहरी दिवसको अवसरमा पारेर शुभकामना आदानप्रदान सहित सवारी दुर्घटना न्यूनिरकण सम्बन्धी कार्यक्रम गरिएका छन् । पुतलीबजार नगरपालिका १ स्थित बिष्णुपधेरामा आयोजित कार्यक्रमको उदघाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले सवारी दुर्घटना न्यूनिकरणको जिम्मेवारी सुरक्षाकर्मी तथा ट्राफिकको मात्र नभई तपाई हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो । दुर्घटना हुन सक्ने बिभिन्न माध्यमको पहिचान गर्दै त्यसतर्फ हामी सबैजना सचेत र सजग बन्नु पर्ने उहाको भनाई छ । कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, गण्डकी यातायात बस ब्यवसायी समितिका ब्यवस्थापक गणेश थापा लगायतले ट्राफिक नियमको पालना गरेमा दुर्घटनाबाट बच्न र बचाउन सकिनेमा जोड दिनुभयो ।…

Read More

स्याङ्जा २७ असोज । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जेष्ठ नागरिकको सम्मान स्वरुप उहाहरुको सरसफाई सहित सुन्दर बनाउनका लागि कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघको आयोजना तथा शौन्दर्यकला समिति र नाइ संघको समन्वयमा सो कार्यक्रम गरिएको हो । पुतलीबजार नगरपालिका १ स्थित सिटी हल प्रांगणमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै स्थान तोकी उहाहरुका कपाल, दाह्री, नङ् काट्नुका साथै मेहंदी लगाउने, थ्रेडिङ सहित क्लिनजीङ्को समेत निशुल्क सेवा उपलब्ध गराएको हो । कार्यक्रमको उदघाटन गर्दै जेष्ठ नागरिक एवं समाजसेवी भोला लम्सालले उद्योग वाणिज्य संघले गरेको नौलो तथा अनुकरणीय कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । चाडवाड नजिकिदै…

Read More

काठमाडौ २२ असोज । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताउनुभएको छ । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताउनु भएको हो । उहाले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी…

Read More

स्याङ्जा २२ असोज । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । गल्याङ नगरपालिका वडा नं. १ राम्दी स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको टोलीले सवारी साधन चेकजांच गर्ने क्रममा बुटवलबाट पोखरा तर्फ आउँै गरेका युवकलाई लागू औषध सहित पक्राउ गरेको हो । ग.१ख. ९८६२ नं. को बसमा सवार काठमाण्डौं बौद्ध बस्ने बर्ष २९ को दोर्जे लामाको साथबाट डाईजेपाम २८ एम्पुल, नुफिम ४८ एम्पुल र फेनरागन ४८ एम्पुल फेला पारी नियन्त्रण तथा बरामद गरी थप अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा २२ असोज । दुगेदर फर ट्रष्ट भन्ने नाराका साथ १४९ औं विश्व हुलाक दिवस आज (सोमबार) स्याङ्जामा पनि मनाइएको छ । जिल्ला हुलाक कार्यालयको आयोजनामा सो दिवस मनाइएको छ । दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वर्तमान अवस्थामा हुलाक कार्यालयको सेवा र स्वरुप बदलिए पनि विश्वसनीयतामा कमी नआएको बताउनु भयो । हिजो संचार माध्यमका साधनमा एकल अधिकार जमाएको हुलाक कार्यालय आज प्रतिस्पर्धी दुनियामा यसका भूमिा गौण बन्दै गएको उहाका भनाई छ । हुलाक सेवालाई बर्तमान परिवेश अनुरुप परिवर्तन गर्दै अघि बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, कोषाध्यक्ष रमेश…

Read More

स्याङ्जा २१ असोज ।वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाइ गुणस्तरीय बनाउनको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको छ । वालिङ नगरपालिको नगरभित्रका आधारभुत तह ८ वटा र माध्यामिक तह तर्फ १६ वटा गरि २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यपक चयन गर्ने निर्णय गरेको हो । पहिले चरणमा आधारभुत तह कक्षा १–८ संञ्चालित सवै विद्यालय र माध्यामिक तर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धा गराइने भएको छ । खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निर्णय गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभएको छ । यसैगरि सवै सरकारी कर्मचारि जनप्रतिनिधि र…

Read More

स्याङ्जा २१ असोज । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले स्याङ्जाको पुतलीबजारमा शाखा कार्यालयको स्थापना गरेको छ । शाखाको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले माइक्रो इन्स्योरेन्स कम्पनीले ग्रामीण बस्तीका लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख रेग्मीले कम्पनीको तेस्रो शाखाको रुपमा पुतली बजारमा स्थापना गरेकोमा धन्यबाद दिँदै, आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कम्पनीले शुलभ मूल्यको विमा योजना ल्याएकोमा खुशी व्यक्त गर्दै नगरका टोलटोलमा पुगेर आवश्यक जानकारी तथा सुविधा प्रदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले लघुबिमा नयाँ अवधारणा भएकाले सरोकारवाला सबैले व्यापक प्रचारप्रसार गरी लक्षित…

Read More

स्याङ्जा २० असोज । गण्डकी प्रदेशसभाका चारवटै संसदीय समिति पूर्ण भएका छन् । शनिबार चारवटै समितिमा सभापति चयन हुनु भएको छ । तीनवटा समितिमा सत्तापक्षका सभापति छन् भने एउटामा प्रतिपक्षी सांसद सर्वसम्मत चयन हुनु भएका हो । सहमतिका आधारमा समितिको सभापतिको टुंगो लगाइएको हो । कांग्रेसले अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएको छ । माओवादीले सामाजिक विकास तथा कृषि र एमालेले सार्वजनिक लेखा समितिको सभापति पाएको छ । अर्थमा स्याङ्जाका भोजराज अर्याल, प्रदेश मामिलामा बागलुङकी चम्पा खड्का, सामाजिक विकासमा गोरखाका फडिन्द्र देवकोटा र सार्वजनिक लेखामा स्याङ्जाकै सुधीर पौडेल निर्विरोध निर्वाचित हुनु भएका छ ।…

Read More

स्याङ्जा २० असोज । अर्जुनचौपारी गाउँपालिकामा अबदेखी घुम्ति व्यापार गर्दा अनुमति लिनु पर्ने भएको छ । अनुमति नलिइकन जिप, ट्रक, साइकल, पैदल लगायत जुनसुकै तवरबाट घुम्ति व्यापार गर्न पाइदैन । अनुमति नलिइ व्यपार गरेमा जरिवाना सहित कारवाही पनि भोग्नु पर्ने अवस्था आउन सक्छ । घुम्ति व्यापारका कारण अधिकांश बजार क्षेत्रका व्यावसायीहरु ठुलो मारमा परेका छन् । यसैलाई मध्यनजर गरेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले अब पालिका भित्रका टोल—टोल देखी गाउँगाउँमा र बजार क्षेत्रमा घुम्ति व्यापार गर्न प्रतिवन्ध लगाएको छ । घुम्ति व्यवसाय गर्ने व्यापारीले वडामा वा पालिकाको प्रशासनबाट अनुमति लिएर मात्रै व्यावसाय गर्न अनुरोध गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष…

Read More

स्याङ्जा २० असोज । वालिङ नगरपालिका ६ मिर्दी स्थित एक कपडा पसलमा शुक्रवार राती आगालागी भएको छ।विद्युत् सर्ट भएर आलमदेवी कपडा पसलमा आगालागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको सञ्चालक देवी गुरुङ्ले जानकारी दिनुभयो । आगलागीपछि नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो। आगालागीबाट टिनले छाएको उद्योग पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उद्योगमा रहेका रुई ग्रेडिङ मेसिन, भाडा बनाउने, कपडा पेल्ने हेभी मेसिन, डिजिटल मेसिनहरु जलेका छन्। यसैगरी एघार टन कालो कपास, ४ सय केजी फाइवरको कपास, ५ सय केजी सेतो र कालो कपास समेत पूर्णरुपले जलेको छ। नुवाकोट स्थित बिदुर नगरपालिकाका गंगासिंह तामाङ् र उनका…

Read More

स्याङ्जा २० असोज । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएको छ । हिजो भएको मतदानमा शर्माका प्रतिस्पर्धी मायानाथ अधिकारी एक सय ६६ मतले पराजित हुनुभयो । शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उम्मेदवार नै विजयी भएका छन् । उपाध्यक्षमा मिनप्रसाद गुरुङ ५ सय ३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी बाबुराम विक एक सय ७२ मतले पराजित हुनुभएको छ । बाबुराम विकले ३ सय ६२ मत प्राप्त…

Read More

स्याङ्जा २० असोज । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले शेयर बजार साक्षरता कार्यक्रम गरेको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा गरिमा क्यापिटल लिमिटेडको समन्वयमा शेयर बजार साक्षरता सम्बन्धी कार्यक्रम गरेको हो । कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले शेयर बजार सम्बन्धी प्रशिक्षणले धेरैलाई लाभान्वित बनाएको बताउनुभयो । उहाले परिवर्तित समय अनुरुप पुजी संकलन तथा लगानी गर्दै आय आर्जन बढाउन सहज बनाउने यस्ता खालका साक्षरता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताउनुभयो । केन्द्रिकृत यस्ता कार्यक्रमलाई जिल्ला तहमा ल्याएर साक्षरता गराएकोमा उद्योग वाणिज्य संघलाई धन्यवाद ब्यक्त गर्दै शेयर पुजीका बारेमा सबै तहका मानिसले जान्नु जरुरी रहेकोमा…

Read More