स्याङजा १८ भदौ । हरिनास गाउँपालिकामा चोरी गरी फरार भारतीय व्यक्ति पक्राउ परेका छन् । भारतको बिहार राज्य ईनर्वा ५ बस्ने ३० वर्षीय मनोज कुमार महता हुन । महतोलाई शनिबार पर्साको विरगञ्ज महानगरपालिका १६ स्थित विरगञ्च बसपार्क हातभित्रबाट समान सहित पक्राउ परेका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उनको साथबाट प्रहरीले जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर साईजर मेसिन डाईनामो, नट बोल्ट खोल्ने रिन्चिहरु बरामद गरेको बताएको छ । हरिनास गाउँपालिका २ का ५० वर्षीय बालकृष्ण सिग्देलले संचालन गरेको होमिक्स समिल फर्निचर उद्योगमा रहेको समानहरु चोरी गरी महतो फरार थिए । महतोलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ल्याई…
Author: Syangja Sandesh
स्याङ्जा १५ भदौ । पुतलीबजार नगरपालिका ११ करेनडाँडामा गएराती बिरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ। आगलागीबाट एम्बुलेन्स पूर्ण क्षति भएको छ। वालिङबाट पोखरातर्फ विरामी लिई हिडेको एम्बुलेन्स रातको १० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ।प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक गाडीको तार सर्टभई आगलागी भएको भन्ने खबर आएपछि प्रहरी टोली त्यहा पुगेको थियो। दमकल सहितको प्रहरी टोलीले आगो निभाएको छ। एम्बुलेन्स पूर्ण क्षति भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्याङुजा १५ भदौ । सूर्याज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ माउत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई कम्पनीको शाखाले सम्मान गरेको हो । कम्पनीको शाखाले टिम व्यवसायमार्फत उत्कृष्ट हुनेहरु शिव पोखरेल, हरि ढकाल र मञ्जु भुजेललाई सम्मान गरेको थियो । व्यक्तिगत उत्कृष्ट व्यवसाय गर्नेहरुकातर्फबाट चित्रबहादुर खत्री, मञ्जु भुजेल र प्रकाश डोटेललाई सम्मान गरिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा मासिक रुपमा उत्कृष्ट व्यवसाय गर्नेहरुमा विनिता श्रेष्ठ, रेखा क्षेत्री, सुस्मिता बस्याल, तिलबहादुर बस्याल, चित्रबहादुर खत्रि, मञ्जु भुजेल, प्रकाश डोटेल, सरिता रेग्मी, सम्पदा कर्माचार्य, जयबहादुर थापा र पुनम श्रेष्ठलाई सम्मान गरेको शाखाले जनाएकोे छ । सम्मान…
स्याङजा १४ भदौ । गण्डकी प्रदेश मुख्य न्यायधीवक्ताको कार्यालय पोखराको आयोजनामा स्याङ्जामा फौजदारी न्याय, चुनौती र समाधान तथा तनाव ब्यवस्थापन बिषयमा अन्तरक्रिया सहित राय सुझाव संकलन गरिएको छ । स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रमको उदघाटन गर्दै जिल्ला न्यायधीश बासुदेव पौडेलले बिभिन्न पेशामा आवद्धता रहे पनि मुल उदेश्य भनेको न्याय पाउनु भएको बताउनुभयो । बिभिन्न कालखण्डमा निर्मित कानूनलाइ आवश्यकता अनुरुप पटक पटक परिमार्जित गर्दै हालको मुलकी अपराप संहिता २०७४ र फौजदारी कसुर २०७४ कार्यबिधि संहिता निर्माण भई कार्यान्वयनको अवस्थामा रहेको जानकारी गराउनुभयोे । समय अनुरुप कानून परिमार्जित गर्नुपर्ने आवश्यक देखिएकाले यस्ता कार्यक्रमको प्रभावकारिता रहनेमा उहाले भन्नुभयो ।प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले स्याङ्जाका…
स्याङजा १४ भदौ । हरितालिका तीजको अबसर पारेर पुतलीबजार नगरपालिकाले नगरस्तरीय तीज गीत प्रतियोगिता गरेको छ । प्रतियोगिताको उदघाटन गर्दै संघिय सांसद राजु थापाले महिला मैत्री कानून निर्माण गर्ने बताउनुभयो । उहाले बढ्दो हिंसा न्यूनिकरण सहित अन्त्यका लागि कानून संशोधनका लागि आवाज उठाउने बताउनुभयो । महिला हिंसामा पुरुषहरु बढी संलग्न भए पनि महिलाबाट महिला नै प्रताडित बन्न दिन नहुनेमा उहाले जोड दिनुभयो । धर्म र कुप्रथाका नाउमा बोक्सी लगायतका आरोप लगाउदै शारिरीक र मानसिक यातना बन्द गर्नै कार्यमा महिला महिलाबीच एकता र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । संबिधानले महिलालाई बिभेद नगरेको जनाउदै उच्च पदस्थ स्थानमा महिलाले कुशलतापूर्व आ आफना…
स्याङजा १३ भदौ । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।स्याङ्जा पुतलीबजार नगरपालिका ११ निवासी अर्याल मुख्य सचिवमा बन्नु भएको हो । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ । “एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय…
स्याङजा १३ भदौ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिको अध्यक्ष इन्द्रेणी अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा भवानी अधिकारी, प्रथम उपाध्यक्ष देवु लम्साल, द्धितिय उपाध्यक्ष लक्ष्मी प्रधान, तृतीय उपाध्यक्ष इन्द्र थापा, महासचिव उषा गहतराज, सचिव बसन्ती आले, कोषाध्यक्ष मिना केसी र सहकोषाध्यक्षमा पम्फा ढकाल चयन हुनु भएको हो । यसैगरी, सदस्यहरुमा लोकमाया श्रेष्ठ, मिना गोदार, सम्झना श्रेष्ठ, दिलमाया गुरुङ, मनिषा गुरुङ, देवु लम्साल, लक्ष्मी गुरुङ, संगीता अर्याल, सुषमा श्रेष्ठ रहनु भएको छ । यस्तै, मिलन कार्की, राधिका थापा, गीता खत्री, हिरा शाही, शुशिला श्रेष्ठ, बिष्णुमाया अधिकारी,…
स्याङजा १३ भदौ । नजिकिदै गरेको हरितालिका तीजको अवसर पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिले सामुहिक दर खाने कार्यक्रम सहित समितिको अधिवेशन सम्पन्न गरेको छ । यी दुबै कार्यक्रमको उदघाटन गर्दै जिल्ला न्यायधीवक्ता श्रीकला पौडेलले जबसम्म महिला आर्थिक रुपमा सम्पन्न हुदैनन तव उनीहरु सक्षम हुन सक्दैनन । उद्यम मार्फत आयआर्जनमा जुट्न महिलालाई आग्रह गर्नुभयो । बिभिन्न पेशा ब्यवसायमा आवद्ध महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै उहाले आर्थिक सम्पन्नतासंगै कानूनी साक्षरता हुन जरुरी रहेकोमा जोड दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, उपाध्यक्ष गंगा प्रधान,…
स्याङ्जा १३ भदौ । वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को आयव्यय बजेट विवरण सार्वजानिक गरेको छ । पछिल्लो समयमा बजेटको विषयमा विभिन्न टिकाटिप्पणीआईरहेको बेला नगरपालिकाले नगरको बजेटको विवरणपत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा पत्रकार हरुले उठाएका विषयहरुमा नगरप्रमख खाँणले वालिङ नगरपालिकाको विकास र समृद्धिको लागि सवै एकजुट हुनुपर्ने, साना मसिना कुराम विवादतर्फ लागियो भने सिँगो नगरपालिकाअसफलहुने धारणा व्यक्तगर्दै बजारमाआएको हल्ला जस्तो नभइ बजेट विधि र प्रक्रियाबाटआएको उल्लेख गर्दै सवै जनप्रतिनिधि कर्मचारीहरुलाइ बजेट कार्यान्वयनमा जोड दिनुएको थियो । आम्दानीशिर्षकमाआन्तरिक र संघियतर्फ ८९ करोड ८४ लाख ६८ हजार ७४१ रहेकोमा आन्तरिक स्रोत तथा विभिन्न शिर्षकको ६ करोड, गतवर्षको…
स्याङ्जा ११ भदौ । वन्यजन्तुको आक्रमणबाट पीडित स्याङ्जाका किसानले झण्डै २ वर्षदेखि राहत नपाएको बताएका छन् । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिकामा राहतको ब्यवस्था हुदाहुदै पनि राहत पाउन नसकेको किसानका गुनासा छन । डिभिजन कार्यालयका वन अधिकृत अम्बरबहादुर पराजुलीले २० महिनादेखि किसानका राहत रोकिएको बताउनुभयो । यसअघि वन्यजन्तुले आक्रमण गरेपछि सत्यतथ्य ठहरिएमा एक महिनाभित्र राहत उपलब्ध गराउने गरेको बताउनुभयो । यसका लागि कुनै समयसीमा नभएको र अहिले जस्तो घटना कहिल्यै नभएको पनि उहाले भन्नुभयो । ‘यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट उपलब्ध हुँदै आएको राहत २ वर्षअघि वन निर्देशनालय मार्फत दिने निर्णय भएको थियो। निकुञ्जतर्फका निकुञ्जले र वनतर्फका बनले…
स्याङ्जा १० भदौ । बुटवलबाट पोखरातर्फ जादै गरेको बस वालिङ्मा चेकजाँच गर्ने क्रममा औषध सहित २ जना पक्राउ परेका छन । कास्की पोखरा महनगरपालिका बस्ने ३४ बर्षिय सुवास गुरुङ र २२ बर्षिय दिनेश सिंह लागु औषध सहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । सिद्दार्थ राजमार्गमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा लु २ ख ५८४ नम्बरको बसमा सवार उनीहरुबाट अवैध लागुऔषध फेला परेको जनाउदै नियन्त्रणमा लिएकोे छ । उनीहरुको साथबाट डाईजेपाम १९ एम्पुल, फेनरागन २० एम्पुल, नोर्फिम २१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ। अदालतले म्याद बढाई थपअनुसन्धान जारी रहेको बताइएको छ ।
स्याङ्जा १० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदै । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाइँदैछ । श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म…
स्याङ्जा १० भदौ । स्याङजामा गएराती बाघ (प्रतिकात्मक) मारेसंगै यसबर्षको गाइजात्रा पर्व सकिएको छ। राजाको आज्ञापाएका शिकारीले बाघ मारेसंगै जनैपूर्णिमाको दिनदेखि सुरु भएको जात्रा सकिएको हो । कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पुतलीबजारमा बसोवास गर्ने नेवार समुदायले गाइजात्रा पर्व अवधिभर दैनिक नृत्यु प्रर्दशन गरे। गाइजात्राको अन्तिम दिन आइतवार साँझ बाघलाई मारेपछि यसबर्षको गाईजात्रा पनि समापन गरिएको हो । प्रगती नेवा झिगु छें प्रगतीनगर र नेवारी धर्मद्धार नाँच समिति स्याङ्जाले जनैपूर्णिमाका दिनदेखि छुट्टाछुट्टै समूहगत गाईजात्रा अन्र्तगतका लाखे नाँच, पुतली नाँच, रोपाई जात्रा, तायमचा, छोकडा, बाघजात्रा, जोगीजात्रा लगायत कुमारी नृत्य समेत प्रर्दशन गरेर स्थानीय कलासंस्कृतिका बारेमा अन्य समुदायलाई पनि जानकारी…
स्याङ्जा ९ भदौ । स्याङ्जामा अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गर्दै ३१ जनालाई सहायता सामाग्री उपलब्ध गराइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा अपाङ्गता ससक्तिकरण तथा सामुदायिक बिकास केन्द्र स्याङ्जाको समन्वयमा ती सामाग्री हस्तान्तरण गरिएका हुन । सामाग्री पाउनेमा पुतलीबजार, भिरकोट, वालिङ , गल्याङ नगरपालिकाका सहति बिरुवा गाउपालिकाकागरी ३१ जना अपांगता भएका ब्यक्तिहरुको लागि सहायता सामाग्री उपलब्ध गराइएको हो । अपांगता भएका ब्यक्तिहरुका माग बमोजिम ह्वील चियर, बैशाखी, सेतो छडी, टवाइलेट चियर, रेडियो, सहयोगी लौरो, वाकर, बेल्ट लगायतका समाग्री उपलब्ध अपाङ्गता ससक्तिकरण तथा सामुदायिक बिकास केन्द्रका अध्यक्ष युवराज पराजुलीले जानकारी दिनुभयो । अपांगता भएका ब्यक्तिका आवश्यकता पहिचानगरी ती सामाग्रीको…
स्याङ्जा ९ भदौ ।बनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने नाराका साथ सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाले बन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को प्रावधान सम्बन्धी प्रशिक्षण दिएको छ । यूएसएडको जलजंगलको आर्थिक सहयोगमा संचालित परियोजना अन्र्तगत सामुदायिक बन उपभोक्ता समूहका सदस्यहरुका क्षमता अभिबृद्धिका लागि बन्यजन्तुका ब्यवहार र समुदायको प्रतिक्रिया तथा निर्देशिकाका बारेमा जानकारी गराएको हो । प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदीले बन्यजन्तुका आक्रमणबाट पिडित भएका किसानलाई तत्काल राहत उपलब्ध गराउनेगरी काम कारवाही गरिनुपर्ने बताउनुभयो । किसानको धेरै मेहनत, परिश्रम र लगानी भएका पशुपालन तथा अन्नमा बन्यजन्तुको…