Author: Syangja Sandesh

स्याङ्जा १३ कात्तिक । पुतलीबजार नगरपालिका ९ कोल्माको बराहचौरमा पुस ७ गते शनिवार चौथो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता गरिने भएको छ । ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता गर्न सकिन्छ भन्ने सूचना प्रवाह गर्ने उदेश्यले दौड प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । ‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने भएको हो। दौड अन्र्तगत खुल्लातर्फ २५ र १० तथा महिलाका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मंचका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उनका अनुसार, जुनसुकै उमेर र खुल्लातर्फ २५ किलोमिटर छ। एक्काइस बर्षमुनिकाका लागि खुल्लातर्फ नै १० किलोमीटर…

Read More

स्याङ्जा १३ कात्तिक । लायन्स क्लब अफ पुतलीबजारका द्दितीय उपाध्यक्ष निरज मरासिनीले आफनो जन्मदिनको अवसर पारेर बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । पुतलीबजार नगरपालिका वडा न १४ स्थित श्रवण माध्यमिक विधायलमा शिशु देखि कक्षा ५ सम्म पढ्ने ५० जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो । सोही कार्यक्रममा पुतलीबजारका पूर्व उपप्रमुख महेश पुरी क्लवले सामाजिक कार्यमा गर्दे आएको रचनात्मक कार्यको प्रशंसा गर्दै निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रममा चार्टर प्रीसिडेन्ट एंव डिष्ट्रीक्ट एड्भाइजर श्री गुरुङ , विधालय व्यवस्थापन समितिका अध्यक्ष रविन केसि , प्रधानाध्यापक हिमलाल ढकाल लगायतले धन्यवाद सहित शुभकामना ब्यक्त गर्नुभएको थियो। लायन्स क्ल्व अफ पुतलीबजारको अध्यक्ष पित्ताम्वर…

Read More

स्याङ्जा १३ कात्तिक । नेपाल राष्ट्रको शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने मुल उदेश्य राखेर विश्वहिन्दू महासंघ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । वेदको उजागर भएको तनहुँको वेदआश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञगर्ने भएको हो । कात्र्तिक १६ गतेदेखी २३ गतेसम्म संचालनहुने महायज्ञको वचनकलाकाअद्धितीय मर्मज्ञ विद्धान भागवतालङ्कार पंण्डित नेत्रप्रसाद पराजुलीले कथावाचन गर्ने आयोजकले जनाएका छन् । पराजुली विश्वहिन्दू महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ । विश्वशान्ति तथा सामाजिक सदभावकालागि श्रीमदभागवत महायज्ञ तनहुँमा गर्न लागिएको महायज्ञ मुलआयोजक समितिका संयोजक तथा विश्वहिन्दू महासंघ स्याङ्जाका अध्यक्ष हरीहर पाण्डेले जानकारी दिनुभयो । उहाका अनुसार वेद अनुयायी प्रतिष्ठान नेपाल, व्यास नगरपालिका तनहुँ र विश्वहिन्द ूमहासंघ तनहुँ सहयोगीका रुपमा…

Read More

काठमाण्डौं ११ कात्तिक । आश्विन शुक्ल पूर्णिमामा दिन आज कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १. १९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४. १९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । राति २. ३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद्…

Read More

स्याङ्जा ११ कात्तिक । नेपालीहरुको महान् चाड दशैंको आज अन्तिम दिन । आजको दिनलाई शरद पूर्णिमा, कोजाग्रत पूर्णिमाका रुपमा चिनिन्छ । आजको दिन चन्द्रमाबाट अमृत बर्सिने विश्वास गरिन्छ । त्यसैले आज रातभर जाग्राम बसेर चन्द्रमा तथा लक्ष्मीको आरधना गर्ने प्रचलन रहेको छ । आजको दिन चन्द्रमा सबैभन्दा नजिक हुने भएकाले चन्द्रमा बलियो हुने विश्वास लिइएको हुन्छ । चन्द्रमाको किरणले पृथ्वीलाई उज्यालो बनाउने मात्र होइन, मानिसको जीवनमा पनि खुसीयाली ल्याउने विश्वास गरिन्छ । आज रातभर जागा बसेर लक्ष्मीको आरधना गर्नाले धन र वैभवको आर्शिवाद मिल्ने विश्वास लिइएको छ । आजकै दिन घरघरमा रातभर बत्ती पनि बालिन्छ । आज अन्तिम दिन आफूभन्दा…

Read More

स्याङ्जा २६ असोज । पुतलीबजार नगरपालिकाले ब्यावसायिक पसलहरुको अनुगमन तथा निरीक्षण गरेको छ। चाडबाड नजिकिदै गर्दै नगरपालिकाले पुनः अनुगमन तथा निरीक्षण गरेको हो। नगरपालिका भित्रका होटल, रेष्टुरेन्ट, खाद्यान्न, तरकारी तथा फलफुल, मासु, दुध र दुधजन्य परिकार, शैलुन तथा मर्मत तथा निर्माण पसल लगायतको अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ। उपप्रमुख संयोजक रहने अनुगमन समितिमा पदाधिकारी सहितको टोलीले पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगर, घुम्ति र ४ स्थित बाडखोला, नागडाँडा , १० स्थित राङखोला, ११ स्थित सुम्रेखोला, १३ स्थित लाम्पाटा बजारका आसपासका झण्डै ३ दिनमा ५ दर्जन भन्दा बढी ब्यावसायिक पसलहरुको अनुगमन तथा निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा ब्यवसाय संचालनका लागि आवश्यक…

Read More

स्याङ्जा ४ कात्तिक । वालिङ् नगरपालिका स्थित भकुण्डेमा प्रधान कार्यालय रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुँदै ज्येष्ठ शेयर सदस्य देवेन्द्र भट्टराईले सहकारीले उत्कृष्टरुपमा काम गर्दै आईरहेको बताउँदै अझै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले स्थापना भएको छोटो अवधिमै यस सहकारीले वित्तीय फड्को मारेको दावी गर्नुभयो । सहकारीका सञ्चालक समिति, कर्मचारीहरुको प्रयासबाट मात्रै नभई यसरी नै सबैको साथ र सहयोग आवश्यक रहने उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले सहकारीका सात सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले सहकारीलाई थप उचाईमा पु¥याउन विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने शेयर सदस्य, सञ्चालक समिति तथा…

Read More

स्याङ्जा ४ कात्तिक । नेपाल ऋषि प्राज्ञ डा जगमान गुरुङ स्याङ्जाको वालिङ् नगरपालिकामा आउनुहुने भएको छ । मातापिता प्रतिष्ठान वालिङ्को आयोजनामा यही कार्तिक १८ गते हुने बृहत भेलाको सम्बोधनका लागी गुरुङ वालिङ आउने हुनु भएको हो । वालिङ स्थित हल सिटी हलमा हुने कार्यक्रममा संस्कार संस्कृति प्राचीन सभ्यता , धर्म संस्कृति, चार्ड वार्ड लगाएतका विषयमा वैज्ञानिक तथा धार्मिक महत्वका विषयमा जानकारी गराईने आयोजकले जनाएको छ । पश्चिमा राष्ट्रहरूमा व्यापक प्रयोगमा आउने गरेको ओल्ड यज क्लबको महत्व र आजको नौलो समाजमा यसको आवश्यकता बारे छलफल गर्दै सो को स्थापनाका कार्यक्रम पनि अघाडी बढाउने प्रस्तिठानका सचिव भरत बगालेले बताउनुभयो । केहि समय…

Read More

काठमाण्डौ ४ कात्तिक । हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले त्यो ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्ड बाजा, पञ्जे बाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ । आज पनि बडो तामझामका साथ फूलपाती भित्र्याइएको छ । पृथ्वीनारायण शाहले काठमाण्डौ राज्यमाथि विजय प्राप्त गरेदेखि गोरखाबाट काठमाण्डौ फूलपाती ल्याउने परम्परा छ । आजै राति कालरात्रि देवीको पूजा गरिन्छ । नवरात्रिको सातौँ दिन आज दुर्गापीठ, दशैँघर, कोत…

Read More

स्याङ्जा ३० असोज । महालक्ष्मी बचत तथा ऋण सहकारीको लिमिटेडको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका २ देवीस्थानमा रहेको सहकारीको उदघाटन गर्दे वडाअध्यक्ष भीमबहादुर गुरुङ्ले सहकार्य र एकताले मात्र सहकारी राम्ररी संचालन हुने बताउनुभयो । सहकारीका ७ सिद्धान्त अवलम्बन गर्दै अघि बढेमा सबै सहकारीको नतिजामा गुणस्तरीयता कायम हुनेमा जोड दिनुभयो । आफनै वडामा रहेको सहकारीले समाजका सानातिना समस्या हल गरेको जनाउदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष विश्वनाथ पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य यादवराज शर्मा, राष्ट्रिय सहकारी बैंकका निमित्त प्रमुख फणिनारायण कोइराला (दिपक), नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पुतलीबजार…

Read More

स्याङ्जा ३० असोज । स्याङ्जा प्रहरीले ६८ औं प्रहरी दिवस बिबिध कार्यक्रम गरि मनाएको छ। ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दे प्रत्येक बर्ष आजका दिन प्रहरी दिवस मनाइने गरिन्छ। दिवसमा प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गर्नुभयो । सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सिमित स्रोत र साधनको बाजजूद पनि स्याङ्जा प्रहरीले सामाजिक क्षेत्रमा पुरयाएको सेवाप्रति आफु सन्तुष्ट रहेको जनाउनुभयो। घरपरिवारमा हुने सामान्य देखि जिल्लामा भए गरेका घटनाप्रति प्रहरीले गर्दे आएको कामको प्रशंसा गर्दै अपराध अनुसन्धानमा प्रहरी यूनिट अब्बल रहेको बताउनुभयो । कार्यक्रममा…

Read More

काठमाण्डौ २९ असोज । मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ । पाटनमा आज सोमवार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गर्नुभएको छ । पुरस्कारको राशि चाररचार लाख रुपैयाँको रहेको छ । कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहार चित्रमार्फत साहित्य अनुरागी माझ पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकाले जगदम्बा–श्री सम्मान अर्पण गरिएको गुठीले जनाएको छ । ६० वर्षभन्दा लामो समयदेखि कला क्षेत्रमा सक्रिय मुखियाले साझा प्रकाशनमा आबद्ध…

Read More

स्याङ्जा २९ असोज । रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं साधारणसभा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका १ स्थित केन्द्रिय कार्यालयमा आयोजित साधारणसभाको उदघाटन गर्दे रोयल तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुवेदार कृष्णमान श्रेष्ठले जुन ब्यवसायका लागि कर्जा लिइएको हो सोहीमा लगानी गरे सफल हुने बताउनुभयो । एकातीर कर्जा लिदै अर्कोतर्फ बुझाउदै गर्ने प्रचलनले धेरै बैंक तथा बित्तीय संस्थाहरु डुब्दै गएको जनाउदै उहाले यसतर्फ सबै सरोकारवालाले ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका कार्यकारी अध्यक्ष भरतराज ढकालले सहकारीले अव कृषितर्फ जोड दिनु पर्ने बताउनुभयो । अन्य जिल्लाका तुलनामा स्याङ्जा कृषिका लागि…

Read More

स्याङ्जा २८ असोज । लायन्स क्लव अफ पुतलीबजारले पुतलीबजार नगरपालिका ४ स्थित भ्यू टावरमा डस्टिवन प्रदान गरेको छ । क्लबका वरिष्ठ सदस्य इन्जिनियर नवराज शर्माको जन्मदिनको अवसर पारेर डस्टवीन बितरण गरेको हो । वातावरण स्वच्छ राखौं फोहोरमैलाको उचित ब्यवस्थापन गरौं भन्ने उदेश्यका साथ डस्टवीन प्रदान गरिएको हो । डस्टविन बितरण कार्यक्रममा बोल्दै पूवं वडाअध्यक्ष ओम खड्काले लायन्स क्लवले मानवीय एवं सामाजिक सेवामा पुरयाउदै आएको सहयोगको चर्चा गर्दै आगामी दिनमा समेत सक्रियरुपमा लाग्न सुझाव दिनुभयो । डिस्ट्रीक्ट एडभाइजर श्री गुरुङ, जोन चियर पर्शन ला. डोलराज रेग्मी( कृष्णा), रामकोष भ्यु टावर समितिका अध्यक्ष राम बहादुर थापा लगायतले शुभकामना ब्यक्त गर्नुभएकोे थियो। क्लवका…

Read More

स्याङ्जा २८ असोज । पुतलीबजार नगरपालिका वडा नं १३ लाम्पाटा बजार ब्यवस्थापन समितिले नजिकिदै गरेको विजयादशमीको अवसर पारेर साधारणसभा सहित बिबिध कार्यक्रम सम्पन्न गरेको छ । समितिले शुभकामना आदान प्रदान, चियापान तथा जेष्ठनागरिक सम्मान लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ । सभा सहित बिबिध कार्यक्रमको उदघाटन गर्दै वडा अध्यक्ष जुद्धबहादुर थापाले चाडपर्वको सांस्कृतिक एवं सामाजिक महत्वलाई कायम राख्दै आ आफना अवस्था अनुरुप मनाउनु पर्नेमा जोड दिदै नजिकिदै गरेको विजयादशमीको शुभकामना ब्यक्त गर्नुभयो । सोही कार्यक्रममा पूर्व जिविस सभापति रामबहादुर थापा, मातृभूमि बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष ख्यामनारायण अधिकारी, पूर्व अध्यक्ष धुवराज अधिकारी, समाजसेवी आश्विनप्रसाद अर्याल, बालचन्द थापा, मुक्ति सुवेदी, तारकबहादुर थापा, कृष्ण…

Read More