स्याङ्जा २२ कात्तिक । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा जीवन वाटिका नेपाल स्याङ्जाको आयोजनामा लागु औषध तथा एचआइभी एड्स सम्बन्धी जनचेतना कार्यक्रम गरिएको छ । पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयमा अध्ययरत बिद्यार्थीलाई जनचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिद्यालय तहदेखि नै बालबालिकालाई कितावी ज्ञानसंगै यस्ता खालका प्रशिक्षण आवश्यक रहने बताउनुभयो । बिद्यालय तहमै राम्रा नराम्रा सबै खालका गतिबिधिमा संलग्न हुदै अघि बढ्ने बालबालिकालाई लागु औषध जस्ता कुलतमा फसेमा के हुन्छ भनी सिकाउन आवश्यक रहेको बताउदै आगामी दिनमा अन्य बिद्यालयमा पनि उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा शिक्षक संघका केन्द्रिय उपसभापति लक्ष्मीप्रसाद…
Author: Syangja Sandesh
स्याङ्जा, २२ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार स्याङ्जामा एकैपटक १२ वटा स्वास्थ्य संस्थाकोे उदघाटन गरेका छन्। सोही अवसरमा मुख्यमन्त्री पाण्डेले विधुत्तिय स्वास्थ्य व्यवस्थापन प्रणालीको पनि शुभारम्भ गर्नुभएको छ । वालिङ् नगरपालिका १२ शिर्शेकोट स्थित दह पोखरीमा नवनिर्मित स्वास्थ्य संस्थाको उद्घाटन गरे। त्यसपछि उनले भर्चुअल माध्यमबाट अन्य ११ वटा वडामा निर्मित स्वास्थ्य संस्थाको एकैपटक उदघाटन गर्नुभएको हो । उदघाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामितामा राखेको बताउनुभयो । गरिब, विपन्न, महिला, बालबालिका र जेष्ठ नागरिकका स्वास्थ्य उपचारमा सरल नीति अवलम्बन गरेको जानकारी गराउनुभयो । नसर्ने रोगका उपचारका लागि आर्थिक सहयोग एवं निशुल्क उपलब्ध गराएको उहाले…
स्याङ्जा २० कात्तिक । जिल्ला क्रिकेट संघको आयोजनामा प्रथम पुतलीबजार उपमेयर रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय महिला क्रिकेट लिग प्रतियोगिता सोमबार (आज) देखि सुरु भएको छ । पुतलीबजार नगरपालिका वडा नं. १ स्थित मालेबगर खेलमैदानमा भएको प्रतियोगिताको उदघाटन गर्दे नगरउपप्रमुख देवी अर्यालले सबैको चासो र महत्वका रुपमा रहेको क्रिकेट खेललाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । नेपालमा क्रिकेट खेलको संभावना राम्रो रहेको उहाको भनाई छ । कार्यक्रममा वडा अध्यक्ष अग्नीप्रसाद पौडेल, कार्यपालिका सदस्य संजीता अर्याल, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, रेडियो स्याङ्जा तथा टेलिभिजनका अध्यक्ष धु्रवबन्धु पौडेल, नेपाली कांग्रेस नगर सभापति सुरजकुमार अधिकारी, प्याब्सनका उपाध्यक्ष दिपक मरासिनी, नगर विकास सदस्य तारा…
स्याङ्जा २० कात्तिक । नेपाली कांग्रेस स्याङ्जाले भूकम्प पीडित परिवारका लागि साढे १० लाख भन्दा बढीको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जाजरकोटको रामीडाँढा केन्द्रविन्दु भएर गएको भूकम्प पीडितहरुको पुनस्र्थापना, राहत लगायतका कार्यका लागि आर्थिक सहयोग गर्ने भएको हो । आइतवार कार्यालयमा बसेको कार्यसमिति पदाधिकारीको बैठकले जिल्लाभरका क्रियाशिल सदस्यबाट जनही ५० रुपैंया संकलन गर्दा संकलित रकम १० लाख ५६ हजार १५० रुपैंया प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको स्याङ्जा सभापति एवं प्रतिनिधिसभा सदस्य राजु थापाले जानकारी दिनुभयो । जिल्लाभरका २१ हजार १२३ जना क्रियाशिल सदस्यबाट जनही ५० रुपैंया संकलन गरेर उपलब्ध गराउने जनाएको छ । यो रकम न्यूनतम…
स्याङ्जा १९ कात्तिक । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको १९ औं साधारणसभा सम्पन्न भएको छ । चुरे ध्वस्त पाइदैन, मरुभूमिकरण गर्ने नीति चाहिदैन’ भन्ने नाराका साथ साधारणसभा गरिएको हो । साधारणसभाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले पूर्व राष्ट्रपति रामबरण यादवको पालामा चुरे संरक्षण अभियान संचालन गरिएता पनि कार्यान्वयन हुन नसक्नु दुखद रहेको बताउनुभयो । सरकारले चुरे दोहनको नीति परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । राजश्व संकलनका नाउमा राज्यले प्राकृतिक सम्पतीमा हानी नोक्सानी पुरयाउन नहुनेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर रावलले चुरे संरक्षणबाट उत्पन्न नकारात्मक प्रभाव र यसको संरक्षणको आवश्यकताका बारेमा जानकारी…
स्याङ्जा १८ कात्तिक । शुक्रवार राती गएको भूकम्पका कारण अर्जुनचौपारी गाउँपालिका १ माटेथरमा सुख्खा पहिरो गएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पको धक्काबाट स्याङजाको अर्जुनचौपारीमा पहिरो खस्दा बाटो अबरुद्ध छ । हेलु — अर्जुनचौपारी सडकको माटेथरमा भुकम्पको कम्पनले पहिरो खसेको हो। फेरि पनि खस्ने डरले बाटो सुचारु गर्न नसकेको गाउँपालिकाले जनाएको छ । आइतवार पहिरो पन्छाएर बाटो खुलाउने भएको छ । गएराती स्याङ्जामा पनि भूकम्पले जमिन हल्लाएको थियो। भुकम्पले भने स्याङ्जामा अन्य क्षतिका खबर प्रहरी, प्रशासन सम्म नआएको बताइएको छ ।
काठमाण्डौं १८ कात्तिक । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै (शनिवार) प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहनुभएको छ । उहाँ चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुग्नुभएको हो । नेपाली सेना,…
स्याङ्जा १८ कात्तिक । बालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यमकान्त खनाल निर्वाचित हुनु भएको छ । उहाँले १५७१ म्त पाउनु भएको भने निकटतम प्रतिस्पर्धी लक्ष्मीपति पौडेलले ७१५ मत पाउनु भएको छ । खनाल ८५६ मत धेरै ल्याई निर्वाचित हुनु भएकोहो । यस्तै उपाध्यक्षमा यज्ञप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।उहाँले २०८६ मत ल्याउनु भएको छ भने यमलाल शर्मा पंगेनीले ४३८ मत पाउनु भएको छ । यस्तै सचिवमा गोकर्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । उहाँले २०१३ मत ल्याउदा प्रतिस्पर्धी कमल पंगेनीले ५३२ मत ल्याउनु भयो । यस्तै कोषाध्यक्षमा दुर्गा कुमारी न्यौपाने निर्वाचित…
काठमाण्डौं १७ कात्तिक । नेपाल टी ट्वेन्टी क्रिकेट विश्वकपका लागि छनौट भएको छ। काठमाडौंको मूलपानी मैदानमा आज भएको सेमिफाइनल खेलमा युएइलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको युएइले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । नेपाल अब सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी ट्वेन्टी विश्वकपमा खेल्न पाउने छ । नेपाल दश वर्षपछि टी–ट्वेन्टी विश्वकपका लागि छनौट भएको हो । सन् २०१४ मा पनि नेपालले टी–ट्वेन्टी विश्वकप खेलेको थियो ।…
स्याङ्जा १७ कात्तिक । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा जीवन वाटिका नेपाल स्याङ्जाको आयोजनामा लागु औषध तथा एचआइभी एड्स सम्बन्धी जनचेतना कार्यक्रम गरिएका छन् । पुतलीबजार नगरपालिका ३ स्थित भूतपूर्व आवासिय मावि, काजीमान हरिटिका मावि र शिशु निकेतन आवासिय माविका बिद्यार्थीलाई जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका हुन् । भूतपूर्व सैनिक आवासिय माविमा आयोजित कार्यक्रमको उदघाटन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिद्यालय तहदेखि नै बालबालिकालाई यस्ता खालका प्रशिक्षणले उनीहरुलाई सकारात्मक प्रभाव पार्ने र लागु औषध जस्ता कुलतमा नफस्ने बताउनु भयो । यस्ता कार्यक्रमलाई नगरभित्रका सबै विद्यालयमा प्रशिक्षण दिनु पर्ने बताउदै बालबालिकाले आफु मात्र नभई अभिभावकलाई समेत सिकाउन उत्पे्ररित गर्नेमा जोड दिनुभयो ।…
स्याङ्जा १७ कात्तिक । वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं अधिवेशन अन्तर्गतको निर्वाचनको मतदान कार्य आज (शुक्रवार) सम्पन्न भएका छन् । शुक्रबार सम्पन्न मतदानमा कूल ७ हजार ८ सय १४ मध्ये जम्मा २ हजार ७ सय ९८ मत खसेको छ । निर्वाचन उपसमितिका संयोजक मुक्तिप्रसाद पाण्डेका अनुसार कूल मतदाताको ३५.७४ प्रतिशत मत खसेको हो । संस्थाको वालिङ, बायँटारी, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मी गरी ४ वटा सेवाकेन्द्र र वालिङ ७ केवरेको सदस्य सम्पर्क कार्यालयमा गरी ५ स्थानमा मतदान भएका छन् । निर्वाचन समितिले जनाए अनुरुप वालिङ सेवा केन्द्रमा १ हजार १ सय ५०, बायाटारीमा…
स्याङ्जा १७ कात्तिक । गल्याङ नगरपालिका –७ मा स्थित सेतीबेणी शिलाको दर्शन गर्न गएका आमाको कालीगण्डकीले बगाउदा मृत्यु भएको छ भने छोराको अस्पतालमा उपचार भैरहेको छ। शुक्रवार बिहान शिला दर्शनका लागि पर्वतको विहादी गाउँपालिकाका २५ बर्षीया रितु भट्टराईको नदीले बगाउदा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक पावलसिंह लामाका अनुसरा, ‘उनका ४ बर्षे छोरा रियान्स भट्टराई कालीगण्डकी नदीमा खसेपछि छोरालाई बचाउन नदीमा हाम फालेकी आमा सहित छोरालाई उद्धार गरी अस्पताल लगिएकोमा उपचार क्रममा आमाको मृत्यु भएको छ भने छोराको अवस्था गम्भीर छ।’ । उनीहरु दुबैलाई ३५ मीटर तलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। आमा छोरालाई नै उद्धारपछि कालीगण्डकी अस्पताल मिर्मीमा…
स्याङ्जा १५ कात्तिक । बिद्यालय तहबाटै बालबालिकालाई पर्यटनको आवश्यकता र महत्वका बारेमा जानकारी गराउने उदेश्यले पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श माध्यमिक बिद्यालयमा मंगलबार बक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिजम बोर्ड, युएनडीपी र एसटीएलआरपीको सहकार्यमा गण्डकी प्रदेशको पर्यटन र संभावना बिषयक बक्तृत्वकला प्रतियोगिता गरिएको हो। प्रतियोगितामा प्रबेश गोदार प्रथम, आकृती बुडा मगर द्धितिय र सोएफ अली तृतिय भएका छन्। प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कृत गरिएको छ। स्याङ्जाको पर्यटनक्षेत्र प्रती युवा विद्यार्थीहरुलाई उत्प्रेरित र प्रवद्र्धन गर्ने लक्ष्य सहित कार्यक्रम गरिएको टुरिजम रिसर्चका अध्यक्ष मदन बरालले जानकारी दिनुभयो । कार्यक्रममा निर्देशक सरोज प्याकुरेलले पर्यटनमा हालका अवस्था बारे जानकारी गराउदै पर्यटनमा…
स्याङ्जा १५ कात्तिक । अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलो पटक कर सहायता कक्षको स्थापना गरिएको छ ।पालिका भित्रका नागरिकका कर सम्बन्धि समस्यालाई सहायता गर्ने उदेश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो । गाउँपालिकामा करदाता र कर कार्यालय जोड्ने फोकल व्यक्तिको रुपमा गाउँपालिकाकै आलेप कर्मचारी अस्मिता रेग्मीलाई पालिकाले तोकेको छ । कर सहायता कक्ष र फोकल ब्याक्तीले पालिकास्तरमा कर सम्बन्धी चेतना दिने, प्राविधिक रुपमा करदातालाई सहयोग गर्ने, करदाता सेवा कार्यालयसँग समन्वय गर्नेछ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा सहायता कक्षको सहयोगमा पालिकाबाटै सुबिधाहरु दिने सके जनमैत्री सेवा प्रवाह हुने र करको बारेमा गुनासो घट्ने बताउनुभयो ।…
स्याङ्जा १४ कात्तिक । चापाकोट नगरपालिकामा ७ खासा स्थित एक घरमा मंगलबार बिहान पत्नी घरभित्र र पती घर बाहिर मृत अवस्थामा भेटिएका छन्। प्रहरी निरीक्षक पहलसिंह लामाका अनुसार, ‘धारिलो हतियार बञ्चरो प्रहारगरी हत्या गरिएको अवस्थामा अन्दाजी ४५ बर्षिया पार्वती विक आफनै घरको कोठामा मृत भेटिईन्। यसैगरी, ४८ बर्षिय उनका पती देवबहादुर विक घर नजिकको रामसिंगेको रुखमा झुण्डिएको अवस्थामा थिए।’ मृतक पति पत्निका ३ छोरा र २ छोरी छन्। २ छोरा विदेश, एक छोरा काठमाण्डौं, एक छोरीको विहे भएर घरमा छन्। उनीहरुसंगै रहेकी १४ बर्षिया एक छोरी अर्को कोठामा सुतिरहेको र त्यस्तो घटना घट्दा समेत थाहा नपाएको उनले बताएको प्रहरी निरीक्षक…