स्याङ्जा २८ कात्तिक । आज यम पञ्चकको चौथो दिन अर्थात् गोबर्धन पूजा । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ । भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान श्री कृष्णसंग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख…
Author: Syangja Sandesh
स्याङ्जा २७ कात्तिक । तिहारको चौथो दिन अर्थात कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकआज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा…
स्याङ्जा २६ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसर पारेर आँधीखोला गाउँपालिका ६ फापरथुम स्थित आनन्दआश्रम ज्ञान केन्द्र स्याङ्जाल अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिताको गरेको छ । कविता वाचन प्रतियोगितामा प्रद्युम्न पनेरु माविकी छात्रा शिखा सुनार प्रथम, रजस्थल माविकी छात्रा सदीक्षा बराल द्वितीय, श्रवण माविकी छात्रा सुशीला पौडेल तृतीय र सेपत माविकी छात्रा सुजाता लामिछाने सान्त्वना हुनु भएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने छात्राहरूलाई क्रमशः पाँच हजार, तिन हजार, दुई हजार र एक हजार नगद पुरस्कार र सहभागी बिद्यार्थीलाई सम्मानपत्र र प्रोत्साहन स्वरूप जनही ५ सय रुपैयाँ प्रदान गरिएको छ । ‘व्यक्ति–व्यक्ति…
स्याङ्जा २६ कात्तिक । करदाता सेवा कार्यालय,पुतलीबजार स्याङ्जाले कर सप्ताहको अवसरमा सचेतनामूलक सट भिडियो प्रतियोगिता आयोजना गरेको छ। मंसिर १ गतेदेखि ७ गतेसम्म मनाइने कर सप्ताहको उपलक्ष्यमा कर सचेतनामूलक सर्ट भिडियो प्रतियोगिता आयोजना गरिएको करदाता सेवा कार्यालय, पुतलीबजार स्याङ्जाका कार्यालय प्रमुख विजय भुसालले बताउनुभयो । टिकटक फेसबुक लगायतका सामाजिक संजालको प्रयोग गरेर समेत भिडियो निर्माण गर्न सकिने छ। भिडियो कर सचेतनामूलक हुनुपर्ने र एक मिनेट भन्दा छोटो हुनुपर्ने छ । भिडियो सामाजिक संजालमा पोष्ट गरिसकेपछि संजालमा आउने प्रतिक्रिया र निर्णायकको निर्णयअनुसार विजेता घोषणा गरिने कर कार्यालयले जनाएको छ ।। कर सचेतामूलक सर्ट भिडियो प्रतियोगितामा प्रथम हुनेले न्युनतम नगद रू ५…
स्याङ्जा २६ कात्तिक । आज तिहारको दोस्रो दिन लक्ष्मी पुजा परेको छ । आज तिहारको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको छ । यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । तर यस वर्ष कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको हो । लक्ष्मी पुजा पनि आजको दिन परेको छ । गाई तिहारको दिन पर्ने लक्ष्मी पुजा यो वर्ष आज अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन परेको हो । आज बेलुकी लक्ष्मी पुजा गरिन्छ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा…
स्याङ्जा २६ कात्तिक । आज तिहारको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको छ । यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । तर यस वर्ष कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको हो । कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले आज विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ । कुकुर तिहारको दिन कुकुरलाई पूजा गरेर माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ…
स्याङ्जा २५ कात्तिक । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तिहारका बेला खेलिने देउसी भैलो रातको १० दश बजेसम्म मात्र संचालन गर्न सूचित गरेको छ । सांस्कृतिक कार्यक्रम गर्दा सार्वजनिक यातायात, सामाजिक जीवन र कसैका इच्छा र चाहना विपरितका कार्य नगरी शान्तिपूर्ण वातावरणमा मनाउन समेत अनुरोध गरेको छ । भाइचारा र आत्मियताको सम्बन्ध बढाउदै आ आफना चाडपर्व, संस्कृति र परम्परा बमोजिम मनाउन र अरुका धर्मसंस्कृतिलाई ठेसपुग्ने जस्ता कार्य नगर्न नगराउन सुझाव दिदै स्याङ्जा प्रशासनले अत्यन्त जरुरी सूचना भन्दै ८ बुदें निर्देशन समेत उल्लेख छ । निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा जारी सूचनामा पटका, भूईचम्पा, अतिसवाजी, बिस्फोटक पदार्थ जस्ताको बस्तुको प्रयोग र…
स्याङ्जा २५ कात्तिक । तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । प्रत्येक बर्ष काग तिहारको दिनबाट तिहार अनि यमपञ्चक शुरु भएको मानिन्छ । तिथिको आधारमा मनाईने त्रयोदशी तिथि शुरु भएसँगै तिहार शुरु भएको मानिन्छ र आज विहान कागको पूजा गरिन्छ । तिहार पर्व कार्तिक कृष्ण त्रयोदशी देखि शुरु भई कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाईन्छ । आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई सन्देश प्रवाहक प्राणीको रुपमा लिईन्छ । काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ ।…
स्याङ्जा २३ कात्तिक । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले विकासका लागी तिन वटै तहका सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । कालीगण्डकी गाउँपालिकामा बिहीवार मिर्मि खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो । मन्त्री तिवारीले भन्नुभयो, ‘विकासको लागी संघिय, प्रदेश र स्थानीय तह एउटै टेबलमा बसेर छलफल गरेर एजेण्डा तयार गरी अगाडि बढ्नुपर्छ । विकास सबैको साझा हो यसमा कुनै स्वार्थ हुनुहुँदैन ।’मन्त्री तिवारीले कालिगण्डकी सहित स्याङ्जाको विकासमा आँफूले मन्त्रालय सम्हालेपछि धेरै योजनाहरु शुरु भईसकेको भन्दै विषेश गरी यहाँको सिँचाई र खानेपानीका योजनाहरुलाई सफल पार्न नागरिक पनि सक्रिय…
स्याङ्जा २३ कात्तिक । लायन्स क्लब अफ भीरकोट पश्चिम रूकुमका भुकम्प पीडितहरूका निम्ति राहत सामाग्री बोकेर बुधवार गन्तव्यतर्फ प्रथान गरेको छ । पश्चिम रूकुमको आठबिसकोट नगरपालिकाका भुकुम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरिने क्लबका अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले बताउनुभयो । क्लबले आफ्ना सदस्यहरू, भीरकोट र अर्जुनचौपारीका शुभेच्छुक व्यक्ती एवं संघसंस्थाहरूसँग आर्थिक सहयोग लिइ राहत सामाग्री खरिद गरेको क्लबले जनाएको छ। २० घरपरिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न , लत्ताकपडा लगायतका आधारभूत सामाग्री बोकेका २ वटा सवारी साधन र ११ जना क्लबका स्वयंसेवकहरू रूकुम गएका हुन्। “फाइबर सिरक, म्याट,त्रिपाल, चामल, दाल, नुन ,च्युरा लगायतका अत्यावश्यक राहत सामाग्री सहित प्रभावित बस्तीतर्फ लागेका छन्…
स्याङ्जा २३ कात्तिक । चापाकोट नगरपालिकाले पालिकाभित्रका अतिबिपन्न ५ परिवारलाई घर बनाइदिने भएको छ। घरवार विहीन अति विपन्न ५ परिवारलाई एक÷एक वटा सामान्य घर निर्माण गरिदिने नगर प्रमुख देवबहादुर खाण (ईश्वर) ले जानकारी दिनुभयो । दिनभर अरुको काम गरेर रातमा आफनै घरमा आरामले सुत्न पाउन भन्ने उदेश्यले यसबर्ष ५ वटा घर निर्माण गर्ने योजना बनाएको उहाले बताउनुभयो । उनका अनुसार, ‘यसवर्ष वडा नं. ७ का सीता दर्जी, वडा नं. ४ का रोमन विक र केशबहादुर दमै, वडा नं. १० का माया भट्टराई र दिवस विकको घर बनाउनेछौं।’े हाल घरवार बिहीन भएर भाडामा बस्दै आउनु भएका ती परिवारलाई नगरपालिकाले बासको ब्यवस्थापन…
स्याङ्जा २३ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई स्याङ्जाको गल्याङ नगरपालिकाले चार लाख सहयोग गर्ने निर्णय गरेको छ । गल्याङ नगरपालिकाको कार्यपालिका बैठकले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको छ दशमलव चार रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति पालिकाले दुःख प्रकट गर्दै भुकम्प पिडितलाई थप राहत मिलोस भनी पालिकाले चार लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । गल्याङ नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिबाट २ लाख रुपैयाँ र नगरपालिकाको विपत व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ गरि जम्मा ४ लाख रुपैयाँ नेपाल सरकारले खडा गरेको विपद…
स्याङ्जा २३ कात्तिक । भीरकोट नगरपालिकाले भुकम्प प्रभावितलाई ३ लाख सहयोग गर्ने निर्णय गरेको छ । जनप्रतिनिधी र कर्मचारीले सहयोग गर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकले भुकम्प प्रभावितहरुका लागी ३ लाख रुपैँया प्रधानमन्त्री दैवि प्रकोप राहत उद्धार कोषमा ३ लाख रुपैँया जम्मा गर्ने निर्णय गरेको हो । साथै भुकम्प प्रभावितका लागी फाईबर सिरेक समेत पठाईएको नगरपालिकाले जनाएको छ ।
स्याङ्जा २३ कात्तिक । दशैंको अवधिभर स्याङ्जाका विभिन्न शक्तिपीठहरुमा ४ हजार ३७ पाठापाठीको बली दिईएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्मको अवधिमा जिल्लाका ९८ वटा शक्ति पीठहरुमा उक्त पाठापाठीको बली दिईएको हो । एघार वटा पालिकाका शक्ति पीठहरुको तथ्याङ्क सङ्कलन गर्दा युवाहरुलागि नमुना बाख्रा गाउँ अभियान, स्थानीय जनप्रनिधिहरु, मन्दिर ब्यवस्थापन समितिको सहयोगमा जिल्लाभरको तथ्याङ्क लिदा सो तथ्यांक पाइएको अभियन्ता सुशील अर्यालले जानकारी दिनुभयो । उहाका अनुसार ९८ वटा शक्ति पीठहरुमध्ये दुई वटामा पाठीको बली दिईन्छ भने अन्यमा पाठा तथा बोकाको बली दिने गरिएको उहाँले बताउनुभयो । बली दिंदा अनुमानित पाँच करोड ८५ लाख ३६ हजारको पाठापाठी बिक्री भएको र छिटफुट…
स्याङ्जा २२ कात्तिक । गैर सरकारी संस्था महासंघ स्याङ्जा शाखाको १८ औं साधारणसभा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगरमा आयोजित साधारणसभाको उदघाटन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले समग्र नगरपालिकाको विकासका लागि सरकारी निकाय र गैर सरकारी निकायबीचको समन्वय आवश्यक रहेको बताउनुभयो । उहाले गैरसरकारी संस्था र सरकारी संस्थाबीच समन्वय गरेर अघि बढ्न आफु तयार रहेको बताउदै सहकार्य गर्दे अघि बढ्ने भन्नुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का, प्रदेश उपाध्यक्ष पदमराज पहारी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जा एवं टेलिभिजनका अध्यक्ष धु्रववन्धु पौडेल लगायतले गैरसरकारी संस्थाले बिगतदेखि नै धेरै राम्रा काम गरेको जनाउदै…