Author: Syangja Sandesh

स्याङ्जा ९ मंसिर । सिदार्थ राजमार्ग अन्र्तगत स्याङजाको करादि खोलामा मोटरसाईकल र इन्डियन कार एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार दुईजना गम्भिर घाईते भएका छन् । दुर्घटनामा गल्याङ नगरपालिका ८ का ३० बर्षिय कुल वहादुर राना र २३ बर्षिय सुरज राना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजा नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । घाईतेको गहै कालिका प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात गण्डकी मेडिकल पोखरामा लगिएको रानाले बताउनुभयो । बुटवलबाट स्याङ्जा तर्फ आउदै गरेको युपी ४५ भी ४६०१ नम्वरको कार र वालिङवाट गल्याङ जादै गरेको लु ११ प ६७११ नंको मोटरसाइकल एक आपसमा ठोकिएको हो । ठोकिएको मोटरसाईकल पुण रुपमा…

Read More

स्याङ्जा, ९ मङसिर । पुतलीबजार नगरपालिका १ मा ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा÷द्रष्टा सम्मान, पुरस्कार बितरण तथा ज्याग्दीखोलाको तरङग–३२ को लोकापर्ण कार्यक्रम गरेको छ । यहाँ ज्याग्दीखोला साहित्य–कला पुरस्कारले कबि पोषराज पौडेल, विश्वराधानेत्रा साहित्य पुरस्कार २०८० ले साहित्कि व्यक्तित्व डागोविन्दप्रसाद शर्मा(सुकुम) र कथाकार वनमाली निराकारलाई ज्याग्दीखोला साहित्य सम्मान–२०८० ले सम्मान गरिएको छ ।२०७६ सालमा हरेक बर्ष प्रदान गर्ने गरी प्रतिष्ठान स्याङ्जाले स्थापना गरेको १० हजार राशीको साहित्य–कलाबाट पुरस्कृत ७९ बर्षिय पौडेल कास्की, पोखराको घार्मीमा जन्मनु भएको थियो । खण्डकाव्य, जीवनी, काब्य, कबिता लगायतका दुई दर्जन पुस्तक प्रकाशित गर्नु भएका पौडेल गण्डकी वाङ्मय पुरस्कार, मदनमोहन स्मृति पुरस्कार लगायतका पुरस्कार सम्मानित भैसक्नु…

Read More

स्याङ्जा, ९ मङसिर । कानुन, न्यायतथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारका फाइल खुल्दै जाने बताउनु भएको छ । पुतलीबजार नगरपालिका १ स्याङ्जामा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा ५ औ विश्व सम्मेलनमा शनिबार मन्त्री गुरुङले भ्रष्टचार गर्ने कसैलाई नछाडिने बताउनुभयो । पछिल्लो समयमा भ्रष्टचार धेरै भएको बताउदै मन्त्री गुरुङले यसैका कारण राजनितिमा काला धब्बादाग देखा परेको बताउनुभयो । राजनिति सेवा भएको बताउदै मन्त्रीगुरुङले सेवालाई गलत दिशामा लानेलाई खबरदारी भने गर्नुपर्ने बताउनुभयो । निस्वार्थ काम गर्ने उदेश्यले आएको र काम गर्ने बताउदै मन्त्री गुरुङले पद आउने जाने बताउनुभयो । भ्रष्टचारी कारबाही गर्न प्रधामन्त्री, गृहमन्त्री समेत लागि गरेरका कानुन…

Read More

स्याङ्जा ८ मंसिर । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले स्याङ्जामा आफ्नो मन्त्रायलको कामको प्रगति खोज्नु भएको छ । मन्त्रायलबाट बिनियोजन भएको बजेटको प्रगति कस्तो छ र योजनाहरु कसरी अगाडि बढेका छन् हेर्न प्रत्यक्ष मन्त्री जुग्जाली फिल्डमा पुग्नु भएको हो । मन्त्री जुग्जालीले दुई जिल्ला जोड्ने नागडाडाँ कार्कीनेटा पर्वत (२०किमी), पालिका केन्द्र जोड्ने राङखोला धोबादी बिरुवा (१० किमी) र हेलुचौपारी घण्टे पर्वत जोड्ने (६.२ किमी) बहुबर्षिय रणनैतिक सडक हेर्न मन्त्री आफै पुग्नु भएको हो । मन्त्री जुग्जाली, मन्त्रालयका सचिब शंकरराज पण्डित, प्राबिधिक, जनप्रतिनिधी सहितको टोली योजन हेर्न पुगेको हो । योजनाको निरिक्षण सगै पुर्वाधार बिकास…

Read More

स्याङ्जा ८ मंसिर । प्रायजसो देउसी भैलो खेलेको रकमबनभोज जाने रमाईलो गर्ने गरेका कुरा बाहिर आईरहेका बेला वालिङ नगरपालिका वाड नं.९ तल्लो वालिङ स्थित यु क्या जापानिज ल्याङग्यज कन्टलटेन्सीले भने उदाहरणी कार्य गरेको छ । कन्सल्टेन्सीमा आबद्ध ५० जनाविद्यार्थीहरुको सहभागीतामा खेलीएको देउसी भैलोबाट उठेको ५० हजार रुपैयाँ साहारा विहीन जेष्ठ नागरिक बसोबास गर्ने गल्याङ नं.१ राम्दीस्थित शिवपार्वती बृद्वाश्रम तथा बहुउदेश्यीय संस्थामा सहयोग गरेका कन्टलटेन्सीका सञ्चालक अतिन गुरुङ्ले भन्नु भयो । हामीले समाजमा केही रचनात्मक र सिर्जनात्मक कार्य गर्ने भनेर आफ्नो कन्टलटेन्सीमा आउने विदार्थीहरुसँग सल्लाह गरेर देउसी भैलो खेलेर संकलन भएको रकम राम्दीमा जेष्ठ नागरिककालागि सहयोग गर्ने भनेका थियौं सोही अनुसार…

Read More

स्याङ्जा ८ मंसिर । स्याङ्जामा १ लाख ७० हजार किलो आलु रोपिएको छ । कृषि ज्ञान केन्द्रको ‘समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत आठवटा स्थानीय तहमा १७ सय रोपनीमा आलु रोपिएको हो । जिल्लाका ३५ वटा समूह÷सहकारी मार्फत १ सय ७० मेट्रिक टन आलु लगाइएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत विनोद हमालले जानकारी दिनुभयो । व्यावसायिक आलु खेतीमार्फत किसानलाई औद्योगीकरण गर्ने उद्देश्य सहित आलुबाट चिप्स, फ्रेन्च फ्राई लगायतका आलुका परिकार बनाई आर्थिकोपार्जन गर्ने लक्ष्य हो । स्याङ्जाका ११ पालिका मध्ये ८ पालिका पुतलीबजार, भीरकोट, वालिङ्, गल्याङ्, चापाकोट नगरपालिका र फेदिखोला, अर्जुनचौपारी, बिरुवा गाउँपालिकामा न्यूनतम ३० रोपनीदेखि ५…

Read More

स्याङ्जा ७ मंसिर । गरिमा विकास बैंकको १७ औं बर्षमा प्रवेश गरेको छ । बैकको वार्षिकोत्सवको अवसर पारेर गल्याङ १ राम्दी र वडा नं.११ हुँगीघाटस्थित बृद्व आश्रममा बस्दै आउनु भएका ७६ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा स्वीटर वितरण गरिएको छ । राम्दीमा रहेको शिबपार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्था र निम्बार्क सत्सङ्ग आश्रमका गरिमा विकास बैंकले त्यहाँ रहेका जेष्ठ नागरिकहरुकालागि न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले सबैको सकारात्मक सहयोगले गरिमा विकास बैंक अगाडि बढ्दै गएको बताउनुभयो । उहाँले ग्राहकहरुको विश्वासका कारणआफुहरु अगाडिबढेको भन्दै ग्राहकको विश्वासलाई कमी हुन नदिने बताउनुभयो । अध्यक्ष बस्यालले गरिमा…

Read More

स्याङ्जा ७ मंसिर । आज हरिबोधिनी एकादशी । हरिवोधनी एकादशीलाई वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान बिष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गरिन्छ । आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना…

Read More

स्याङ्जा ६ मंसिर । स्याङ्जा जिल्लामै पहिलो आवाजको रुपमा गुञ्जिएको रेडियो आँधीखोला १०५.४ मेगाहर्ज १७औँ वर्षमा प्रवेश गरेको छ । रेडियोको वार्शिकोत्सवका अवसरमा बुधबार रेडियो प्रांगणमा पुजापाठ तथा विरामीहरुलाई फलफुल वितरण गरिएको छ । रेडियोको वार्शिकोत्सवका अवसरमा गह्रौँ प्राथामिक अस्पतालमा रहनुभएका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले आवाज विहिनहरुको आवाज बनिरहेको रेडियोको थप उन्नतिको कामना गर्नुभयो । आँधीखोला जिल्लामै पहिलो संचार संस्था भएकाले विगतदेखि नै संस्थाले समाजलाई सूसुचित बनाउँदै आईरहेको भन्दै परिर्वतित समयसंगै रेडियोलाई परिर्माजन गर्दै अगाडि बढ्नुपर्नेमा सांसद तिवारीको जोड छ । साथै रेडियो हरेक वर्ग र समुदायको सारथी बनेको भन्दै समाजलाई सहि…

Read More

स्याङ्जा ६ मंसिर । स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको पाचौ विश्व सम्मेलन तथा आठौं अधिवेशन मंसिर ९ गते हुने भएको छ । स्याङजा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित जिल्ला समन्वय समितिमा अधिवेशन गर्नेगरी तयारी भैरहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । अधिवेशनको उदघाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले गर्नु हुर्ने र सम्मेलनमा ४३ देशबाट प्रतिनिधि र पर्यवेक्षकगरी ३ सय ४२ जना सहभागी हुने स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो । उहाले स्थापनापछि जिल्लामा ८ करोड मूल्य बराबरको बिभिन्न सामाजिक सेवा गरेको र १ करोडको अक्षय कोष स्थापना गरेको पनि जानकारी…

Read More

स्याङ्जा ६ मंसिर । स्वच्छ, पारदर्शी र प्रबिधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुसासन भन्ने नाराका साथ १२ औ कर दिवस मनाइएको छ । करदाता सेवा कार्यालय पुतलीबजारको आयोजनामा उत्कृष्ठ करदाता सम्मान तथा कर सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता एवं छोटो बृत्तचित्र निर्माण प्रतियोगिता सहित कर दिवस तथा कर सप्ताह कार्यक्रम मनाइएको हो । दिवसको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले कर प्रणालीलाई बलियो बनाउदै यसका उपयोगिताका बारेमा प्राथमिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । ब्यवसाय गरे वापत नागरिकले बुझाएको करबाटै विकास निर्माण लगायत सामाजिक सुरक्षामा लगानी गर्दै आएको उहाले बताउनुभयो । सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, पूर्वाधार विकास, शिक्षा…

Read More

स्याङ्जा ४ मंसिर । सोमबार बिहान टयाक्टर दुर्घटना हुँदा २८ बर्षिय रामहरि चौधरीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । पुतलीबजार नगरपालिका १४ तोप्सेबाट लामागेतर्फ आउदेै गरेको ग. १ त. ४९८७ नम्बरको ट्याक्टर भित्री सडक खण्डमा पल्टिदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । आज विहान साढे ९ बजेको समयमा भएको सो दुर्घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। मृतक चालक दाङ् स्थित दंशीशरण गाउँपालिकाबासी रहेको बताईएको छ ।

Read More

स्याङ्जा ४ मंसिर । सोमबार (आज) बिहान उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै यसपालीको छठ पर्व विधिवत समापन भएको छ। कार्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन आज बिहान छठ घाटको जलाशयमा ब्रतालुहरुले उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन भएको हो। श्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्ब शुक्रबारदेखि विधिवत शुरु भएको थियो। सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठ पर्ब कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइन्छ। छठ पर्वको पहिलो दिनलाई नहाए खाएको दिन पनि भन्ने गरिन्छ। छठ पर्वको पहिलो दिन शुक्रबार छठका व्रतालुहरुले…

Read More

स्याङ्जा ३० कात्तिक । पुतलीबजार नगर उपउपप्रमुख रनिङ शिल्ड अन्तर माध्यमिक बिद्यालय स्तरीय छात्रा क्रिकेट प्रतियोगिताको उपाधी रोशनी आवासिय माध्यमिक बिद्यालयले हात पारेको छ। पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला क्रिकेट संघ स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा ४ दिने प्रतियोगिता गरिएको हो। प्रतियोगितामा ज्ञानोदय आवासिय माध्यमिक बिद्यालय द्धितिय, इभरग्रीन आवासिय मावि तृतीय र हिमालयन आवासिय मावि सान्त्वना भएका छन्। सामुदायिक र निजी दुबै बिद्यालय सहभागि रहेको प्रतियोगितामा ४ बटै शिषएस्थानमा निजी बिद्यालयले जितेका छन्। उपप्रमुख देवी अर्यालले प्रथम हुनेलाई नगद २५ हजार सहित रनिङ शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गर्नुभएको छ ।यसैगरी, द्धितिय, तृतीय र सान्त्वना हुने…

Read More

स्याङ्जा २८ कात्तिक । आजदेखि नेपाल संवत् ११४४ सुरु । आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात न्हूदँया भिन्तुना नयाँ वर्षको शुभकामना आदान प्रदान गरि जातिय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो(आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।पछिल्ला समय सबै जातजातीहरुले पनि मनाउदै आएका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा…

Read More