स्याङ्जा १४ पुस । पुतलीबजार नगरपालिका १४ लामागे स्थित पञ्चमूखी बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै संघीय सांसद राजु थापाले बर्तमान परिस्थितीमा सबै राजनीतिक दल एकै ठाउँमा बसेर मुलुक निर्माणका लागि संकल्प गर्नु पर्ने बताउनुभयो । उहाले नेपाली कांगे्रस, नेकपा एमाल, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सबै राजनितिक दलहरु मिलेर ५÷१० बर्षे योजना सहित अघि बढ्नु पर्नेमा जोड दिनुभयो । गाली गरेर मात्र मुलुक नबन्ने बताउदै उहाले कुन कुरामा कमीकमजोरी रहे परिमार्जन गरी अघि बढ्नु पर्ने उहाले भन्नुभयो । समग्र स्याङ्जाको विकास निर्माणमा आफुले…
Author: Syangja Sandesh
स्याङ्जा १३ पुस । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मुद्धा अभियोजनमा समस्या देखिएको बताउदै यसलाई सुधार्नुपर्ने बताउनुभयो । नेपाल प्रेस यूनियन स्याङ्जा शाखाद्धारा शुक्रवार वालिङ्मा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्ले अभियोजनका बेला बास्तविक कुरा उल्लेख गरे मात्र दोषका आधारमा सजाएको भागिदार हुने उहाले बताउनुभयो । यस्ता शैलीलाई अब हटाईनुपर्छ उहाले भन्नुभयो । ‘प्रमाणका आधारमा न्यायधीशले न्याय दिने हो। न्यायधीश निष्पक्ष हुनुपर्छ।’ उहाले भन्नुभयोे, ‘न्याय प्राप्तीमा अझैं पनि ढिलासुस्ती छ। परम्परागत शैली कायमै छ।’ न्यायमा सबैको समान पहुच र अवसर पाउनुपर्ने आफनो मान्यता रहेको उहाले भन्नुभयो । सुशासन कायम राख्ने अभियानमा सरकारले ठूला फाइल खोजेको उनले बताए। मौलाएको…
कास्की १२ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले गण्डकीबाट १६८ जनाको नाम सिफारिस भएको छ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गण्डकीका ११ वटै जिल्लाबाट १६८ जनाको नाम सिफारिस गरेको हो । कांग्रेसले गण्डकीको कास्कीबाट सबैभन्दा धेरै ४३ जना सिफारिस गरेको छ भने मनाङबाट सबैभन्दा कम दुई जना सिफारिस गरेको छ । कांग्रेसले कास्कीबाट अन्यमा ३१ जना, महिला १० जना र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट २ जना गरेर ४३ जनाको नाम सिफारिस गरेको हो । मनाङबाट अन्य र महिलाबाट एक÷एक जना सिफारिस गरेको छ । त्यस्तै, कांग्रेसले बागलुङबाट अन्यमा १६,…
स्याङ्जा ११ पुस । धर्म र बिज्ञान बिषयमा कालीगण्डकी नदी किनारमा २ दिने सेमिनार गरिएको छ। मंगलबार र बुधवार आयोजित कार्यक्रममा देश तथा विदेशका धर्म, बिज्ञान र संस्कृतिबीज्ञ सहभागि थिए । गल्याङ नगरपालीका १ मालुंगा स्थित उत्तरबाहीनी क्षेत्र अन्र्तगत कालीगण्डकी नदी किनारमा दुई दिनसम्म धर्म र बिज्ञान बिषयक गोष्ठी गरिएको हो। ‘सेमिनार अन हार्मोनी इन साईन्स एण्ड रिलिजन’ बिषयक कार्यशाला गरिएको हो। कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा उत्तरबाहीनी क्षेत्रमा धर्म र बिज्ञान को अन्तर सम्बन्ध केलाई भाइचाराबीचको सदभाव र समन्वय बढाउने उदेश्यले कार्यशाला गरीएको प्रतिष्ठानका अध्यक्ष चेैतन्य कृष्ण महाराजले जानकारी दिनुभयो । ज्ञान विज्ञान प्रतिष्ठान र गुरुकुलमको सभाहलमा श्री चैतन्य…
स्याङ्जा ११ पुस । स्याङ्जामा जारी जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि पुतलीबजार नगरपालिकाले जितेकोे छ । जिल्ला सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १० रजत र एक कांस्य सहित २२ पदक जितेर पुतलीबजार उपाधि विजेता बनेको हो। यसैगरी, प्रतियोगितामा वालिङ नगरपालिकाले ९ स्वर्ण, २ रजत र ५ कांस्य पदक सहित दोस्रो हुन सफल भएको छ। वालिङ्ले १६ पदक जित्दै उपविजेता बनेको हो। प्रतियोगितामा तेस्रो बनेको भीरकोट नगरपालिकोे १४ पदक जितेको छ। भीरकोटले ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेको हो। पुस ८,९ र १० गते सम्पन्न छनौट…
स्याङ्जा ९ पुस । आज डिसेम्बर २५ क्रिसमस डे । नेपाल सहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आजको दिनलाई पर्वका रुपमा मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्परा अनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा समेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ…
स्याङ्जा ८ पुस । बन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलश्रोत, जलवायु परिवत{न लगाएतका विषयमा आँधीखोला गाउँपालिकामा शुक्रवार अन्त{क्रिया एवं छफलफल गरिएको छ । यूएसएआइडीले प्राकृतिक स्रोत ब्यवस्थापनमा महिला तथा सिमान्तकृत मुद्धाहरु, जलवायू परिवत{न र जिविकोपाज{नका अवस्था र यहाँका जल जंगल परियोजनाका बारे आधीखोला गाउँपालिकामा आयोजना पहिचान सम्बन्धी अन्त{क्रिया गरिएको हो । सोही काय{क्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले जल जंगल सम्बन्धी बिद्यमान ऐन कानून परिमाज{नगरी अघि बढ्नु पने{ बताउनुभयो । जंगलका बन्यजन्तु, बनस्पति, रुखको उपयोगमा बिद्यमान ऐन कानून वाधक बनेको गुनासो ब्यक्त गनु{भयो । उहाले यूएसएआइडीसंगको सहकाय{ गदै{ पालिकाले आउदा दिनमा जिकिोपाज{न, उद्यमशीलता लगायतका…
स्याङ्जा ८ पुस । पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मानद्वारा यसवष{ स्याङ्जाको मालुंगा धाङलिङका प्रा.डा जगदिश चन्द्र भण्डारी सम्मानित हुनुहुने भएको छ । वि.सं. २०१९ जेठ २४ गते स्याङ्जाको मालुङ्गा, धाङलिङमा जन्मनुभएका प्रा.डा भण्डारी हाल कोटेश्वर काठमाडौमा बस्दै आउनुभएको छ । प्रगतिवादी साहित्यकार प्रा.डा. भण्डारीका बत{मान जन्मन खोजिरहेछ (कविता सङ्ग्रह, २०३९), मेरा आँखामा तानाका कथा र जमका{हरू (समालोचना २०४०), अँध्यारोमा चल्बलाएका शब्दहरू (निबन्ध,२०४७), मुक्तिक्षेत्रको यात्रामा (कविता ,२०४८), साहित्य ःचिन्तन र विवेचन (चिन्तन र समालोचना ,२०५०), प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण (सिद्धान्त र समालोचना ,२०५५), आँखाका यी नानी (बालकविता,२०५९), पृथक सृजन ः पृथक् निरूपण ( सिद्धान्त र समालोचना २०६५)…
स्याङ्जा ८ पुस । वालिङ नगरपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पूर्णमृत भवानी माध्यमिक विद्यालयले उपाधि जितेको छ । वालिङ १० मा सञ्चालित प्रतियोगितामा पूर्णामृतले ६ स्वर्ण ५ रजत र २ काश्य पदक सहित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधि जितेको हो । प्रतियोगितामा लक्ष्मी माविले ६ स्वर्ण, ४ रजत र ३ काश्य पदकसहित द्वितीय स्थान हासिल गरेको छ । बालविद्या आवासीय माविले ५ स्वर्ण ३ रजत र २ काश्य पदकसहित तृतिय स्थान र महेन्द्र माविले ४ स्वर्ण र १ काश्य पदक सहित सान्त्वना भएको छ । प्रतियोगितामा माझकोट माविले २ स्वर्ण,१ रजत र ३ काश्य पदक प्राप्त गर्दै…
स्याङ्जा ७ पुस । सातसय कोल्मा बहाकोट सम्पर्क मंचको आयोजनामा पुतलीबजार नगरपालिका ९ कोल्मामा जारी राष्ट्रियस्तरको क्रस कन्ट्री दौड प्रतियोगिता पुरा भएको छ । ५, १० र २५ किलोमीटर दौड प्रतियोगिता भएका हुन । प्रतियोगितामा ५ किमी, १० किमी र २५ किलोमिटरको दौड प्रतियोगिता भएका हुन । महिलातर्फको ५ किलोमिटर महिलातर्फ राममाया बुढा प्रथम, सुस्मिता चौधरी दोस्रो र नितेश तामाङ तृतीय हुनु भएको छ । यसैगरी, पुरुषतार्फको १० किलोमिटरतर्फ सनम गुरुङ प्रथम, तेन्जन रोका द्वितीय र मनोज रोका तृतीय हुनु भयो । र, २५ किलोमिटर पुरुष तर्फ गोपाल तामाङ प्रथम, सञ्जय श्रेष्ठ दोस्रो र शुसीलकुमार शाही तृतीय हुनुभएको छ ।…
स्याङ्जा ७ पुस । पुतलीबजार नगरपालिका ३ स्थित टिम सहयात्री पार्टी प्रा.लि. को चौथो साधारणसभा तथा दोश्रो अधिवेशन शनिवार सहयात्री पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले पार्टी प्यालेसको अभाव खड्कीएको समयमा सहयात्रीले सबैलाई राहत दिलाएको बताउनुभयो । उहाले सदरमुकाममा पार्टी प्यालेस नहुदा पोखरा लगायत ठूला शहरका जानुपर्ने वाध्यता थियो । तर, अहिले बिभिन्न सामाजिक, एवं राजनैतिक तथा पारिवारिक भेटघाटमा समेत पार्टी प्यालेसको सहज र धेरै सुबिधा उपलब्ध गराएकोमा खुशी ब्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, स्याङ्जा रेडियो तथा टेलिभिजनका अध्यक्ष धु्रवबन्धु पौडेल, नागरिक समाजका अध्यक्ष…
स्याङ्जा ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले वालिङमा आयोजना गरेको खुला सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हो । देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नकालागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उहाँको भनाई थियो । ३४ वर्षसम्म जति झुक्कियो, झुक्कियो अब झुक्किने, लोभिने र डर त्रासमा नपरेर मतको सदुपयोग गरेमात्रै परिवर्तन सम्भव हुने दावी उहाँको थियो । देशलाई अध्यारो स्थितिबाट उज्यालोतर्फ अगाडि बढाउने योजना राष्ट्रिय स्वतन्त्र पार्टीसित रहेको दावी उहाँले गर्नुभयो ।…
स्याङ्जा ४ पुस । आँधीखोला गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी श्रवण माध्यमिक बिद्यालय वाङ्सिङ्ले जितेको छ। बिभिन्न खेलकूद प्रतियोगितामागरी सो बिद्यालयले ३ स्वर्ण, २ कास्य पदक जितेर उपाधी हात पार्न सफल भएको हो।त्रिसहिद नमूना माबि पञ्चमूलले २ स्वर्ण, ४ कास्य र एक रजत पदक जितेको छ भने जनप्रदीप मावि चिलाउनेबासले पनि २ स्वर्ण ३ रजत र एक कास्य पदक जितेको छ। प्रघुम्न पनेरु माविले १ स्वर्ण १ रजत ४ कास्य, अन्धा अन्धी माविले १ स्वर्ण २ रजत, जनहित माविले एक स्वर्ण र राष्ट्रिय मावि र सेपत माविले एक÷एक कास्य पदक जित्न सफल भएका छन्। भलिवल, कपर्दी, एथलेटिक्स…
स्याङ्जा ४ पुस । पुतलीबजार नगरपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि रोशनी अंग्रजी आवासीय माध्यमिक विद्यालयले हात पारकोे छ । पुतलीबजार नगरपालिका १ मालेबगर खेल मैदानमा भएको प्रतियोगितामा रोशनीले १२ स्वर्ण, ३ रजत र १ कांस्य पदक जिल्दै उपाधि आफनो हात पार्न सफल भएको हो। उपाधीसंगै बिद्यालयले रनिङ शिल्ड सहित, कप, मेडल र प्रमाण पत्र पाएको छ । यसैगरी, प्रतियोगितामा कोल्मा बराहचौर माविले ३ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको छ । भूतपूर्व सैनिक आवासीय माविले २ स्वर्ण, २ रजत र २ कांस्य पदक जित्दै तेस्रो बनेको छ । मातृभूमि माविले एक स्वर्ण, ४ रजत…
स्याङ्जा ४ पुस । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन सभापति कमलप्रसाद पंगेनीको स्मृतिमा ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गरिएको छ । २०७५ साउन २० गते स्वर्गारोहण हुनुभएका सबैका लोकप्रिय नेता पंगेनीको निधनको पाँच वर्षपछि प्रतिष्ठान गठन गरिएको हो । पंगेनीको प्रथम स्मृति दिवस २०७६ साउन २० गते नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले नै ‘कमल पंगेनी स्मृति प्रतिष्ठान’ गठन गर्न निर्देशन दिए अनुसार प्रतिष्ठान गठन गरिएको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ । पंगेनीका सहोदर दाजु लीला पंगेनीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गर्दै प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा विधिवत् रूपमा संस्था दर्ता गरिएको छ । संस्था मार्फत…