स्याङ्जा २० पुस । जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले दिवंगत बुबा टेकलाल डुम्रे र आमा राधिका डुम्रेको स्मृतिमा एक लाखको अक्षय कोष स्थापना गर्ने जनाउनुभएको छ । उहाले बुवा टेकलाल र आमा राधिकाका नामबाट टेकलाल राधिका स्मृति अक्षयकोष स्थापना गर्ने जनाउनुभयो । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन हुनुभएको बुबा टेकलाल र ०६१ सालमा निधन हुनुभएका आमा राधिकाको नाउबाट अक्षय कोष स्थापना गरिएको हो। कोषले सामाजिक एवम् शैक्षिक क्षेत्रमा रचनात्मक तथा सिर्जनात्मक कार्यहरू गर्ने जनाइएको छ । उहाका अनुसार विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुका लागि प्रत्येक फरकफरक बर्ष स्मृति दिवसको अवसरमा आर्थिक सहयोग वा…
Author: Syangja Sandesh
स्याङ्जा २० पुस । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हुने आठौं वालिङ महोत्सव वालिङ खेल मैदानमै हुने भएको छ । आगामी माघ १८ गतेदेखी २८ गतेसम्म आयोजना हुने महोत्सव वालिङ नगरपालिकाले खेल मैदानमा गर्न दिने भएको हो । वालिङ नगरपालिकाले वडा अध्यक्षहरूको वैठकवाट महोत्सव सन्चालनका लागि खेलमैदान दिने निर्णय गरिएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । वालिङ नगरपालिकाले राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो । अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार गरेपछि महोत्सव स्थल अन्यौलमा परेको थियो । नगरपालिका, वालिङ उद्योग वाणिज्य संघ र सरोकारवाला राजनैतिक…
काठमाडौं २० पुस । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ । यहाँ कलाकार पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त…
स्याङ्जा २० पुस । स्याङ्जाका नबआगन्तुक प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पत्रकार जगत आवाज विहीनका आवाज भएको बताउनुभएको छ । सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला स्थित पत्रकारसंगको परिचयात्मक कार्यक्रमको आयोजना गर्दै प्रजिअ नेपालले सूचनाका माध्यमका रुपमा पत्रकार जगत रहेको बताउनुभयो । समग्र जिल्लाका शान्ति, सुरक्षा र सामाजिक सदभाव कायम राख्ने लगायतका बिषयमा पत्रकारसंग सहकार्य गर्दै अघि बढ्नेमा जोड उहाले जोड दिनुभयो । उहाले भन्नुभयो, ‘पत्रकारिता जगत सूचनाका माध्यम हुन, हाम्रा सरोकारका बिषयमा समयमै खबर पाउन सकियो भने जसबाट तपाई हामी सबै जिल्लाबासी नै लाभान्वित हुनेछैं।’ पत्रकारका जिज्ञासालाई सम्बोधन गर्दै प्रजिअ नेपालले जिल्लाको शान्ति, सुरक्षा सुब्यवस्था कायम…
स्याङ्जा १९ पुस । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा आज (बिहीवार) देखि झण्डै २ हप्ते आँधीखोला महोत्सव सुरु भएको छ । च्याम्बर अफ कमर्श स्याङजाले ‘कृषि, पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो सान, दोस्रो स्याङ्जा आँधिखोला अभियान’ भन्ने नारा सहित आयोजना गरेकोे महोत्सवको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले उदघाटन गर्नुभएको छ । उदघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रेग्मीले मेला महोत्सवले जिल्लाका कला, संस्कृति र उत्पादनको प्रवद्र्धृन र बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । ब्यापार ब्यवसायलाई थप चलाएमान बनाउन उद्योग वाणिज्य संघ र च्याबर अफ कमर्शसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । यहाँ उत्पादित सुन्तला, कफी, अदुवा, आलु लगायतका उत्पादनलाई बजारीकरण गर्दै…
स्याङ्जा १८ पुस । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाको समन्वमा आयोजित जिल्ला स्तरीय नृत्य प्रतियोगितामा वालिङ् नगरपालिकाको बालबिद्या बिकास माध्यमिक बिद्यालय प्रथम भएको छ । यसैगरी, विरुवा गाउँपालिका स्थित अरनिको माध्यमिक बिद्यालयले दोश्रो र अर्जुनचौपारी गाउँपालिका स्थित अमरज्योती माध्यमिक बिद्यालयले तेस्रो भएका छन् । प्रथम, द्धितिय र तृतीय हुनेलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीले नगद सहित प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो । पुरस्कार बितरण गर्दे समन्वय प्रमुख घर्तिले अन्तरनिहित प्रतिभा पहिचान गर्ने यस्ता प्रतियोगिताले बालबालिकाको क्षमता बृद्धि गराउने बताउनुभयो…
स्याङ्जा, पुस १७ गते । अर्जुनचौपारी गाउँपालिका १ रैतेका ४२ बर्षिय कृष्ण प्रसाद शर्माले सरकारले नागरिकका आवश्यक मागहरुको पुर्ति नगरेको गुनासो गर्नु भएको छ । जनताका गुनासो सुन्ने उदेश्यले स्याङ्जा क्षेत्र नं १ का संघीय सांसद राजु थापाको सचिवालयले गरेको जनता र जनप्रतिनिधीसगँ संघीय सांसद कार्याक्रममा शर्माले पहुचको आधारमा बजेट बिनियोजन हुदाँ अत्यावश्यक ठाउँमा बजेट नपुगेको गुनासो गर्नुभयो । नेता, सांसदको घर घरमा बिजुली, मोटरबाटो, खानेपानी पुगेको बताउदै शर्माले सामान्य पहुच नभएका नागरीकले भने सुबिधा पाउनबाट बन्चित भएको बताउनुभयो । यस्तै दारेगौडाकी झयापी देबी साही समुन्द्रले आफुहरु भएका कारण दलित बस्तीमा पाउनु पर्ने अत्यावश्क हसुबिधा नपाएको बताउनुभयो । छेउ छाउँमा…
स्याङ्जा, १७ पुसे । पुतलीबजार नगरपालिका ३ बाडखोलामा केन्द्रिय कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत जयन्तीमा लोगो सहित २५ बुदे योजना सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष हुमबहादुर कुमालले स्थापनाको लक्ष्य पुरा गर्न अभियान तय गरेको मङगलबार पत्रकार भेटघाट गर्दै सो कुरा बताउनुभएको हो । सहकारीको २५ अभियानमा रक्तदान कार्यक्रम, उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा उत्कृष्ट सेवाग्राही, जेष्ठ सदस्य, प्रविधि मार्फत उत्कृष्ट कारोवार गर्ने सदस्य, प्रारम्भिक तदर्थ समिति सदस्य, १० वर्ष माथि कार्यरत कर्मचारी, पत्रकार सम्मान रहेको छ ।यस्तै सहकारी सचेतना तथा सरसफाई कार्यक्रम, नियमित बचतको महत्व विषयक पालिका स्तरीय निवन्ध, सूर्योदय हाजिरी जवाफ, विपन्न वर्गका…
स्याङ्जा १७ पुस । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा पुतलीबजार नगरपालिकाका ज्योती थापा प्रथम हुनु भएको छ । ‘म बिद्यार्थीका लागि, बिद्यार्थी मेरो लागि’ बिषयक शिक्षकहरुबीच भएको प्रतिस्पर्धामा कालीगण्डकी गाउँपालिकाका रामप्रसाद पाण्डे द्धितिय र भीरकोट नगरपालिकाका कृष्णप्रसाद पौडेल तृतीय बन्नुभएको छ । प्रथम, द्धितिय र तृतीय हुनेलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, सामाजिक विकास कार्यालयका अधिकृत शोभाचन्द्र रेग्मीले नगद सहित प्रमाणपत्रले पुरस्कृत गर्नुभएको छ । पुरस्कार प्रदान गर्दै प्रमुख जिटीले ब्यक्तिभित्रका अन्तरनिहीत प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम आवश्यक रहने बताउदै आउदा दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न आयोजकलाई सुझाव दिनुभयो । प्रथम…
स्याङ्जा १६ पुस । अर्जुनचौपारी गाउँपलिकाले आफनै पालिका भवनमा आखाँ उपचार केन्द स्थापना गरेको छ । नेत्रज्योती संघ, हिमालय आखाँ अस्पताल र गाउँपालिकाको सयुक्त सहकार्यमा आखाँ उपचार केन्द्र स्थापना गरिएको हो । आइ केयर फाउण्डेसनले १० लाख बराबरको उपकरण प्रदान गरेसगै उपचार केन्द्र स्थापनाको सुरुवात गरिएकोे हो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आर्थिक अवस्था कमजोर हुदाँ उपचारमा समस्या नहोस भन्ने हेतुले सेवा केन्द्रको पालिका भवनमै शुभारम्भ गरेको बताउनुभयो । उहाँले पालिका खुल्दाको दिनमा आखाँ प्राबिधिकबाट दैनिक उपचार गर्न पाउने बताउदै कुनै खर्च नलाग्ने बताउनुभयो । उपचारमा गर्ने नसक्ने पालिकाबासीलाई अप्रेसन सम्मको सेवा नि शुल्कदिने उहाँको भनाई थियो । हिमालय आखा…
स्याङ्जा १६ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले संस्थापक नेता बीपी कोइरालाका बिचार र आदर्श आज पनि उत्तिकै आवश्यक र महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाद्धारा सोमबार पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा आयोजित ४८ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ को अवसरमा बोल्दै सांसद तिवारीले वीपी बिचारलाई मर्न दिन नहुनेमा जोड दिनुभयो । धेरै कुरा बोल्ने, गर्ने भन्ने, आश्वासन बाड्ने तर ब्यवहारमा लागु नगर्ने जस्ता कार्यले आममानिसले वीपी र समाजवादको अनुभूत गर्न नपाएको भन्दै उहाले दुख ब्यक्त गर्नुभयो । नेपाली कांग्रेसका प्रदेश उपसभापति समेत रहनु भएका तिवारीले उत्पादनमा जोड दिन कृषिका क्षेत्रमा लगानी गर्न…
स्याङ्जा १६ पुस । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ यतीबेला आठौं वालिङ महोत्सव २०८० को तयारीमा जुटेको छ । सातौ महोत्सव सफलतापुर्वक सम्पन्न गरेको वालिङ उद्योग वाणिज्य संघले आठौं महोत्सवको तयारीमा जुटेको हो । माघको १८ गतेदेखी २८ गतेसम्म आयोजना हुने आठौं वालिङ महोत्सव २०८० को मिति तोकिएपनि अहिले सम्म कुन ठाउँमा गर्ने हो भन्ने टुङ्गोमा पुग्न सकेको छैन । मिति तय गरिपनि स्थान अन्योलमा हुँदा वालिङमा महोत्सव हुन्छ या हुदैन भन्ने बहस पनि चल्न शुरु भएको छ । सातौ महोत्सव सम्म वालिङ खेलमैदानमा सम्पन्न गरेको संघले आठौ महोत्सव खेलमैदानमा हुन्छ भनेर भन्न नसक्दा महोत्सव हुने स्थान अन्योलमा परेको हो…
स्याङ्जा १६ पुस । नेपाली कांग्रेसले आज (सोमबार) ४८ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । यसै सन्दर्भमा स्याङ्जामा पनि नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम गरी पार्टी मुख्यालय पुतलीबजार नगरपालिका १ र स्थानीय तहहरुमा समेत मेलमिलाप दिवस मनाउने भएका छन । नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा…
स्याङ्जा १६ पुस । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो। यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन ्। ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ को विदाई र नयाँ वर्ष सन २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइदै छ । पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ। यो संवत् नेपालमा…
स्याङ्जा १५ पुस । आज पुस १५ एवम तमू ल्होसार । आजका दिनलाई नेपालभर विशेष दिनका रुपमा मनाउने गरिन्छ । आजकै दिन तमु ल्होसार पर्छ । ल्हो को अर्थ ‘वर्ष’ र सारको अर्थ ‘नयाँ’ हुन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो गुरुङ जातिको महान चाड हो । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ती भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो दिनदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा…