Author: Syangja Sandesh

स्याङ्जा २७ पुस । सामुदायिक बिद्यालयका बास्तविक शैक्षिक झलक देखाउने उदेश्यले स्याङ्जाका सामुदायिक बिद्यालयका कार्यसम्पादन परीक्षण गरिने भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाको समन्वयमा यहाँ वाह्य तथा स्वःमूल्याकंन बिधिद्धारा कार्यसम्पादन गर्ने बिधिका बारेमा प्रशिक्षण दिइएको छ । स्याङ्जाका ११ वटै पालिका अन्र्तगतका शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधि सहित वाह्य कार्यसम्पादनको जिम्मा पाएका बिज्ञ समूहलाई ३ दिने प्रशिक्षण दिइएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार, ‘गतबर्षदेखि एसइईमा सहभागी भएका साम्प्रदायिक बिद्यालय बाहेकका जिल्लाभरका १ सय ३० सामुदायिक बिद्यालयमा शिक्षा क्षेत्रमा अनुभवी तथा उपसचिव, सहसचिव…

Read More

काठमाडौ २७ पुस। अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग भेट सहित छलफल गरेको छ । संधीय सांसद एकनाथ ढकालको नेतृत्वमा बिहिबार सिंहदरवार स्थित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल गरेको छ । अन्तरधार्मिक अगुवाहरुले नेपालको संविधानको भावनाको कदर गर्दै “अन्तरधार्मिक आयोग“ गठन गर्न मन्त्री किराती संग एक स्वरमा माग गरिएको छ । छलफलमा सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य समेत रहनु भएका सांसद ढकालले धार्मिक क्षेत्रले शान्ति, सदभाव र भातृत्वको अभिबृद्धि गर्नु पर्ने बताउदै अन्तरधार्मिक आयोग गठनको अपरिहार्यता रहेकोमा जोड दिनुभयो । मन्त्री किरातीले आफु देशका सबै धर्म संस्कृतिको हकहितको पक्षमा रहेको…

Read More

स्याङ्जा २७ पुस । आज पृथ्वी जयन्ती अर्थात तोल ल्होसार । पुष २७ गते बडामहाराजधिराज पृथ्वी नारायण शाहको जन्म दिन पारेर राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । उहाकै जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाउने गरिएको हो । आजका दिन सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइने गरिएको हो । आजभन्दा ३०० बर्षअघि २२ से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली…

Read More

स्याङ्जा २५ पुस । पुतलीबजार नगरपालिका वडा नं. ११ स्थित ४ वटा सामुदायिक बिद्यालयमा अध्ययरत ८३ जना बालबालिकालाई ट्रयाकसुट उपलब्ध गराइएकोे छ । सामुदायिक विद्यालय विकास कार्यक्रम अन्तर्गत वडा भित्रका ४ वटा विद्यालयमा अध्ययरत सबै बालबालिकालाई नगरप्रमुख तुलसीराम रेग्मीले ती कपडा प्रदान गर्नु भएको हो । न्यानो कपडा (ट्रयाकसुट) प्रदान गर्दै नगरप्रमुख रेग्मीले सामुदायिक बिद्यालयतर्फ बालबालिकाको अध्ययरत दर बढाउनका गुणस्तरीय शिक्षा सहित यस्ता लाभकारी थप स्किम ल्याउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।प्रमुख रेग्मीका अनुसार ‘बिद्यार्थी घट्नुमा बिभिन्न कारण भएता पनि, जति छन् उनीहरुलाई टिकाउनु र गुणस्तरी शिक्षा दिनु हामी सबैको जिम्मेवारी हो।’ वडाभित्रका सबै बिद्यार्थीलाई ट्रयाकसुट बितरण गरिएको र आउदा…

Read More

स्याङ्जा २३ पुस । राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय सभामा गण्डकीबाट हुने ३ सदस्यका लागि उनीहरुले आज (सोमबार ) मनोनयन दर्ता गरेका हुन् । गण्डकीमा सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् । जसमा अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा)ले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाको प्रस्तावकमा कांग्रेस नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र समर्थकमा माओवादीकी नेतृ तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडा हुनुहुन्छ । अपाङ्गता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदमलाल परियारले उम्मेदवारी दिनु भएको छ । उहाको प्रस्तावकमा कांग्रेसकी कल्पना तिवारी…

Read More

स्याङ्जा २३ पुस । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । देशका सातवटै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको थियो । सात वटै प्रदेशमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी एमाले, राप्रपा लगायत दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरु मध्ये कांग्रेसबाट १० जना, माओवादीबाट ६ जना, नेकपा एकीकृत समाजवादीबाट दुई जना, जनता समाजवादी पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, प्रतिपक्षी एमालेले १९, राप्रपाले ९, नेपाल मजदुर किसान…

Read More

स्याङ्जा २२ पुस । वालिङ् नगरपालिका १४ का २३ बर्षिय हरिप्रसाद अर्यालको रुसमा मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ ।अर्यालसंगै युद्धमा परेर स्याङ्जाका २ युवाको ज्यान गएको छ । नेपाली सेनाका जागिरे उहाले सो जागीर छोडेर दुबईमा बसेको केही समय बसेर उनी कात्तिकको पहिलो साता रुस गई रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । दुबईमा केही समय बसेर गत कार्तिक ३ गते दुबई हुँदै रुस गएका २३ वर्षीय उनको युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वालिङ् नगरपालिका–१४ को वडा कार्यालयलाई परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागले मंगलबार दिउँसो अर्यालको निधनको खबर गरेपछी उनका परिवारलाई सूचना दिइएको सोही…

Read More

स्याङ्जा २३ पुस । सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी लि. पुतलीबजार शाखाले घातक रोग बिरुद्धको दाबी भुक्तानी गरेको छ । पुतलीबजार नगरपालिका वडा नं. ११ जैसीडाँडाका कुञ्जन अर्यालको जीवन बीमा गरेको झण्डै ३ वर्षपछि उनकी आमा जमुना आचार्य अर्याललाई स्तन क्यान्सर भएपछि कम्पनीले घातक रोग बिरुद्धको दाबी भुक्तानी गरेको हो । कम्पनीका पुलतीबजार शाखा प्रमुख सुजन पोखरेलले बीमितकी आमा जमुनालाई ९ लाख ५० हजार ५ सय ७६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । आमा जमुनाले छोरा कुञ्जनको १० लाख बराबरको सूर्यज्योति सुनौलो भविश्य बाल जीवन बीमा गर्नुभएको छ । बिमितकी आमा जमुनाले ईन्स्योरेन्स कम्पनीले दिएको रकमबाट उपचार खर्चमा सहजता ल्याएको…

Read More

स्याङ्जा २३ पुस । विरुवा गाउँपालिका ४ ओरष्टे मडकिना गोफामा श्री नारायणेश्वर शिव मन्दिर परिसरमा नवनिर्मित हवनकुण्ड तथा यज्ञशालाको उदघाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष सुर्य कुवर र हवनकुण्ड निर्माणका लागि सहयोगदाता स्थानीयबासी हाल यूकेमा बस्दै आउनु भएका दिलिप गुरुङ्ले उदघाटन गर्नुभएको हो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कुवरले श्री १००८ माता चम्पागिरि महाराजको जन्मथलोलाई धार्मिक एवं पर्यटकीय क्षेत्र बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । यसैगरी, गुरुङले आफनो जन्मथलोको विकासका लागि आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, मन्दिर निर्माण ब्यवस्थापन समितिका उपाध्यक्ष धनप्रसाद गुरुङ, चम्पागिरी १००८…

Read More

स्याङ्जा २२ पुस । वालिङ नगरपालिकामा रहेको मेलमिलापकर्ताहरुका लागि उच्चस्तर (एडभान्स) तालिम सुरु भएको छ । प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले गाउँगाउँमा हुने गरेका विभिन्न प्रकृतिका विवादमा मेलमिलाप गराउने काम भईरहेको बताउनु भयो । विभिन्न विवादमा मेलमिलापकर्ताको सकारात्मक भूमिका रहनु पर्ने भन्दै उपप्रमुख तिवारीले निस्वार्थभावले गरिने मेलमिलापकर्ता नगरका गहना भएको बताउनु भयो । वालिङ नागरिकको न्यायिक समिति र मेलमिलापकर्ताहरु प्रति विश्वास रहेका कारण वालिङले यसमा पहिचान बनाएको बताउनु भयो । आगामी दिनमा मेलमिलापकर्ताको सक्रियता र भूमिकालाई अझै प्रभावकारी बनाउदै लैजाने उहाँको भनाई…

Read More

स्याङ्जा २२ पुस । पुतलीबजार नगरपालिकाको चौधौं नगरसभा आइतवार पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा सम्पन्न भएको छ । नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले सभाको संयुक्त उदघाटन गर्नु भएको थियो । सभामा बिभिन्न बिभिन्न बिषयगत समितिका प्रतिवेदन सहित छलफल एवं पारित गरिएको थियो । सभामा न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालले न्यायिक समितिको प्रतिवेदन, बिधायन समितिका संयोजक अनिता रुचालले बिधायन समितिको प्रतिवेदन, पूर्वाधार विकास समितिका संयोजक अर्जुनकुमार काकीले पूर्वाधार विकास समितिको प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक मनोज पौडेलले आर्थिक विकास समितिको प्रतिवेदन, संस्थागत क्षमता विकास सेवा प्रवाह तथा सुशासन समितिका संयोजक संजिता अर्याल नेपालले प्रगती प्रतिवेदन, सामाजिक विकास…

Read More

स्याङ्जा २२ पुस । आठौँ वालिङ महोत्सव यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमै हुने भएको छ । आइतवार खेलमैदानमा पत्रकार सम्मेलन गरी वालिङ उद्योग वाणिज्य संघले सातौँ संस्करणको महोत्सव यही खेलमैदानमै सम्पन्न गरेको भन्दै आठौँ महोत्सव पनि खेलमैदानमै सम्पन्न गर्ने जानकारी दिएको हो । कार्यक्रममा महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ महोत्सव यहाँको ब्राण्ड भएकाले वालिङको ब्राण्डलाई थप उचाईमा लैजाने यो आठौँ महोत्सवले सहयोग पुग्ने बताउनुभयो । वालिङ महोत्सवको व्यवस्थापकीय, प्रर्वद्धनात्मकलगायतका विषयमा धेरै ठाउँमा चर्चा हुने गरेको भन्दै महोत्सवले गाउँगाउँमा उत्पादन भएका उत्पादनहरुलाई बजारीकरण गर्न सहयोग पुगेको पौडेलको भनाई छ । खैल मैदानको दुवो संरक्षण गर्दै महोत्सव गरिने र…

Read More

स्याङ्जा २२ पुस । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेल्टा स्याङजाको आठौ अधिवेशनले ओमबिकास सिंजालीलाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले सिंजालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तोयानाथ कोइराला, सचिवमा यामप्रसाद डुम्रे (अमृत), सहसचिवमा लक्ष्मण रेग्मी, कोषध्यक्षमा भोज कुमारी पाण्डे निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा अर्जुन पौडेल, सिर्जना रोकाय, कमला अधिकारी सिक्देल, नन्दलाल पाण्डे, खगेन्द्र पाठक, शोभाकान्त शर्मा, लेखनाथ रेग्मी, नविन कुमार जिटी, दिलिप तिवारी र लोक गुरुङ चयन हुनु भएको छ । संयोजकमा सुनिल जिसी, सदस्यमा आनन्द अर्याल, राजु शर्मा र रेशम रेग्मीलाई चयन गरिएको छ । वालिङमा भएको अधिवेशनको उदघाटन गर्दै वालिङ नगरपालिका…

Read More

स्याङजा २१ पुस । पुतलीबजार नगरपालिका १ स्थित चण्डीकालिका सेभिङ् इण्ड क्रेडिट को अपरेटिभ लिमिटेड को २० औं साधारणसभा तथा ८ औं अधिवेशनले निर्मल शेरचनको अध्यक्षतामा ९ सदस्यीय संचालक निर्वाचित चयन गरेको छ । समितिको उपाध्यक्षमा खेमनारायण शर्मा, सचिवमा ओमप्रकाश शर्मा, कोषाध्यक्षमा अशोक श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । सदस्यहरुमा मुक्तिप्रसाद सापकोटा, गंगा श्रेष्ठ, हिक्मतकुमार श्रेष्ठ, समसुद्धिन मिया र रुद्रनारायण श्रेष्ठ निर्वाचित हुनु भएको छ । यसैगरी, अधिबेशनले लेखा अनुगमन तथा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असुली उपसमिति, सहकारी शिक्षा समिति र सल्लाहकार समिति समेत गठन गरेको छ । अधिवेशनको उदघाटन गर्दे राष्ट्रिय सहकारी बैंक पुतलीबजारका प्रमुख पुष्पा क्षेत्रीले…

Read More

स्याङ्जा २१ पुस । नेकपा एमालेको भातृ संस्था अखिल नेपाल महिला संघ स्याङ्जाले महिलाहरुका लागि २ दिने आवासिय सहितको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सचिव एवं पूर्व मन्त्री पदमा अर्याल, केन्द्रिय सदस्य नरदेवी पुन, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश पूर्व अर्थमन्त्री सीता सुन्दास, केन्द्रिय सदस्य एवं निवर्तमान नगर प्रमुख सीमा क्षेत्री, गण्डकी प्रदेश पूर्व उपाध्यक्ष मोहनप्रसाद रेग्मी, नेकपा एमाले जिल्ला अध्यक्ष पारश गैह्रृ, गण्डकी प्रदेश सदस्य देवी थापा, अनेमसंघ गण्डकी प्रदेश अध्यक्ष हिरा गिरी, स्याङ्जा जिल्ला उपसचिव तारा शर्मा लगायतले पार्टी संगठन सुदृढीकरण र राष्ट्रिय एवं समसामयिक विषयबस्तुका बारेमा प्रशिक्षण दिनुभएको थियो । अखिल नेपाल…

Read More