स्याङ्जा २१ माघ । फेदिखोला गाउँपालिकाले ‘उपाध्यक्षसंग सुत्केरी पोषण’ कार्यक्रम संचालन गरेको छ। सुत्केरी आमा र नवजात शिशुको स्याहार, सुसार र सरसफाईप्रति लक्षित गर्दै सो कार्यक्रम संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । यसैबर्षको साउनदेखि यता सुत्केरी भएका आमा, शिशुका स्वास्थ्य र सरसफाईका अवस्थालाई ध्यान दिदै सुत्केरीसंग भेटवार्ता सहित पोषण झोला उपलब्ध गराउदै आएको गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङ्ले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी सहित पोषण झोला लिएर उपाध्यक्ष गुरुङ सुत्केरी घरघरमा पग्ने गर्छिन। यो क्रम जारी छ । चालु बर्षभरि जारी रहने छ । उपाध्यक्षसंग सुत्केरी पोषण झोलामा ३ किलो चामल, २ किलो दाल, १ किलो चना, एक क्रेट (३० वटा) अण्डा,…
Author: Syangja Sandesh
स्याङ्जा १८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि वा पशुजन्य बस्तुमा आत्मनिर्भर बनाउने बताउनुभयो । तरकारी, फलफूल, दुध र मासु मध्ये केहीमा प्रदेशलाई आत्मनिर्भर बनाउनेगरी अघि बढेको उहाले जानकारी गराउनुभयो ।वालिङ उद्योग वाणिज्य संघ स्याङ्जा र नगरपालिकाको आयोजना बिहीवारदेखि सुरु भएको ८ औं वालिङ महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो । प्रदेश सरकारका पञ्चबर्षिय योजनामा युवा पलायन अर्यात बसाईसराईको दर घटाई तरकारी, फलफूल, दुध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य छ। उहाले भन्नुभयोे, ‘पाँच वर्षमा दूध, मासु, तरकारी र फलफूल सबैमा आत्मनिर्भर बनाउनेगरी अघि बढेका छौं। कुनै न कुनैमा पक्कै सफल बन्नेछौं।” प्रदेश सरकार कृषि,…
स्याङ्जा १७ माघ । पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले नगरपालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउने प्रतिवद्धता जनाउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा बुधवार यहाँ आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्दन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले भन्नुभयोे, ‘मैले गल्ती गरेछु भने मै बाट कारवाही सुरु गरियोस् ।’ कसैको दवाव र प्रभावमा परेर गलत कार्य नगर्न सहभागी सुझाव दिदै उहाले आफुले पनि भ्रष्टाचार नगर्ने र अरुले गरेको पनि सहन नहुनेमा जोड दिनुभयो । जनप्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सहभागी रहेको सो कार्यक्रममा लेखाका कर्मचारीले सार्वजनिक खरिद ऐन र शुसासन ऐनको पालना गर्दै…
स्याङ्जा १७ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८ औं साधारणसभा तथा १६ औं अधिवेशनले महादेव श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरेको छ । गएराती मंगलबार सम्पन्न मतगणनामा अध्यक्षका निकटतम प्रस्प्रिर्धी हिक्मत श्रेष्ठलाई ८ मतले पछि पार्दै महादेव श्रेष्ठ बिजयी हुनु भएको हो । हिक्मतले १ सय ४१ मत ल्याउदा महादेवले १ सय ४९ मत ल्याउनु भयो । यसैगरी, अध्यक्षका अर्का प्रत्यासी राजनप्रसाद घिमिरेले १ सय २ र नारायणप्रसाद ढकालले ६८ मत ल्याएका छन् । निकै प्रतिस्पर्धा रहेको निर्वाचनमा अध्यक्ष पदका ४ उम्मेदवार थिए । महासचिवमा ३ जना र अन्यमा भने २÷२ जना बिच प्रतिस्पर्धा भएको हो ।…
स्याङ्जा १६ माघ । स्याङ्जा जिल्ला अस्पतालले औपचारिकरुपमा (मंगलबारदेखि फिजियो थेरापी सेवा उपलब्ध गराएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा भौतिक संरचना सहित उपकरण उपलब्ध भएपछि अस्पतालले थेरापी सुरु गरेको हो।स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले फिजियो थेरापी सेवा प्रारम्भको औपचारिक घोषणा गर्दै थेरापीका लागि नजिकका जिल्ला कास्कीको पोखरा लगायत अन्य क्षेत्रमा जानु पर्ने वाध्यता हटेको बताउनुभयो । ‘अस्पतालको सेवालाई छितो, छरितो र प्रभावकारी बनाउन अस्पताल कर्मचारी, ब्यवस्थापन समिति र आमनागरिक सबैको सकारात्मक सहयोग आवश्यक रहन्छ।’ उहाले भन्नुभयो, ‘यसका लागि आवश्यक सहयोग गर्नेछु।’ हाडजोर्नी, नशा, प्यारालाइसिस् लगायतका रोग भएका मानिसलाई ब्यक्तिलाई यो उपचार पद्धती प्रभावकारी मानिएकाले अस्पताले सो सेवा सुरु गरेको…
स्याङ्जा १६ माघ । चापाकोट नगरपालिकाद्धारा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै ४ हजार ४ सय जना प्रत्यक्ष लाभान्वित भएका छन्। पुसको दोश्रो सातादेखि सुरु भएको शिविर पालिकाभित्रका सबै वडामा पुगेर शिविर संचालन गर्दा झण्डै २ हप्ता लागेको थियो।शिविरमा २ हजार ६६८ महिला र १ हजार ५७८ पुरुषगरी ४ हजार ३ सय ५६ जना ब्यक्ति लाभान्वित भएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य परिक्षण, भिडियो एक्स–रे, ई.सी.जी, परिवार नियोजन, आँखा परीक्षण, दाँत परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, आयुर्वेद सेवा, प्रयोगशालाको उपलब्धता लगायत औषधी वितरण लगायतका सेवा निशुल्क उपलब्ध गराएको नगरप्रमुख देवबहादुर खाँणले जानकारी दिनुभयो । चापाकोट अस्पतालमा कार्यरत चार जना डाक्टर सहित नगरपालिकामा…
स्याङ्जा १६ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा ४ सय ७५ मत खसेको छ । मंगलबार बिहान भएको मतदान प्रक्रियामा पूर्व कार्यवाहक अध्यक्ष दुर्गानारायण श्रेष्ठले पहिलो मतदान गर्नुभएको थियो । उहाँ आर्थिक बर्ष २०६० मंसिर देखि २०६१ मंसिरसम्म कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजेसम्म तोकिएको थियो । निर्धारित समय भित्र संघमा नविकरण भएका ५ सय ८५ ब्यवसायी (मतदाता) हुन । आज भएको निर्वाचनमा अध्यक्ष सहित ५ पदाधिकारी र ८ सदस्यका लागि निर्वाचन भएको हो । अध्यक्ष पदमा ४ जना नारायणप्रसाद ढकाल, महादेव श्रेष्ठ, राजनप्रसाद घिमिरे र हिक्मत श्रेष्ठबीच प्रतिस्पर्धा हुने…
स्याङ्जा, १६ माघ । स्याङ्जा सदरमुकामको प्रतिष्ठित सहकारी रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीका निर्वतमान अध्यक्ष, बौद्धिक व्यक्तित्व, सहकारीका संस्थापक भरतप्रसाद लम्साललाई बधाई तथा सम्मान गरेको छ । विकास बैंक तर्फको नेपालकै उत्कृष्ट बैंक मुक्तिनाथ विकास बैंकको हालै सम्पन्न १७ औं साधारण सभाबाट लम्साल संचालकमा निर्वाचित भएका थिए । संस्थाका निर्वतमान अध्यक्ष बैंकको संचालकमा चयन भएकोमा सहकारीले उनलाई सहकारीकै सभाहलमा बधाई तथा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै लम्सालले पछिल्लो समय नेपालको आर्थिक क्षेत्र प्रभावित बन्दा नागरिकको दैनिक महँगो बन्दै गएको बताउनुभयो । उहाले लामो समयदेखि विभिन्न देशमा चलेको युद्ध र कोभिडका कारणले नेपालको आर्थिक क्षेत्र…
स्याङ्जा १६ माघ । विपत्तीका बेला मानवीय उद्धारलाई छिटो, छरितो र सहज बनाउने उदेश्यले हरिनास गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नेपाली सेना (समरजीत गुल्म) को जनश्रमदानमा हरिनास गाउँपालिका — ४ चुलीडाँडामा हेलिप्याड निर्माण गरिएको हो। नवनिर्मित सो हेलिप्याड हालै सेनाले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । ‘एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण’ गर्ने योजना अनुरुप हरिनासमा हेलिप्याड निर्माण गरिएको गुल्मले जनाएको छ । श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका बाहिनीपती सहायकरथी गौरवकुमार केसीले हेलिप्याडको उदघाटनगरी गाउँपालिकाका प्रमुख खिमनारायण मानन्धरलाई हस्तान्तरण गर्नुभएको छ । पक्की सिमेन्टेड संरचनामा बनाइएको हेलिप्याड ६० वाई ६० फिट…
स्याङ्जा १२ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको १९ सदस्यीय जिल्ला कार्य समितिको निर्वाचनका लागि ३३ जनाको उम्मेदवारी कायम भएको छ । शुक्रवार (आज) भएको अन्तिम मतदाता नामावली प्रकाशन अनुरुप अध्यक्ष पदमा ४ जना सहित अन्यमा उम्मेदवारी कायम रहेको छ। यसअघि अध्यक्ष पदका ३ प्रत्यासीले आज नै उम्मेदवारी फिर्ता लिनु भएको छ । फिर्ता लिनेमा निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्वअध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ र सुनिता पौडेल रहनु भएको छ । यसैगरी, वरिष्ठ उपाध्यक्षमा २ जना, महासचिवमा ३ जना, सचिवमा २ जना, कोषाध्यक्षमा २ जना र सदस्यमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार अध्यक्षमा…
स्याङ्जा १२ माघ । स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयमा बालबालिकासंग पाहुना अर्थात चिल्ड्रेन वीथ गेस्ट कार्यक्रम गरेको छ । बिद्यालयको बार्षिक क्यालेण्डर अनुरुप सो कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले जानकारी दिनुभयो । कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक संजयबहादुर राउतलाई पाहुनाका रुपमा बोलाइएको थियो । प्रजिअ नेपालले बालबालिकाका जिज्ञासाको जवाफ दिदै सबैभन्दा पहिला अध्ययन कार्यमा ध्यान दिन सुझाव दिनुभएको थियो । उहाले संद्धान्तिक तथा ब्यवहारिक शिक्षा दुबै आर्जन गर्नुपर्ने बताउदै अनुशासन र कर्तब्यनिष्ट भै कार्य गरेमा सफलता प्राप्ति हुने बताउनुभयो । बालबालिकाका जिज्ञासामा उहाले आफनो…
स्याङ्जा १२ माघ । स्याङ्जाका एघार पालिका मध्ये अर्जुनचौपारी गाउँपालिका जिल्लाको उत्कृष्ट पालिका बनेको छ। स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनका नतिजामा अर्जुनचौपारी जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो। स्वःमूल्याङ्कनमा पालिका ९४ प्रतिशत अङ्क पाएको छ। पालिकाले सङ्गठन तथा प्रशासन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण र सहकार्य र समन्वयमा शतप्रतिशत अङ्क ल्याउन सफल भएको छ। पालिकाको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा, सहकार्य र समन्वयमा उत्कृष्ट अंक ल्याउन सफल भएको छ। दश वटा…
स्याङ्जा ११ माघ । नेपाली काँग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनका अवसर पारेर बुधवार स्याङ्जामा ८ जनालाई सम्मान गरिएको छ । सम्मान पाउनेमा स्वतन्त्रता सेनानी श्रीप्रसाद जी.टी, खगेन्द्रराज रेग्मी, तारापति सुवेदी, वेदप्रकाश पनेरु, विश्वप्रेम अधिकारी, शालिकराम न्यौपाने, देवबहादुर सिंह, भोलानाथ लम्साल रहनु भएको छ । झण्डै ९७ बर्षिय भोलानाथ लम्साल, ८७ बर्षिय तारापति सुवेदी, ८६ बर्षिय वेदप्रकाश पनेरु, ८२ बर्षिय विश्वप्रेम अधिकारी, ७४ बर्षिय खगेन्द्रराज रेग्मी, श्रीप्रसाद जि.टी र शालिकराम न्यौपाने, ७२ बर्षिय देवबहादुर सिंह हुनुहुन्छ । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्याङ्जा जिल्ला सभापति एवं संघिय…
स्याङ्जा ११ माघ । वलिङ् नगरपालिकालाई बिद्यालय ब्यवस्थापन समिति गठन नगर्न अदालतको आदेश आएको छ । विद्यालय ब्यवस्थापन समिति गठन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले वालिङ नगरपालिकालाई आदेश गरेको हो । वालिङ नगरपालिकाले स्थानीय शिक्षा ऐनको दोस्रो पटक संसोधन गरी वडा अध्यक्षलाई नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी नगरभित्रका सबै सामुदायिक विद्यालयमा विब्यस गठन गर्ने मिति तय गरेको थियो । नगर कार्यपालिका सदस्य भक्तबहादुर गोतामेले वालिङ नगरपालिका कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट हालेपछि आज हुने तयारीमा रहेका विब्यसहरु अन्योलमा परेका छन् । उच्च अदालतले माघ ११ गते दुवै पक्षको छलफलद्वारा अन्तरिम आदेश जारी गर्ने नगर्ने…
कास्की ११ माघ । क्यानडा लैजाने भनेर गैर कानुनी रूपमा शुल्क लिएर अन्तरवार्ता लिइरहेका ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना विदेशी र ४ नेपाली नागरिक रहेका छन् । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका १० बुद्धचोकस्थित एक होटलमा क्यानडा लैजान्छु भनी प्रलोभन देखाई अन्तरवार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ पाटनवेशी बस्ने वर्ष ६५ की पार्वती सुनार, पोखरा ९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका ३ की ३२ वर्षिया सिमा सुनार र काठमाडौं महानगरपालिका १४…