स्याङ्जा २९ चैत । अर्जुनचौपारी गाउँपालिकामा रहेको ग्रामिण स्वावलम्बन साना किसान सहकारीले शेयर सदस्यलाई वित्तिय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम अनुरुप शेयर सदस्यलाई प्रशिक्षण दिदै आएको हो । सहकारीले आफ्नो कार्यक्षेत्रका सहकारी शिक्षा अभियान संचालन गरेको छ । सहकारीले अर्जुनचौपारी २ खाल्टेमा स्थित समुह ६ का अन्तर समुहलाई बित्तिय साक्षरता र सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाका संचालक सदस्य तथा म्यादी बिमा उपसमितिका संयोजक बेलप्रसाद गुरुङ्ले बिमाको महत्व र यसको फाइदाका बिषयमा शेयर सदस्यलाई सहजिकरण गर्नुभएको थियो । सहकारीका प्रवन्धक काफ्लेले सहकारी शिक्षा, पशु बिमा, सुत्केरी स्याहार, मृत्यू…
Author: Syangja Sandesh
स्याङ्जा २८ चैत । पुतलीबजार नगरपालिकाको आयोजनामा नगर स्तरीय मेयर कप प्रतियोगिता बिहीवार (आज) देखि सुरु भएको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा पुतलीबजार नगर खेलकुद विकास समितिले भलिवल प्रतियोगिता गरेको हो । महिला तथा पुरुष भलिवल प्रतियोगिता अयोजना गरिएको हो । प्रतियोगिताको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारलाई खेलका माध्यमबाट चिनाउने उदेश्यले पालिकाले राष्ट्रपति कप, मेयर कप र वडा स्तरीय कप प्रतियोगिताहरु संचालन गर्दै आएको बताउनुभयो । पुतलीबजारले क्रिकेट, फुटवल, भलिबलसंगै अन्य खेलमा उत्कृष्ठ प्रर्दशन गर्दै आएको जनाउदै खेलकुदका गतिबिधिलाई निरन्तरता दिइने मा जोड दिनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, शिक्षा शाखा प्रमुख बाबुराम बराल, वडाअध्यक्ष एवं सामाजिक…
स्याङ्जा २७ चैत । पुतलीबजार नगरपालिकाका वडा नं. ९ र १० मा रहेका सामुदायिक कुकुरका बन्ध्याकरण र रेबिज रोग बिरुद्धको खोप लगाइएको छ । पुतलीबजार नगरपालिका पशु सेवा शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक सहयोगमा सो अभियान गरिएको हो । पुतलीबजार १० मा ८३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । यसैगरी, १ सय २ वटा कुकुरलाई रेबिज रोग विरुद्धको खोप लगाईएको डा. अनिल गौतमले जानकारी दिनुभयो । यसैगरी, नगरपालिका ९ मा ५५ वटा कुकुरमा बन्ध्याकरण र ८७ वटालाई रेबिज रोग विरुद्धको खोप लगाईएको छ । योसंगै दुई वडामागरि १ सय ३८ वटा कुकुरको बन्ध्याकरण र १…
स्याङ्जा २७ चैत । पुतलीबजार नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले वडा न ३, ४, ५ र १४ का किसानहरुको माग बमोजिम कृषी यान्त्रिकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा २५७ वटा मिनि टेलर हाते ट्याक्टर वितरण गरेको हो । हाते ट्याक्टर वितरण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले लाभान्वित कृषकहरुलाई हाते ट्याक्टरको भरपुर उपयोग गरी कृषीबाट उद्यमशिल र व्यवसायिक बन्न अनुरोध गर्नुभयो । उहाँले कसैको घरमा पनि हाते ट्याक्टर यत्तिकै नराख्न आग्रह गर्नुभयो । नगर प्रमुख रेग्मीले नगरलाई कृषी क्षेत्रको यान्त्रीकरणमा अघि बढाउनका लागी यसअघि पनि २५० वटा हाते ट्याक्टर वितरण गरि सकिएको जानकारी दिदै मिनि टेलर मर्मत…
स्याङ्जा २७ चैत । पुतलीबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा नगरपालिकाका बाख्रा पालक किसानलाई बोयर जातका बोकाहरु बितरण गरिएको छ । आर्थिक बर्ष २०८१÷८२ को बार्षिक नश्ल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बोका वितरण गरिएको हो । नश्ल सुधारगरि उत्पादनमा वृद्धि गर्ने उदेश्यले बोयर जातका बोकाहरु वितरण गरिएको हो । नगरपालिकाले आवेदन माग गरेपश्चात १८ जना बाख्रापालक किसानलाई बोका प्रदान गरिएको हो । बोका प्रदान गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले पशुपालक कृषकहरुलाई उद्यमशिलतामा जोड्ने अभिप्रायका साथ उन्नत जातका बोका वितरण गरिएको बताउनुभयो । उहाँले आफ्नो समुदायमा सुपथ मुल्यमा मासु बिक्रि वितरण गर्न समेत लाभान्वित कृषकहरुलाई अनुरोध गर्नुभयो । नगर…
स्याङजा २६ चैत । करिब १७ महिनाअघि स्याङ्जा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको हालै सरुवा भएपछिलाई जनप्रतिनिधि, कर्मचारी सहित बिभिन्न संघ, संस्थामार्फत फेरि भेटौला कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको आयोजना तथा कर्मचारी मिलन केन्द्रको समन्वयमा स्थानीय पालिकाहरु सहित झण्डै एक दर्जन संघसंस्था, नागरिक समाज र पत्रकारका संस्थाले सरुवा भई जान लाग्नु भएका प्रजिअ नेपाललाई मायाको चिनो सहित फेरि भेटौला कार्यक्रम गरेका हुन । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, जिल्ला न्यायधीश सरिता रायमाझी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अर्थातं कोष तथा लेखा नियन्त्रक ठमनारायण शर्मा, सचिव…
स्याङ्जा २६ चैत । भीरकोट नगरपालिकाले बाख्रा पालन सम्बन्धी तालिम सुरु गरेको छ । भीरकोट वडा नं. ८ र वडा नं. ९ का बाख्रापालक कृषकलाई बाख्रा पालन सम्बन्धी तालिम दिइएको हो । तालिमपछि बाख्रापालनलाई ब्यावसायिकरुपमा आघि बढाउने उद्येश्यले तालिम सुरु गरिएको पालिकाले जनाएको छ ।तालिमको उदघाटन गर्दै नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले यहाका बाख्रापालक किसानलाइ तालिम उपलब्ध गराउने बताउनुभयो । तालिमले बाख्रा पालन सम्बन्धि ज्ञान तथा सीप जानिने हुदाँ यसका समस्या र समस्याको समाधान कसरी गर्ने भने बिषयमा जानकारी पाउन सकिनेमा जोड दिनुभयो । भीरकोट नगरपालिका मासुमा आत्मनिर्भर भएको र आउदो दिनहरुमा जिल्ला बाहिर निर्यात गर्न यस्ता तालिमले सहयोग पुग्ने प्रमुख…
स्याङ्जा २६ चैत । वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो । नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको जानकारी गराईएको हो । नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजना सहित सुरु गरिएको परियोजना अन्तर्गत अहिले सम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । साना…
स्याङ्जा २६ चैत । अर्जुनचौपारी गाउँपालिकामा रहेको ‘ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि।’ गण्डकी प्रदेशमै उत्कृष्ट सहकारी संस्थाको रुपमा घोषणा भएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा राष्ट्रिय सहकारी महासघंले साना किसान कृषि सहकारीमार्फत कृषि, पशुपन्छी क्षेत्र एवं सूक्ष्म वित्तीय क्षेत्रको ग्रामीण भेगमा रहेका सदस्य किसानको जीवन रुपान्तरण र आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याएकोमा सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८१ प्रदान गरिएको हो । यसबाट आफूहरुलाई सहकारी अभियानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्न हौसला मिलेको संस्थाका सल्लाहकार चिनुमाया गुरुङले बताउनुभयो । संस्थालाई यहाँ ल्याइपुर्याउन सहयोग गरेकामा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारीलगायत सबैजनालाई संस्थाका प्रबन्धक शालिग्राम काफ्लेले धन्यवाद…
स्याङ्जा २४ चैत । बाडखोला दुलेगौडा अन्र्तगत पुतलीबजार नगरपालिका ३ स्थित चम्पापानी सडक पक्की निर्माण भएसंगै उदघाटन गरिएको छ । नगरप्रमुख तुलसीराम रेग्मीले सो सडक पिच पुरा भएसंगै उदघाटन गर्नुभएको हो । बर्षातका समयमा पैदल तथा सवारी साधन हिड्न निकै कठिन भएका बेला नगरप्रमुख तुलसीराम रेग्मीको पहल र अठोटमा निर्माण सम्पन्न भएको जनाउदै स्थानीयबासीले स्वागत सम्मान सहित सडकको उदघाटन गर्ने वातावरण मिलाएका हुन । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, वडा नं. ७ का अध्यक्ष कृष्णबहादुर आले , ५ का अध्यक्ष अर्जुन कार्की, ३ का सदस्य अमिरबक्स मिया, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, च्याम्बर अफ कमर्शका सहसचिव प्रकाश गौतम…
स्याङ्जा २४ चैत । सर्वोदय शान्ति पदयात्रामा निस्केका नेपाल केसरी रास्ट्रसन्त डा. मणिभद्र मुनिजी महाराजलाई आइतवार पुतलीबजार नगरपालिकामा अभिनन्दन गरिएको छ । सेतो कपडा लगाउने, मुखमा पनि सेतै पट्टीले छोप्ने, हातमा कुचो जस्ता पन्छाउन तथा हम्काउन मिल्ने साधन, आफना लागि आवश्यक खाना पानीको बन्दोबस्तीको झोला बोकेर पैदल यात्रा मात्र गर्ने साधुसन्त महाराजलाई भब्य स्वागत, सम्मान सहित अभिनन्दन गरिएको हो । भारतको दिल्लीदेखि नेपालको मुक्तिनाथसम्म पदयात्राका क्रममा स्याङ्जा सदरमुकाम सहितको पुतलीबजारमा आइपुग्दा उनलाई पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अभिनन्दन गर्नुभएको थियो । अभिनन्दन गर्दै प्रमुख रेग्मीले महाराजजस्तो ब्यक्तित्वलाई अभिनन्दन गर्न पाउनु शौभाग्य भएको बताउनुभयो । सादा जीवन, उच्च बिचार सहितको शान्ति पदयात्राको…
स्याङ्जा २३ चैत । बनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने मूल नाराका साथ आज (शनिवार) सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाको सातौं जिल्ला परिषद सम्पन्न भएको छ । स्याङुजा सदरमुकाममा आयोजित परिषदको उदघाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री सीता सुन्दासले हरियो बन नेपालको धन सहित हामी सबैको जीवन भएको बताउनुभएको छ । बनको उपयोगिता जनाउदै उहाले वन विरुवाबाट सिर्जित अक्सिजनले हाम्रा प्राण रक्षा गरेको, विरामी हुदा औषधीउपचारका कच्चा पदार्थमा जडीबुटीका उपयोग गरिने गरेको, खाद्य लगायत अत्यावश्यक बस्तु समेत जंगलबाटै पाईने भएकाले बन र मानवीय जीवनको सम्बन्ध अत्यन्तै नजिक र महत्वपूर्ण रहेको बताउनुभयो ।…
स्याङ्जा २२ चैत । पुतलीबजार नगरपालिका — ९ कोल्मा बराहचोैर स्थित कालभैरब मन्दिरको पुननिर्माण र अनावरण गरिएको छ ।तत्कालिन कोल्मा पञ्चायत ७ मा जन्म भई हाल वेलायतमा बस्दै आउनु भएका क्याप्टेन बिष्णुप्रसाद गुरुङ् र उहाका पत्नी चम्पा गुरुङले मन्दिर पुननिर्माण गरेसंगै उहाहरुले नै अनावरण गर्नुभएको हो । आफना पुर्वजदेखि पुजाआजा गर्दै आएकोे मन्दिर मन्दिर जिर्ण बन्दै गएपछि गुरुङ्ले ब्यक्तिगत लगानीमा मन्दिर सहित पर्खाल निर्माण गर्नुभएको हो्। आधुनिक तथा सुबिधासम्पन्न मन्दिर मन्दिर निर्माणका लागि झण्डै उहाहरुले ब्यक्तिगत १७ लाख रुपैंया लगानी गरेको गुरुङ् परिवारले जनाएको छ । झण्डै २ सय बर्ष पुरानो मन्दिर पुननिर्माणका लागि बिष्णु र चम्पाले १६ लाख ६७…
स्याङ्जा २२ चैत । पुतलीबजार नगरपालिकाका अपांगता भएका ब्यक्तिलाई लक्षित गर्दै बाख्रा पालन तालिम सहित पाठी बितरण गरिएको छ । पुतलीबजार नगरपालिकाका १० जना अपांगता भएका ब्यक्ति तथा उहाका अभिभावकलाई पाठी उपलब्ध गराइएको हो । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरकार्यपालिकाको सहयोगमा अपांगता भएका ब्यक्तिहरुका लागि पाठी बितरण गरिएको हो । पाठी हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले अनुदान स्वरुप उपलब्ध गराइएको सहयोगको सदुपयोग गर्दै आयआर्जन बढाउन सुझाव दिनुभयो । नगरपालिकाले अपांगता भएका ब्यक्तिका सहयोगका लागि पहिलो प्राथमिकतामा राखेको जनाउदै पशु बिमा, पशुको निशुल्क स्वास्थ्य परिक्षण र औषधीको उपलब्धता, समय समयमा स्वास्थ्य शिविर…
स्याङ्जा २० चैत । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा लागु औषध सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ । जिवन बाटिका नेपालको आयोजना, सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग तथा स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस ईकाइको समन्वयमा लागुऔषध अन्त्यका लागी सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले यहाँ अध्ययरत युवासंग सुन्दर भविष्य जोडिएको हुदाँ सहि मार्गमा हिडेर सुन्दर भविष्य सुन्दर बनाउन सुझाव दिनुभयो । सुन्दर भविष्य निर्माणका लागि आजैदेखि गहन अध्ययन गर्दै सत्मार्ग हिड्नु पर्नेमा प्रमुख अर्यालले जोड दिनुभयो । सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले अमूल्य जीवनलाई सुन्दर र कलात्मक तरिकाबाट जीउनु पर्ने बताउदै लागु औषधका…