पर्वत ११ साउन । युएसएआईडी जल जङ्गलको सहयोगमा स्याङ्जा, पर्वत र कास्की जिल्लाको पञ्चासे क्षेत्रमा सञ्चालन हुन लागेको जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार परियोजनाको शुभारम्भ कार्यशाला बिहीवार पर्वतमा सम्पन्न भएको छ । कुस्मा नगरपालिका तथा मोदी गाउँपालिका साथै पर्वत जिल्लाका सरोकारवालहरूलाई युएसएआईडी जल जङ्गल कार्यक्रमको सहयोगबारे स्पष्ट गर्ने, आस्क नेपालद्वारा सञ्चालन गर्न लागिएको परियोजनाका क्रियाकलापकोजानकारी गराउने, कार्यक्रम स्थान तथा क्षेत्रबारे स्पष्ट पार्ने, कार्यक्रमको विधि तथा प्रक्रिया साथै समन्वयकारी भूमिकाबारे समेत छलफल गर्ने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न लागिएको हो । कार्यशाला शुभारम्भमा बोल्दै कुस्मा नगरपालिका पर्वतका नगरप्रमुख रामचन्द्र जोशीले बदलिँदो जलवायु परिवर्तनले वन तथा वातावरणलाई नकारात्मक असर पारेको,…
Author: Syangja Sandesh
स्याङ्जा १० साउन । बाढी पहिराका कारण भत्केको सडकलाई त्रिपालको ओत लगाइएको छ । पुतलीबजार नगरपालिका १२ स्थित पेल्काचौर जाने सडक खण्डका अधिकांश सडक भत्किएका छन । असारको अन्तिम साता आएको मुसलधारे पानी सहितको बाढी पहिराले नवनिर्मित जाडखोला — पेल्काचौर पक्की सडकका ३÷४ ठाउँमा भत्काएको छ । करिब ६÷७ किलोमीटरका अन्तरमा ४ वटा ठूला र धेरै साना पहिरा खसेका छन्। पहिरोले धेरै लामो र ठूलो भूभाग खसालेको छ। माथिबाट झरेका पहिराले सडक जिर्ण बनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुतलीबजार नगरपालिका ११ जाँडखोला र १२ पेल्काचौर जोड्नेगरी पक्की सडक निर्माण पक्रिया अघि बढेको थियो। पछि नगरपालिकाले समेत सडक निर्माणमा…
स्याङ्जा ८ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको श्रेष्ठको ४६ औं स्मृति दिवस स्याङ्जामा रक्तदान कार्यक्रमगरी मनाएको छ । दिवसको अवसर पारेर राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वालिङमा रक्तदान गरेको हो । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सांसद सीता सुन्दासले धेरै पटक रगत दान गर्नुभएका आँधीखोला गाउपालिकाका अध्यक्ष विश्व पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गर्नुभएको थियो । सांसद सुन्दासले नयाँ जीवन दिने बहुमुल्य बस्तु रगतका अभावमा जीवन गुमाउनु पर्ने अवस्था कसैलाई पनि हुन नदिन युवाहरुको सक्रियता बढ्नुपर्ने बताउनुभयो । उहाले युवाहरुका सिर्जनशिल एवं उपकारी कार्यको प्रशंसा गर्दै रगतको सहि उपयोगमा समेत ध्यान दिन सुझाव दिनुभयो…
काठमाण्डौ ८ साउन । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा।कृष्णप्रसाद दाहाल, समीक्षक डा यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा।गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । गीतकाररनिर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि प्राडा केसीले दीप प्रज्ज्वलन गरेर…
स्याङजा ८ साउन । बर्षाको मौसम जारी रहेसम्म बाढी पहिरा सहितको जोखिम रहने भएकाले बर्षात्को समय नसकिएकाले जिल्लाबासी सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित बिपद ब्यवस्थापन समिति तथा सरोकारवालाबीच भएको छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीले सो कुरा बताउनुभएको हो । बाढी पहिराले जिल्लामा धेरै धनजनको क्षति पुगेको जनाउदै ११ वटै पालिकाले वास्तविक तथ्यांक उपलब्ध गराउन समेत आग्रह गर्नुभयो । पहाडी जिल्ला र नदी आसपास बसोवास रहेकाले समयमै ख्यालगरी आफनो जीउधनको सुरक्षा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । बिपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विपत्तीका बेलामा आवश्यक…
स्याङजा ८ साउन । स्याङ्जामा अनलाइनबाट नागरिकताका प्रक्रिया सुरु गरेको छ । विगतबाट हातले लेखेको अनुसूची सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाइनबाट फर्म भरेर नागरिकता पाइने भएको छ । गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यहाँ अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । ११ स्थानीय तह रहेको स्याङ्जामा सबै पालिकामा एकैचोटी प्रविधिको प्रयोग शुरु गरिएको हो । गृह मन्त्रालयले जिल्लामा रहेका ९७ वडाका सचिव र वडा अध्यक्षलाई तालिम दिएसँगै साउन १ गतेबाट भने सबै वडामा यो प्रणाली अनिवार्य गरिएको छ । यो प्रणालीमा निबेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुने र सिफारिस…
स्याङजा ८ साउन । साहित्यकार मिलन समीरको नयाँ कृति ‘मिलन मन्त्र’ विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइला अन्तर्गत ‘समीर साँझ २०८१’ अर्थात् एकल मुक्तक वाचन का अवसरमा मिलन मन्त्र विमोचन तथा विमर्श गरिएको हो । स्याङ्जाका युवा साहित्यकार समीरको मिलन मन्त्र चौथो कृति हो भने मुक्तक विधाको पहिलो हो । समीरले आफ्नो जन्मदिनका साथै ४२ औं बिपी स्मृति दिवसको अवसर पारेर सो कृति बिमोचन गर्नुभएको हो । वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीले मिलन मन्त्र विमोचन गर्नु भएको हो । बिमोचनपछि बोल्दै साहित्यले मानव जीवन बुझाउने बताउनुभयो । साहित्यले जीवनका भोगाइसँगै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने उहाले भन्नुभयो । साहित्यकार…
स्याङ्जा ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ४२ औं स्मृति दिवस आज स्याङ्जामा विविध कार्यक्रम गरी मनाईएको छ । स्याङ्जाका ११ वटै पालिकामा फरक फरक कार्यक्रम गरी दिवस मनाईएको हो । नेपाली कांग्रेुस पुतलीबजार नगर कार्यसमितिद्धारा आयोजित कार्यक्रममा पुतलीबजार नगरपालिका १ स्थित बीपीचोकमा बीपीको शालिकमा माल्यार्पण सहित साँझमा ४२ वटा मैनवत्ती बालिएका थिए । पार्टी कार्यालय लगायत वरपर झण्डै ८० वटा बिभिन्न जातका बिरुवा रापिएका छन् । कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख तथा नेपाली कांग्रेसका पूर्व सभापति श्रीप्रसाद घर्तिले महामानव बीपी कोईरालाको बिचार, नीति तथा सिद्धान्त आज पनि उत्तीकै महत्वपूर्ण र आवश्यक रहेको बताउनुभयो ।…
स्याङ्जा ६ साउन । जिल्ला अस्पताल स्याङजाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले उपचार सेवाको शुभारम्भ भएको औपचारिक घोषणा गर्दै सघन कक्षको उदघाटन गर्नुभएको हो । पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जामा शिशु÷बालरोग सम्बन्धी सघन उपचार सेवा शुभारम्भ गर्दै विपन्न परिवारको मुख्य उपचारको गर्न आउने सरकारी अस्पतालले सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारि सेवा दिनु पर्ने बताउनुभयो ।प्रदेश सरकारले स्तरोन्नती सहित थप सेवाका लागि बजेट बिनियोजन गरेको जानकारी गराउदै आउदा दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अस्पतालबाट उपलब्ध हुने सबै सेवा सुबिधा उपलब्ध गराउन सुझाव…
स्याङ्जा ४ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण ४२ औँ स्मृति दिवस स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाइँने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको बिहीवारे बसेको वैठकले सो दिवस लगायत अन्य बिबिध कार्य गर्ने निर्णय गरेको हो । साउन ६ गतेका दिन पालिका स्तरीय रचनात्मक कार्यक्रमगरी स्मृती दिवस मनाउने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सचिव दामोदर लम्सालले जानकारी दिनुभयो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उहाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो ।…
स्याङ्जा ४ साउन । स्याङ्जा जिल्ला अदालतले आर्थिक बर्ष २०८०÷०८१ मा लक्ष्यको आधारमा ७४ प्रतिशत मुद्धा फस्र्योट गरेको छ । जिल्ला अदालत स्याङ्जामा बिहीवार आयोजित पत्रकार सम्मेलन मार्फत सो को जानकारी दिदै जिल्ला न्यायधीश बासुदेव पौडेलले कुल १ हजार ३५५ मुद्धा मध्ये १ हजार ४ वटा मुद्धा फस्र्यौट भई लगतका आधारमा ७४ प्रतिशत मुद्धा फस्र्योट भएको बताउनुभयो । मुद्धा मध्ये जिम्मेवारी सरेर आएका ४०३, नयाँ दर्ता भएका ९५२ गरी १ हजार ३५५ वटा मुद्धा थिए । ती मध्ये जिम्मेवारी सरेर आएका ३७७ र नयाँ दर्ता भएका ६२७ मुद्धा फस्र्योट भई अब ३५१ मुद्धा बाँकी रहेको उहाले भन्नुभयो । बिगत तीन…
स्याङ्जा ३० असार । आइतवार दिउसो स्याङजामा पानीका कुवाभित्र दुई बालिका मृत अवस्थामा भेटिएका छन । उनीहरु एकाघरका दिदीवहीनी हुन । पुतलीबजार नगरपालिका ४ का १४ वर्षीय लक्ष्मी थापा र निजकी बहिनी १२ वर्षीय सुस्मिता थापा रहेका प्रहरीले जनाएको छ ।रामकोष निवासी नरेन्द्रबहादुर थापाको छोरीहरु रहेको प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो । लक्ष्मी कक्षा ९ मा र निजकी बहिनी सुस्मिता कक्षा ५ मा पढ्थे । घटना बारे अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जा ३० असार । स्याङ्जा प्रशासन, प्रहरी, रेडक्रस सहित बिरुवा गाउँपालिकाका जनप्रतिनिधिले बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा गएको टोलीले विरुवा गाउँपालिका ६ चिन्नेवास स्थित स्याङदीमा आएको बाढी तथा पहिराको स्थलगत अनुगमन सहित मृतकका परिवारलाई राहत प्रदान गरेको हो । असार २२ गते दिउँसो स्याङ्दीमा खोला बढेर माथि उर्लियो भने घरमाथि रहेको जंगलबाट पहिरो झ¥यो। दुई घर मध्ये एक घरमा पती ÷पत्नी माधव मरासीनी र हरिदेवी मरासीनी बस्थे। अर्को, घरमा १४ बर्षिय नाति रोशन र हजुरआमा गुन्जेश्वरी मरासीनी बस्दै आएका थिए…
स्याङ्जा २९ असार । बाढीपहिरोका कारण स्याङ्जामा ज्यान गुमाएका तथा घरबार बिहीन परिवारलाई लायन्सले जिन्सी तथा नगदले सहयोग गरेको छ । विरुवा गाउँपालिका ६ स्याङ्दीमा गएको पहिरोमापरि ज्यान गुमाएका २ परिवारका सदस्य सहित घरबिहीन ७ परिवारलाई लायन्सले नगद तथा जिन्सी सामाग्री सहयोग गरेका छन् । हरिदेवी मरासिनी, माधव मरासीनी र गुन्ज्येश्वरी मरासिनीको पहिराले पुरिएको मृत्यु भएको थियो भने अन्य ५ जना घाईते भएका थिए । पहिरोमापरि २ घर पुरिएको छ भने ५ घरपरिवार विस्थापित भएका छन् । हरिदेवी र माधव पतीपत्नी हुन। गुन्ज्येशवरी १४ बर्षिय नाती सहित बस्दै आएकी थिईन। नाति बाहिर खेल्न गएका बेला पहिराले पुरेको थियो । मृतक…
स्याङजा २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनु भएको थियो । उहाले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको थियो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनु भएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उहा रामायणलाई नेपालीमा…