स्याङ्जा १८ असोज । अर्जुचौपारी गाउँपालिका ५ आरुचौरमा स्थापित प्रख्यात तिर्थस्थल डहरेदेउराली मन्दिरमा ५० केजीको घण्टी राखिएको छ । घटस्थापना अर्थात नवदुर्गा शुभारम्भको अवसर पारेरे बालसिद्ध मोक्षद्धारी आश्रम डहरेदेउरालीमा २ लाख मुल्य बराबरको पित्तलको घण्टी राखिएको डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । साविक आरुचौर गाउ विकास समिति ४ मा जन्मभई रोजगार तथा बसाईसर्दै चितवन, नवलपुर, धनगढी, बुटवल, पोखरा पुगेका कारिम्ले परिवारका सहयोगमा मन्दिरमा घण्टी राखिएको हो । डहरेदेउराली पबित्र धार्मिक तिर्थस्थलका रुपमा परिचित छ । जहाँ पुगेपछि मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । डहरे देउरालीको अग्लो चुचुरोमा घण्टी राखिएको छ । पर्वतको फलेवास नगरपालिका र अर्जुनचौपारीको आरुचौर गाउँपालिकाको संगमस्थलमा रहेको…
Author: Syangja Sandesh
स्याङजा १८ असोज । क्षत्री समाज नेपाल स्याङजा शाखाले शुक्रवार क्षत्री दिवस मनाएको छ । समाजले घटस्थापनाका दिन अर्थात नवरात्रको पहिलो दिनलाई स्थापना दिवसका रुपमा मनाउदै आएको छ । दिवस संगै समाजले नजिकिदै गरेका बिभिन्न चाडपर्वको समेत शुभकामना आदानप्रदान गरेको छ । पुतलीबजार नगरपालिका ३ स्थित निर्माणाधीन भवनमा आयोजित दिवसको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नागरिकका हक, अधिकार र स्वतन्त्रताका पक्षमा अग्रसरता लिने क्षत्री समुदायको योगदान उल्लेख्य भएको बताउनुभयो । क्षत्री जातीको बहादुरीताका बारेमा स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चा हुने गरेको जनाउदै मुलुकका हरेक राजनीतिक एवं सामाजिक कार्यमा यस समुदायको सहभागिता हुदै आएको उहाले भन्नुभयो । नवनिर्मित भवन…
स्याङजा १८ असोज । नवरात्रको दोस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गबरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले…
स्याङजा १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आज (बिहीवार) देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ…
स्याङ्जा १७ असोज । भीरकोट नगरपालिका वडा नं. १ कन्साइन्स आवसीय माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका घाईते बालकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यालयमा एलकेजीमा अध्ययरत किरण परियारलाई आर्थिक सहयोग गरिएको हो । घरमा खेल्ने क्रममा साउन १३ गते बार्दलीबाट खसेर घाईते भई टाउकोको अप्रेसन गरेका किरणलाई १ लाख ३ हजार ५ रूपैयाँ आर्थिक सहयोग गरिएको शिक्षक माधवप्रसाद रेग्मीले बताउनुभयो । किरणको घरको आर्थिक अवस्था कमजोर भएपछि विद्यालयका शिक्षक माधव प्रसाद रेग्मीको पहलमा आर्थिक संकलन अभियान सुरु गरिएको थियो । दुई महिनाको अवधिमा जम्मा भएको रकम एक कार्यक्रमको आयोजना गरि हजुरबुबा प्रेम बहादुर परिवारलाई हस्तान्तरण गरिएको थियो । किरणको…
स्याङ्जा १७ असोज । सहकार्यबाट दीगो विकास, गरीवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभूत अधिकार” भन्ने नाराका साथ आपसी सहयोग केन्द्र नेपालको २७ औं साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै आँधीखोला गाउँपालिका स्याङ्जाका अध्यक्ष बिश्वनाथ पौडेलले संस्थाले जलवायु परिबर्तन अनुकुलन, जैविक बिबिधता संरक्षण, प्राङ्गारिक कृषि, स्वास्थ्य, प्रविधिमैन्त्री शिक्षा बिपन्न आयआर्जन लगायत एकिकृत सामाजिक विकासको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरिरहेकोले यसका गतिबिधिलाई थप प्रसार र दीगोपनाको लागि स्थानीय सरकार प्रमुखको हैसियतले सवै स्थानीय तहले सहकार्य गरेर आम नागरिकलाई गुणस्तरीय सेवा र दीगो व्यवसायिक विकासमा टेवा पुर्याउन आग्रह…
स्याङ्जा १७ असोज । संघिय सांसद राजु थापाले यातायात ब्यवसायमा समस्या देखिएको बताउनुभएको छ । स्याङजा गण्डकी यातायात प्रालिको छैटौ साधारणसभा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमको बिहीवार स्याङ्जामा उदघाटन गर्दै यातायात ब्यवसायीलाई सामाजिक सेवाभाव लिई आ आफना ब्यवसाय संचालन गर्न सांसद थापाले सुझाव दिनुभयो । बर्षाका कारण धेरै धनजनको क्षति पुगेकोमा दुख प्रकट गर्दे उहाले समय र सडकको ख्याल गर्दै यातायात संचालन गर्न सुझाव दिनुभयो । सडकको अवस्था बुझेर मात्र सवारी सञ्चालन गर्न व्यवसायीलाई उहाको आग्रह छ । उहाले भन्नुभयोे, ‘लगातारका वर्षाका कारणले आएको बाढी पहिरोले राष्ट्रिय राजमार्ग सहितका अधिकांश सडक क्षतिग्रस्त भएकाले अवस्था बुझेर मात्र सवारी चलाउनुहोला ।’…
स्याङ्जा १६ असोज । हरिनास गाउँपालिकाका ५८ बर्षिय प्रेमबहादुर कामीको घनको चोटका कारण मृत्यु भएको छ । हरिनास ४ बांगेश्वरामा आरनमा बसेर काम गरिरहेका अवस्थामा सोही स्थान बस्ने ३२ बर्षे सुरेश थापाले मंगलबार घन प्रहार गरेको प्रहरीले जनाएको छ । आरनामा काम गरिरहेका बेला कामीको टाउकामा थापाले घनले हानेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । आरोपित थापा प्रहरी नियन्त्रणमा रहेको र घटना बारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
स्याङ्जा १५ असोज। सम्मानित बुढ्यौली विश्वब्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण भन्ने मूल नाराका साथ आज ३४ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा वडा नं. ३ स्थित काफलडाँडा र वडा नं. १३ को माझी बस्तीमा पुगेर जेष्ठ सम्मान सहित स्वास्थ्य परिक्षण गरिएको हो । काफलडाँडा स्थित दलित बस्ती र माझी बस्तीमागरी ४० जनालाई सम्मान एवं उनीहरुका स्वास्थ्य परिक्षण गरिएको हो । नगरप्रमुख तुलसीराम रेग्मीले दुबै वडामा पुगेर त्यहाँका जेष्ठ नागरिकलाई पछ्यौरा, हर्लिक्स, फलफुल, फूर्टि प्रदान गर्नु भएको छ । जेष्ठ नागरिक सम्मान गर्दै प्रमुख रेग्मीले जेष्ठ नागरिक हाम्रा पथप्रर्दशक भएको जनाउदै उहाहरुका राय सुझाव…
स्याङ्जा १४ असोज । स्याङ्जाको गल्याङ् शोकमा छ । गल्याङ नगरपालिका ३ लल्याङका एकाघरका ३ जना को पहिरोमापरि मृत्यु भएपछि शोकमा परेको हो । धादिङको झ्याप्ले खोला पहिरोमापरि आमा सीता भट्टराईसंगै उनका १५ बर्षका जुम्ल्याहा छोराछोरा दिपेश र दिपिका भट्टराईको निधन भएको बताइएको छ । बुटवलस्थित कालिका माविमा कक्षा १० मा अध्ययनरत उहाहरु बंगलादेश जादै थिए । बंगलादेशमा हुने नेशनल एस्ट्रोनोमी ओलम्पियारमा भाग लिन जाने क्रममा उहाहरु चढेको बस पुरिएपछि उनीहरुसंगै अन्य यात्रुको पनि ज्यान गएको छ । उहाहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर…
स्याङजा १३ असोज । सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई स्याङ्जामा बधाई एवं सम्मान गरिएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित ११ वटै स्थानीय पालिका र वालिङ् उद्योग वाणिज्य संघको ब्यवस्थापन तथा सहयोगमा ती कार्यक्रम गरिएका हुन । सम्मान एवं बधाई कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले सिद्धार्थ राजमार्ग विस्तारको आयोजना अत्यावश्यक रहेको बताउनुभयो । उहाले पोखरा सुनौली सिद्धार्थ राजमार्ग विस्तारका लागि मन्त्रीस्तरमा कुरा भैसकेको जानकारी गराउनुभयो । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव अर्यालले सिद्धार्थ राजमार्ग विस्तारका लागि अर्थमन्त्री र गृहमन्त्रीसँग कुरा भैसकेको बताउनुभयो । दुबै मन्त्रीले पनि सिद्धार्थ राजमार्ग विस्तार गर्नुपर्छ भन्ने आफूलाई लागेको…
स्याङ्जा १२ असोज । एक महिनाअघि संघिय सरकारका मुख्य सचिव बन्नु भएका एकनारायण अर्याललाई आँधीखोला गाउँपालिकामा शनिवार बधाई सहित सम्मान गरिएको छ । आफनो पालिकामा अध्ययन गरेका बिद्यार्थी निजामति सेवाको सबैभन्दा बिशिष्ट स्थानमा पुगेको जनाउदै उहाले अध्ययन गरेका , बिद्यालय सहित गाउँपालिकाका आमनागरिकले सम्मान गरेका हुन । उहाले आँधीखोला गाउँपालिका — ३ को राष्ट्रिय माध्यमिक बिद्यालय पुवाडाडामा कक्षा १ देखि ७ सम्म अध्ययन गरेपछि बडा नं २ को जनप्रदिप माध्यमिक बिद्यालय चिलाउनेबासबाट २०४१ सालमा एसएलसी उत्र्तीण गर्नुभएको थियो । त्यसपछि उच्च शिक्षा अध्ययनसंग २०४६ सालमा निजामती सेवामा प्रवेश गर्नु भएका अर्याल २०८१ भाद्र १३ गते मुख्य सचिब बनाइएको थियो ।…
स्याङ्जा १२ असोज । पुतलीबजार नगरपालिका ३ मा स्थित शिशु निकेतन अग्रेजी बिद्यालय प्रांगणमा शनिवार नसर्ने रोग सम्बन्धी शिविर गरिएको छ । पुतलीबजार नगरपालिकाको सहकार्यमा जिल्ला अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य शिविर गरिएको हो । शिविरको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले नगरबासीको स्वास्थ्य सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाले जिल्ला सदरमुकामसंगै रहेको पुतलीबजार सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले उत्कृष्ठ नतिजा ल्याउनु हाम्रोलागि सुखद पक्ष रहेकोमा जोड दिनुभयो । रगत र पिसाबबाटै धेरै रोग पत्ता लगाउन सकिने भएपछि रगत र पिसाव परिक्षण गरिएको प्रमुख रेग्मीले भन्नुभयो । नगरपालिकाले यसअघि पनि बृहत आखा शिविर, मुटु लगायत…
स्याङ्जा १२ असोज । पुतलीबजार नगरपालिका ३ स्थित भैरब आमा समूहद्धारा आयोजित १५ दिने मादल बजाउने तालिम शनिवार सम्पन्न भएको छ । समूहले महिला दिदीबहीनीलाई लक्षित गर्दै तालिमको आयोजना गरेको हो । तालिम समापन तथा सम्मान कार्यक्रममा बोल्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले मादल बजाउन जान्नु भनेको हाम्रो कला, संस्कृतिको संरक्षण संगै सीपको विकास गर्नु भएको बताउनु भएको छ । सामाजिक तथा धार्मिक जुनसुकै कार्यमा पनि मादलको तालले रमणीय बनाउने हुदा महिलाहरुका लागि यस्ता सीप सिक्नु आवश्यक रहेको बताउनुभयो । १५ दिनमा आधारभूत तालिम लिएका महिला दिदीबहीनीलाई थप एडभान्स तालिम लिन सुझाव दिनुभयो । हर क्षेत्रमा महिला प्रतिनिधित्व बढेको बताउदेै…
स्याङ्जा १० असोज । नेपाल निर्माण ब्यवसायी महासंघको आयोजना तथा निर्माण व्यावसायि संघ स्याङ्जाको ब्यवस्थापनमा दुई दिने तालिम सम्पन्न भएको छ ।निर्माण ब्यवसायीलाई लक्षित गर्दै बुधवार र विहीवार निर्माण कार्य ब्यवस्थापन सम्बन्धी तालिम दिइएको हो । तालिमको नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष केडी लामाले उदघाटन गर्दै तोकिएका मापदण्ड बमोजिम निर्माण कार्य पुरा गर्न सुझाव दिनुभयो । विगतका तुलनामा पछिल्ला समय निर्माण कार्यमा कमी हुदा ब्यवसाय प्रत्यक्ष प्रभावित भएको बताउनुभयो । सोही कार्यक्रममा केन्द्रिय उपाध्यक्ष खिमप्रकाश मल्ल, महासचिव रोशन दाहाल लगायतले निर्माण ब्यवसायीका अवस्था र चुनौतीका बारेमा आ आफना धारणा सहित शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । निर्माण व्यावसायि संघ…