Author: Syangja Sandesh

स्याङ्जा २९ असोज । चापाकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरकार्यपालिका सदस्यको मृत्युका कारण नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हो । चापाकोट नगरपालिका वडा नं. ६ का सदस्य ४३ बर्षिया तारा सिं थापाको हृदयघातका कारण निधन भएको जनाउदै विदा दिएको हो । चापाकोट नगर कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुमा एक दिन शोक बिदा दिने निर्णय गरिएको नगरप्रमुख देवबहादुर खाँण इश्वरले जानकारी दिनुभयो । कार्यपालिका सदस्य समेत रहनु भएको थापाको निधनप्रति नगरपालिकाले दुख ब्यक्त गर्दै श्रद्धाञ्जली सहित शोकसभा गरेको छ ।

Read More

स्याङ्जा २८ असोज । राम्रोसँग बोल्न नसक्ने महिलामाथि जबरजस्ती करणीको आरोपमा हरिनास गाउपालिकाका(४५ वर्षीय टुकबहादुर थापा पक्राउ परेका छन्। अपांगता भएका ३० वर्षीया महिलालाई जंगलमा लगेर धम्की दिई जबरजस्ती गरेको आरोपमा थापालाई असोज २५ गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो। हरिनास(४ का थापाले ती महिलालाई साँझ ५ बजेतिर ललाई फकाई जंगलतीर लगेपछि धक्याएर जबरजस्ती गरेको प्रहरीले जनाएको छ। घटना र थापाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Read More

स्याङ्जा २६ असोज । बडादसैँको दसौँ तथा मुख्य दिन आज आफ्नो मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा वा मान्यजनहरुबाट टीका र जमरा लगाइन्छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा विजयादशमीलाई लिइन्छ । नेपाल पञ्चांग निर्याण समितिले यस वर्षको बडादशैँको देवी विर्सजनको साइत रहेको जनाएको छ । तर, आज दिनभर नै टीका लगाउँदा शुभ फल मिल्ने समितिले जनाएको छ । विजयादशमीका दिन आफ्नो मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक…

Read More

स्याङजा २५ असोज । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

Read More

स्याङजा २५ असोज । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी…

Read More

स्याङजा २४ असोज । आश्विन शुक्ल सप्तमीका दिन आज राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट गएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाले बताउनुभयो । हनुमानढोका दरबारको…

Read More

स्याङ्जा २३ असोज । असोज १२ गते राति बाढीपहिरामा परि ज्यान गुमाएका गल्याङ्का तीनजनाको अन्त्येष्टि गरिएको छ। बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्पाप्ले खोलामा आएको पहिरोमा परी मृत्यु भएका गल्याङ नगरपालिका–३ लल्याङका आमासहित छोराछोरीको गल्याङ वडा ११ स्थित निमाघाटमा अन्त्येष्टि गरिएको हो। आमा सीता भट्टराईसहित जुम्ल्याहा छोराछोरी दिपेश र दिपिका पनि सँगै बस चढेका थिए। बाढी पहिरोमा परी बसमा सवार उनीहरूसँग अन्यको पनि ज्यान गएको थियो।। सीताका श्रीमान् हुमनाथ भट्टराई कोरियाबाट नआइन्जेलका लागि भन्दै शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो। हुमनाथ सोमबार नेपाल आइपुगे लगत्तै काठमाडौंबाट शव लिएर मंगलबार गल्याङस्थित घरमा ल्याई हिन्दु धर्मसंस्कृति अनुरुप घाटमा लगि अन्त्येष्टि गरिएको…

Read More

स्याङ्जा २३ असोज । १५० औं विश्व हुलाक दिवस स्याङजामा मनाइएको छ । जिल्ला हुलाक कार्यालय स्याङ्जाले बिबिध कार्यक्रम सहित मनाएको छ । दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले संचार माध्यमको भूमिका र जिम्मेवारी वहन गर्दै आएको हुलाको इतिहास रहेको जनाउनुभयो । सूचना र प्रबिधिको उपयोग बढेसंगै हुलाक सेवा प्रवाहमा कमी भएता पनि यसको विश्वसनियता र जिम्मेवारीपन बढेको उहाले भन्नुभयो । पत्रपत्रिका, केवल तथा रेडियो नविकरणका सहित लोककल्याणकारी बिज्ञापनका लागि राजधानी धाउनु पर्ने हिजोको वाध्यता रहेको जनाउदै उहाले पछिल्ला समय हुलाक कार्यालयले ती काम गर्ने गरेको बताउनुभयो । हुलाक कार्यालयलाई थप जिम्मेवारी दिन सकिने अवस्था रहेको पनि प्रजिअ…

Read More

स्याङ्जा २२ असोज । डेंगी रोग नियन्त्रणका लागि पुतलीबजार नगरपालिकाका सरोकारवालासंग अभिमूखीकरण गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान संगै अभिमूखिकरण कार्यक्रम गरिएको हो । अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वास्थ्य नै धन भएकोले नगरपालिकाले पनि स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो । सबेैको सहयोग र क्रियाशिलताले पुतलीबजार नगरपालिकाले गण्डकी प्रदेशको तेस्रो हुन सफल भएको बताउदै स्वास्थ्यकर्मी र स्वयंसेविका लगायत सम्पूर्ण नगरबासीलाई बधाई एवं शुभकामना दिनुभएको थियो । संक्रमित लामखुट्टेका कारण लाग्न सक्ने डेंगी रोगबाट बच्न नियमित सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आफना घर, आगन, वरपर तथा छरछिमेकमा समेत सरसफाई गरि लामखुट्टेका…

Read More

स्याङ्जा २२ असोज । आज नवरात्रको छैटौं दिन । कात्यायनी देवीको पुजाको अवसर पारेर पारेर सत्य श्री साइकेन्द्र स्याङ्जाले नगर संस्कृतन सहित देवी भगवतीको मन्दिरमा भजनकिर्तन गरेको छ । मंगलबार बिहान साई केन्द्र भवनबाट निस्केको संस्कृतन सहितको साइभक्तहरुको समूहले सदरमुकाम स्थित मुख्य बजार सहिदचोकदेखि वीपी चोक, लोकतान्त्रिक चोक, अभियान पथ, ठाडो लाईन, भिमसेनथान चोक, बालमन्दिर, बैकरोड हुदै सहिदचोक र जिल्ला प्रहरी कार्यालय हाताभित्र रहेको देवी भगवती मन्दिरमा पुगेर भजन किर्तन सहित संकृतन गरिएको थियो । देवी भगवती सहित सत्य साई रामका एक दर्जन भजन कृतन गरिएको थियो । संकृतनमा प्रहरी उपरीक्षक शालिकराम शर्माले धर्म, संस्कार र संस्कृतिका बारेमा जानकारी गराउदै…

Read More

स्याङ्जा २२ असोज । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहररूबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ । यो ब्रह्माण्डमा भएका सबै वस्तुहरु हामीले देख्न सकिने स्वभावको हुँदैन । महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रुपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो । कात्यायनीको उपासनाबाट यस लोकमा स्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्ट हुने धार्मिक विश्वास छ । देवी…

Read More

स्याङ्जा २१ असोज । नवरात्रको पाँचौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँनुहुन्छ । नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दशैंघर वा…

Read More

स्याङ्जा २० असोज । स्याङ्जा सहयोग समाज (अन्तर्राष्ट्रिय समन्वय समिति) को आयोजनामा आगामी कार्तिक २, ३, र ४ गते वालिङ खेल मैदानमा पालिका स्तरीय पुरुष भलिबल कप हुने भएको छ । स्याङ्जाका ११ वटै पालिकाहरूको सहभागिता हुने सो प्रतियोगिताका बारेमा वालिङ्मा पत्रकार सम्मेलनगरी जानकारी गराइएको हो । प्रतियोगितामा प्रथम पुरस्कार नगद १लाख ५० हजार , द्वितीय पुरस्कार १ लाख , तृतीय पुरस्कार ५० हजार र सान्त्वनाका लागि २५ हजार सहित मेडल, ट्रफी, र प्रमाणपत्रको प्रदान गरिने छ । यसैगरी, उत्कृष्ट खेलाडीलाई १० हजार, र अन्य ६ बिधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५÷५ हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको स्याङ्जा सहयोग…

Read More

स्याङ्जा २० असोज । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो रुपका देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म…

Read More

स्याङ्जा १९ असोज । आज नवरात्रको तेस्रो दिन हो । नवरात्रको तेस्रो दिन घर– घरमा चन्द्रघण्टा देवीको पूजा गरिन्छ । माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा । चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसै कारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवी भागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे…

Read More