Author: Syangja Sandesh

स्याङ्जा ५ माघ । भूमि समस्या समाधान आयोग स्याङ्जाको अध्यक्षमा तारा शर्मा नियुक्त हुनु भएको छ । शर्मासंगै भूमि सम्बन्धि समस्या समाधानका लागि स्याङ्जाले महिला नेतृत्व पाएको छ । पुतलीबजार नगरपालिका १४ निवासी शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जिल्ला अध्यक्षको नियुक्ति गर्नुभएको हो । शर्माले अध्यक्षको शपथ लिइसक्नु भएको छ । नेकपा एमाले स्याङ्जाको राजनीतिमा लामो समयदेखि अनवरतरुपमा क्रियाशिल हुनुहुन्छ अध्यक्ष शर्मा । राजनीतिसंगै बिभिन्न संघसंस्थामा आवद्ध उहाँ हाल जिल्ला बन उपभोक्ता महासंघ (फेकोफन) स्याङ्जाका अध्यक्ष पनि हुनुहुन्छ । अब छिटै स्याङ्जा आयोगले पूर्णता पाउने उहाले भन्नुभयो । एक बिज्ञ सदस्य सहित चार सदस्यीय राजनीतिक…

Read More

स्याङ्जा ५ माघ । वालिङ नगरपालिका १४ मा रहेको कालीगण्डकी माध्यमिक बिद्यालयले बिबिध सांस्कृतिक कार्यक्रम सहित ३७ औ बार्षिकोत्सब मनाएको छ । बार्षिकोत्सवको उदघाटन गर्दै बिधालय संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद डुम्रेले बिधालयको शैक्षिक एवं भोैतिक बिकासका लागि सहयोग गर्ने कुरा बताउनुभयो । सूचना प्रबिधिको युग भएकाले बिद्यालयले अव सूचना प्रबिधिसंगै ब्यावसायिक सीप सहितको शिक्षा दिन सुझाव दिनुभयो । उहाले अब आबासिय सहित शिक्षा उपलब्ध गराउन बिद्यालयले सोच बनाउनु पर्नेमा उहाको जोड थियो । कार्यक्रममा सोही वडाका अध्यक्ष बोधराज कुवर ९राजु० ले बिधालयको शैक्षिक अबस्था सुधारको लागि आवश्यक सहयोग गर्ने बताउदै नैतिक शिक्षासंगै संस्कार ,कला,रहन सहन,सिकाउनतर्फ पनि बिद्यालयको ध्यान दिनुपर्ने बताउनुभयो ।…

Read More

स्याङ्जा ५ माघ । नेवाः देय दबु स्याङजाका सातौ अधिवेशनले हिक्मत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्य समिति चयन भएको छ । समितिको वरिष्ट उपाध्यक्षमा संघ ताम्राकार, उपाध्यक्ष (महिला) मा लक्ष्मी प्रधान, सचिवमा बिष्णुकुमार श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मण प्रधान र सदस्यहरुमा दिया श्रेष्ठ, सुरज श्रेष्ठ र राजेन्द्र श्रेष्ठ निर्वाचित हुनु भएको हो । पाँच सदस्य पछि थप गरिने बताइएको छ । अधिवेशनको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिभिन्न जातजाती र सम्प्रदायबीचको सहकार्य र एकताले नै विकास र समृद्धि संभव हुने बताउनुभयो । नेवार समुदायको जातीय कला, संस्कृति र पहिचानको संरक्षणका लागि नगरपालिकाको सहयोग रहने बताउनुभयोे । कार्यक्रममा नेवा देय दवु को…

Read More

स्याङ्जा ४ माघ । आँधीखोला गाउँपालिका ५ कृषि स्थित कृषि—ओहिया सडकखण्डमा शुक्रबार राती करिब ११ बजे टिप्पर दुर्घटना भएको छ। एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ४ घाईते भएका प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाईते भएका पर्वत कृश्मा नगरपालिकाका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो भने अन्य ४ जना उपचाररत रहेको प्रहरी नायब उपरिक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । सल्यान सारदा नगरपालिकाका १५ बर्षिय हरि परियार, स्याङ्जा आधीखोलाका ३३ बर्षिय कमल नेपाल, चितवन राप्ती नगरपालिकाका ४१ बर्षिय प्रकाश विक र ४१ बषिया सुमित्रा विकको भने सोही अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको…

Read More

वालिङ १ माघ । गरिमा विकास बैंक लिमिटेडको अध्यक्षमा दिलिपप्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न बैकको १८ औं साधारणसभाबाट खाँणको अध्यक्षतामा संचालक समिति सर्वसम्मत निर्वाचित भएको हो । अन्य सञ्चालकमा श्यामप्रसाद बस्याल, दीपेन्द्र श्रेष्ठ, बिमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला रहनुभएको छ । खाँणले यसअघि पनि गरिमा विकास बैंकको अध्यक्ष रहेर कार्य सम्पादन गरिसक्नुभएको छ । गरिमा विकास बैंकको अध्यक्ष हुँदाका बखत नै २०७४ सालमा वालिङ नगरपालिकाको प्रमुखमा बिजयी हुनुभएसँगै अध्यक्षबाट राजीनामा दिनुभएको थियो । स्याङ्जाबाट सुरुवात गरेको बैंक मुलुककै नमूना बैंकका रुपमा पहिचान बनाउन सफल छ ।

Read More

वालिङ १ माघ । विरामीहरुलाई सहज गराउनका लागि वालिङमा सञ्चालन गरिएको ‘वालिङ प्याथोलोजी प्रालि’ तस्रो बर्षमा प्रवेश गरेको छ । जिल्लामा नै पहिलो पटक अत्याधुनिक उपकरणबाट रगत तथा दिशापिसावको परीक्षण गर्न भन्दै दुई बर्ष अगाडि वालिङमा प्रयोगशाला सञ्चालन गरिएको थियो । स्याङ्जा तथा आसपासका विरामीलाई सहज सेवा उपलव्ध गराउन भन्दै आफूहरुले गरेको प्रयास सफल भएको वालिङ प्याथोलोजीका अध्यक्ष मनोज खनालले बताउनु भयो । उहाँले भन्नुभयो,“रगतको सामान्य परीक्षण वालिङमा हुने गरेको भए पनि थाईराईड लगायतका परीक्षणका लागि पोखरा र पाल्पा जानु पर्ने बाध्यता थियो, जुन अहिले हटेको छ ।” रगतको नमुना लिएर पोखरा पठाउँदा यसको विश्वसनियता कमजोर हुने गरेको भन्दै विरामीको…

Read More

स्याङ्जा १ माघ । आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व । प्रत्येक वर्ष सौर मास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले आजको दिनलाई नेपालमा माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथ मनाइने गरिन्छ । १ माघेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जाने गर्दछ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली,…

Read More

स्याङ्जा २९ पुस । गण्डकी प्रदेश अन्र्तगत सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले स्याङ्जामा मगर र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१ को मस्यौदा बारेमा सरोकारवालाबीच रायसुझाव संकलन गरेको छ । स्याङ्जा सदरमुकाममा आयोजित राय सुझाव सुनेपछि बोल्दै सामाजिक विकास युवा तथा खेलकूद मन्त्री बिन्दुकुमार थापाले संबिधानको भावना र प्रदेश सरकारको चाहना बमोजिम लक्षित समुदायका आवाजलाई समावेश गरिने बताउनुभयो । हिउदे अधिवेशनमा सो बिधेयकलाई पेश गर्ने र आवश्यक प्रक्रिया पुरागरी पारित गर्ने मन्त्री थापाले जानकारी दिनुभयो । पहिलो पटक स्याङ्जा आएको बताउदै प्रदेशका अन्य ३ जिल्लामा पुगेर सुझाव संकलन गर्ने तयारीमा रहेको उहाले भन्नुभयो…

Read More

स्याङ्जा २९ पुस । आजदेखि एक महिने स्वस्थानी व्रत शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल,…

Read More

स्याङ्जा २७ पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) स्याङ्जाको १५ औं अधिवेशनले राजेन्द्र गोदारको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ । शनिवार राती सम्पन्न बन्दसत्रले वरिष्ठ उपाध्यक्षमा यामप्रसाद डुम्रे (अमृत), उपाध्यक्ष तेजेन राना, सचिव हरिप्रसाद अर्याल, कोषाध्यक्ष मेकराज के.सी., सह–सचिव सोमुमाया राना, सह–कोषाध्यक्ष टेकराज सुवेदी चयन हुनु भएको हो । यसैगरी, सदस्यहरुमा मनोज खड्का, स्मृति काफ्ले , पालिका संयोजकमा ध्रुवबन्धु पौडेल , साजन परियार , द्रबेदेव खनाल , हरि प्रसाद अधिकरी , दुर्गा प्रसाद भट्टराई , गिरिराज वाग्ले( बिमल ), रामकृष्ण सुबेदी निर्वाचित हुनु भएको छ ।

Read More

स्याङ्जा २७ पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष कृष्ण अधिकारीले राज्यले निजी तथा सरकारी बिद्यालयबीचको बिभेद हटाउनु पर्ने बताउनु भएको छ । शिक्षाका लागि ठूला लगानी तथा मेहनत गरिरहेका निजी बिद्यालयलाई राज्यले हेर्ने नजरमा बिभेद गर्न नहुनेमा जोड दिनुभयो । प्याब्सन स्याङजाको १५ औं अधिवेशनको उदघाटन गर्दै अधिकारी पैसा कमाउनकै लागि निजी बिद्यालय नखोलिएको उहाले बताउनुभयो । उहाले भन्नभयोे, ‘शिक्षाका माध्यमबाट शिक्षा, सीप र संस्कारको चेतना दिनु हाम्रा उदेश्य हुन । ’ सरकारी बिद्यालयको बिरोध होइन, निजी तथा सरकारी बिद्यालयमा पढ्ने हाम्रै छोराछोरी हुन् । राज्यले तोके बमोजिमका कर र अन्य सेवा सुबिधा समेत…

Read More

स्याङ्जा २७ पुस । पुतलीबजार नगरपालिका १ स्थित चण्डीकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद घर्तीले स्याङ्जा सदरमुकाममा पहिलो पटक स्थापित चण्डीकालिका सहकारीले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । सहकारी नियमित बचत तथा ऋण लगानीको जोखिममा नरहेको जनाउदै आर्थिक संकटका बेला पनि सहकारीको तथ्यांक अत्यन्त राम्रो देखिएकाले सहकारी सञ्चालकलाई धन्यवाद दिनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष महेश श्रेष्ठ, नि वर्तमान अध्यक्ष यज्ञ प्रसाद पौडेल, पत्रकार भवानी अधिकारी शेयर धनी हरि नारायण शर्मा लगायतले स्याङजा सदरमुकाममा स्थापित पहिलो स्थापित सहकारीले निम्न स्तरका ब्यक्तिलाई लक्षित…

Read More

सुशील सुवेदीस्याङ्जा २५ पुस । पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने भन्ने अन्यौलता हुने गर्दछ ।यस्तै समस्यालाई निराकरण गर्न सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र वालिङ नगरपालिकाको सहकार्यमा वृत्ति मार्ग निर्देशन कार्यक्रम बुधबारबाट संचालन गरिएको छ ।यहाँको ४ विद्यालयलाई केन्द« बनाएर कक्षा ९ मा अध्यायनरत १८६ जना विद्यार्थीलाई सहभागी गराईने शिक्षा अधिकृत गीता पाठकले बताउनुभयो ।भविष्यको चिन्ता र अन्यौलतामा रहेका विद्यार्थीलाई सम्बोधन गर्न यो कार्यक्रम प्रभावकारी रहेको बताउँदै पाठकले भन्नुभयो , ” दिगो तथा सम्मानित रोजगारीको लागि विद्यार्थीलाई आत्मसम्मान मिल्ने विश्वास लिएका छौँ । “पहिलो चरणमा सरस्वती…

Read More

स्याङ्जा २५ पुस । स्याङ्जाका पशुपालक किसान पशुधन सुरक्षण (बिमा) कार्यक्रमप्रति आर्कषित देखिएका छन्। कृषि विकास बैंकको सहयोगमा कृषि सहकारी मार्फत गर्न सकिने पशुधन सुरक्षण कार्यक्रमले किसानका लागी लाभदायी बनेको किसानहरु बताउछन । पुतलीबजार नगरपालिका वडा नं. १३ का यामकुमारी आलेले अघिल्लो बर्ष भेंसी बिमा गर्नुभएको थियोे । नवज्योती कृषि सहकारी मार्फत उहाले स्थानीय एक भैसींको ७ सय रुपैयामा बिमा गर्नुभएको हो । सत्तरी हजार रुपैंया मूल्यांकनगरि गरिएको भैंसी भदौ १२ गते म¥यो। उहाले ३ दिनपछि नै ५६ हजार रुपैंया पाउनुभयो । आलेको स्थानीय दुधालु भैसी अचानक बिरामी भई मरेको बताइएको छ। उहाले ७० हजार मूल्य बराबरको बिमा गर्नुभएको थियो…

Read More

स्याङ्जा २३ पुस । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघद्धारा आउदो फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्न लागेको सातौं स्याङ्जा महोत्सबलाई भब्यताका साथ सम्पन्न गर्न बिभिन्न समिति र उपसमितिबीच आज छलफल एवं रायसुझाव संकलन गरिएको छ । संघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष महादेव श्रेष्ठले ५ बर्षपछि आयोजना गर्न लागिएको महोत्सवलाई सफल बनाउन जिल्ला स्थित सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । सबैले अपनत्व गर्नेगरी महोत्सवको तयारी भैरहेको बिभिन्न ३९ वटा उपसमिति सहित एक हजार १११ सदस्यीय मुल समारोह समिति गठनगरि जिम्मेवारी बाडफाँड गरिएको जानकारी दिनुभयो बताउनुभयो । प्रदेश स्तरीय सातौं कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाले स्थानीय उत्पादनको प्रचारप्रसार…

Read More