स्याङ्जा १३ असार । बाख्रापालक किसानका लागि पुतलीबजार नगरपालिकाले बाख्रापालन सम्बन्धी तालिम सहित प्रबिधि हस्तान्तरण गरेको छ । नगरपालिकाले गरिबी निबारणका लागी लघु उद्धम बिकास कार्यक्रम (मेडपा) कार्यक्रम अन्र्तगत नगरपालिकाभित्रका १४ वटै वडाका बाख्रापालन कृषकहरुको सहभागितामा तालिम दिएको हो । तालिमको समापनसंगै प्रबिधि हस्तान्तरण गर्दै पुतलीबजार बाख्रापालनका लागि उपयुक्त हावापानी र प्रशस्त घाँस भएको क्षेत्र भएकाले ध्यानपूर्वक वाख्रा पालन गर्न आग्रह गर्नुभयो । बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सकिने जनाउद ब्यवसायिकरुपमा बाख्रा पालेर राम्रो आम्दानी गर्नु पर्ने बताउनुभयो । तालिमलाई व्यबहारमा लागु गर्दे उद्धमशिल बन्न सुझाव दिदै बाख्रापालनसंगै खेतीबाली सहित तरकारी र फलफूलमा समेत जोडिन सकिने उहाको भनाई छ ।…
Author: Syangja Sandesh
स्याङ्जा १३ असार । पुतलीबजार नगरपालिकाको राङखोला बजारमा ए आई एक्स रे प्रविधिद्धारा छातीरोग तथा सक्रिय खोजपड्ताल शिविर भएको छ । पुतलीबजार नगरपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालयको समन्वय एवम् प्रादेशिक क्षेयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशको प्राविधिक सहयोगमा पुतलीबजार १० स्थित आधारभुत स्वास्थ्य केन्द्रमा सो शिविर भएको हो । शिविरको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले समय समयमा हुने यस्ता शिविरहरुले समुदायमा सकारात्म्क सन्देश र सचेतनामा वृद्धि गर्ने बताउनुभयो । उहाँले पालिकाले यस्ता शिविरहरुको आयोजना गर्ने र सञ्चालन गर्ने क्रम जारी राख्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख देवी अर्यालले स्वास्थ्य शिविरहरुको आयोजना भईरहने क्रममा नयाँ प्रविधिको उच्चतम् प्रयोग गर्दा थप…
स्याङ्जा १३ असार । अर्जुनचौपारी गाउँपालिकाले १७ औं गाउसभा सम्पन्न गरेको छ । स्याङ्जाका अन्य पालिकाभन्दा अर्जुनचौपारीले सबैभन्दा पहिला सभा सम्पन्न गरेको हो । सभामा गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले निती तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । सभामा गाउपालिकाका उपाध्यक्ष सपना गुरुङ्ले आर्थिक बर्षको बजेट तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । अर्जुनचौपारीले आर्थिक वर्ष २०८२र०८३ का लागि ४५ करोड ३७ लाख १० हजार रुपैंया बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले चालु खर्च तर्फ ३२ करोड सात लाख २० हजार अर्थात ७०दशमलब ६८ प्रतिशत र पूँजितगतर्फ १३ करोड २९ लाख ९० हजार ६५३ अर्थात २९…
स्याङ्जा १३ असार । भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १६ औं नगर सभामा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख भगवती रेग्मी अर्यालले बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख कर्माचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रणनीतिक महत्वका मुख्य सडकहरू बयरघारी– सुन्दर बजार– मोहनडाँडा– हातेमालोचोक सडक र बयरघारी बिरुवा सडकको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ । सबै वडाका ग्रामीण सडकलाई स्तरोन्नति र सरसफाई गरि बाह्रै महिना सवारी चल्ने बनाउने लक्ष्य राखिएको छ । नीति तथा कार्यक्रममा आँधिखोला तटबन्धन, कृषि औजार र सिंचाइमा ५० प्रतिशत अनुदान, भीरकोट पार्क,…
स्याङ्जा १३ असार । वालिङ् नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औं नगर सभा मार्फत नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र नगर उपप्रमुख कविता तिवारी गैह्रेले बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख खाँणद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वालिङ्को पहिचानको रुपमा रहेको गुलाबी शहरलाई प्राथमिकतामा राखिएको छ । ग्रामीण भेगबाट प्रशासनिक काम गर्न वालिङ् बजार आउने सेवाग्राहीलाई लक्षित गर्दै नगरबस संचालन गर्ने योजना अघि सारिएको छ । विद्यार्थी कम भएको विद्यालयहरुलाई मर्ज गर्ने, कम्तीमा एउटा सामुदायिक विद्यालयलाई आवसीय बनाउने र गाउँ गाउँबाट नगरबस चढाएर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण…
स्याङ्जा १३ असार । आँधिखोला गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२÷८३ का लागी नीति तथा कार्यक्रम र बजेट १७ औं गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाबाट पारित भएसंगै उपाध्यक्ष सीता थापाले आर्थिक वर्ष २०८२÷८३ को लागी बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष थापाले चालु र पुंजीगत गरी कुल ५२ करोड ४५ लाख ५६ हजार रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटमा चालुतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ७ करोड ८७ लाख, आर्थिक, सामाजिक, सांस्कृतिक, न्याय तथा समानता लैङ्गिक समावेशीकरण ५ करोड ३७ लाख ७० हजार र पुंजीगत तथा पुर्वाधार विकास…
स्याङ्जा १३ असार । विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवरले १७ औं गाउँसभामा प्रस्तुत आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित मङ्गलबार आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित बजेट सर्वसम्मतले पारित भएको छ । कुवँर पालिकाका बिभिन्न नीति तथा कार्यक्रम असार ६ गते सभामा जानकारी गराउनु भएको थियो । गाउँसभामा विरुवा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८२÷०८३ को लागि ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । जस अन्तर्गत नेपाल सरकार बाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ४६ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ २२ करोड ७३ लाख ९७ हजार, सङ्घीय राजश्व…
स्याजा १३ असार । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम र यसका गतिबिधिका बारेमा जानकारी गराउने उदेश्यले सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी संचारकर्मीहरुसंग अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले सबैभन्दा पहिला स्वदेशमै रोजगार पहिचान गर्नु पर्ने बताउनुभयो । स्वदेशमा पनि राम्रो आयआर्जन गरेका प्रशस्त उदाहरुणहरु रहेको जनाउदै दोश्रो बिकल्पका रुपमा विदेश जानै परे कानूनी रुपमा आफु बलियो बनेर जान सुझाव दिनुभयो । विदेश यात्राको सुरुवात चरणदेखि नै विदेशी भूमिका कानूनका बारेमा जानकारी लिनुका साथै सीप तथा तालिम लिएर मात्र विदेश जानुपर्ने बताउनुभयो । जानुअघिका कानून अनुरुपका तयारी गर्नुपर्नेमा जोड दिदै उहाले राहदानी लगायत अन्य कागजातका बारेमा समेत सुरक्षित रहनु पर्ने…
स्याङ्जा १३ असार । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा स्याङजा स्रष्टा सदनको आयोजनामा स्याङ्जाको लोक संस्कृति संरक्षणमा कलाकारको भूमिका बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारका भाषाभाषी, कला, धर्म संस्कृति र परम्परालाई जगेर्ना र संरक्षण गर्ने बताए । गीतसंगीत, पुस्तक, लेख रचना लगायत बिभिन्न क्षेत्रबाट नगरका कलासंस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि आउदा दिनमा पनि पालिकाको सहयोग निरन्तर रहनेमा जोड दिनुभयो । आँधीखोले र ज्याग्दीखोले सभ्यता र संस्कृतीलाई जोगाउन सबैले आआफनो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनु भएको हो । कार्यक्रममा आधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले स्याङ्जाको कलासंस्कृती र पर्यटनलाई जोडेर अघि बढाउनु पर्नेमा…
स्याङजा १३ असार । गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन ६ देखि ८ गतेसम्म अर्थात् जुलाई २२ देखि २४ सम्म अमेरिकाको लस भेगासमा आयोजना हुने डेफनेसन एक्पोमा वक्ताका रूपमा सहभागी हुने हुने भएको हो । स्याङजामा जन्मनु भएका थापाले सामाजिक सञ्जाल मार्फत् जानकारी दिँदै उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन पाउनु आफूका लागि ठूलो सम्मान र गर्वको विषय भएको उल्लेख गर्नुभएको छ । ‘नेपाल र बहिरा समुदायको प्रतिनिधित्व गर्ने यो अवसर दिएकोमा आयोजक जोएल बारिश र सम्पूर्ण बहिरा राष्ट्र समूहप्रति म आभारी छु,’ थापाले लैख्नुभएको छ । थापाले विश्वभर रहेका बहिरा समुदायका सदस्यहरूलाई एकता, पहिचान र सशक्तीकरणको यो प्रेरणादायी…
स्याङ्जा ८ असार । पुतलीबजार नगरपालिका ७ ठूलाडिही स्थित जनता माध्यमिक बिद्यालयमा खुमा अर्याल फाउण्डेशनले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । खुमा अर्याल फाउन्डेसन स्याङ्जा ,रोटरी क्लब अफ नक्साल शक्ती र रोट्र्याक क्लब अफ नक्सालको सहयोगमा जनता माविमा प्रशिक्षण सहित प्राथमिक उपचारका सामाग्री प्रदान गरेको हो । आइतवार बिद्यालयमा आयोजित कार्यक्रमको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले प्राथमिक उपचार सम्बन्धी जानकारी लिन पाउनु अत्यन्तै सुखद रहेको बताउनुभयो । यस्ता तालिमले आफु मात्र नभई सिंगो घर, समाज, बिद्यालय र अन्यत्र जुनसुकै स्थानमा पनि उपयोगमा ल्याउन सकिने र अमूल्य जीवन बचाउनमा सहयोग पुग्ने बताउनुभयो । जुनसुकै समय…
स्याङ्जा ८ असार । नेकपा एकिकृत समाजवादी स्याङ्जाको नवौं जिल्ला अधिवेशनले शंकरध्वज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा गोपालप्रसाद अर्याल र भोजराज सापकोटा, सचिवमा नारायणप्राद तिवारी, उपसचिवमा सन्तोष भण्डारी, मोहन गिरी र शिव भट्टराई निर्वाचित हुनुभएको हो । सदस्यहरुमा मित्रबन्धु चपाई। सरोज गिरी, सृजना सुनार, सबिन रानाभाट, छवीलाल विका, गिर बहादुर दर्जि रेशम, मसराज राना, पुण्य गैरे, नारायणप्रसाद गैरे, शोबितबहादुर केसी, ढालबहादुर केसी रहनु भएको छ । यसैगरी, अर्जुनकुमार भण्डारी, रेशम बिक, भोज बहादुर क्षेत्री, राजेन्दू शाही, रविन रानाभाट, सृजना बिक, भिमबहादुर गुरुङ, छवीलाल बिक, बरुण चौधरी, युवार अर्याल, स्थानेश्वर पौडेल, कृष्णप्रसाद अधिकारी, गोबिन्द रेग्मी, सुनिल…
स्याङ्जा ७ असार । नेपाली कांग्रेसका नेता एवं चापाकोट नगरपालिकाका पूर्वनगरप्रमुख शिवकुमार गिरीको पुण्यतिथी पारेर दिपप्रज्वलन सहित स्मृतिसभाको आयोजना गरिएको छ । नेपाली कांग्रेस पुतलीबजार नगरपालिका कार्यसमितिको आयोजनामा पुतलीबजार नगरपालिका १० बरजामा शनिवार साँझ दिपप्रज्वलन गरिएको हो । जुन स्थानमा गिरी सवार साधन दुर्घटनामा परेको थियो । सोही दुर्घटनाका कारण गिरीको निधन भएको हो । स्मृतिसभा सहितको दिप प्रज्वलनमा बोल्दै नेपाली कांग्रेस स्याङजाका पूर्वसभापति विश्वप्रेम अधिकारीले स्पष्ट बक्ता पार्टीप्रति इमान्दार र बफादार कर्तब्यनिष्ट गिरीको निधनले नेपाली कांग्रेसको सिंगो पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । गिरीको निधनले एक होनाहार राजनीतिज्ञलाई गुमाउनु परेको उहाले भन्नुभयो । कार्यक्रममा कार्यवाहक सभापति केदार काफले, महासमिति…
स्याङ्जा ७ असार । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवल्दार युवराज तिमिल्सिना उत्कृष्ट प्रदेश प्रहरी घोषित हुनु भएको छ । जेठ महिनाको ‘महिना उत्कृष्ट प्रहरी’ को रूपमा सम्मानित हुनु भएको हो । नेपाल प्रहरी संगठनले सांगठनिक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण रूपमा लगनशील, इमानदार, बफादार, कर्तव्यनिष्ठ भई प्रहरी कार्य तथा समाजमा शान्ति सुरक्षा कायम गर्नमा प्रभावकारी भूमिका बहन गरी सर्वसाधारण नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउने तथा आमनागरिकका माझ प्रहरी संगठनको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च कदर गर्दै हवल्दार तिमिल्सिनालाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन…
स्याङ्जा ७ असार । पुतलीबजार नगरपालिकाको १७ औं नगर सभा शनिवारदेखि सुरु भएको छ । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित सभामा नगरप्रमुख तुलसीराम रेग्मीले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ इतिहासका बिभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा आफनो अमूल्य जीवन अपर्ण गर्ने र सहयोग गर्नुहुने सम्पूर्णप्रति स्मरण गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै नीति तथा कार्यक्रमलाई घोषणा गर्नुभएको हो । शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार भन्ने नाराका साथ नेपालको संबिधान, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानूनले दिएको अधिकार क्षेत्रभित्र रही संघियताको कार्यान्वयन, स्थानीय उत्पादन, रोजगारी सृजना…