स्याङ्जा २९ माघ । स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाएका छन ।कार्यालयले लिएको लक्ष्य भन्दा थप ७५ जना किशोरीले खोप लगाएका हुन् । स्याङ्जाभरका ९ हजार ३१९ जनालाई खोप दिने लक्ष्य लिएकोमा यहाँका ९ हजार ३९४ जनाले खोप लगाएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । माघ २२ देखि सुरु भएको खोप अभियान २८ गतेसम्म सञ्चालन गरिएको थियो। यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकाकागरि एक सय दशमलव ८ प्रतिशत किशोरीले खोप लगाएको कार्यालय प्रमुख केशव चापागाईंले बताउनुभयो । एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।…
Author: Syangja Sandesh
स्याङ्जा २९ माघ । सातौं स्याङ्जा महोत्सवमो तिथी नजिकिदै गर्दा स्याङ्जा सदरमुकाम रंगीचंगी बनेको छ । बजार क्षेत्रमा तुल ब्यानर सहित ध्वजा पतकाले रंगीएका छन् । महोत्सव स्थलमा स्टेज तथा स्टलका समान राख्ने कार्य सुरु भैसकेका छन । खानेपानी तथा खेलमैदान ब्यवस्थापनका काम सुचारु भएका छन् । मुख्य बजारमा झिलीमिली ध्वजा पतकाले सजिएका छन् । महोत्सव आउन सातादिन बाँकी रहदा आयोजक स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले ९० प्रतिशत तयारी पुरा भएको जनाएको छ । स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवद्र्धन, सम्बद्र्धन र बजारीकरण गर्ने उदेश्यले आयोजित स्याङ्जा महोत्सव फागुन ६ गतेदेखि १८ गतेसम्म संचालन गरिने भएको हो । महोत्सवको अन्तिम तयारीमा…
स्याङ्जा २९ माघ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जीवन वाटीका नेपालको समन्वयमा लागु औषध तथा कुलतको अन्त्यको लागि सचेतना एवं परामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ । पुतलीबजार नगरपालिका ३ देवानचोक स्थित भूतपूर्व सैनिक आवासिय अंग्रेजी माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमको उदघाटन गर्दे पुतलीबजारका उपप्रमुख देवी अर्यालले भौतिक निर्माण संगसंगै सामाजिक क्षेत्रमा समेत बजेट बिनियोजन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । उहाले आउदा दिनमा पनि सचेतना कार्यक्रमका क्षेत्रमा नगरपालिकाले बजेट उपलब्ध गराउने बताउनुभयो । बिद्यालय पढ्ने बेला भनेको अलि परिपक्व भइ नसक्ने उमेर भएकाले यस समयमा आफुलाई बढी सजगता अपनाउन सहभागी बिद्यार्थीलाई सुझाव दिनुभयो । किशोर अवस्था भनेको चञ्चले र जिज्ञासु…
स्याङ्जा २८ माघ । पुतलीबजार नगरपालिका १४ स्थित रजस्थल माध्यमिक बिद्यालयमा अध्ययरत २० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री सहित एउटा मादल प्रदान गरिएको छ । सोही वडाका जनप्रतिनिधि अर्थात वडा सदस्य मुवारक मियाले ब्यक्तिगत खर्चमा २० हजार मूल्य बराबरको कपी, कलम, किताव सहित मादल प्रदान गरेको बताउनुभयो । एसईइको तयारीका लागि सोही बिद्यालयको होस्टलमा बसेर अध्ययन गर्दे आएका बिद्यार्थीको शैक्षिक कार्यमा सहयोग गर्नुका साथै मनोरंजनका लागि मादल दिएको सदस्य मियाले भन्नुभयो । वडासदस्य मियाले भन्नुभयोे, ‘नजिकिदै गरेको एसईइलाई मध्यनजर गर्दै शैक्षिक सामाग्री दिन आवश्यक छ भन्ने लाग्यो, अनि, अन्य समयभन्दा यतिबेला बढी पढ्नु पर्ने हुदाँ केही समय मनोरंजन गर्न सजिलो होला…
स्याङ्जा २७ माघ । वालिङमा हुन लागेको ‘पिंक सिटि महोत्सव’ को मिति सारिएकोे छ । यसअघि फागुन ९ गते हुने भएको महोत्सवलाई फागुन २१ गतेबाट गर्नेगरि मिति सारिएको आयोजकले जनाएका छन् । वालिङ चेम्वर अफ कमर्शको आयोजनामा पहिलो पटक हुने महोत्सवको समय परिवर्तन गरिएको संस्थाका महासचिव गणेश राउतद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ । महासचिव राउतद्धारा प्रकाशित प्रेस बिज्ञप्तीमा भनिएको छ,“वालिङ चेम्बर अफ कमर्स द्वारा वालिङको सान, कृषि, खेलकुदहरु, कला संस्कृति, पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान भन्ने मुल नाराका साथ वालिङ सिटि महोत्सव मिति ९ देखि १८ गते सम्म आयोजना गरिएकोमा, वालिङ उद्योग वाणिज्य संघले नारा र…
स्याङ्जा २७ माघ । स्याङ्जा अपाङ्ग समाज स्याङ्जाको आयोजना, सामाजिक विकास कार्यालय तथा कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेतीसम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख देवी अर्यालले अपाङ्गता भएका व्यक्तिहरुको लागि यस्ता सिप मूलक कार्यक्रम गर्दै विभिन्न क्षेत्रको क्षमता विकासमा समेत ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो । सोही अवसरमा उहाँले स्थानीय तहले माथिल्लो तहका सरकार, सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिको क्षमता विकास र हकअधिकार स्थापित गर्न लागि परेको बताउनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, कृषि ज्ञान केन्द्रका बागबानी…
स्याङ्जा २७ माघ । वालिङमा भएको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको तेस्रो क्याविनेट बैठक बिबिध कार्यक्रमगरि शनिवार सकिएको छ । शुक्रवारदेखि सुरु भएको बैठक शनिवार सकिएको हो । क्याबिनेट बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सेवा भावका साथ स्थापित अन्तराष्ट्रिय संस्था लायन्सले समाजलाई पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । क्लबले शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र सहित बिपदमा परेकाहरुको लागी सहारा बन्दै समाज परिर्वतनका लागी खेलेको भुमिका अनुकरणीय रहेको भन्दै यस्ता संघसंस्थाहरुले सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याएको प्रमुख भट्टको भनाई थियो । कार्यक्रममा पुर्वमन्त्री सरस्वती अर्याल, गण्डकी प्रदेश अर्थ विकास समिति सभापति भोजराज अर्याल, प्रदेश सांसदहरु महेश भट्टाई…
स्याङ्जा २७ माघ । पुतलीबजार नगरपालिका ३ बाड्खोला स्थित शिशुनिकेतन अङ्ग्रेजी आवसिय मा वि मा शिशु निकेतन साईन्स एण्ड एजुकेश्नल मेटेरियल एक्स्पो भएको छ । विज्ञान तथा प्रविधिसंग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तुलसी राम रेग्मीले यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने साथै व्यवहारिक सिप, सिर्जनशिलता र ज्ञानको दायरामा उल्लेख्य वृद्धि हुने बताउनुभयो । उहाँले विद्यार्थीहरुले बनाएका विभिन्न किसिमका सामग्री प्रदर्शनी र विद्यार्थीहरुको सिर्जनशिलता र क्रियाशिलताले आफु हर्षित भएको बताउनुभयो । उहाँले नेपालले पनि अन्य क्षेत्रको तुलनामा सुचना र प्रविधि क्षेत्रको विकासमा फड्को मारिरहेको बताउदै आजको विज्ञान र प्रविधिको युगमा हामी नेपाली पनि त्यही पथ…
स्याङ्जा २७ माघ । लक्ष्मी कृष्ण सेक्युरिटी सर्भिस एण्ड सोलुसन प्रालिले १६ औं बार्षिकोत्सव मनाएको छ । विस २०६६ सालमा स्थापित यस संस्था मार्फत बिभिन्न संघ, संस्था, बैंक तथा बित्तिय संस्था लगायत निजी कम्पनीमा सेवा पुरयाउदै आएको छ । पुतलीबजार नगरपालिका १ मा प्रधान कार्यालय रहेको सेक्युरिटी सर्भिसको नगरप्रमुख तुलसीराम रेग्मीले उदघाटन गर्दै आम नागरिकको जीउ, धनको सुरक्षार्थ क्रियाशिल संस्थाले सामाजिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्नुभयो । निजी क्षेत्रद्धारा संचालित यस संस्थाले पाएको विश्वसनियता र क्रियाशिलतालाई धन्यवाद दिदै आउदा दिनमा पनि सहकार्य र समन्वय गर्दे अघि बढ्ने बताउनुभयो । संस्था र संस्थाप्रति आवद्ध ब्यक्तिहरुका हक, हित र अधिकारका पक्षका स्थानीय…
स्याङ्जा २४ माघ । पुतलीबजार नगर स्तरीय सौन्र्दयकला व्यवसायी समिति (ब्यूटिशियन) ले यहाँको गुरुकुललाई खाद्यान्न उपलब्ध गराएका छन् । पुतलीबजार नगरपालिका –१४ लामागे स्थित पाणिनी संस्कृत गुरुकुल आश्रममा अध्ययरत विद्यार्थीलाई लक्षित गर्दै शौन्दर्यकला ब्यवसायीले १७ हजार मूल्य बराबरको खाद्यान्न सहित नगद उपलब्ध गराएका हुन । देउसी भैलीबाट संकलित रकममध्ये ११ हजारको खाद्यान्न सामाग्री र ६ हजार नगद प्रदान गरिएको नगर स्तरीय सौन्र्दयकला व्यवसायी समितिका अध्यक्ष कल्पना लम्सालले जानकारी दिनुभयो । गुरुकुल आश्रमका लागि चामल, तेल, दाल, चिनी लगायतका खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।
स्याङ्जा २३ माघ । प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल निर्वाचित हुनु भएको छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा जीवनप्रसाद अर्याल, महिला उपाध्यक्षमा अनिता गौतम, सचिवमा नारायण प्रसाद कोइराला, सहसचिवमा रोशन लामिछाने र मुना न्यौपाने र कोषाध्यक्षमा गोपाल अधिकारी रहेका छन् । सदस्यमा रामबहादुर रोकाहा, माधवप्रसाद रेग्मी, विश्वेश्वरप्रसाद पोख्रेल, योमकान्त गैह्रे, निशान भट्टराई र यमकला अधिकारी (करुणा) रहेका छन् । केन्द्रीय प्रतिनिधिमा मोहन गुरुङ र कला राना र प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी (सुशील) र राधिका पौडेल चयन भएका छन् ।
स्याङ्जा २३ माघ । गैरसरकारी संस्था महासंघ स्याङ्जाको १९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले गैरसरकारी संस्था राज्यका सहयोगी संस्था भएको बताउनुभयो । गैरसरकारी संस्थासंग सहकार्य र समन्वय गर्दे पुतलीबजार नगरपालिकाले काम गर्दै आएको र आउदा दिनमा पनि सहकार्यलाई निरन्तरता दिईने उहाले भन्नुभयो । कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेश सहइन्चार्ज भुवन पराजुली, प्रदेश कार्यवाहक अध्यक्ष पदमराज पहारी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका उपसचिव रमेश गोदार, अपांग समाज गण्डकी प्रदेश सदस्य युवराज पराजुली लगायतले गैरसरकारी संस्थाको अवस्थाका बारेमा जानकारी गराउदै संस्थाहरुले आ आाफना जिम्मेवारी, कर्तब्य र उदेश्य बमोजिम काम गर्नु पर्नेमा…
स्याङ्जा २३ माघ ।महिलालाई उद्यमी बनाउनेगरि उद्यम बिकास सम्बन्धी प्राबिधिक सीप विकास तालिम दिने उदेश्यले आयोजित मौरी पालन तालिम सकिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम मेडपा अन्र्तगत ५ दिने मौरी पालन तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले तालिमले उद्यम र ब्यवसाय सिकाएको बताउनुभयो । सहभागीलाई मौरी पालन गरेर महको उत्पादन बढाउन समेत सुझाव दिनुभयो । तालिमका सहभागी सबैलाई एक ÷एक मौरी सहितको घार उपलब्ध गराउनेगरि तयारीमा जुटेको उहाले भन्नुभयो । तालिमलाई तालिममा मात्र सिमित नराख्न समेत उहाले जोड दिनुभयो । कार्यक्रममा प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला र रोजगार शाखा…
स्याङ्जा २२ माघ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः अर्जुन काफ्ले निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि स्याङ्जाका काफ्ले सर्वसम्मतरुपमा अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनले पछि थप गर्नेगरी २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्रदेश समितिको उपाध्यक्षमा सन्तोष गौतम (खुला), सन्देश श्रेष्ठ (समावेशी), महिला उपाध्यक्षमा सविना राना, महासचिवमा गुणराज रोका, सचिवमा अग्निधर लुइँटेल (खुला), सुरेशराज अधिकारी (खुला), दानबहादुर गुरुङ (जनजाती), साने बहादुर नेपाली (दलित) र कोषाध्यक्षमा श्रीभद्र पौडेल रहनुभएको छ । यसैगरी, महिला सदस्यमा सविता कुमारी शर्मा, सदस्यहरुमा सन्तोष परियार, राजकिरण छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि…
स्याङजा २२ माघ । वालिङ् नगरपालिकामा १४ तमादीमा मंगलबार स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । तमादी स्थित वालिङ् – पर्वत कच्ची सडक खण्डमा अन्र्तगत वालिङ्बाट सिरबानी जाँदै गरेको जीप सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ । करिब ८ बजे ग १ च ८९१३ नम्बरको स्कार्पियो दुर्घटनामा हुदाँ वालिङ – १४ सिरबानीका ६३ वर्षीय उमापति डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे र ५२ वर्षीय भिम प्रसाद डुम्रे र पर्वत पैँयु गाउँपालिका – ६ हुवासका ३३ वर्षीया कुमाकला तिवारी र ११ वर्षीय कमल तिवारी घाइते भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र…