Author: Syangja Sandesh

स्याङ्जा २ साउन । बाडखोला मुस्लिम समाजले एसईइमा उत्कृष्ट जिपिए ल्याई ग्रडेड हुने बिद्यार्थीहरुलाई शुक्रवार सम्मान गरेको छ । पुतलीबजार नगरपालिका ३ स्थित नुरी इस्लामिक मदर्शा, बाडखोलामा आयोजित सम्मान कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी र समाजका अध्यक्ष अलि मोहम्मद मियाले सम्मानपत्र र नगदले सम्मान गर्नुभएको हो । सम्मानपछि बोल्दै प्रमुख रेग्मीले लगनशिलपूर्वक नियमित अध्ययनले जुनसुकै बिद्यामा पनि उत्कृष्ट हुन सकिने बताउदै उत्कृष्ठ नतिजा ल्याउन सफल बाबुनानीलाई बधाई दिनुभयो । बिगतका दिनमा अध्ययनका लागि जिल्ला बाहिर जानु पर्ने वाध्यता नभएको जनाउदै आफुल सवइन्जिनियर पढ्न चाहने बिद्यार्थीका लागि ५० प्रतिशत छात्रबृत्तिको सुबिधा दिदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा बिद्यार्थीका लागि सो…

Read More

स्याङ्जा २ साउन । स्याङ्जाको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सामाजिक संजाल मार्फत सम्पती विवरण सहित आफुले अतिरिक्त सेवासुबिधा नलिएको बताउनु भएको छ । स्थानीय पालिकामा निर्वाचित भएको ३ बर्षे अवधिलाई स्मरण गराउदै उहाले राज्यले उपलब्ध गराए भन्दा बाहिरको कुनै पनि सेवा सुबिधा नलिएको संजालमार्फत जानकारी गराउदै आफनो सम्पती विवरण सार्वजनिक गर्नुभएको हो । सम्पती विवरण सहितका सेवासुबिधा नलिएको दावी गर्नेमा उनी स्याङ्जाका पहिलो अध्यक्ष बन्नु भएको छ । यसअघि कसैले पनि यसप्रकारका कार्य गरेका छैनन्। उहाको यसकार्यको सबैले खुलेरै प्रशंसाा गरेका छन । आर्थिक बर्ष सुरु भएको पहिलो दिन बिहीवार सामाजिक संजाल अर्थात फेसबुक पेज मार्फत उहाले लेख्नु भएको…

Read More

वालिङ , २ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म, वालिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिला बहादुर भुजेललाई वालिङ नगरपालिकाले ‘फेरी भेटौंला’ भन्दै बिदाइ कार्यक्रम आयोजना गरेको छ । डिएसपी भुजेलले विगत केही वर्षदेखि वालिङमा कार्यरत रहँदै नगरसँग समन्वय गरेर शान्ति सुरक्षा, विपद् उद्धार र समाजसेवामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै भुजेलले वालिङवासीसँगको आत्मीय सम्बन्ध सधैं सम्झिरहने बताउनुभयो । यस्तै सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म , वालिङमा नवआगन्तुक डिएसपी कुमार तिमल्सिना र वडा प्रहरी कार्यालय वालिङका डिएसपी डिएसपी कमलराज पण्डितलाई स्वागत गरिएको छ । बिदाई एवं स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख…

Read More

स्याङ्जा २ साउन । भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी मन्दिरमा यसबर्ष पनि साउन महिनाभर दैनिक साँझ महाआरती गरिने भएको छ । प्रशिद्ध एवं शक्तिशाली धार्मिक स्थल छाङ्छाङ्दी छायाँक्षेत्रस्थित शिवशक्तिपीठमा परम्परादेखि नै भक्तजनहरु दर्शनका लागि टाढा टाढादेखि आउने गर्दछन् । यहाँ गतवर्षको साउन महिनामा दैनिक साँझ महाआरती गरिएको थियो । यसैगरी यो वर्षको साउन महिनामा पनि दैनिक साँझ महाआरती बालिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी दिनुभयो । हिन्दुधर्मावलम्बीका लागि साउन महिना पवित्र र महत्वपूर्ण मानिन्छ । साउन महिनामा भगवान शिवको आराधना गरिन्छ र भगवानको कृपा प्राप्त गर्न व्रत एवम् उपवास बस्ने परम्परा छ । हरेक वर्ष साउन महिनाको १…

Read More

स्याङ्जा १ साउन । गल्याङ नगरपालिका वडा २ टकुनचौरमा ३५ वटा घरका लागि खानेपानीका धारा निर्माण गरिएको छ । पानीको अत्यन्तै समस्या रहेको सो गाउँमा खानेपानीको धारा आँगन राखिएपछि स्थानीय उपभोक्ता खुशी देखिएका छन । आर्थिक बर्ष २०८१÷०८२ को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नगरपालिकाको २ लाख रुपैंयाको लागतमा ३५ वटा धारा निर्माण गरेको नगरपालिकाले जनाएको छ । सबैलाई खानेपानीको सहज पहुँचमा ल्याउने उदेश्यले ‘एक घर, एक धारा’ अभियान संचालनगरि खानेपानी उपलब्ध गराइएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । नगरप्रमुख भट्टराईले खानेपानीको धाराको अवलोकन सहित खानेपानीको शुभारम्भ गरेका छन्। पालिकाबासी सबैका घरघरमा खानेपानीको ब्यवस्थापनका लागि काम जारी रहेको उहाले बताउनुभयो ।…

Read More

स्याङ्जा १ साउन । प्रगतीनगर —बहाकोट—नाम्चे— काल्खु मोटरबाटो उपभोक्ता समितिले निर्माण कम्पनी सहित प्राबिधिक तथा कर्मचारीलाई सम्मान गरेको छ । पुतलीबजार नगरपालिका ३ स्थित गेमडाडामा आयोजित सम्मान कार्यक्रममा सडक निर्माणमा सहयोग पुरयाउनु हुने झण्डै एक दर्जनजति प्राबिधिक तथा कर्मचारीलाई सम्मान गरिएको हो । उहाँहरुलाई उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारी सहित सल्लाहकारहरुले सम्मानपत्र, खादा, मालाले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा इन्जिनियर द्धय नरनाथ पौडेल र जलेन्द्र यादव, स्थानीय उपभोक्ताहरु ओमप्रकाश शर्मा, किसान गुरुङ, बिष्णुप्रसाद पराजुली, कमला मरासिनी, बसन्त थापा, निलबहादुर शाही, कला शाही लगायतले बाटो पीच निर्माण कार्य सम्पन्न भए पनि अझ केही काम बाँकी रहेको जनाउदै नगरपालिकालाई हस्तान्तरण नगरुन्जेलसम्म…

Read More

स्याङ्जा १ साउन । करिब १५ महिनाअघि जबरजस्ती करणी कसुर मुद्दामा कैद सजाए तोकिएपछि फरार रहेका खुमकुमारी दर्जी पक्राउ परेकी छन्। पुतलीबजार नगरपालिका–१३ का ५४ वर्षीया दर्जीलाई २ महिना २३ दिन कैद तोकिएपछि फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले दर्जीलाई बिहीबार विशेष अप्रेसन टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताउनुभयो । अदालतका फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारबाहीको पूर्णता, सुरक्षित र न्यायपूर्ण समाज निर्माण लागि प्रहरीले आफ्नो कार्यलाई अघि बढाएको स्याङ्जा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दधिराम न्यौपानेको भनाइ छ । पक्राउ परेसँगै दर्जीलाई कैद भुक्तानको लागि आवश्यक…

Read More

स्याङ्जा १ साउन । लागुपदार्थ सेवन गरेर यातायातका साधन चलाउँदै गरेको अवस्थामा स्याङ्जामा दुईजना चालक पक्राउ परेका छन्। पुतलीबजार नगरपालिका –१ प्रगतिनगर र वडा ४ नागडाँडामा गरिएको चेकिङको क्रममा उनीहरू दुई पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिकाका २३ वर्षीय बोलेरो जीप चालक गोविन्दबहादुर सुनार र आँधीखोला गाउँपालिकाका २६ वर्षीय ट्याक्टर चालक विशाल दर्जी हुन । सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले अभियान सञ्चालन गर्दै आएको प्रहरीले राजमार्गमै चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता समेत रहेका चौधरीले जानकारी दिनुभयो । दुबैजनालाई अदालतबाट ७ दिनको म्याद थप…

Read More

स्याङजा १ साउन । पुतलीबजार नगरपालिका वडा नं. ४ छोरेखोला गोठिङ झोलुंगे पुलको उदघाटन गरिएको छ । यहाँ झोलुंगे पुल बनेपछि दुबैतर्फका स्थानीयबासी खुशी भएका छन् । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बुधवार पुलको उदघाटन गर्दै उहाले नगरपालिकाले सडक, पुल लगायत पुर्बाधार निर्माणमा बिशेष ध्यान दिएको बताउनुभयो । पुल निर्माण भएसंगै स्थानीयबासीलाई निकै राहत पुगेको उहाँको भनाई छ । स्थानीयस्तरबाट गाउँ गाउँमा आयआर्जन गर्नेगरि ब्यावसायमा जोडिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कर्यवाहक अध्यक्ष लिलावती पौडेल, वडा सदस्यहरु मीना परियार, पुर्ब वडा अध्यक्ष ओमबहादुर खड्का, नेपाली कांग्रेस वडा सभापति इश्वरीप्रसाद पोखरेल, नेकपा एमालेका सुर्यप्रसाद सुवेदी, नेकपा एकिकृत समाजवादीका गुमानसिङ थापा, गोठिङ फाँट जग्गा…

Read More

स्याङ्जा १ साउन । आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिनका रुपमा मनाउनुका साथै यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा पनि लिने गरिन्छ । धेरैजसो भेगमा भने यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल चढाउने, कतिपय औषधिय वनस्पतिलाई घरमा सजाउने गरिन्छ । कण्डारक नामक रात्रिचर (राती हिँड्ने) को पूजा गरिन्छ । त्यसपछि ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सकाल आइज’ भन्दै अगुल्टो फ्याक्ने प्रचलन छ । वर्षायामसँग हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ । फलफूल, नैवेध चढाएर कण्डारकको पूजा गरेपछि…

Read More

स्याङजा १ साउन । पुतलीबजार नगरपालिकाका शौन्दर्यकर्मी (ब्यूटिपार्लर संचालक) ले बालगृहमा आश्रित बालबालिकाको सरसफाई गरेका छन् । फेदिखोला गाउँपालिका १ स्थित अमोर सेवा नेपाल बालगृहमा आश्रित ४० जना बालबालिकाको सरसफाई गर्ने बिबि र तरिका सहितको सेवा उपलब्ध गराएका हुन । सदरमुकाम अर्थात पुतलीबजार बसेर शोैन्दर्यकला सम्बन्धी ब्यवसाय गर्दै आएका ७ जना शौन्दर्यकर्मीहरुले बालबालिकाको कपाल र नङ काट्नुका साथै नुहाइधुवाई र स्वास्थ्य सरसफाई सम्बन्धी जानकारी गराएका हुन । शौन्दर्यकमी माया गोर्खाली, बसन्ती आले थापा, रिमा थापा, रेखा शर्मा, एलिसा सेन (पार्वती), अन्जु शर्मा, निशु सिंह सहितको टोलीले ब्यक्तिगत रकम संकलनगरि बालगृहमा आश्रित बालबालिकालाई सरसफाईका सामाग्री सहयोग र सरसफाई सम्बन्धी जानकारी गराएको…

Read More

स्याङ्जा ३० असार । सत्य श्री साईबाबाको एक सय बर्ष अवतरणको अवसर पारेर सोमबार स्याङ्जामा निबन्ध प्रतियोगिता सहित साईभजन र शुभकामना आदानप्रदान गरिएको छ । सबैलाई माया गर, सबैको सेवा गर भन्ने शिर्षकमा निबन्ध प्रतियोगिता गरिएको थियो । सत्य श्री साई केन्द्र गण्डकी प्रदेशको आयोजना र सत्य श्री साई केन्द्र स्याङ्जा ब्यवस्थापनमा गरिएको सो प्रतियोगितामा पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश माध्यमिक बिद्यालयका शौरबी लम्साल प्रथम हुनु भएको छ । लम्साल प्रदेश स्तरीय निवन्ध प्रतियोगितामा पनि द्धितिय हुनु भएको हो । यसैगरी, पुलतीबजार ५ शितला माविका किस्मिता कार्की द्धितिय, पुतलीबजार ४ रामकोष फुलबारी र पुतलीबजार ९ कोल्मा बराहचौरका सामना गौतम…

Read More

काठमाडौ ३० असार । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती पारेर रचना वाचन तथा शान्ति साहित्यिक सभाको आयोजना गरिएको छ । काठमाडौको पीस एम्बेसी भवन नक्सालमा भएको सो कार्यक्रमको उदघाटन भिम उप्रेतिले गर्नुभएको थियो । सोही कार्यक्रममा बोल्दै उहाँले समाजको वास्ताविकतालाई बिभिन्न साहित्यका माध्यमबाट उजागर गर्ने साहित्यिक यात्रीहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो । भानुभक्तका योगदानका बारेमा चर्चा एवं परिचर्चा गर्दै अमूल्य जीवनको यर्थाथता बुझेर आ आफना स्थानबाट समाज र राष्ट्रका लागि योगदान गर्नुपर्ने उहाँले भन्नुभयो । बिश्व शान्ति तथा एकिकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाबिधालय संघको संयुक्त आयोजनामा आयोजित साहित्यिक कार्यक्रममा १ लाख १ रुपैया राशीको शान्ति…

Read More

स्याङजा २९ असार । क्रिकेटर सन्दीप लामिछानेको जन्मस्थान स्याङ्जाको आरुचौरमा क्रिकेट खेलमैदान बनाउन सुरू गरिएको छ । निर्माणाधीन खेल मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिइएको छ । अर्जुनचौपारी गाउँपालिका –५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछाने र उनको क्रिकेट खेलप्रति सम्मान गर्दै सोही वडाको थाप्लेमा गाउँपालिकाले क्रिकेट खेलमैदान बनाउन सुरू गरिएको हो । खेलमैदान निर्माणमा गाउँपालिकाको लगानी सहित स्थानीयबासीको जनश्रमदान रहेको छ । समुन्द्र सतहदेखी झण्डै २ हजार मीटर उचाईको समथर भूभागमा क्रिकेट मैदान बन्ने भएको छ। जुन यसअघि सार्वजनिक गौचरनका रुपमा प्रयोग हुदै आएको थियो ।खेलमैदानको बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ। राष्ट्रियस्तरको खेलमैदानका लागि आवश्यक पर्ने मापदण्डलाई…

Read More

स्याङ्जा २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनु भएको छ । उहाले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको थियो । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र…

Read More