स्याङ्जा ७ साउन । जबरजस्ती करणी कसुर मुद्धामा २ महिना २३ दिन कैद सजाए पाएका खुमाकुमारी दर्जीले कैदमा बस्नु पर्ने दिन बराबरको निर्धारण गरिएको रकम तिरेर घर फर्किएकी छन। मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा १५५ को सुबिधा उपयोग गरेर उनीले कैद सजाएबाट मुक्त पाएकी हुन । सो दफामा कैदबापत रकम तिर्न सकिने ब्यवस्था छ । सोही ब्यवस्था अनुरुप दर्जीले २४ हजार ९ सय रुपैंया तिरेर कैद बस्नु पर्ने सजाएबाट मुक्त पाएकी हुन। कैद सजाए मुक्त भएसंगै उनी आफनै घर फर्किएकी हुन। दैनिक ३ सयका दरले कैद बापतको रकम बुझाउनु पर्ने कानूनी प्रावधान छ । दफा अनुसार, ‘कुनै कसुरमा…
Author: Syangja Sandesh
स्याङ्जा, ७ साउन । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा पशुपालक कृषकलाई झण्डै ७८ लाखरुपैयाँअनुदानदिएको छ । केन्द्रले नश्ल सुधार, उत्पादन बृद्धि, क्षेत्र विस्तार र प्रविधि हस्तान्तरण कार्यक्रममा ७७ लाख ५९ हजार ९ सय १४ रुपैयाँ अनुदान दिएको हो । विज्ञ केन्द्रले बृहत्तर पशु विकास तर्फ ३० लाख २५ हजार ४ सय ९६ रुपैयाँ अनुदान दिएको छ । चापाकोट नगरपालिकाको केलादी दुग्धउत्पादक समूहलाई १६ लाख ९ हजार ३ सय ९४ र कालिगण्डकी गाउँपालिकाको लसर्घा नमुना बहुउद्देश्यीय कृषक समूहलाई १४ लाख १६ हजार १ सय २ रुपैयाँगरी ३० लाखभन्दा बढि अनुदान दिएको हो । उत्पादनमा आधारित…
स्याङ्जा ७ साउन । पुतलीबजार नगरपालिका ५ स्थित शीतला माध्यमिक बिद्यालयमा शिक्षा परीक्षा ( एसइइ) ग्रेडेड छात्रछात्रालाई बिद्यालय ब्यवस्थापन समिति र बिद्यालयले सम्मान गरेको छ । बिद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री पंचराम गुरुङले शीतला माबिले २०८१ को एसइइमा राम्रो नतिजा प्राप्त गर्न सफल भएकोमा प्रशन्नता ब्यक्त गर्नै उत्र्तीण बिद्यार्थीको उज्जवल भविष्यका कामना गर्नुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिका ५ का अध्यक्ष अर्जुनकुमार कार्की, पूर्वप्रधानाध्यापक ओमप्रकाश शर्मा, प्रधानाध्यापक बलराम दोरंगाा, शिक्षक दिपक रेग्मी लगायतले बिद्यालयले पछिल्ला दिनमा शैक्षिक गुणस्तर कायम गर्न सफल भएको र आगामी दिनमा पनि अझ सुधार गरेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रजंग…
स्याङ्जा ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस मनाईएको छ । दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ जिल्ला कमिटी स्याङ्जाको आयोजनामा गल्याङ् नगरपालिकामा रक्तदान गरिएको हो । रक्तदान जिवन दान, जिवन दान महादान भन्ने मुल नाराका साथ गरिएको कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय महासचिव महेश चौलागाईले युवा संघले रचनात्मक गतिबिधिहरु गर्दै आईरहेको छ र निरन्तर गरिरहने प्रतिबद्धता जनाउनुभएको छ । युवा संघले देश तथा विदेशमा रहने नेपाली युवाहरुलाई उद्यमशिलताको माध्यमबाट जोड्दै अगाडी बढ्ने उद्देश्य रहेको समेत चौलागाईले बताउनुभयो । कार्यक्रममा केन्द्रिय निर्वाचन आयोग अध्यक्ष मदन गिरी, नेकपा एमाले सल्लाहकार समिति…
स्याङ्जा ७ साउन । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४३ औं स्मृति दिवसमा नानीमाया विश्वकर्मालाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस विरुवा गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा घरवास बिहीन ६० बर्षिया एकल महिला विश्वकर्मालाई संघीय सांसद राजु थापाले घर सहित घर सहित चावी हस्तान्तरण गर्नुभएको हो । चावी हस्तान्तरण गर्दै सांसद थापाले वीपी बिचार सिद्धान्त आज पनि उत्तिकै सार्थक रहेको बताउनुभयो । राजनीति र साहित्यिक क्षेत्रमा वीपीका योगदानको चर्चा परिचर्चा गर्नुभयो ।वीपी, समाजवाद भनेको यस्तै अनुकरणीय कामबाट सिर्जित हुने परिणाम भएको पनि नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति समेत रहेका थापाले भन्नुभयो । बिरुवा गाउँपालिका ५ स्थित पुष्प…
स्याङ्जा ६ साउन । स्याङ्जा प्रहरीले जिल्लाका विभिन्न स्थानमागरि ११ हजार ५४ वटा हरियो गाँजाका बोट फडानी गरी नष्ट गरेको छ । अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवद्र्धन तथा कानूनको कार्यान्वयनलाई प्रभावकारी बनाउन गाँजाका बोट फडानी अभियान सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । प्रहरी सहित टोलीले स्थानीय जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहकार्यमा गाँजा खेती नष्टकोे अभियानलाई सहयोग गर्दै आएका छन । यस्तो अभियानले समुदायमा लागूपदार्थ सम्बन्धी जनचेतना बढाउनुका साथै अपराध नियन्त्रणमा सहयोग पुग्ने प्रहरीको भनाई छ ।ती हरिया बोटलाई जिल्ला प्रहरी कार्यालयभित्रको प्रांगणमा डोजरले खाडल खनी ढुंगा माटोले पुरेर नष्ट गरिएको छ…
स्याङ्जा, ६ साउन । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले वार्षिक योजनामा झण्डै ९७ प्रतिशत भौतिक प्रगति गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा संचालित योजनामध्ये ९६ दशमलब ५७ प्रतिशत योजनामा भौतिक प्रगति गर्न सफल भएको हो । कार्यालय मार्फत उक्तआर्थिक वर्षमा संचालितकुल ३० योजनामध्ये २९ वटा योजना सम्पन्न गरेको छ ।३० योजनाकालागि विनियोजित २ करोड ५५ लाखमध्ये २ करोड ३७लाख १५ हजार रुपैयाँखर्च गरेर कार्यालयले भौतिक प्रगति सँगै ९३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । ‘प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयबाट जिल्लालाई ३० वटायोजनाहरु प्राप्तभएको थियो ।’पर्यटन तथा उद्योग कार्यालय प्रमुख नारायण ढकालले भन्नुभयो, ३० वटै…
स्याङ्जा ६ साउन । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बि.पि. कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर मंगलबार नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिकाले वृक्षरोपण गरेको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा रहेको ऐतिहासिक एकानन्द गुफा तथा गौशाला परिसरमा बृक्षरोपण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ, नेपाली कांग्रेसका नेताहरू शोभाकान्त काफ्ले, मोहदत्त काफले लगायतले बि.पि. कोइरालाको योगदानको स्मरण गर्नुभएको थियो । नेपाली कांग्रेस अर्जुनचौपारीका सभापति बिष्णु काफलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस नेता बेलप्रसाद गुरुङ्ले स्वागत र सचिव चन्द्रप्रसाद चापागाईले संचालन गर्नुभएको थियो । गुफा…
स्याङ्जा ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले बालगृहलाई खाद्यान्न प्रदान गरेको छ । फेदिखोला गाउँपालिका १ मा रहेको अमोर बाल गृहमा खाद्यान्न सहयोग गरेकोे हो । चामल, दाल, तेल, लगायतका खाजा सहितका खाद्यान्न उपलब्ध गराएको छ । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले बालगृह संचालिका कमला पराजुलीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा जिल्ला तथा पालिका स्तरीय नेता तथा नेतृहरुको सहभागिता थियो ।
स्याङ्जा ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका १ स्थित वीपी चोकमा वीपीका शालिकमा माल्यापर्णगरि मनाइएको छ । पुतलीबजार नगरपालिका १ स्थित वीपी चोकमा विपी कोईरालाको सालिकमा माल्यार्पण गरिएको छ । नेपाली काँग्रेस पुतलीबजार नगर समितिको आयोजनामा दिवस मनाईएको हो । वीपीको सालिकमा माल्यार्पण गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तीले बीपी कोईरालाको योगदानको चर्चा गर्नुभएको थियो । कार्यबहाक सभापति केदार काफ्ले, गण्डकी प्रदेश पुर्वसाँसद भागवत् प्रकाश मल्ल, प्रदेश सदस्य कुम बहादुर गुरुङ्, जिल्ला सचिव दामोदर लम्साल लगायतले सहभागीले वीपीको शालिकमा फुलमाल अर्पणगरी वीपीका योगदानका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो…
स्याङ्जा ५ साउन । पुतलीबजार नगरपालिकाले बाँझो जग्गा÷जमिनलाई उपयोगमा ल्याउने निती अवलम्बन गरेको छ। कृषि मार्फत समृद्ध नगर बनाउने अभियान अघि बढाएको छ । जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्दै खेतीमा आर्कषण बढाउन खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार अनुदान उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । ‘पैसा कमाउनका लागि अन्यत्र शहर र बिदेशतर्फ जाने क्रम ह्वात्तै बढेसंगै यहाँका धेरै जग्गाजमिन बाँझा भए।’ उहाले भन्नुभयो, ‘यहाँ बसेर फलफूल तथा तरकारी उत्पादन गर्नेले राम्रो आयआर्जन गरेका छन। यहाँ पनि गर्न सकिन्छ भन्ने उदाहरणहरु पनि धेरै छन्।’ नगरको संभाब्यता अध्ययनगरी सो निर्णय गरिएको उहाले बताउनुभयो । नगरपालिकाले संघ,…
स्याङ्जा ५ साउन । साउन शिवजीसँग जोडिएको महिना हो । जसका कारण स्याङ्जा लगायत देशभरका शिवालयमा आज पुजाआजा दिनभर जारी रहनेछ । स्याङ्जाका दर्जनौं शिवालयमा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । साउनको महिना व्रत बसी…
स्याङ्जा ५ साउन । ह्दयघातका कारण निधन भएका यातायात ब्यवसायी भूमिलाल शर्माको परिवारलाई स्याङ्जा गण्डकी यातायात प्रालिले ५० हजार नगद सहयोग प्रदान गरेको छ । लामो दूरीको बस चलाएर पोखरा स्थित डेरामा आइपुगेका शर्मा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुरयाउदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक शर्मा बस ब्यवसायी मात्र होइनन। सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो। उहाँका पत्नी डीलकुमारी शर्मालाई प्रतिनिधिसभा सदस्य राजु थापा र स्याङजा गण्डकी याातायात प्रालिका अध्यक्ष भानुभक्त बरालले संयुक्तरुपमा ५० हजार नगद प्रदान गर्नुभएको हो । मृतक भूमिलालका पत्नी, एक छोरा र एक छोरी छन । छोराछोरीको शिक्षादिक्षामा थप मद्धत पुगोस भन्ने उदेश्यले गण्डकी यातायात…
स्याङ्जा ४ साउन । साउनको महिना शिवकै महिमा। सोही अवसर पारेर पहेंला र सिन्दुरे रंगका कपडा लगाएर मन्दिर मन्दिर धाउने प्रचलन पनि ह्वात्तै बढेको छ । हरेक बर्षको साउन महिनामा वालिङ् बोलबम समितिद्धारा पनि धार्मिक यात्रा हुने गर्दछ। यसबर्ष पनि बोलबम समितिको आयोजनाकम ७८ जना युवा जिल्लाबाहिर बोलबम यात्रामा निस्किएका छन । उहाहरुको यो २२ औं श्रृंखला हो। विस २०६० सालदेखि सुरु गरिएको यात्रा आजसम्म बर्षेनी निरन्तर जारी छ। सुबिधायुक्त २÷३ बसमा खाद्यान्न सहित आफुलाई आवश्यक पर्ने र अन्यलाई सहयोगका निम्ति सहयोगी सामाग्री लिएर उनीहरु निस्कन्छन। धार्मिक यात्रासंगै उनीहरुले दान र सहयोग पनि गर्दै आएका छन । धार्मिक पर्यटन प्रवद्र्धन…
स्याङ्जा ३ साउन । तोडफोड र कुटपिट गरेको भन्दै प्रहरीले बिरुवा र हरिनास गाउँपालिकाका बिक्रम राना र योगेन्द्र मानन्धरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ । उनीहरु दुबै जनामाथि असार १० गतेका दिन हरिनास गाउँपालिका १ मा दुलेगौडा — विरुवा सडकमा गुडिरहेको बोलेरो जीप रोकी २ जना यात्रुलाई कुटपिट गर्नुका साथै जीप समेत तोडफोड गरेको आरोप छ । पक्राउ पर्नेमा विरुवा गाउँपालिकाका २७ बर्षिया राना अर्का हरिनास गाउँपालिकाका २१ बर्षिय सविन भन्ने मानन्धर रहेका छन् ।कुटपिटपछि फरार रहेका उनीहरु लुकिछिपी बसेको अवस्थामा साउन २ गते कास्कीबाट पक्राउ परेको प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । उनीहरु दुबैलाई अभद्र ब्यवहार मुद्धामा…