स्याङ्जा १४ साउन । मध्य साउन लाग्दा स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकिएको छ । धान रोपाई हुने क्षेत्रफलमध्ये ८३ प्रतिशतमा रोपाईं सकिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । स्याङ्जाका उत्तरी भेगका फेँदिखोला र अर्जुनचौपारी गाउँपालिकामा ९८ प्रतिशत, आँधीखोला गाउँपालिकामा ९७ प्रतिशत, पुतलीबजार नगरपालिकामा ९५, भीरकोट नगरपालिका र हरिनास गाउँपालिकामा ८५ प्रतिशत, वालिङ, गल्याङ नगरपालिका र विरुवा गाउँपालिकामा ८० प्रतिशत, कालीगण्डकी गाँउपालिकमा ७५ प्रतिशत र चापाकोट नगरपालिकामा ७० प्रतिशत रोपाइँ सकिएको प्रमुख हमालले जानकारी दिनुभयो । मुल फुट्ने गरी वर्षा नभएका कारण धान रोपाईँ गर्नेहरु प्रभावित भएका छन् । ८ सय मिटर भन्दा बढी उचाई…
Author: Syangja Sandesh
स्याङ्जा १४ साउन । कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्धन गर्ने योजनाका साथ ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ गरिने भएको छ । गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट)मा महामेला गर्न लागिएको हो । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा हुने मेला आगामी असोज २१ देखि कार्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो । मेला एक महिनासम्म सञ्चालन हुने उहाँको भनाइ छ । धर्मोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकणमा टेवा पु¥याउने, घरेलु तथा साना उद्योगहरूको पनि बजारीकणमा सहयोगी हुने उहाँको भनाइ छ । महामेलामा नेपाल तथा भारतका गुरुहरूको सहभागिता रहने तथा…
स्याङ्जा १३ साउन । सर्वोच्च अदालतको मुख्य प्रशासकीय प्रमुख मुख्य रजिष्टारमा स्याङ्जाका विमल पौडेल नियुक्त हुनु भएको छ । पौडेल यसअघि सहरजिष्टार हुनुहुन्थ्यो । स्याङ्जाको पुतलीबजार नगरपालिका ११ करेण्डाँडा निवासी पौडेल न्याय सेवातर्फको सर्वोच्च पद मुख्य रजिष्टारमा पुग्ने पहिलो स्याङ्जाली हुनु भएको छ । निजामति सेवाको सर्वोच्च पद मुख्य सचिवमा पुतलीबजार ११ करेण्डाडाकै एकनारायण अर्याल हुनुहुन्छ । दुबै मुख्य सचिव एउटै गाउँ करेण्डाँडाबासी हुन । निजामतितर्फको मुख्य सचिव भने अर्याल अघि लोकदर्शन रेग्मी हुनुहुन्थ्यो । उहा पनि स्याङ्जाकै हो । हाल उहाँ अमेरिकाका राजदूत हुनुहुन्छ ।
स्याङ्जा १३ साउन । सौन्दर्य वृद्धि, व्यावसायिक उपयोग, र भूस्खलन नियन्त्रण गर्ने उद्देश्यले वालिङमा १५०० मोसो बाँस रोपिएको छ । बाँदर आतङ्कबाट उन्मुक्ति पाउने भएपछि यहाँको पित्लेक सामुदायिक वनमा बाँस रोपिएको हो । ‘परम्परागत रैथाने बाँसका प्रजातिहरूमा बाँदरले क्षति पु¥याउने, झाडी झार बन्ने र खेतीयोग्य जमिन बिगार्ने समस्याहरू भइरहेका थिए । त्यसैले व्यवस्थित र उद्देश्य पूर्ण खेतीका लागि मोसो बाँस चयन गरिएको हो। ’ वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । “मोसो बाँस हेर्दा अग्लो, घना, बलियो हाँगाहरू हुने र पात नझर्ने प्रकारको हुन्छ। यसले भूस्खलन रोक्न निकै प्रभावकारी भूमिका खेल्छ । साथै हस्तकला र सौन्दर्यवर्धक संरचनामा प्रयोग गर्न…
स्याङ्जा १३ साउन । सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन । हरिया र पुष्टीदै गरेका राम्रा दाना भईसकेका बेला सुन्तला झर्न थालेपछि सुन्तला किसान चिन्तित भएका हुन । सुन्तला झर्ने गरेको गुनासा लिएर सुन्तला किसानहरु कार्यालयमा आउने गरेको प्रधानमन्त्री कृषि आधुनिकिरण सुन्तला सुपरजोन परियोजनाका प्राबिधिक प्रमुख ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । सुन्तलामा २ कारणबाट सुन्तला झर्ने गरेको सुवेदीले सुनाउनुभयो । उहाले भन्नुभयो, ‘अत्याधिक गर्मि, त्यसपछिको बर्षा र सुन्तलामा पतेराका आक्रमणले सुन्तला झरे । पतेरा नियन्त्रण सम्बन्धी जानकारी एवं बिषादीको उपयोगका बारेमा सिकाएर पठाएका छौं।’ मध्य साउन भइसक्दा पनि प्रयाप्त बर्षा भएको छैंन। सुन्तलाका बोटको राम्रो गोडमेल स्याहार,…
स्याङ्जा १३ साउन । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि फरार एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्। वि.सं. २०५० साल फागुनमा घटेको सो घटनाका दोषीलाई आज मंगलबार पक्राउ परेका हुन । चापाकोट नगरपालिका –२ मा भएको घटनाका दोषी ४६ वर्षीय बाजिन्द्रबहादुर सोतीमगरलाई स्याङ्जा प्रहरीले कास्कीको पोखराबाट मंगलबार पक्राउ गरेको हो । गाउँमै भएको विवाह समारोहमा सोतीमगरको कुटपिटबाट गम्भीर घाईते भएका ६० बर्षिय हस्ते विकको उपचारका क्रममा मृत्यु भएको थियो। कर्तब्य ज्यान मुद्धामा सर्वोच्च अदालतले २०५९ असोज ७ गते २ बर्ष कैद तोकेपछि फरार भए। स्याङ्जा प्रहरीको विशेष अपरेशन टोलीले उनलाई मंगलबार पोखरा महानगरपालिका –१७ बिरौटाबाट पक्राउगर्री जिल्ला अदालतमा उपस्थित…
स्याङ्जा १२ साउन । मनसुनजन्य विपद्बाटहुने क्षति न्यूनिकरणगर्न स्थानीयपालिकाको आर्थिक सहयोगमा खरिद गरिएका विपद्का उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले स्थानीय सुरक्षा अधिकारीहरुलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।जिल्लास्थित ४ बटै सुरक्षा निकायको सहभािगतामा विपद्जन्य उद्धार सामाग्री खरिद गर्न चेकलिष्टतयार पारिएको थियो । सोही चेकलिष्टका आधारमा पहिलो चरणमा २० लाखमूल्य बराबरका उद्धार सामाग्री खरिद गरिएको हो । नगरपालिकालाई ५ लाख ५० हजार र गाउँपालिकालाई ४ लाखका दरले अािर्थक सहयोग उपलब्ध गराउने सहमति अनुसार पहिलोचरणमा ३८ लाख रुपैंया संकलनगरिएको थियो । उक्त रकममध्ये २० लाखको मात्र सामाग्रीखरिद गरिएको हो । यसरी खरिद गरिएको सामाग्री सदरमुकाम…
स्याङ्जा ११ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नयाँ आर्थिक बर्ष सुरु भएसंगै गतबर्षका उपलब्धी बारे जानकारी गराउने उदेश्यले आइतवार पत्रकार सम्मेलन गरेको छ । प्रहरी कार्यालयमा आयोजित सम्मेलनमा प्रहरी उपरीक्षक दधिराम न्यौपानले आर्थिक बर्ष २०८१÷०८२ मा र चालु आर्थिक बर्षको आजसम्ममा भए गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुभयो । बिभिन्न आरोपमा फरार रहेका ब्यक्ति पक्राउ गर्ने कामलाई बढी प्राथमिकतामा राखेको उहाको भनाई छ । जिल्लाको प्रहरी प्रमुख समेत रहनु भएका न्यौपानेले गत बर्ष बिभिन्न कसुर तथा मुद्धामा आरोपलागि फरार रहेका १ सय १८ जना ब्यक्तिलाई पक्राउ गरेको जानकारी दिनुभयो । ती मध्ये ९१ पुरुष र २७ महिला रहेका छन…
स्याङ्जा ११ साउन । अर्जुनचौपारी गाउँपालिकामा निर्मित नेपालकै पहिलो नवग्रह तथा पञ्चकन्या जलबराह मन्दिर परिसरमा १२ राशिका तथा नवग्रहका विरुवा रोपिएको छ । मन्दिर परिसरमा राशि र नवग्रह वाटिका स्थापना गर्ने उद्देश्यले वृक्षारोपण गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले जानकारी दिनुभयो । अध्यक्ष पोखरेलले, “हामीले यसअघि नक्षत्र वाटिका निर्माण गरेका थियौँ, अब राशि वाटिका र नवग्रह वाटिका समेत पूर्ण रूपमा स्थापना भइसकेको छ। हाम्रो उद्देश्य अब यस पवित्र स्थललाई नेपालकै नमुना धार्मिक–प्राकृतिक अध्ययनस्थलको रूपमा विकास गर्नु हो।” धार्मिक श्रद्धा, पर्यावरणीय चेतना, र सांस्कृतिक पुनर्जागरणको अनुपम संगम बनाउने लक्ष्य सहित १२ राशि र ९ ग्रहसँग सम्बन्धित धार्मिक विधिपूर्वक पूजा–विधान सहित…
स्याङ्जा १० साउन । पुतलीबजार नगरपालिका ५ स्थित पौवैखोलामा निर्मित मोटरेबल पुलको शनिवार उदघाटन गरिएको छ । बाडखोला—पौवेगौडे—टक्सार—दुलेगौडा सडक अन्र्तगत पर्ने पुलको उदघाटन गरिएको हो । पुल उदघाटन मन्तब्य ब्यक्त गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर के.सी.ले उदघाटन स्याङ्जा — पोखरा आवतजावतको बैकल्पिक रुपमा रहेको बाडखोला—दुलेगौडा अर्थात पोखरासम्मको सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । पुल बनेसंगै अव दैनिक आवतजावत, कृषि उत्पादनगरी ब्यवसायमा लागि आर्थिकोपार्जनमा समेत ध्यान दिन मन्त्री केसीले सुझाव दिनुभयो । जनताका आवश्यकतालाई ध्यान दिदै प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्री सुरेन्द्र पाण्डेसंग सहकार्य अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । ‘यही बाटोमा पर्ने बुढीखोला पुलको लागि…
स्याङ्जा ९ साउन ।वालिङ नगरपालिकाका ४९ बर्षिय खुमानन्द लामिछानेको मृत्यु प्रकरणमा उनका पत्नी रञ्जिता लामिछानेको संलग्नता देखिए जनाउदै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको जनाएको छ । वालिङ् ८ कटेज नमुनाटोलमा २ बर्षअघि खुमानन्द लामिछानेको मृत्यु भएको थियो। वि.स. २०८० वैशाख २२ गतेका दिन खुमानन्दको मृत्यु भएको हो । अनुसन्धानका क्रममा उनका पत्नीकोे पनि संलग्नता हुन सक्ने जनाउदै जिल्ला अदालत स्याङ्जाबाट पक्राउ पुर्जी जारी भएको थियो ।पक्राउ पुर्जीका आधारमा साउन ८ गते बिहीवार वडा प्रहरी कार्यालय वालिङले उनलाई वालिङमोडबाट पक्राउ गरेको छ। लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरी नियन्त्रणमा रहेकी रञ्जितालाई कर्तव्य ज्यान मुद्दामा १० दिनको…
वालिङ ९ साउन । स्याङजा जिल्लाका स्थानीय तहहरुले आफ्नो पालिकामा भएको असल अभ्यास आदान प्रदान गरेका छन् । वालिङ नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड र एशिया फाउण्डेशनकोको सहकार्यमा सिकाइ आदान प्रदान गरिएको हो । कार्यक्रममा स्याङजाका विभिन्न पालिकाले आ–आफ्ना तहमा भएका सफल कार्यक्रम, अभ्यास र नीतिहरू प्रस्तुत गर्दै अन्य पालिकालाई पनि अनुकरणीय बन्न सक्ने खालका सन्देशहरू आदान–प्रदान गरेका थिए। वालिङ नगरपालिकाको स्वास्थ्य सेवा, भिरकोट नगरपालिकाको सरसफाई केन्द« ,पुतलीबजार नगरपालिकाको उपमेयरसँग सुत्केरी आमा , गल्याङ नगरपालिकाको कृषकसँग कृषि प्राविधिक कार्यक्रम नमुना अभ्यासको रुपमा प्रस्तुत गरिएको थियो । यस्तै अर्जुनचौपारी गाउँपालिकाको आमासमुह मोडेल र हरिनास गाउँपालिकाको पूर्वाधार…
स्याङजा ८ साउन । गण्डकी प्रदेश सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण कार्य पूरा गरिएको पौवेखोला पुल उदघाटनको तिथि तोकेर पत्राचार गरिएपछि विवादमा परेको छ । पूर्वाधार विकास कार्यालय स्याङ्जाले शनिवार साउन १० गते पुल उदघाटनको कार्यक्रमराखी पत्राचार गरेको छ । उक्त पुल उदघाटनका लागि गण्डकी प्रदेश सरकारका पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उदघाटन गर्ने जानकारी पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ । तर, पुतलीबजार नगरपालिका वडा नं. ५ का अध्यक्ष अर्जुनकुमार कार्कीले पूर्वाधार विकास कार्यालयलाई जवाफी पत्र लेख्दै वडा कार्यालयसंग कुनै समन्वय नै नगरी एकतफीरुपमा उदघाटन कार्यक्रम राखिएकोमा आपत्ति प्रकट गरेका…
स्याङ्जा ९ साउन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷८२ मा ७ करोड ७७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार, सबैभन्दा धेरै राजस्व राहदानीबाट उठेको हो । उक्त शीर्षकबाट मात्रै ७ करोड ७७ लाख ३ हजार २०८ रुपैयाँ सङ्कलन भएको छ । इलाका प्रशासन कार्यालय वालिङ्कोसमेत गरी राजस्व यति संकलन भएको हो । सरकारी सम्पत्तिको बहाल र बिक्री मार्फत एक लाख ८४ हजार ९०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । हातहतियार नवीकरण तथा नामसारीबाट १३ लाख २६ हजार ७०० रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत (२३ लाख ३० हजार ४००),…
स्याङ्जा ८ साउन । सिद्धार्थ राजमार्गको भालु पहाडमा अबरुद्ध यातायात प्रहरी र प्रशासनको सक्रियतामा सुचारु भएको छ ।गएराति ढुंगा खसेर सिद्धाथै राजमार्ग अबरुद्ध भएको थियो । पोखरा भएर जाने आउने लामो तथा छोटो दूरीका सवारी साधन जाममा परेका थिए । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार तत्काल पोखराबाट जेसीभी, एक्काभेटर, ट्रिपर र प्राबिधिक कर्मचारीहरुको टोली झिकाई बिहीवार विहानदेखि यातायात सुचारु गर्ने प्रयास गरिएको थियो । पटक पटक सर्वसाधारण यात्रु र सवारी चालकले दुख पाउदै आएको भालुपहाड क्षेत्रमा बिशेष परिस्थिति बाहेक यातायात सेवा नरोकिनेगरि बिहीवारदेखि आँधीखोला र सेतीखोलाको दोभानबाट चोकर उठाई राजमार्ग ब्यवस्थित गर्न लगाइएको छ । राजमार्गको दुबैतर्फ अस्थायी नाली…