Author: Syangja Sandesh

स्याङ्जा २३ साउन । कालीगण्डकी गाउँपालिका ४ चिफलडाँडाकी २७ बर्षिया श्यामकला बश्याल ६ बर्षिय छोरा अरपित पाण्डे सहित बुधवार बिहानदेखि वेपत्ता भएका छन । बिहान साढे १० बजे उपचारका लागि मेडिकल क्लिनिक जान्छु भनी छोरासंगै गएका उनीहरु शुक्रवार बिहानसम्म घर फर्केका छैनन । उनीहरु घर नफर्केपछि परिवारका सदस्यद्धारा खोजतलाश गर्दा फेला पर्न नसकेपछि प्रहरीमा खोजी कार्य तीव्र बनाईीदन निवेदन दर्ता गरिएको छ । बुधवार अपरान्ह गल्याङ नगरपालिका ५ सेतीवेनीमा छोरा सहित देखा परेको बताइए पनि खोजतलास गर्दा उनलाई कसैले पनि फेला पार्न सकेनन । प्रहरीले कालीगण्डकी नदीमा छोरा लिएर हामफालेको आशंकामा खोजी कार्य तीब्र बनाएको छ । सेतीबेनीदेखि चापाकोटसम्म सशस्त्र…

Read More

स्याङ्जा २२ साउन । पुतलीबजार नगरपालिकाका र यूनिका फाउण्डेशन दि नेदरल्याण्डको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा द्वारा संचालित बेलघारी अठासी खानेपानी तथा सरसफाई परियोजना माफर्त दुई दिवसीय विपद जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विपदको हिसावले उच्च जोखिममा रहेको संकटासन्न समुदायमा खानेपानी परियोजना सगै विपदमा समेत उपभोक्ता हरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो । पुतलीबजार नगरपालिका ४ बेलघारी अठासी खानेपानी तथा सरसफाई परियोजना उपभोक्ता समतिका अध्यक्ष भरतवहादुर थापाको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष मोहन सिंह खड्रकाको प्रमुख आतिथ्यता तथा पुतलीबजार नगरपालिका वडा नं. ४ वडा सदस्य पृथ्वी प्रसाद पोख्रेलका विशेष…

Read More

स्याङ्जा, २२ साउन । मालपोत कार्यालय स्याङ्जाले संकलन गर्ने राजश्वमा गिरावट आएको छ । कित्ताकाट र जग्गा वर्गिकरण रोकिदा अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबारमा आएको कमिले पछिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा संकलित राजश्वमा गिरावट आएको हो । आर्थिक वर्ष २०८१÷०८२ मा पाँच करोड २७ लाख ९१ हजार ९२६ रुपैयाँ संकलन गरेको कार्यालयले अघिल्लो वर्ष पाँच करोड ८० लाख ९३ हजार ८२१ रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्षको राजश्वमा ५३ लाख एक हजार ८९५ रुपैयाँ गिरावट आएको छ । कार्यालयले पछिल्लो वर्ष पुँजीगत लाभकरतर्फ एक करोड ६६ लाख २६ हजार ४३२, घरजग्गा रजिष्ट्रेशनमा दुई करोड ७६…

Read More

स्याङ्जा, २२ साउन ।स्याङ्जा जिल्ला अदालतले लक्ष्य भन्दा झण्डै ९ प्रतिशत बढी मुद्धा फछर्योटगरि गण्डकी प्रदेशमा उत्कृष्ठ बनेको छ । स्याङ्जा जिल्ला अदालतद्धारा बिहीवार आयोजित मुद्धा दर्ता, फछर्योट सम्बन्धी बिषयमा पत्रकार अन्र्तक्रिया कार्यक्रम मार्फत सो को जानकारी गराइएको हो । अदालतले आर्थिक बर्ष २०८१÷०८२ मा ६८ प्रतिशत मद्धा फस्र्योट गर्ने लक्ष्य लिएकोमा ७६ दशमलब ८२ प्रतिशत मुद्धा फछर्योट गर्न सफल भएको श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो । पाँच बर्षको तुलनात्मक विश्लेषण गर्दा आर्थिक बर्ष ०७७÷०७८ मा ५९ दशमलब २३ प्रतिशत, ०७८÷७९ मा ६३ दशमलब ११ प्रतिशत, ०७९÷०८० मा ७० दशमलब २४ प्रतिशत, ०८०÷०८१ मा ७४ प्रतिशत र ०८१÷८२ मा ७६…

Read More

स्याङ्जा २१ साउन । संघीय सांसद राजु थापाले निर्माण ब्यवसायी विकासका संवाहक भएको बताउनु भएको छ । नेपाल लोकतान्त्रिक निर्माण ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिवेशनको उदघाटन गर्दै राज्यको सहयोगी र विकासको साझेदारको रुपमा रहेका निर्माण यवसायी विकासको अंग मात्र होइन, लोकतन्त्रको रक्षक पनि भएको बताउनुभयो । संगठनका माध्यमबाट लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने र जनतासंग प्रत्यक्ष जोडिने माध्यम निर्माण ब्यवसाय भएकाले कानूनको तर्जुमा भएका अब्यावहारिक कानूनको संशोधनमा राज्य संवेदनशील हुनुपर्दछ सांसद थापाले जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभाका पूर्व सदस्य भागवतप्रकाश मल्ल, महासंघका केन्द्रिय सदस्य खिमप्रकाश मल्ल, केन्द्रिय सहसंयोजक राजेन्द्र पहाडी, गण्डकी प्रदेश संयोजक सुरेश श्रेष्ठ, निर्माण ब्यवसायी संघ गण्डकीका अध्यक्ष…

Read More

स्याङ्जा, २० साउन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले कमलप्रसाद पंगेनीको लिगेसीलाई जोगाउन सके मात्र उहाँप्रति श्रद्धान्जली हुने बताउनुभयो । आफनै खुट्टामा उभिएर चुनाव जित्ने हैसियत बनाएमात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । नेपाली कांगे्रसका पुर्व पार्टी सभापति तथा संविधानसभा सदस्य स्व. कमलप्रसाद पंगेनी सातौँ स्मृति सभा तथा कमल पंगेनी प्रतिष्ठानको प्रथम अधिवेसनको मंगलबार भीरकोटमा समुदघाटन गर्दै उहाले यस्तो बताउनुभएको छ । कांग्रेसको संगठन हेर्न स्याङ्जा जाऔँ भन्ने वीपी कोइरालाको भनाईलाई सार्थकता प्रदान गर्दै पार्टीलाई बलियो बनाउन टोलस्तरदेखि लाग्नुपर्नेमा उहाको जोड थियो । नेता डा. कोईरालाले सुशासन कायम गर्न नसक्नु ठूलादल सम्मिलित सरकारको ठूलो कमजोरी भएको…

Read More

पर्वत १९ साउन । पर्वत जिल्लाको पैयूँ गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई सहज, प्रभावकारी र सबैको पहुँचमा ल्याउने उद्देश्यले घर–घरमै पुग्ने अभियान सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा कार्यालयसम्म आउदा हुने कठिनाईलाई मध्येनजर गर्दै वडाअध्यक्ष निर्भिक नारायण भुर्तेल बायोमेट्रिक मेशिन बोकेर घरघरमा पुग्नु भएको हो । वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, विधवा र अन्य लक्षित समूहका लाभग्राहीहरूले वडा कार्यालयसम्म आउनु नपरोस् भन्ने सोच सहित यो अभियान सुरु गरिएको उहाले बताउनुभयो । वडा अध्यक्ष भुर्तेलका अनुसार, “हामी वृद्धवृद्धाहरूलाई लाइनमा उभिनु नपरोस् भन्ने उद्देश्यले टोलटोलमै पुगेर नविकरण सुरु गरेका छौं।…

Read More

स्याङ्जा १९ साउन । लागु ओैषध मुद्धामा १० महिना १८ दिन कैद तथा ५ हजार जरिवाना तोकिएपछि फरार भएका रामचन्द्र पौडेललाई प्रहरीले २२ बर्षपछि पक्राउ गरेको छ । स्याङ्जा प्रहरीको विशेष अप्रेसन टोलीले उनलाई पक्राउगरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।आँधीखोला गाउँपालिका ४ बस्ने ४८ बर्षिया पौडेललाई कास्की जिल्ला अदालतले विस २०५९ बैशाख २३ गते लागु औषध मुद्धामा सो सजाए र जरिवाना तोकेपछि फरार रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी गराउनुभयो । अदालतबाट भएका फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्र्ण समाज निर्माणको सुनिश्चिितताका लागि स्याङ्जा प्रहरीले फरार प्रतिवादी पक्राउ…

Read More

स्याङ्जा १९ साउन । सुनका गहना र नगद चोरी भयो भन्दै झुटो निवेदन दिने चन्द्रा र धनराज गुरुङ् प्रहरी नियन्त्रणमा छन । आँधीखोला गाउँपालिका — १ हिले निबासी ४१ बर्षिया चन्द्राकुमारी गुरुङ र ३८ बर्षिय धनराज गुरुङ्लाई पक्राउगरी थपआवश्यक कारवाही अघि बढाएको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । गएको सोमबार अर्थात साउन १२ गते बेलुका घरबाट साढे ७ तोला सुनका गरगहना र ४ हजार चोरी भएको भन्दै चन्द्राले प्रहरी कार्यालयमा निवेदन दिएको प्रहरीले जनाएको छ । निवेदनका आधारमा प्रहरीले अनुसन्धान गर्दा चन्द्रा र धनराजको मिलेमतोमा सुन र पैसा लुकाई राखेको भेटिएपछि उनीहरु दुबैलाई शनिवार साँझ पक्राउगरी थपअनुसन्धानकार्य जारी…

Read More

स्याङ्जा १९ साउन । आँधीखोला गाउँपालिका ६ फापरथुम आनन्दआश्रम स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ । फापरथुममा अवस्थित आनन्दआश्रम ज्ञान केन्द्रले शनिबार ३० औँ श्रृंखलाको साहित्यिक तथा वैचारिक गोष्ठी गरिएको हो । कार्यक्रमको उदघाटन गर्दै फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाले साहित्यले मानवलाई सुसंस्कृत र सभ्य बनाउने बताउनुभयो । आनन्दआश्रमको अभियानले ग्रामीण समाजलाई निकै उन्नत बनाउन महत्वपूर्ण भूमिका खेलेको जनाउदै पण्डित आनन्दमणि यो सेरोफेरोका गुरु भएको बताउनुभयो । कार्यक्रममा दिवाकर सुवेदी, प्रद्युम्न पनेरु माविका छात्रा शिखा सुनार, सबिन जिटी, सूर्य जिटी र विनिता जिटीले कविता सुनाउनुभयो । टिकाराम ढकाल वनपाले, संस्थापक संरक्षक त्रिलोचन ढकाल, डाक्टर ऋषिराम ढकाल र…

Read More

स्याङ्जा १८ साउन । पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी आश्रम तथा पाणिनी संस्कृत गुरुकुलमले आउदो मंसिर ५ गतेदेखि गरिने श्रीमद भागवत महायज्ञ एवं धनधान्याञ्चल धार्मिक महोत्सव गर्ने भएको छ । महोत्सवलाई भब्य र शभ्य तरिकाबाट सम्पन्न गर्ने उदेश्यले शनिवार गुरुकुलममा आयोजित सरोकारवालाको बृहत भेलाले महोत्सवकाका बिबिध पक्षका बारेमा छलफल एवं अन्र्तक्रिया गरेको छ । सोही भेलाले महोत्सव संचालनका लागि मूल आयोजक समिति र बिभिन्न बिषयगत २३ वटा उपसमिति गठनगरि जिम्मेवारी सुम्पिएको छ । जितेन्द्रप्रकाश मल्लको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको हो । समितिको सहसंयोजकमा चुडामणी शर्मा र बिष्णुमाया पौडेल, महासचिवमा रविन्द्र केसी, सचिवमा देवीसरा काफले र कोषाध्यक्षमा हुमनाथ पौडेल…

Read More

स्याङ्जा १८ साउन । स्याङ्जा गण्डकी यातायातप्रा।लिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सवारी दुर्घटनान्यूनीकरण सम्बन्धी चालक तथा सहचालकहरुलाई सचेतनामूलक प्रशिक्षण दिइएको छ । पुतलीबजार नगरपालिका १ स्थित प्रा।लि।को कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै प्रहरी उपरीक्षक दधिराम न्यौपानेले ८० प्रतिशत सवारी दुर्घटना चालकका लापरवाहीले हुने गरेको एक अनुुसन्धानले देखाएको बताउनुभयो । सवारी साधनचलाउदै गर्दा चालक र सहचालक धेरै सजगबन्न सुझाव दिनुभयो । सजग भए हामीसबै सुरक्षितहुने र गन्तब्यमापुग्न सफलभईने उहाको भनाई छ । र, सवारी दुर्घटनाहुनुको अर्को प्रमुख कारणतीव्र गती र लागु पदार्थ र मादकपदार्थ सेवन रहेको पनि प्रहरी प्रमुख न्योैपानेले जानकारी गराउनुभयो ।‘तीव्र…

Read More

स्याङ्जा, १४ साउन । स्याङ्जाका शहरी रग्रामीण क्षेत्रका धेरै कच्ची सडक पछिल्लो एक वर्षमा कालोपत्रे भएकाछन् । आर्थिक वर्ष २०८१÷०८२ मा पूर्वाधार विकास कार्यालयले ३० किलोमिटर सडक कालोपत्रे गर्न सफलभएको छ । ५० किमि कालोपत्रे गर्ने लक्ष्य राखेको कार्यालयले ३० किमि सडकमात्रै कालोपत्रे गर्न सफल भएको हो । धेरै सडकहरु बहुवर्षिय योजनामा समाबेश भएको हुँदा लक्ष्य अनुसार सडक कालोपत्रे गर्न नसकिएको कार्यालयले जनाएको छ । कतिपय सडकबहुवर्षिय योजनामा थिए भने कतिपय योजनालाईआर्थिक श्रोत व्यवस्थापनगर्न नसक्दा लक्ष्य पुरा हुन सकेन् । कार्यालयका अनुसार निर्माण थालिएका केहि सडक योजना निर्माण कम्पनीको कमजोरीले कालोपत्रे गर्न सकिएन्। पछिल्लो एक वर्षमा चापाकोट–हरिनास जोड्ने दामाचौर–हिलाम¥याङ् १०…

Read More

स्याङ्जा १४ साउन । तीजको तिथी, मिति दिन नजिकिदै गर्दा बजारमा धेरै किसिमका गीत र संगीत बज्न थालेका छन् । सामाजिक संजाल र बिशेषगरी टिकटकमा पनि तीजका गीतमा अभिनय गर्ने क्रम ह्वात्तै बढेको छ । तीजको मौलिकपन हरायो भन्दै बहस चल्दै गरेका बेलातीजको धार्मिक किंवदन्तीमा आधारितरही “जिन्दगी कटाम्ला हाँसिराखेर, तिम्लाई मेरै बनाउँछु, भगवानलाई साक्षी राखेर” भन्ने बोलको गीत बजारमा आएको छ । घरघर तथा हात हातमा मोवाइलका माध्यमबाट बजिरहेको छ । जुनगीतले सबैको मन जितेको छ । तिम्लाई कहिल्यै दुख नहोस, नहोस तिम्लाई पिर, आज म त तिम्रेै लागि धाँय मन्दिरतिर ।जिन्दगी कटाम्ला हाँसि राखेर, तिम्लाई मेरै बनाउँछु, भगवानलाई साक्षी…

Read More

स्याङ्जा १४ साउन । कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई आर्थिक सहयोग गर्ने भएको छ । फेदीखोला गाउँपालिका १ स्थित अमोर सेवा वालगृहलाई मिलन केन्द्रका तफृबाट १ लाख ५० हजार नगद सहयोग गर्ने भएको केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । कर्मचारी सहितको टोलीले बालगृहको अनुगमन गरेर फर्किएको जनाउदै प्रजिअ अर्यालले उपयुक्त समय निर्धारणगरि रकम हस्तान्तरण गर्ने भएका छौं प्रजिअ अर्यालले जानकारी गराउनुभयो । फेदीखोला १ कटुनश्वारामा रहेको सो वालगृहमा ४० जना बालबालिका बस्दै आएका छन् । बालगृहमा ससाना ३ बर्षे बालबालिकादेखि क्याम्पसतहसम्म अध्ययरत बालबालिका बस्दै आएका छन् । कमला पराजुलीले ती बालबालिकाको लालन पालन, शिक्षा…

Read More