Author: Syangja Sandesh

स्याङ्जा १७ चैत । पर्यटकीय गाउँ पञ्चमूलको खोरिया बस्तीमा खानेपानीको सुबिधा पुगेसंगेै यहाँका १२ घरधुरी खुशीले हर्षित भएका छन । करिब २ महिनादेखि आगनमा धारमाबाट पानी झारेर खान पाएपछि खोरियाबासीले आफुलाई पानीको जोहो गरिदिने गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी पुर्वमन्त्री सरस्वती अर्याललाई सम्झिए अनि उदघाटनका लागि बोलाउने चाजोपाजो मिलाए । यी सबै कामका लागि महिला नेतृ एवं पर्यटन ब्यवसायी उर्मिला गुरुङ्लाई खोरिया बस्तीले जिम्मेवारी दियो । अनि, पूर्वमन्त्री सोही स्थानमा पुगेर खानेपानी टंकी सहित धाराको उदघाटन गर्नुभयो । ‘धाराबाट पानी झरयो, प्रदेश सांसद समेत रहेका अर्यालले अंजुली भरेरे पानी पिउनुभयो ।’ खानेपानीको उदघाटन गरियो । आधीखोला गाउँपालिका १ पञ्चमूलमा…

Read More

स्याङ्जा १७ चैत । स्याङ्जा बहिरा संघको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोगमा बहिराहरुको अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिने शनिवार र आइतवार भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद सुनिता थापाले उदघाटन सहित अपांगता सम्बन्धि जानकारी गराउनु भएको थियो । यसैगरी बिभिन्न बिषयमा प्रशिक्षणका कक्षाहरु संचालन गरिएका थिए । अभिमूखीकरणको उदघाटन गर्दे गण्डकी प्रदेश सांसद सुनिता थापाले अपांगताभित्र पनि बहिरा अपांगताको बिषय अझ जटिल रहेको बताउनुभयो । गण्डकी प्रदेश सांसद हुने अवसर पाएकोमा यस अवसरलाई सहिसदुपयोग गर्दै अपांगता ब्यक्तिका सहज जीवन यापनका लागि कानून नै ब्यवस्था मिलाउनगरी कार्ययोजना अघि बढाएको जानकारी गराउनुभयो । राज्यका हरेक तहमा अपांगताका…

Read More

स्याङ्जा १६ चैत । स्याङ्जा अपांग समाज स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा पुतलीबजार नगरपालिकाका वडासचिवलाई अपांगता सम्बन्धी अभिमुखीकरण कार्यशाला सम्पन्न भएकोे छ । समापन कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले अपांगता सबैको सरोकारका बिषय बन्नु पर्ने बताउनुभयो । उहाले अपांगताका क्षेत्रलाई बिशेष ध्यान दिदै बजेट तथा कार्यक्रम बिनियोजनमा वडासचिबसंग समन्वय गर्ने बताउनुभयो । स्वास्थ्य, शिक्षा तथा भौतिक निर्माणमा बढी संवेदनशील बन्न आवश्यक रहेको उहाले बताउनुभयो । वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, पत्रकार भवानी अधिकारी, प्रशिक्षक द्धय एवं अपांगता शसक्तिकरण सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुली, अपांग संरक्षण समाज लम्जुङका अध्यक्ष चन्द्रकान्त पौडेल, पुतलीबजार नगरपालिका ९…

Read More

स्याङ्जा १५ चैत । आमा मिलन केन्द्र स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा ७ दिने मादल बजाउन सिकाउने तालिम शुक्रवारदेखि सुरु भएको छ । तालिमको उदघाटन गर्दै वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठले कला, संस्कृतिको संरक्षण र संरक्षण गर्ने गराउने उदेश्यले मादल बजाउन सिकाउने तालिम उपलब्ध गराएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले तालिमको सहीसदुपयोग गर्दै आफुले सिक्ने र अरुलाई पनि सिकाउन सुुझाव दिनुभयो । तालिमले महिलाहरुको सीप, क्षमता र दक्षता बृद्धि हुने उहाले भन्नुभयो । कार्यक्रममा पत्रकार भवानी अधिकारी, आमा मिलन केन्द्रका पूर्वअध्यक्ष राधा अर्याल लगायतले मादलका सामाजिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी गराउनुभयो । आमा मिलन केन्द्रका अध्यक्ष…

Read More

स्याङ्जा १५ चैत । स्याङ्जा अपांग समाज स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा अपांगता सम्बन्धी अभिमुखीकरण कार्यशाला सहित अपांगताका बारेमा सन्देशमूलक शब्दावली सामाग्री सार्वजनिकरण गरिएको छ । दुई दिने सो कार्यशालामा वडाअध्यक्षहरु, शाखा प्रमुखहरु तथा वडा सचिवलाई लक्षित गर्दै सुरु भएको कार्यशालाको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले अपांगताका क्षेत्रमा पुतलीबजार नगरपालिका संवेदनशील रहेको बताउनुभयो । संघिय सरकारले क र ख बर्गभित्र पर्ने अपांगता भएका ब्यक्तिलाई स्वास्थ्य बिमा उपलब्ध गराउदै आएको भए पनि पुतलीबजारले भने ग बर्गका ब्यक्तिलाई निशुल्क स्वास्थ्य बिमाको सेवा उपलब्ध गराएको बताउनुभयो । आउदा दिनमा पनि नगरपालिका अन्र्तगतका सबै शाखाका प्रमुखसंग छलफल गरेर स्वास्थ्य, शिक्षा तथा भौतिक निर्माणमा…

Read More

स्याङ्जा १५ चैत । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका र बाडखोला मुस्लिम समाजको समन्वयमा जारी १० दिने लाछा डोरी बनाउने तालिम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका ३ स्थित मर्दसामा मुस्लिम महिलाहरुलाई लक्षित गर्दै सो तालिम दिइएको हो । तालिमको शुक्रवार समापन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुख्र्यौली पेशाको संरक्षण र प्रवद्र्धन गर्दै सहभागी महिलालाई उद्यमी बन्न सुझाव दिनुभयो । तालिमलाई उपयोग गर्दै थप सिप विकासका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताउनुभयो । उहाले मुस्लिम समुदायको हित र अधिकारका पक्षमा सधैभरी सकरात्मक भएको जनाउदै सामाग्री चोकदेखि ईन्द्रेश हुदै गणेशमान मार्ग निर्माणका लागि प्रदेश र संघ…

Read More

स्याङ्जा १४ चैत । पुतलीबजार नगरपालिका वडा नं. १ को आयोजना तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको ब्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको सहयोगमा स्याङ्जाका युवाहरुलाई निशुल्क बिद्युत जडान सम्बन्धि तालिम बिहीवार (आज) देखि सुरु भएको छ । स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजारमा संचालित तालिम ३ सय ९० घण्टा अर्थात ३ महिनाको हुने बताइएको छ । सो तालिम निशुल्क हुने भएको हो । तालिमको उदघाटन गर्दे १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले तालिम लिएर आत्मनिर्भर बन्न सुझाव दिनुभयो । प्राबिधिक तालिमको अभाव भैरहेका बेला युवाका माग बमोजिम तालिम उपलब्ध गराएको जनाउदै तालिमको सही सदुपयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो ।…

Read More

स्याङ्जा १४ चैत । वालिङ नगरपालिकालाई बालमैत्री नगर बनाउन पालिकाले अभियान सुरु गरेको छ। अभियान सुरु गरेसंगै यहाँका जनप्रतिनिधि, बिद्यालय, राजनीतिक दल लगायत सरोकारवाला सबैले प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन । अबको २ बर्षपछि अर्थात विस २०८३ मंसिर ४ गते अन्तराष्ट्रिय बालअधिकार दिवसको दिनमा वालिङ्लाई बालमैत्री नगर घोषणा गर्नेगरि तयारीमा जुटेको उपप्रमुख कबिता तिवारीले जानकारी दिनुभयो । उपप्रमुख तिवारीले बालमैत्री नगर बनाउनका लागि नगरपालिकाले कार्यबिधि बनाएरअघि बढ्ने प्रतिवद्धता जनाईन्। बालअधिकार सुनिश्चिततासंगै बालमैत्री नगर घोषणा तयारीका लागि आवश्यक सहयोग गर्न नगरबासीसंगै सरोकारवालालाई उपप्रमुख तिवारीले आग्रह छ । बालमैत्री स्थानीय शासन प्रर्वद्धन तथा व्यवस्थापन कार्यक्रममा सो प्रतिबद्धता जनाइएको हो । सामाजिक विकास…

Read More

स्याङजा १३ चैत । महिलालाई उद्यमी बनाउने उदेश्यले वालिङमा चप्पल बनाउने शीपमुलक तालिम दिइएको छ ।वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा वालिङमा चप्पल बनाउने एक हप्ते तालिम शुरु भएको हो । तालिमको उदघाटन गर्दै उपप्रमुख कविता तिवारीले यस्ता किसिमका शीपमुलक तालिमले ब्यवसायि बन्न सघाउने बताउनुभयो । तालिमको सदुपयोग गर्दे उद्योग सञ्चालन गरी आय आर्जनमा जोडिन सहभागिलाई सुझाव दिनुभयो । महिला तथा युवाहरु यस्ता किसिमका शीप सिकेर आय आर्जन वृद्धि गर्न सक्नेमा उहाले जोड दिनुभयो । यहाका स्थानीय उत्पादनको उपयोग गर्दै उद्योग संचालन गर्न चाहने महिला तथा पुरुषलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य…

Read More

स्याङजा १३ चैत । घरेलु तथा साना उद्योग महासंघ स्याङजाको १३ औं अधिवेशनले मित्रबन्धु पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । वरिष्ट उपाध्यक्षमा मेघ प्रनेश, उपाध्यक्ष नरबहादुर गुरुङ, महिला उपाध्यक्षमा कल्पना लम्साल, सचिव बलबहादुर गोदार, कोषाध्यक्ष हरिप्रसाद अर्याल चयन हुनु भएको छ । सदस्यहरुमा अच्यूतप्रसाद पोखरेल, डिल्लीराम शर्मा, विजय सुनाम, चन्द्रकला राना, प्रेम हमाल निर्वाचित हुनु भएको छ । यसैगरी, महिला उद्यमी समितितर्फ चन्द्रकला रानाको अध्यक्षतामा समिति चयन भएको निर्वाचन समितिले जनाएको छ । अधिबेशनको उदघाटन गर्दै घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष शोभा गुरुङले सबै उद्योग ब्यवसायी एकजुट भएर आपना ब्यवसायमा लाग्नु पर्नेमा जोड दिनुभयो…

Read More

स्याङजा १३ चैत । स्याङ्जा जिल्ला अपांग समाज स्याङ्जाको आयोजना तथा सामाजिक बिकास कार्यालय स्याङ्जाको समन्वयमा अपांगता सवालमा सरोकारवालाबीच अन्र्तक्रिया गरिएको छ । अपांगता भएका ब्यक्ति एवं यातायात ब्यवसायीहरुसंग अन्र्तक्रिया सहित सन्देशमूलक सामाग्री पनि सार्वजनिकरण गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले राज्यद्धारा उपलब्ध गराईएका सेवा सुबिधा अपांगता भएका ब्यक्तिलाई सहजरुपमा उपलब्ध गराउन सरोकारवालालाई सुझाव दिनुभयो । अपांगता भएका ब्यक्तिले सहज रुपमा सेवा पाउन नसकेको गुनासा लिएर आफु समक्ष आउने गरेको जनाउदै प्रजिअ नेपालले यस्तो हुन नदिन यातायात ब्यवसायी सहित सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो । बिद्यार्थी, यातायात ब्यवसायी, चालक, सहचालक लगायत सरोकारवालालाई सचेतना कार्यक्रम मार्फत…

Read More

स्याङजा १२ चैत । पुतलीबजार नगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै बिहीवारबाट जारी मादल बजाउन सिकाउने तालिम मंगलबार सकिएको छ । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित ५ दिने तालिमको समापन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले हाम्रा धर्म, रितीरिवाज, कला, संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने महत्वपूर्ण वाद्यवादक सबैले सिक्न जरुरी रहेको बताउनुभयो । सबै खालका सांस्कृतिक एवं सामाजिक कार्यमा पनि प्रयोगमा ल्याईने मादलको उपयोगीता अत्यन्तै धेरै रहेको जनाउदै नगरपालिकाले आफना नगरभित्रका सबै वडामा यस्ता खालका तालिम उपलब्ध गराउने प्रतिबद्धता प्रमुख रेग्मीले जनाउनुभयो । मादल बजाउन जान्नु सिपको विकास गर्दै उद्यमशिलतामा जोडिन समेत उहाले आग्रह गर्दै आधारभूतको तालिमको प्रभावकारिता हेरेर आउदा दिनमा एडभान्स…

Read More

स्याङ्जा १२ चैत । चालु आर्थिक बर्षको ८ महिनामा स्याङ्जामा ७ जना क्षयरोगबाट संक्रमित बिरामीको मृत्यु भएको छ जनस्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०८०\०८१ को सुरुदेखि फागुन मसान्तसम्म जिल्लाभर १ सय ९७ जना क्षयरोगको विरामी रहेको र ७ जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार, स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । प्रमुख चापागाईका अनुसार, ‘सबैभन्दा धेरै वालिङ् नगरपालिकामा ४४ जना र सबैभन्दा कम हरिनास गाउँपालिकामा भेटिएका छन्।’नगरपालिका अन्र्तगतका चापाकोटमा ३७, भीरकोटमा ३१, गल्याङमा २८, पुतलीबजारमा १६ जना छन्। यसैगरी, गाउँपालिकातर्फ बिरुवामा १६, अर्जुनचौपारीमा १०, कालीगण्डकीमा ७, फेदीखोलामा ४, आँधीखोलामा ३ जना क्षयरोगका बिरामी उपचारत रहेको चापागाईंले बताउनुभयो…

Read More

स्याङजा, ११ चैत । वालिङ बैंकर्स क्लबले बालबालिका , किशोर किशोरी र युवाहरुलाई वित्तीय साक्षरता प्रदान गर्न प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्रभातफेरिपछिको कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कविता तिवारीले नगरभित्रका किसानलाई विना धितो कृषि कर्जा प्रवाह गर्न स्थानीय सरकार जमानत बस्ने बताउनुभयो । बैंकर्स साथीहरुले कर्जा प्रवाह गरेर सहयोग गर्न आग्रह गर्दै कृषि क्षेत्रको लगानी विना अर्थतन्त्र मजबुत नहुने उहाको भनाई छ । युवा पुस्तालाई स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्न स्थानीय सरकार र बैंक वित्तीय संस्थाले हातेमालो गर्न आवश्यक रहेको उपप्रमुख तिवारीले भन्नुभयो । नेपाल राष्ट्र बैंकको राष्ट्रिय कार्यक्रम अन्तर्गत चैत्र ४ गते देखि सप्ताहव्यापी ग्लोबल मनी…

Read More

स्याङ्जा ११ चैत । चापाकोट नगरपालिका – १ तेउनासस्थित कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका ५८ वर्षीय मेघनाथ कुमालको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारमा गएकी छोरीलाई सामान पठाउन भनी घरबाट हिँडेका कुमाल गन्तब्यमै नपुगी कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिन्भयो । पाल्पाको रामपुर नगरपालिका १० बस्ने कुमाल आइतवार दिउसो २ बजेतिर नदीमा हाम फालेको भन्ने प्रहरीको भनाई छ ।इलाका प्रहरी कार्यालय चापाकोटबाट खटेको प्रहरी टोलीले बेपत्ता कुमालको खोजी कार्य जारी राखेकोे निरीक्षक तिवारीले जनाउनुभयो ।

Read More