Author: Syangja Sandesh

स्याङ्जा २६ चैत । भीरकोट नगरपालिकाले बाख्रा पालन सम्बन्धी तालिम सुरु गरेको छ । भीरकोट वडा नं. ८ र वडा नं. ९ का बाख्रापालक कृषकलाई बाख्रा पालन सम्बन्धी तालिम दिइएको हो । तालिमपछि बाख्रापालनलाई ब्यावसायिकरुपमा आघि बढाउने उद्येश्यले तालिम सुरु गरिएको पालिकाले जनाएको छ ।तालिमको उदघाटन गर्दै नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले यहाका बाख्रापालक किसानलाइ तालिम उपलब्ध गराउने बताउनुभयो । तालिमले बाख्रा पालन सम्बन्धि ज्ञान तथा सीप जानिने हुदाँ यसका समस्या र समस्याको समाधान कसरी गर्ने भने बिषयमा जानकारी पाउन सकिनेमा जोड दिनुभयो । भीरकोट नगरपालिका मासुमा आत्मनिर्भर भएको र आउदो दिनहरुमा जिल्ला बाहिर निर्यात गर्न यस्ता तालिमले सहयोग पुग्ने प्रमुख…

Read More

स्याङ्जा २६ चैत । वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो । नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको जानकारी गराईएको हो । नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजना सहित सुरु गरिएको परियोजना अन्तर्गत अहिले सम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । साना…

Read More

स्याङ्जा २६ चैत । अर्जुनचौपारी गाउँपालिकामा रहेको ‘ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि।’ गण्डकी प्रदेशमै उत्कृष्ट सहकारी संस्थाको रुपमा घोषणा भएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा राष्ट्रिय सहकारी महासघंले साना किसान कृषि सहकारीमार्फत कृषि, पशुपन्छी क्षेत्र एवं सूक्ष्म वित्तीय क्षेत्रको ग्रामीण भेगमा रहेका सदस्य किसानको जीवन रुपान्तरण र आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८१ प्रदान गरिएको हो । यसबाट आफूहरुलाई सहकारी अभियानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्न हौसला मिलेको संस्थाका सल्लाहकार चिनुमाया गुरुङले बताउनुभयो । संस्थालाई यहाँ ल्याइपुर्‍याउन सहयोग गरेकामा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारीलगायत सबैजनालाई संस्थाका प्रबन्धक शालिग्राम काफ्लेले धन्यवाद…

Read More

स्याङ्जा २४ चैत । बाडखोला दुलेगौडा अन्र्तगत पुतलीबजार नगरपालिका ३ स्थित चम्पापानी सडक पक्की निर्माण भएसंगै उदघाटन गरिएको छ । नगरप्रमुख तुलसीराम रेग्मीले सो सडक पिच पुरा भएसंगै उदघाटन गर्नुभएको हो । बर्षातका समयमा पैदल तथा सवारी साधन हिड्न निकै कठिन भएका बेला नगरप्रमुख तुलसीराम रेग्मीको पहल र अठोटमा निर्माण सम्पन्न भएको जनाउदै स्थानीयबासीले स्वागत सम्मान सहित सडकको उदघाटन गर्ने वातावरण मिलाएका हुन । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, वडा नं. ७ का अध्यक्ष कृष्णबहादुर आले , ५ का अध्यक्ष अर्जुन कार्की, ३ का सदस्य अमिरबक्स मिया, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, च्याम्बर अफ कमर्शका सहसचिव प्रकाश गौतम…

Read More

स्याङ्जा २४ चैत । सर्वोदय शान्ति पदयात्रामा निस्केका नेपाल केसरी रास्ट्रसन्त डा. मणिभद्र मुनिजी महाराजलाई आइतवार पुतलीबजार नगरपालिकामा अभिनन्दन गरिएको छ । सेतो कपडा लगाउने, मुखमा पनि सेतै पट्टीले छोप्ने, हातमा कुचो जस्ता पन्छाउन तथा हम्काउन मिल्ने साधन, आफना लागि आवश्यक खाना पानीको बन्दोबस्तीको झोला बोकेर पैदल यात्रा मात्र गर्ने साधुसन्त महाराजलाई भब्य स्वागत, सम्मान सहित अभिनन्दन गरिएको हो । भारतको दिल्लीदेखि नेपालको मुक्तिनाथसम्म पदयात्राका क्रममा स्याङ्जा सदरमुकाम सहितको पुतलीबजारमा आइपुग्दा उनलाई पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अभिनन्दन गर्नुभएको थियो । अभिनन्दन गर्दै प्रमुख रेग्मीले महाराजजस्तो ब्यक्तित्वलाई अभिनन्दन गर्न पाउनु शौभाग्य भएको बताउनुभयो । सादा जीवन, उच्च बिचार सहितको शान्ति पदयात्राको…

Read More

स्याङ्जा २३ चैत । बनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने मूल नाराका साथ आज (शनिवार) सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाको सातौं जिल्ला परिषद सम्पन्न भएको छ । स्याङुजा सदरमुकाममा आयोजित परिषदको उदघाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री सीता सुन्दासले हरियो बन नेपालको धन सहित हामी सबैको जीवन भएको बताउनुभएको छ । बनको उपयोगिता जनाउदै उहाले वन विरुवाबाट सिर्जित अक्सिजनले हाम्रा प्राण रक्षा गरेको, विरामी हुदा औषधीउपचारका कच्चा पदार्थमा जडीबुटीका उपयोग गरिने गरेको, खाद्य लगायत अत्यावश्यक बस्तु समेत जंगलबाटै पाईने भएकाले बन र मानवीय जीवनको सम्बन्ध अत्यन्तै नजिक र महत्वपूर्ण रहेको बताउनुभयो ।…

Read More

स्याङ्जा २२ चैत । पुतलीबजार नगरपालिका — ९ कोल्मा बराहचोैर स्थित कालभैरब मन्दिरको पुननिर्माण र अनावरण गरिएको छ ।तत्कालिन कोल्मा पञ्चायत ७ मा जन्म भई हाल वेलायतमा बस्दै आउनु भएका क्याप्टेन बिष्णुप्रसाद गुरुङ् र उहाका पत्नी चम्पा गुरुङले मन्दिर पुननिर्माण गरेसंगै उहाहरुले नै अनावरण गर्नुभएको हो । आफना पुर्वजदेखि पुजाआजा गर्दै आएकोे मन्दिर मन्दिर जिर्ण बन्दै गएपछि गुरुङ्ले ब्यक्तिगत लगानीमा मन्दिर सहित पर्खाल निर्माण गर्नुभएको हो्। आधुनिक तथा सुबिधासम्पन्न मन्दिर मन्दिर निर्माणका लागि झण्डै उहाहरुले ब्यक्तिगत १७ लाख रुपैंया लगानी गरेको गुरुङ् परिवारले जनाएको छ । झण्डै २ सय बर्ष पुरानो मन्दिर पुननिर्माणका लागि बिष्णु र चम्पाले १६ लाख ६७…

Read More

स्याङ्जा २२ चैत । पुतलीबजार नगरपालिकाका अपांगता भएका ब्यक्तिलाई लक्षित गर्दै बाख्रा पालन तालिम सहित पाठी बितरण गरिएको छ । पुतलीबजार नगरपालिकाका १० जना अपांगता भएका ब्यक्ति तथा उहाका अभिभावकलाई पाठी उपलब्ध गराइएको हो । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरकार्यपालिकाको सहयोगमा अपांगता भएका ब्यक्तिहरुका लागि पाठी बितरण गरिएको हो । पाठी हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले अनुदान स्वरुप उपलब्ध गराइएको सहयोगको सदुपयोग गर्दै आयआर्जन बढाउन सुझाव दिनुभयो । नगरपालिकाले अपांगता भएका ब्यक्तिका सहयोगका लागि पहिलो प्राथमिकतामा राखेको जनाउदै पशु बिमा, पशुको निशुल्क स्वास्थ्य परिक्षण र औषधीको उपलब्धता, समय समयमा स्वास्थ्य शिविर…

Read More

स्याङ्जा २० चैत । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा लागु औषध सम्बन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ । जिवन बाटिका नेपालको आयोजना, सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोग तथा स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस ईकाइको समन्वयमा लागुऔषध अन्त्यका लागी सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले यहाँ अध्ययरत युवासंग सुन्दर भविष्य जोडिएको हुदाँ सहि मार्गमा हिडेर सुन्दर भविष्य सुन्दर बनाउन सुझाव दिनुभयो । सुन्दर भविष्य निर्माणका लागि आजैदेखि गहन अध्ययन गर्दै सत्मार्ग हिड्नु पर्नेमा प्रमुख अर्यालले जोड दिनुभयो । सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले अमूल्य जीवनलाई सुन्दर र कलात्मक तरिकाबाट जीउनु पर्ने बताउदै लागु औषधका…

Read More

स्याङ्जा १८ चैत । नेकपा एमाले स्याङ्जाले वालिङमा जागरण सभा गरेको छ । संविधान र गणतन्त्रको पक्षमा एमालेले जागरण सभा तथा ¥याली गरेको हो । सभालाई सम्बोधन गर्दै एमाले बोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री खगराज अधिकारीले जन्मिँदै कोहि पनि सर्वश्रेष्ठ नहुँने भन्दै जनतालाई सर्वसर्वद्धा हुने लोकतन्त्रको विरुद्ध उत्रिनु हास्यासपद रहेको बताउनुभयो । पत्रकारलाई थुनेर आगो लगाई हत्या गर्ने, मिडियालाई आक्रमण गर्ने तथा आम सर्वधारणलाई भ्रमित पार्ने काम राजतन्त्रवादीले गरेको भन्दै यस्तो कार्य एमालेलाई कदापि स्वीकार्य नहुँने बताउनुभयो । देशमा संकट मोचनका लागी एमाले कांगे्रसको गठबन्धनको सरकार बनेको भन्दै यो सरकार जनताको बलमा बनेको बताउनुभयो । गणतन्त्रका पार्टीहरुमा…

Read More

स्याङ्जा १८ चैत । पत्रकार तथा संचारगृहमाथिको आक्रमणको बिरोधमा स्याङ्जाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएका छन । पत्रकार महासंघ स्याङ्जाका पूर्वअध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा गएको टोलिले सो ध्यानाकर्षणपत्र बुझाएको हो । पत्रमा चैत १५ गते भएको हिंसात्मक प्रर्दशनका क्रममा अराजक समूहले पत्रकार र संचारगृह र संचारकर्मीलाई निसाना बनाएको भन्दै बिभिन्न क्षतिका बारेमा उल्लेख गरिएको छ । बिभिन्न ६ बुदे माग समेटिएका सो ध्यानाकर्षणपत्रमा भिडियो खिच्दै गरेका सुरेश रजाकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनमा आगो लगाउनुका साथै ढुंगामुढा प्रहारगरि क्षति पुरयाइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढागरि क्षति पुरयाइएको, हिमालयन टेलिभिजनको…

Read More

स्याङ्जा, १८ चैत । पुतलीबजार नगरपालिका ११ को उनीयाचौर माझीगाउँ जंगलबाट सोमबार बिहान २ जना हातहतियार र मरेको रतुवा मृग सहित पक्राउ परेको प्रहरीले जनाएको छ । हातहतियार सहित सोही स्थानमा हतियार सहित मानिस डिहडुल गरेको गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक प्रवेश तिवारीको कमाण्डमा गएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पुतलीबजार नगपालिका १० का ४४ बर्षे हर्कबहादुर गुरुङ र पुतलीबजार – ११ का ४३ बर्षे सोमबहादुर गुरुङ रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उनीहरुबाट एकनाले भरुवा बन्दुक र मृत अवस्थामा रहेको पोथी जातको रतुवा मृग भेटिएको…

Read More

स्याङ्जा १८ चैत । मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र (इद) पर्व मनाउदैछन् । इद इस्लामिक वर्ण अनुसार मनाइने सबैभन्दा ठूलो चाड मध्ये एक हो । रमजान महिनाको अन्त्यमा दिनभर व्रत बसेर नमाज पढेर इद पर्व मनाइन्छ । इद उल फित्र भनेको व्रत समाप्त गर्ने पर्व हो । हिजरी क्यालेन्डरमा इस्लाम धर्मावलम्बीहरूले शैवाल महिनाको पहिलो मितिमा रमजान महिनाभर उपवास बसेर इद मनाउने गर्छन् । इदको अवसरमा अल्लाह (ईश्वर) को नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लामिक परम्परा हो। इदको पर्व चन्द्रमाको गतिका आधारमा तय गरिन्छ । रमजानको शुक्ल पक्षको पहिलो चरण रमजान सकिएपछि मनाउने चलन छ । इस्लामले मुस्लिम समुदायका लागि…

Read More

स्याङ्जा १७ चैत । नेपाल पत्रकार महासंघ स्याङ्जाले पत्रकार हत्या तथा आम संचार गृहमा भएको आक्रमणप्रती विरोध जनाएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जाले आन्दोलनमा परी मृत्यु हुनुभएका पत्रकार सुरेश रजाकको हत्यारालाई कारवाहीको माग गर्दै विरोध गरेको हो । कार्यक्रममा बोल्दै पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले भिडियो खिचिरहेको घरमा पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन र दोषी उपर कारबाहिको माग गर्नुभएको छ । उहाँले पत्रकार महासंघ स्याङ्जाले हिजो आज र भोलि विरोध तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम आयोजना गरेको समेत जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष…

Read More

स्याङ्जा १७ चैत । पर्यटकीय गाउँ पञ्चमूलको खोरिया बस्तीमा खानेपानीको सुबिधा पुगेसंगेै यहाँका १२ घरधुरी खुशीले हर्षित भएका छन । करिब २ महिनादेखि आगनमा धारमाबाट पानी झारेर खान पाएपछि खोरियाबासीले आफुलाई पानीको जोहो गरिदिने गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी पुर्वमन्त्री सरस्वती अर्याललाई सम्झिए अनि उदघाटनका लागि बोलाउने चाजोपाजो मिलाए । यी सबै कामका लागि महिला नेतृ एवं पर्यटन ब्यवसायी उर्मिला गुरुङ्लाई खोरिया बस्तीले जिम्मेवारी दियो । अनि, पूर्वमन्त्री सोही स्थानमा पुगेर खानेपानी टंकी सहित धाराको उदघाटन गर्नुभयो । ‘धाराबाट पानी झरयो, प्रदेश सांसद समेत रहेका अर्यालले अंजुली भरेरे पानी पिउनुभयो ।’ खानेपानीको उदघाटन गरियो । आधीखोला गाउँपालिका १ पञ्चमूलमा…

Read More