स्याङ्जा, ९ भदौ । वालिङ नगरपालिका ५ मा कुटपिटमा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् ।कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरु हरिनास गाउँपालिकाका वडा नं ५ का ६ जना र चापाकोट नगरपालिका वडा नं ५ का २ जना रहेका प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोर भन्ने गुरुप्रसाद लम्साल, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वस वाग्ले, २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका ५ कान्ति बस्ने २४ वर्षीय अनिल शाही र १८ वर्षीय बादल…
Author: Syangja Sandesh
स्याङ्जा ९ भदौ । वालिङ नगरपालिका –६, मिर्दीमा ‘निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम् रचना वाचन गोष्ठी गरिएको छ । कार्यक्रममा वैकल्पिक बाटो पृथक पाइला स्याङ्जाका संस्थापक संयोजक मिलन समीरले निर्बन्ध लेखनमाथि केन्द्रित रहँदै सहजीकरण गरेका थिए । उनले निर्बन्ध विधालाई नेपाली साहित्यमा वैकल्पिक बाटो र नयाँ सिर्जनात्मक खोजका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । रचना वाचन सत्रमा मिलन समीरले ‘मान्छेको मृत्यु’, संस्थापक शम्भु अर्यालले ‘दिवस एक विद्रोह’, संस्थापक वसन्त खनालले ‘तिमीले बिर्सियौ भने’, अभियन्ता पारिश्वर न्यौपानेले ‘मलाई मन पर्छ’ शीर्षकका निर्बन्ध काव्य वाचन गर्नुभएको छ । त्यस्तै, गुरुप्रसाद ढकालले निर्बन्ध गजल प्रस्तुत गर्नुभएको थियो । सहभागी लेखकहरूले निर्बन्ध…
स्याङ्जा ९ भदौ । जब सरकारले कुनै कामको थालनी गर्छ तव विभिन्न टिका टिप्पणी र बहसको विषय बन्न थाल्छ । यो पछिल्लो समयको विशेषता नै बनेको छ । यसलाई वाक स्वतन्त्रताको सदुपयोग भन्दा दुरुपयोग बढि भएको हो कि भन्ने देखाएको छ । सामाजिक सञ्जाल फेशवुकलाई हेर्ने हो भने उपलव्ध प्रविधिको दुरुपयोग गरिएको आवाज धेरैबाट आउने गरेको छ, जुनकुरा सरकार पनि पूर्ण जानकार छ । सरकारले फेशवुकलाई नियमनको कुरा त ल्यायो तर कार्यान्वयनमा अगाडि बढ्न सकिरहेको छैन । लहडको भरमा नै गरिएको हो भने यो विषय छोडिदिए भैहाल्यो ।तर कुनै सन्दर्भलाई लिएर हुने टिप्पणी वा बहसको विषयलाई नकारात्मक ठानिहाल्नु पनि हुँदैन…
स्याङ्जा ९ भदौ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारी स्वरूप आज दर खाने दिने हो । दर खाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । बिशेषगरी विवाहिता नारीहरु आज माइती तथा मावली घरमा पुगेर दर खाने र खुवाउने प्रचलन छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका…
स्याङजा ८ भदौ । स्थानीयतह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा नगर स्याङ्जाको भीरकोट नगरपालिका गण्डकी प्रदेशमा नगरपालिका मध्ये पहिलो बनेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा भीरकोट सम्पूर्ण पालिका मध्ये गण्डकी प्रदेशमा ्दोश्रोे बन्न सफल भएको हो । भीरकोटले ८८ दशमलब २५ प्रतिशत अंक पाएको छ । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका क्षेत्रमा गरिएको मूल्याङ्कनका आधार हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको नतिजा अनुसार भीरकोट नगरपालिका गण्डकी प्रदेशमै उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा…
स्याङजा ८ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरको आयोजनामा कुक तालिम सम्पन्न भएको छ । एक महिने कुक तथा किचन हेल्पर तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सहभागीलाई प्रमाणपत्र वितरण गदैै नेपाली कांग्रेस कावा सभापती एवं संस्थाका सल्लाहकार केदार काफ्लेले दक्ष जनशक्तिको अभाव जताततै रहेको बताऐ । सिप भएमा मात्रै सहज रुपमा आम्दानी गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा कांग्रेस नगर सभापती नेत्रप्रसाद पाण्डे, पत्रकार महासंघ स्याङ्का अध्यक्ष प्रदिप कोईरालाले राम्रो रोजगारीका लागि राम्रो सिप आवश्यक…
स्याङजा ८ भदौ । पुतलीबजार नगरपालिका ३ स्थित सूर्योदय महिला क्लवद्धारा आयोजित तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । तीज गीत प्रतियोगितामा वडा नं. १ को समूह प्रथम र वडा नं. ३ का समूहले द्धितिय, तृतीय र सान्वना पुरस्कार पाएका छन् । वडा नं. १ को दुर्गानागर सांस्कृतिक समूह प्रथम भएको छ भने वडा नं. ३ का शाहीथर आमा समूह द्धितिय, शिशुनिकेतन शिक्षक समूह तृतीय र कालाभैरब आमा समूह सान्त्वना भएका हुन । प्रथम, द्धितिय, तृतीय र सान्वना हुनेले क्रमश ः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । यसैगरी, नृत्यतर्फ स्वीकृती…
स्याङ्जा ८ भदौ । कुटपिटका कारण वालिङ्मा एक युवाको ज्यान गएको छ भने कुटपिटको आरोपमा २ जना पक्राउ परेका छन् ।वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ बर्षिय ढालबहादुर थापाको कुटपिटका कारण ज्यान गएको भने कुटपिटमा संलग्न रहेको भन्दै २२ बर्षिय सिजन थापा र २४ बर्षिय अनिल शाही प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ‘शनिवार राती गते राति करिब ११ बजे वालिङ ५ वाहुनडाँडाका ढालबहादुर लाई कुटपिट गरिएको भन्ने सूचनाका आधारमा वालिङबाट प्रहरी घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थामा रहेका थापालाई तत्कालै वालिङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारकालागि गण्डकी मेडिकल कलेज, पोखरा लगिएको थियो। उपचारका क्रममा चिकित्सकले राति…
स्याङ्जा ७ भदौ । भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले ८८ औं रचनावाचन कार्यक्रम गरेको छ । प्रतिष्ठानले शनिवार मोतिराम भट्टको १ सय ६० औं जन्मजयन्तिको अवसर पारेर आफ्नो नियमित रचनावाचनको ८८ औं शृङ्खलाको कार्यक्रम वालिङमा सम्पन्न गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै मोहिनीशरण प्रतिष्ठानका अध्यक्ष ध्रुवशरण अर्यालले मोतिराम भट्ट नेपाली साहित्य फाँटका विभूति रहेको बताउनुभयो । मोतिराम भट्ट ३० वर्षे अल्पायूमै देहावसान भएपनि नेपाली साहित्य आकाशमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्व भएकाले हामी सबैले उहाँको स्मरण गर्नुपर्ने अर्यालले उल्लेख गर्नुभयो । यसैगरी कुशेऔंशी हिन्दु सनातनीहरुका लागि अर्को महत्व राख्ने दिन भएको उहाँले व्यक्त गर्नुभयो । उहाले भन्नभयो, “आज काटेको कुश हामीले…
स्याङ्जा ७ भदौ । कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसर पारेर मुक्तिनाथ फाउण्डेशनले वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको छ । फाउण्डेशनले स्याङ्जाको रामनदी धामस्थित वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको हो । फाउण्डेशनका संस्थापक तथा मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले खाद्यान्न वितरण गर्दै वृद्धवृद्धाहरुको सेवामा संस्थाले स्थापना कालदेखि सेवा गर्दै आएको बताउनुभयो । समाजमा विभिन्न कारणले जीवनयापन गर्न समस्या भोग्दै आएका वर्गलाई फाउण्डेशनले सहयोग गर्दै आएको उहाले सुनाउनुभयो । वृद्धाश्रममा बसोबास गर्ने बेसहारा र विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई संस्थाले सहयोग गर्दै आएको संस्थापक लम्सालले बताउनुभयो । बैंकको सहयोग र फाउण्डेशनको समन्वयमा देशका विभिन्न भागमा…
स्याङ्जा ७ भदौ । स्याङ्जाका पालिकाहरुले गर्दै आएको स्वमुल्याङ्कनको तथ्याङ्कमा सुधार देखिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा ८० दशमलब १८ अंक ल्याएका जिल्लाका पालिकाहरुले हालै प्रकाशित नतिजा अनुसार २०८०÷०८१ मा गरेको स्वमुल्याङ्कनमा ८८ दशमलब ८६ अंक प्राप्त गरेका छन् । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) को आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा उत्कृष्ट तिनमा परेको अर्जुनचौपारी जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामध्ये पहिलो बन्न सफल भएको छ । पछिल्लो नतिजा अनुसार अर्जुनचौपारी देशभरका ७५३ पालिकामध्ये उत्कृष्ट तिन गाउँपालिकामा पर्न सफल भएको हो । आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा देशकै तेस्रो जिल्लाको पहिलो भएको अर्जुनचौपारीले ९८ अंक प्राप्त गरेकोमा अघिल्लो…
स्याङ्जा ५ भदौ । स्याङ्जाको सदरमुकाम पुतलीबजारमा रहेको प्रदेश अस्पतालले विस्तारित सेवा प्रदान गर्ने भएको छ । अस्पताल ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सर्वसाधारण जनताको पहुँच सहज बनाउन, अस्पतालबाट गुणस्तरीय बिशेषज्ञ सेवा प्रदान गनर्, नयाँ तरिकाले अस्पताल संचालकको तयारीमा रहेको समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले बताउनुभयो । पचास शैयाको उक्त अस्पतालबाट अबदेखि १३ प्रकारको बिशेषज्ञ सेवा प्रदान गरिने छ । अस्पतालका प्रमुख डा. सुशील मरासिनीका अनुसार स्थायी र करार सेवाका १ सय कर्मचारीबाट सेवा प्रदान गरिदै आएकोमा ५० शैयाको अस्पताल भएससंगै १४१ बिशेषज्ञ चिकित्सक सहितको कर्मचारी दरबन्दी स्वीकृत भएको छ ।…
स्याङ्जा ५ भदौ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा हरितालिका तीजको अवसर पारेर शुभकामना आदानप्रदान सहित तीज बिशेष कार्यक्रम गरिएको छ । सदरमुकाम स्थित क्याम्पस परिसरमा आयोजित कार्यक्रममा तीजको शुभकामना आदान प्रदान, दर सहित बिबिध सांस्कृतिक कार्यक्रमगरि तीज बिशेष कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले महिला र तीजको महत्वसंगै हाम्रा सांस्कृतिक पर्वलाई रमेर मनाउनु आग्रह गर्दै तीज शुभकामना ब्यक्त गरिन । संबिधानले दिएको महिलाको अधिकार उपयोग गर्दै अघि बढ्नु पर्नेमा उनले जोड दिईन् ।शिक्षाबाट सबै प्रकारका परिवर्तन सम्भव भएकाले शिक्षाको महत्वपूर्ण स्थान छ सबैले शिक्षा पाउनु पर्छ उनको भनाई छ । कार्यक्रममा…
स्याङ्जा ५ भदौ । स्याङ्जा जिल्ला अदालतबाट दोषी करार भएका २५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चेक अनादर, चोरी, अंशवण्डा, लागूऔषध, कर्तब्य ज्यान, अभद्र ब्यवहार, कुटपिट, बैकिंङ कसुर, लेनदेन, सवारी ज्यान र हातहतिरयारमा दोषी ठहर भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यो संख्या साउन महिनाको मात्र होे । गत आर्थिक बर्षमा मात्र १ सय १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार अदालतबाट दोषी करार फरार अभियुक्तलाई पक्राउगरी अदालत बुझाउने अभियान नै सुरु गरेको बिहीवार वालिङमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनु भएको हो । कानुन कार्यान्वयनको दिशामा प्रहरीले चालेको…
स्याङ्जा ४ भदौ । फोर नाइन जीआर (चिण्डिटस) पल्टनको ६४ औ पुनस्थापना दिवसको अवसर पारेर महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित सामुहिक दर खाने कार्यक्रम गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित ब्लुपर्ल पार्टी प्यालेसमा आयोजित कार्यक्रमको उदघाटन गर्दै सुवेदार दुर्गाबहादुर क्षेत्रीले यस्ता पर्व तथा कार्यक्रमको निरन्तरताको लागि शुभकामना ब्यक्त गर्नुभयो । उहाले तीजको शुभकामना ब्यक्त गर्दै आउदा दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयोे । तीज पर्वको मौलिक तथा सास्कृतिक महत्वका बारेमा जानकारी गराउदै पर्व र संस्कार संस्कृतीको निरन्तरता दिदै जीवन्त बनाउनु पर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा सुवेदार अशिमकुमार शाही, भिमप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त…