Author: Syangja Sandesh

स्याङ्जा, १२ भदौ । स्याङ्जाका मौरीपालक कृषकले ५ करोड मुल्य बराबरको मह उत्पादन गरेका छन् । जिल्लाका व्यावसायिक मौरीपालक ५२९ कृषकले गएको वर्षतिनमौसम (सिजन) मागरि ५ करोड ४५ लाख ७२ हजार मुल्यको मह उत्पादन गरेका हुन् । एघार हजार १३७ घार (गोला) मौरीपालन गर्दै आएका कृषकले ३८ हजार ९८० किलोग्राम मह उत्पादन गरेका छन् । मह उत्पादनहुने मौसममा प्रतिकिलो १२ सयमा बिक्री गरेका कृषकले बेमौसम (अफसिजन) मा १६ सय रुपैयाँसम्मको मुल्यमा प्रति किलो मह बिक्री गर्दै आएका छन् । जिल्लामा वार्षिक रुपमासबै भन्दा बढि बिरुवा गाउँपालिकामा २ हजार ५ सय घार पाल्ने ८० कृषकले ८ हजार ७५० किलो मह उत्पादन…

Read More

स्याङ्जा, १२ भदौ । स्याङ्जाको भीरकोट नगरपालिकाले शतप्रतिशत योजनाको काम गरेको जनाएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा कार्ययोजना अनुरुपतयार गरिएका २३८ योजनाहरुको काम गरेको हो । वार्षिक कार्ययोजनामा समाबेश भएका योजनाहरु उपभोक्ता समिति र ठेक्का प्रक्रियाबाट शतप्रतिशत काम गरेको छ । कार्ययोजनामा सडक, भवन, सिँचाइ, खानेपानी, पर्यटन पूर्वाधार निर्माण, विस्तार रमर्मत समेतका सानाठूला गरि २३८ योजना थिए । योजना निर्माण गर्न १५ करोड ३८ लाख ९१ हजार विनियोजन भएकोमा ११ करोड २३ लाख ५१ हजार ३३८ रुपैयाँ खर्चेर नगरपालिकाले लक्ष्य अनुसार शतप्रतिशत योजनाको काम गरेको जनाएको छ । नगरपालिकाले गएको वर्ष २३१ योजना उपभोक्ता समिति मार्फत काम गरेको नगरप्रमुख…

Read More

स्याङ्जा १२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज)को व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णनमा उल्लेख छन । रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि…

Read More

स्याङ्जा ११ भदौ । पुतलीबजार नगरपालिका –१३ मा तास खेलिरहेको ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ९ गते सोमबार राति करिब १० बजे विशेष सूचनाको आधारमा सो टोलीले प्रेमराज थापाको घरमा छापा मारेको थियो । प्रहरीले तास सहित ११ हजार २७० रुपैयाँ नगद समेत नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा घरधनी प्रेमराज थापा, हिम प्रसाद सार्की, राजु थापा, सन्देश थापा (जलिन्द्र थापा) र राजु थापा (रोविन थापा) छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप भएको र प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा ११ भदौ । स्याङ्जामा १ सय १० एम्पुल लागूऔषध सहित २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका –९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन गुरुङ रहेका छन् । गल्याङ नगरपालिका –१ राम्दीमा यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लागूऔषध सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । सोमबार दिउँसो बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५४५१ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट डाईजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल र फेनेरागन ३७ एम्पुल सहित जम्मा ११० एम्पुल नियन्त्रित लागू औषध बरामद गरेको प्रहरीले जनाएको…

Read More

स्याङ्जा ११ भदौ । अपहरण तथा शरीर बन्धक कसुर मुद्धाका फरार कसुरदार १२ बर्षपछि पक्राउ परेका छन् । २०७० चैत १८ गते उच्च अदालत पोखराबाट अपहरण तथा शरीर बन्धक कसुर मुद्धामा २ बर्ष ९ महिना ५ दिन कैद र २५ हजार जरिवाना तोकिएपछि फरार ठाकुर विक पोखराबाट पक्राउ परेका हुन । स्याङ्जाबाट खटिएको बिशेष अप्रेसन टोलीले अर्जुनचौपारी गाउँपालिका ५ का ३८ बर्षिय विकलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका विकलाई बुधवार अदालतमा उपस्थित गराइएको पनि प्रहरीले जनाएको छ

Read More

स्याङ्जा ११ भदौ । आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा २२ बर्षिय रामकिसन गुरुङ् पक्राउ परेका छन । पुतलीबजार नगरपालिका २ स्थित चिरुवामा हालेै उदघाटनगरि संचालनमा आएको स्वास्थ्य केन्द्रका ढोका झयालका शिशा तोडफोड गरेको भन्दै प्रहरीले गुरुङ्लाई पक्राउ गरि अनुसन्धान जारी राखेको जनाएको छ । आइतवार राती स्वास्थ्य केन्द्रको झयाल ढोका तोडफोड भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा गुरुङ सोमबार पक्राउ परेका हुन । सोही वडाका गुरुङ्लाई पक्राउगरी आपराधिक उपद्रप गरेको कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ। स्याङ्जा अदालतले १० दिनको म्याद थप गरेको छ ।

Read More

स्याङ्जा ११ भदौ । पुष्प—चन्द्र ट्रष्टले पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ मडकिना स्थित दुर्गा आधारभूत बिद्यालयमा अध्ययनरत ४३ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । ट्रष्टकी संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको दोश्रो पुण्यतिथिका अवसरमा ट्रष्टले सदरमुकामको पहुँचदेखि टाढा रहेका गरीब तथा विपन्न परिवारका बालबालिकालाई उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । उक्त बिद्यालयमा अध्ययनरत १७ दलित, २४ आदिवासी जनजाती मगर र २ जना ब्राह्मण (खस आर्य ) समुुदायका बालबालिका अध्ययनरत छन् । बिद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामाग्री सहयोग कार्यक्रम अन्र्तगत ट्रष्टले बर्ष २०८२ लाई खुशी तथा सिर्जनशील बिद्यार्थी, नानीबाबुको मुहारमा खुसी भन्ने नारा तय गरी गरीब तथा बिपन्न परिवारका बालबालिकालाई पढाईप्रति…

Read More

स्याङ्जा, ११ भदौ । स्याङ्जाका नगरपालिका र गाउँपालिकाहरुले वर्षभरि खर्च गर्ने कुल बजेटको करिब तिन प्रतिशत रकम मात्रै कृषि क्षेत्रको विकासमा छुट्टाउने गरेका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा पालिकाहरुले कृषि क्षेत्रको विकासका लागि २.५४ प्रतिशत मात्रै बजेट छुट्टाएको तथ्याङ्कले देखाउँछ । जिल्लाका पालिकाले विनियोजन गरेको झण्डै तिन प्रतिशतको कुल बजेटमा अतिन्यून अर्थात ४९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । ११ पालिकाको ७ अर्ब १७ करोड ५५ लाख ५८ हजार कुल बजेट छ । कुल बजेटमध्ये कृषि क्षेत्रमा विनियोजित १८ करोड २५ लाख ७९ हजारमा ४९ प्रतिशत अर्थात ८ करोड ९७ लाख ८८ हजार मात्रै खर्च भएको छ ।…

Read More

स्याङ्जा, ११ भदौ । भीरकोट नगरपालिकामा चेम्बर अफ कमर्श गठन गरिएको छ । बयरघारी बजारमा भेला भएका भीरकोटका व्यवसायीहरूले तदर्थ समिति गठन गरेका हुन् । व्यवसायीको भेलाले जब्बरअलि मियाँको अध्यक्षतामा ११ सदस्यीय चेम्बर अफ कमर्श तदर्थ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रामप्रसाद भुसाल, महासचिवमा हरि काफ्ले छन् । यसैगरी, तदर्थ समितिको सचिवमा जुमाल अलि, कोषाध्यक्षमा रेखा बस्यल र सदस्यहरूमा पिता खनाल, भुवन मल्ल, मीन बहादुर केसी, नारायण प्रसाद कोइराला रहेका छन् । बांँकी २ सदस्य पछि थप्नेगरि समिति गठन गरिएको हो ।

Read More

स्याङ्जा ११ भदौ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र भीरकोट नगरपालिका गण्डकी प्रदेशका प्रथम र दोश्रो बन्न सफल भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ पालिका बनेको हो। र, भीरकोट नगरपालिका दोश्रो बनेको छ । मन्त्रालयद्धारा प्रकाशित नतिजामा अर्जुनचौपारी गण्डकी प्रदेशमै उत्कृष्ट पालिका रहेको छ भने स्याङ्जाकैे भीरकोट नगरपालिका दोश्रो बन्न सफल भएको छ। र, गण्डकी प्रदेश अन्र्तगतका नगरपालिकामध्ये भीरकोट प्रथम बनेको छ । आ.व. २०८०÷८१ अनुसार लिजातर्फ अर्जुनचौपारीले ८८ दशमलब ७५ प्रतिशत अंक पाएको छ भने भीरकोट नगरपालिकाले ८८ दशमलब २५ प्रतिशत अंक पाएको छ…

Read More

स्याङ्जा १० भदौ । वालिङ नगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्धेश्यले विद्यालय शिक्षण सबलीकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शिक्षण पद्धति सुधार, सिकाइमा देखिएका चुनौतीहरू, विद्यार्थीको उपलब्धि अभिवृद्धि, र प्रविधिमैत्री शिक्षण प्रणालीका विविध पक्षमा गहिरो छलफल गरिएको थियो । लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत , शिक्षाविद् कविता अर्याल, शिक्षाकर्मी तोयानारायण अर्याल, र मिडासका प्रशिक्षक विश्वराज पंगेनी ले आ–आफ्ना क्षेत्रगत अनुभव र विचार प्रस्तुत गर्दै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति , अभिभावक प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता थियो । विद्यार्थीहरुलाई भौतिक पूर्वाधार , शिक्षण…

Read More

स्याङ्जा, १० भदौ । सिद्धार्थ राजमार्गको सुनौली–पोखराको १८० किलोमिटरबाट घटाएर ११२ किलोमिटरमा झार्ने गरि अध्ययन थालिएको छ । साँघुरो र अप्ठ्यारा घुम्तीहरु रहेको सिद्धार्थ राजमार्गमा अनावश्यक घुम्ती हटाउने र दुरी घटाउने गरि अध्ययन थालिएको हो । सम्भाव्यता अध्ययन अन्तर्गत वातावरणीय तथा सामाजिक अध्ययनका लागि वाटर एसिया इन्टरनेशनल तथा वातावरणीय व्यवस्थापन र विज्ञान स्कूलका विज्ञहरु खटिएका छन् । टोलीले अध्ययनसँगै सिद्धार्थ राजमार्ग आसपासमा पर्ने सबै पालिकाहरुसँग छलफल समेत गर्ने भएको छ । सडक खण्डमा सुरुङ, पुल, बायाडक्ट बनाएर अहिलेको अनावश्यक घुम्ती र दुरीलाई घटाउनेगरि अध्ययन भइरहेको वातावरणीय व्यवस्थापन र सामाजिक विज्ञान विज्ञहरुले जनाएका छन् । पोखरा महानगरपालिकामा छलफल गरेर राजमार्गसँग जोडिएका…

Read More

स्याङ्जा, १० भदौ । नेपाली महिला जनप्रतिनिधिहरुको कामलाई प्रचारप्रसार गर्ने अभियान अन्तर्गत गत वर्षदेखि सञ्चालन गरिएको ‘शी लिड्स आइकन’ को दोस्रो संस्करण हुने भएको छ । जसका लागि स्याङ्जाको भीरकोट नगरपालिकाबाट नगर उपप्रमुख भगवती रेग्मी अर्याल छनोटमा पर्नुभएको छ । कल्प इम्पावर वेमेनद्वारा आयोजित उक्त आइकन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत सञ्चालित छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि मध्येबाट महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्यसम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधिलाई विश्वसामु परिचित गराउने अभियान शी लिड्स आइकन गर्दै आएको कल्प इम्पावर वेमेनले जनाएको छ । जस अन्तर्गत दोस्रो संस्करणको ३१ उत्कृष्ट…

Read More

स्याङ्जा १० भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाउनु भएको थियो । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाउनुभयो ।सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उहाका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको…

Read More