Author: Syangja Sandesh

स्याङजा, १ असार ः अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । स्याङजा, पर्वत र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको गल्या् नगरपालिका ५ का वडा अध्यक्ष बिष्णुबहादुर क्षेत्री बस्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि ३० देखि ३५ घर उच्च जोखिममा परेका छन् । मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा स्याङ्जा, पर्वत र गुल्मी…

Read More

काठमाण्डौं, १ असार । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा हुने स्थानका बारेमा जाननकारी गराएको छ । भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको विभागको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ । उक्त प्रभावका कारण मंगलबार दिउँसो र राति नेपालका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहने छ । त्यसैगरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । भारी वर्षा र धेरै भारी वर्षाका कारण गण्डकी प्रदेश, लुम्बिनी प्रदेश…

Read More

काठमाण्डौं, १ असार । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गर्नुभएको छ । मन्त्रालयले शिक्षा तथा मानव विकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान सुरु गर्न निर्देशन दिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो । सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी…

Read More

काठमाण्डौं, १ असार । राष्ट्रिय क्रिकेट टोली पुरुषको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले सोमबार विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो । हालको जर्सी परिवर्तन गर्ने नेपाली टोलीको माग बढ्दै गएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गर्ने निर्णय गरेका हुन् । जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्न आग्रह गरिएको छ । राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० र एसीसीको नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ । नेपाल क्रिकेट संघले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई रु एक लाख पुरस्कार प्रदान गरिने विज्ञप्तिमार्फत…

Read More

चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।

Read More

पोखरा, १ असार । गण्डकी सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारलक्षित नीति तथा कार्यक्रम ल्याएको छ । शनिबार गठबन्धनको नेतृत्वमा सरकार बनेपछि सोमबार हतारमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । कोभिड १९ संक्रमणबाट बाबु आमा गुमाएका बालबालिकालाई नगद राहत दिने सरकारी घोषणा छ । संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित सबै नागरिकका परिवारलाई नगद उपलब्ध गराउन लागिएको हो । कति रकम दिने भन्ने बजेटमा व्यवस्था हुनेछ । यस्तै, कोभिड महामारी विरुद्ध खटिएका र उत्कृष्ट काम गरेका स्वास्थ्य कर्मीहरुलाई ‘कोरोना फ्रन्टिएर सर्वोत्कृष्ट सेवा पुरस्कार’ दिने घोषणा गरेको छ । दुर्गम क्षेत्रका जटिलतामा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुको उद्धारका…

Read More

काठमाण्डौं, १ असार । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो । थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग पुनरावलोकन (भ्याकेट) को निवेदन दर्ता गरिएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका बेला भएको मतदानमा थापा तटस्थ बसेका थिए । पार्टीले मुख्यमन्त्रीको…

Read More

पोखरा ३१ जेठ । पोखराको मणिपाल अस्पतालले धरौटी बुझाउन नसकेपछि उपचार नगरी निकालेका २१ दिने कोरोना संक्रमित शिशुले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनालाई परास्त गरेका छन् । अस्पतालले मागेको ९० हजार धरौटी र उपचार शुल्क अभिभावकले बुझाउन नसक्दा मणिपालले जेठ १३ गते निकालेका संक्रमित शिशुको सोही दिनदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बाल रोग विभाग प्रमुख एवम् वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाको टिमले प्रत्यक्ष निगरानीमा उपचार गरिरहेको थियो । गम्भीर अवस्थामा अस्पतालमा ल्याइएका बालकको कोभिड १९ एनसियु आइसोलेसनमा राखेर १८ दिनसम्म उपचार गराइएकोमा दुई दिन अघि कोरोनाको रिपोर्ट नेगेटिभ आएको डा. बास्तोलाले जानकारी दिनुभयो । शिशुले…

Read More

लन्डन, ३१ जेठ । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको “सम्पन्न सात” ९जी–७० को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् । बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ । बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए । प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए ।म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागु भएको छ ।…

Read More

भक्तपुर, ३१ जेठ । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने…

Read More

स्याङ्जा, ३१ जेठ । स्याङ्जामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असार ७ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै निपेधाज्ञा पुन असार ७ सम्मको लागि थप गरिएको जानकारी दिनुभयो । पहिलोपटक बैशाख २१ गतेदेखि सुरु निषेधाज्ञा असार ७ गतेसम्म पुरयाइएको हो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारीे गर्ने निर्णय गरेको प्रजिअ नेपालले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर ७ दिने निषेधाज्ञा जारी भएको हो । जिल्लामा निषेधाज्ञाका…

Read More

स्याङजा, ३० जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा सडकखण्डको भालुपहाडमा खसेको पहिरो हटाएपछि यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ। बिहानदेखि अवरुद्ध सडक मध्यान्हदेखी संचालनमा आएको छ।फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट खसेको ढुगांसहितको ठूलो पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाले भन्नुभयोे ‘एकतर्फी खुले पनि माथिबाट ढुंगा, माटो खस्ने क्रम भने कायमै छ।’करिब ८÷९ महिनादेखिको पहाड कटान र केही दिनदेखिका लगातार बर्षाका कारण पहिरो खसेको हो। राजमार्ग विस्तारका नाममा पहाडमा जथाभावी डोजर चलाएका कारण पहिरो गएको हो।पोखराबाट सडक विभागको डोजर ल्याएर पहिरो पन्छाएपछि सडक खुलाइएको प्रहरीले जनाएको छ। पहिरो खसेर…

Read More

स्याङजा, ३० जेठ ।सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डको भालुपहाडका ढुंगा, गिटी, बालुवा सहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।करिब ८÷९ महिनादेखिको पहाड कटान र केही दिनदेखिका लगातार बर्षाका कारण पहाड खसेको हो । प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार आइतवार विहान २ बजेतिर पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।फेदिखोला गाउँपालिका २ स्थित भालुपहाड कडा चट्टानी पहाड हो। निरन्तर डोजरको अतिक्रमणबाट यसले आउदा दिनमा झनै जोखिम निम्त्याउने देखिन्छ। राजमार्ग विस्तारका नाममा ढुंगााको ब्यापारको उदेश्य सहित जथाभावी डोजर चलाएको भन्दै जिल्लामा चर्को आवाज उठे पनि यसतर्फ सरोकारवालाले ध्यान दिएका छैनन्।पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट ढुगांसहितको…

Read More

पोखरा, २९ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित चार जना मन्त्रीलाई सपथ गराउनुभएको छ । प्रदेश प्रमुख पौडेलले आफ्नै निवासमा शनिबार साँझ मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सपथ गराउनुभएको हो । संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । मन्त्रीका रुपमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले सपथ लिएका छन्। चारै जना मन्त्री बिनाा विभागीय छन्। मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।

Read More

पोखरा, २९ जेठ । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली काँग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । ष्mबनभकतनहुँमा जन्मे पनि उहाको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उहा निष्ठा र त्यागको पर्याय हुन् । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव ९२०७४० मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ ९क० बाट होमिनुभयो । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित…

Read More