Author: Syangja Sandesh

सुदूरपश्चिम प्रदेश सभा गठन भएको तीन वर्ष पूरा, ४२ वटा विधेयक पारित गरेको छ । सुदूरपश्चिम प्रदेश सभा गठन भएको तीन वर्ष पूरा भएको छ। २०७४ माघ ७ गते सभा गठन भएको थियो। यस प्रदेश सभामा ५३ जना सदस्य छन्। जसमध्ये ३९ जना नेपाल कम्युनिष्ट पार्टीका, १२ जना नेपाली कांग्रेसका र २ जना जनता समाजवादी पार्टीका छन्। प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित सांसद छन्। अरू २१ जना समानुपातिक सांसद छन्। प्रदेश सभाको हालसम्म सम्पन्न भएका बैठकबाट ४२ वटा विधेयक पारित भएका छन्। यस्तै, ४२ विधेयक प्रमाणीकरण भएका छन्। दुई वटा विधेयक प्रकृयामा छन्। प्रदेश सभाका तीन वर्षे उपलब्धी प्रदेश…

Read More

नेपालको ७ नं. प्रदेश अन्तरगत पर्ने सेती अञ्चलको पूर्वी जिल्ला कैलालीको पनि पूर्वी भागमा कर्णाली नदीको तटमा अवस्थित टीकापुर, २०५३ साल माघ १७ गते पहिलो पटक घोषणा भई हाल २०७३ फागुन २७ गते को मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टिकापुर नगरपालिका,नारायणपुर र धन्सिहंपुर गा.वि.स. मिलि टिकापुर नगरपालिका बनेको हो । यो नगरपालिका महेन्द्र राजमार्गमा पर्ने लम्की वजार देखि १४ कि.मी दीक्षण पट्टि भारतको सिमाना देखि १४ किलोमिटर अवस्थित छ ।टिकापुर सिमानापूर्वमा कर्णाली नदि र बर्दिया जिल्ला,पश्चिममा भजनी नगरपालिका ,उत्तरमा जानकी गाउँपालिका र दक्षिणमा मोहना नदि,भारत सिमाना पर्छ ।प्रदेश सभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो। शासन प्रणालीमा नीति निर्धारण…

Read More

सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटमा निवेदनमा दोस्रोपटक अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धका अन्य निवेदन दर्ता भए–नभएको हेरी सबैलाई एकै साथ राखि छलफल गर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार चुंडालको संयुक्त इजलासले अधिवक्ता पुण्यप्रसाद खतिवडाको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस पटक पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।जेठ ५ गते न्यायाधीश मिरा खड्काको एकल इजलासले मुद्दाको दुवै पक्षसँग छलफल गर्नुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अधिवक्ता खतिवडाले रिट निवेदनमा अध्यादेश कार्यान्वय नगराउन अन्तरिम आदेश माग गरेकोमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको…

Read More

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ। सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुनुभएको हो । पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनुभयो भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनुभएको थियो । निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ । राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन…

Read More

गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८र७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले अघि सारेका विकास, सुशासन र समृद्धिको मार्गमा देखापरेका असरलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित हुने बताउनुभयो । कोरोनाको दोस्रो लहरबाट हुने क्षति र असरलाई कम गर्न रोकथाम, नियन्त्रण र औषधोपचार तथा सबै नागरिकलाई खोप उपलब्ध गराउने व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वय र सम्बन्धलाई थप…

Read More

इतिहासलाई हेर्ने हो भने तुलनात्मक रुपमा कर्णाली एक शक्तिशाली र समृद्ध राज्य थियो । बार्हौ शताब्दीमा नागराजले पाल राज्य जितेपछि आफ्नो राजधानीको नाम शिंजा राखेका थिए । खस राजधानी शिंजा नेपाली भाषा संस्कृतिको उद्गमस्थलको रुपमा चिनिन्छ । यो राज्य ज्ञघ औं शताब्दीमा पूर्व गोर्खा, पश्चिम काश्मिरको लद्धाख, उत्तर भोटको गुगे र दक्षिणमा लखनउको गोमती नदीसम्म पुगेको थियो । कर्णाली नदी आसपास हुँदै चीनको गुगे, बराङ्गबाट हुम्ला, जुम्ला, दुल्लु, सुर्खेत हुँदै दक्षिणमा भारतसम्म आवतजावत हुने व्यापारिक रेशम मार्गले अर्थ वाणिज्य क्षेत्रमा ख्याती प्राप्त गरी समृद्धि हाँसिल गरेको थियो । बि।सं। ज्ञडद्धट मा जुम्ला राज्य नेपाल एकीकरणमा गाभिएपछि केन्द्रीय सत्ताबाट ओझेलमा पर्न…

Read More

लुम्बिनी प्रदेश नेपालको संविधान २०७२ ले विक्रम सम्वत २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो।ृ१े यो प्रदेश नेपालको चौथो सबैभन्दा बढी जनसंख्या भएको प्रदेश र क्षेत्रफल अनुसार तेस्रो ठूलो प्रदेश हो। लुम्बिनीको उत्तरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश, पश्चिममा सुदुरपश्चिम प्रदेश, दक्षिणमा भारतको उत्तर प्रदेश र बिहार रहेको छ। लुम्बिनी दुई नेपाली प्रदेश मध्ये एक हो जससँग भारतसँग मात्र अन्तर्राष्ट्रिय सीमा छ। लुम्बिनीको राजधानी देउखुरी, यस प्रदेशको भौगोलिक केन्द्रको नजिक छ। यस प्रदेशका ठूला शहरहरु रुपन्देही जिल्लाको बुटवल र सिद्धार्थनगर, बाँके जिल्लाको नेपालगञ्ज, पाल्पा जिल्लाको तानसेन र दाङ जिल्लाको घोराही र तुलसीपुर हो।भूगोलयस प्रदेशको…

Read More

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतवार जेठ १६ बाट सुरु भएको छ । जेठ ११ मा मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बर्खे अधिवेशन बोलाउनुभएको थियो । अधिवेशनको पहिलो दिन आइतवार प्रदेश सभाका संसदीय दलका नेताहरुले बोल्ने छन् । दलका नेताहरु बोलेपछि सोमबार प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ । प्रदेश सभाको यस अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुपर्ने छ । वैशाखमा २९ दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनु भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक प्रावधान अनुसार यस अधिवेशनमा विश्वास माग्नेछन् । मुख्यमन्त्री गुरुङले विश्वास नपाए प्रदेश मध्यावधिमा धकेलिने सम्भावना छ । ३ सांसद…

Read More

स्याङजामा अक्सिजन प्लान्ट बनाईने भएको छ। संक्रमितसंगै मृत्युदर पनि बढ्दै गएपछि भीरकोट नगरपालिका हेलु स्थित कालिका अस्पतालमा प्लान्ट निर्माण हुनेभएको हो।अक्सिजन पलान्ट निर्माणको गठित ३ सदस्यीय समितिले प्लान्ट राखिने स्थल, अनुमानित खर्च २ करोड लगायतका बिषयमा अध्ययन सकेपछि मंगलबार बसेको भर्चुअल बैठकले अव प्लान्ट निर्माणका तयारीमा तत्काल जुट्ने सहितका निर्णय भएको हो ।प्लान्ट निर्माणका लागि प्रत्येक गाउँपालिकाले १०÷१० लाख र प्रत्येक नगरपालिकाले १५÷१५ लाख खर्च ब्यहोर्नु पर्ने भएको छ। तर, सम्बन्धित भीरकोट नगरपालिकाले भने अन्य पालिकाको भन्दा दोब्बर रकम ३० लाख उपलब्ध गराउनेगरी सहमति जुटेको समितिका सदस्य घनश्याम सुवेदीले जानकारी दि ।‘आकस्मिक खर्च गर्नुपर्ने वाध्यात्मक अवस्था आएकाले संघीय समानीकरण अनुदान…

Read More

आर्थिक वर्षका २०७८÷७९ का लागि स्याङ्जालाई ४ अर्व ३४ करोड ७६ लाख बजेट परेको छ।सरकारद्धारा शनिवार सार्वजनिक बजेट अनुरुप यहाँका ११ वटै पालिकामागरी ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको हो।जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ वटा गाउँपालिकाका लागि १ अर्ब ८३ करोड ५५ लाख विनियोजन भएको छ।नगरपालिकामा सबैभन्दा बढी पुतलीबजारलार्ई ५८ करोड ६४ लाख छ भने सबैभन्दा कम भीरकोट ३८ करोड ५१ लाख छ। यसैगरी, वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख, गल्याङलाई ५३ करोड ७९ लाख, चापाकोटलाई ४२ करोड ६० लाख र विनियोजन गरिएको हो।गाउँपालिकामा सबैभन्दा धेरै कालीगण्डकीलाई ३५ करोड ६५ लाख…

Read More

भौगोलिक परिचयनेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयो । यसै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो । नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका धौलागिरी अञ्‍चलका ४ जिल्ला, गण्डकी अञ्‍चलका ६ जिल्ला र लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू(भाग समेटी कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम भयो । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको ९उष्ण मनसुनी देखि टुन्ड्रा० हावापानी विद्यमान रहेको छ । अवस्थितिभौगोलिक अवस्थितिलाई हेर्दा…

Read More

नेपालको संविधानको धारा १७५ अनुसार प्रदेश नं। तीनको प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभामा सम्वन्धित प्रदेशवाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ६६ जना र सो ६६ जनालाई ६० प्रतिशत मानी वाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने ४४ जना गरी कूल ११० जना सदस्यहरु हुने व्यवस्था छ । नेपाल सरकारले प्रदेश नं। ३ को अस्थायी राजधानी हेटौंडा तोकेकोले सभाको सचिवालय हाल हेटौंडामा अवस्थित छ । २०७४ साल मंसिर १० र २१ गते भएको प्रदेश सभाको निर्वाचनवाट निर्वाचित प्रदेश सभाका सदस्यहरुको सपथग्रहण २०७४ माघ…

Read More

नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरि संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ । केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि सो को अधिकार, कर्त्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख भएको छ । प्रदेश प्रमुखको नियुक्ति पश्चात प्रदेश सरकारको प्रमुख कार्यकारी निकायको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने कानूनी व्यवस्था रहेको हुँदा प्रदेश नं. २ मा पहिलोपल्ट वि.स. २०७४ फाल्गुन ३ गते मुख्यम्नत्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ सदस्यीय मन्त्रिपरिषद गठन भै कार्य प्रारम्भ…

Read More

नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो । निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ। वि।सं। २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५।६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको…

Read More