Author: Syangja Sandesh

कृष्ण सारु मगरहेटौंडा, १५ साउन । नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो। सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो। यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो। यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो। एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ। चौडाइ २।५ मिटर र उचाइ तीन मिटर छ। पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय…

Read More

काठमाडौं १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिइने घोषणा गर्नुभएको छ । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएपछि बिहीवार ह्वाइट हाउसबाट बाइडनले उक्त आह्वान गरेकाे बीबीसीले जनाएकाे छ । उहाले उक्त रकम दिनका लागि राज्यहरुलाई आह्वान गर्नुभएको छ । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने समाचारमा जनाइएकाे छ । बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गर्नुभएको छ । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपी काेराेनाकाे खाेप नलगाएका कर्मचारी पनि जागिरबाट भने निष्काशित…

Read More

काठमाडौं, साउन । सरकारले लोकगायक प्रकाश सपुत र लोकगायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोक गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद् सम्बन्धि जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्तगरिएको जानकारी गराएको हो । गीत संगीतको माध्यमबाट समूदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्न उहाँहरुलाई सो सम्बन्धि सदभावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरा लगायतका ४८ जिल्ला बाढी, पहिरोबाट…

Read More

काठमाण्डौं १५ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिनु भएको छ ।महिलातर्फको सय मिटर दौडमा आज बिहान भएको प्रतिस्पर्धामा सरस्वतीले १२ दशमलव ९१ सेकेडमा रेस पूरा गर्नुभएको थियो । प्रतिस्पर्धामा उहाले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन समेत गर्न सक्नुभएन । सरस्वतीको उत्कृष्ट समय १२ दशमलव ५५ सेकेण्डको थियो । यो विधामा नेपालको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा १२ दशमलव २० सेकेन्डको रहेको छ । टोकियो ओलम्पिकको महिला सय मिटर दौडमा सरस्वती दोस्रो हिटका ९ खेलाडीमध्ये आठौं स्थानमा रहनु भएको छ ।

Read More

स्याङ्जा १५– साउन । आज साउनको १५ गते । मध्य साउनको दिनलाई खीर खाने दिनको रुपमा मानिन्छ। नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ छ। नेपाल कृषिप्रधान देश भएको र धान रोपेर काम सकेपछि खुसीयाली मनाउदै खीर खाने परम्परा हो। दूधमा चामल, घीउ, बिभिन्न प्रकारका मसला राखेर पकाएर तयार पारिने खाद्य परिकार हो। यसको नेपाली समाजमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरु धेरैले साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउछन्। राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । खीरको महत्वसाउन महिना शिवपुजन महिना भएकाले शिवको पूजा गरेर…

Read More

काठमाण्डाै  १४  साउन । अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । अलास्काको सबैभन्दा ठूलो कोडियक नगरका मेयर प्याट ब्रानससले अहिलेको भूकम्प सन् १९६४ यताकै शक्तिशाली भएको सीएनएनलाई बताउनुभएको छ । मियामीको वायुमण्डल विज्ञान विभागका विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी ब्रायन म्याकोल्डिले उत्तर अमेरिकामा ८ दशमलव ७ रेक्टर स्केलको भूकम्पपछि आजको भूकम्प सबैभन्दा ठूलो भएको बताउनुभएको छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् ।

Read More

तेस्रो लहरको जोखिमकाठमाडौं, १४ साउन  । दिनेश गौतम। काठमाडौं, प्रेमनारायण आचार्य। अर्घाखाँची, केशरराज क्षेत्री। प्यूठान, गंगा खड्का। गुल्मी, कृष्ण पोखरेल। पाल्पा, मनिका झा। जनकपुरधाम, शिवराज भट्ट। धनगढी, धनबहादुर भण्डारी। डडेलधुरा, गीता कुँवर। अछाम, सुब्रत न्यौपाने। झापा, हिमाल दाहाल। इटहरी, जितेन्द्रनारायण ठाकुर। विराटनगर स् निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४।२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०।७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ। सरकारले यससँगै १७…

Read More

स्याङजा, १३ साउन । जिल्ला अदालत स्याङ्जाले यसबर्ष करिब ६० प्रतिशत मुद्धा फस्र्यौट गरेको जनाएको छ ।अदालतद्धारा आयोजित पत्रकार सम्मेलनमा अदालतबाट भए गरेका काम, कारवाही र सेवाका बारेमा जानकारी गराउदै जिल्ला न्यायधीश बसन्तराज पौडेलले सो जानकारी गराउनु भएको हो ।आर्थिक बर्ष २०७७÷०७८ मा भएका करिब ६० प्रतिशत मुद्धा फस्र्योट भएको छ । अघिल्लो बर्ष लगतसरी आएको ३ सय ८० सहित गतबर्ष ९४७ मुद्धा मध्ये ५६१ वटा फस्र्यौट भएको छ । ती मध्ये ३८६ वटा बाँकी छन् ।अघिल्लो बर्षको तुलनामा यसबर्ष ५ प्रतिशत बढी मुद्धा फस्र्यौट भएका छन । अघिल्लो बर्ष ८ सय ५५ वटा मुद्धा मध्ये ४ सय ७५ फस्र्योटभई…

Read More

काठमाडौं १३ साउन । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडीबाज गौरिका सिंहले औसत प्रदर्शन गर्नुभएको छ । टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको १ सय मिटर फ्रिस्टाइलमा सिंहले निर्धारित दूरी १ मिनेट ११ मिलिसेकेन्डमा पूरा गर्नुभएको हो । ४ खेलाडी सम्मिलित हिटमा तेस्रो हुनुभएको छ । योसंगै सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राख्नुभएको थियो ।

Read More

स्याङ्जा, १३ साउन । निषेधाज्ञाका समयमा भौतिकरुपमा पठनपाठन गराउने स्याङजाका ८ बिद्यालयका प्रधानाध्यापकलाई प्रहरीले सम्झाई पठाएको छ।पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिकाका ७ वटा सामुदायिक र एउटा संस्थागत बिद्यालयका प्रधानाध्यापकलाई प्रहरी कार्यालयमै उपस्थित गराई पुनः यस्ता कार्य नदोहो¥याउन सुझाव दिदै सचेत गराएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।कार्यालयका प्रवक्ता समेत रहेका अधिकारीले भने ‘प्रशासनको आदेश बेगर विद्यालय संचालन नगर्ने शर्तमा घर पठाएका छौं।’निषेधाज्ञा अवधीमा भौतिक रुपमा विद्यालय संचालनगरी पठनपाठन गरेको भन्ने खबरका आधारमा प्रहरीले उनीहरुलाई कार्यालयमा बोलाएर कोरोना भाइरस संक्रमणलाई सामान्य अवस्थामा नलिनका लागि सुझाव दिएको हो।कोरोना संक्रमण नियन्त्रण गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभर लागुहुनेगरी निषेधाज्ञा गरेको छ।…

Read More

स्याङ्जा, १३ साउन । फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ । खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिएको जानकारी दिनुभयो । प्रविधिको प्रयोग गरेर खानेपानीको उपभोग गर्दा बढी खर्चिलो हुने जनाइएको छ । उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर गाउँपालिकाले उपभोक्ता समिति मार्फत अनुदान दिने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । सातवटा उपभोक्ता समितिलाई रु तीन लाख उपलब्ध गराइएको गाउँपालिकाले जनाएको…

Read More

एजेन्सी १३ साउन । साउदी अरबले ‘रेड लिस्ट’ बाट नेपाललाई हटाएको छ । कोरोना संक्रमणको जोखिमलाई लिएर साउदीले जारी गरेको नयाँ ‘रेड लिस्ट’मा भारत लगायत १६ देश छन् । रेड लिस्टमा परेका देशको भ्रमण गर्नेलाई साउदी सरकारले तीन वर्षको यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसअघि नेपाल पनि ‘रेड लिस्ट’ मा थियो। नयाँ ‘रेड लिस्ट’ मा भारत, युएई, लिविया, सिरिया, लेबनान, यमन, इरान, टर्की, आर्मेनिया, इथोपिया, सोमालिया, कंगो, अफगानिस्तान, भेनेजुयला, बेलारुस र भियतनाम छन् ।

Read More

स्याङजा, १३ साउन । वालिङ नगरपालिकाले यहाँ कार्यरत शिक्षक तथा विद्यार्थीलाई निशुल्क सीमकार्ड उपलब्ध गराएको छ ।नगरपालिका अन्र्तगत सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीगरी ७ हजार ५ सय जनालाई एक महिने ईन्टरनेट प्याकेज सहितको सीमकार्ड उपलब्ध गराएको हो। उनीहरुलाई नेपाल टेलिकम तथा एनसेलका सीमकार्ड दिइएको छ ।छपन्न वटा आधारभूत र १६ माध्यमिकगरी ७२ वटा बिद्यालय रहेको वालिङका ५ हजार नेपाल टेलिकमका र २ हजार ५ सय वटा एनसेलका सीमकार्ड बितरण गरीएको हो ।बढ्दो कोभिड संक्रमणका कारण घरमै बसेर पठनपाठन गर्नु गराउनु परेकाले शिक्षक तथा बिद्यार्थीलाई सीम सहितको इन्टरनेट आवश्यकता महसुसगरी उपलब्ध गराइएको पालिकाले जनाएको छ।संक्रमणका कारण विद्यालयमा भौतिकउपस्थितीमा अध्ययन अध्यापन गर्न…

Read More

काठमाण्डौं १२ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा नेपाली पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।  टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकालेर एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहनु भयो ।   ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहनु भएको थियो ।

Read More

काठमाण्डौं १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ। सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका शेरचनलाई लुम्बिनी प्रमुखमा लगिएको हो । संविधानको धारा १६३ को उपधारा ४ बमोजिम प्रदेश प्रमुखमा एकै जना व्यक्ति दोहोरिन नपाउने भएपछि शेरचनलाई लुम्बिनी प्रमुखमा लगिएको हो ।

Read More