Author: Syangja Sandesh

पोखरा २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको प्रस्ताव प्राप्त गर्न नसकेपछि गुरुङ सरकार ढलेको छ । आज प्रदेश सभामा भएको विश्वासको प्रस्तावमाथि मतदान हुदा गुरुङको पक्षमा २७ मत पर्दा विपक्षमा भने ३० मत प¥यो । दीपक मनाङे अनुपस्थित हुँदा जनमोर्चाबाट कारवाहीमा परेका कृष्ण थापा भने तटस्थ रहनुभएको थियोे । सभामुखले बराबर भएमा मात्र मतदान गर्न पाउने प्रावधान छ । प्रदेश सभामा सभामुख सहित ६० सदस्य छन् । गुरुङ पछिल्लोपटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले उहाले आजका लागि समय माग्नुभएको…

Read More

काठमाण्डाै, २७ जेठ । मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शीतल निवासमा सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका हुन् । सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात जना मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । यसअघिको मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहे पनि प्रधानमन्त्रीले फेरि आज सात जना मन्त्री र एक जना राज्यमन्त्री थप गर्नुभएको हो । गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुनुभएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा…

Read More

स्याङजा, २७ जेठ । कोरोना भाइरस संक्रमण बढीरहेको बेला खुमा फाउण्डेशनले झण्डै २ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गण्डकी मेडिकल कलेजका संचालक एवं डा. लुना अर्यालले पुतलीबजार नगरपालिका वडा नं. १० स्थित राङखोला युवा क्लवलाई ती सामाग्री प्रदान गर्नुभएको हो । क्लवका अध्यक्ष कृष्ण थापालाई डा. अर्यालले सेनीटाइजर, मास्क, पिपिई, एक्सिमीटर लगायतका स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो । सामाग्री हस्तान्तरण गर्दे उहाले कोरोनाको संक्रमण बढीरहेकाले सबैजना सजगरही स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने बताउनुभयो । सरुवा रोग भएकाले आफु सुरक्षित र अरुलाई पनि सुरक्षित राख्नु हामी सबैको जिम्मेवारी रहनेमा जोड दिनुभयो । कार्यक्रममा वडाअध्यक्ष दुर्गबहादुर…

Read More

स्याङजा, २७ जेठ । स्कुल अफ डेमोक्रेसी स्याङजाले बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएकोछ । स्याङजाका प्रमुृख जिल्ला अधिकारी दिपकराज नेपाल मार्फत प्रधानमन्त्री ओलाीलाई ५ बुदें ध्यानाकर्षण सहितको पत्र हस्तान्तरण गरेको हो । कोभिड १९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत कार्यजोजना सहित अघि बढ्न सुझाव दिइएको छ । पत्रमा पहिलो चरणको खोप लगाएकालाई अविलम्ब दोश्रो चरणको खोपको ब्यवस्था गर्न, स्याङजा जिल्ला अस्पतालको स्टोरकक्षमा थन्किएका ४ वटा भेन्टिलेटरको उपयोग गर्न, पिसिआर परिक्षण रिपोर्ट आउन हप्ता दिनसम्म पनि लम्बिने कार्यलाई छोट्याई आम नागरिककका पिसिआर परीक्षणको दायरा बढाउन, आइसोलेसनका रहेका संक्रमितका मनोवल उच्च बनाउनेगरी मनोबैज्ञानिक परामर्श दिन र उनीहरुको समस्याका…

Read More

काठमाण्डौं, २६ जेठ । कोरोनाभाइरस महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बन्नु भएका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार हुनु भएको छैन ।मंगोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन् । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ । राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा हुनुहुन्छ । यस दलको संसदमा बलियो बहुमत रहेको छ । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका…

Read More

भीरकोट नगरपालिकाका केही युवाहरुले ‘विपदमा हामी’ अभियान संचालन गरेका छन्। उनीहरुको स्वयंसेवी अभियानबाट कोरोना संक्रमित, क्यान्सर रोगी, दम, मुटु, सुत्केरी ब्यथा र अन्य बिरामीलाई राहत पुगेको छ।ग ३ च ७४२ नम्बरको रातो प्लेटको हाईलक्स (पीकअप) भ्यान। भ्यानको पछिल्लो भागमा अक्सिजनको सिलिण्डर। भ्यान भित्र एकजना स्वास्थ्यकर्मी, एक÷दुई जना अन्य स्वयंसेवी साथीसंगै भीरकोट नगरपालिका ५ का वडाअध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण)। आफैं चालक पनि।दिनरात उहा हिडीरहनु भएको छ । जब जिल्लामा निषेधाज्ञा सुरु भयो त्यसबेलादेखि उहाको कर्म सुरु भएको हो। बिगत एक महिनादेखि पटक पटक थपगर्दै जिल्लामा निषेधाज्ञा जारी छ। पछिल्लो सिटमा बिरामी। कोरोना संक्रमित हुन् वा अन्य। गाँउमा कतै कोही बिरामी भएको…

Read More

पोखरा. २५ जेठ । पोखरा । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिनु हुन् भएको छ । यसका लागि संसद सचिवालयमा मंगलबार प्रस्ताव दर्ता भएको छ । वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभा सचिव हरिराज पोखरेलले बिहान ११ बजेर ५५ मिनेटमा प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान छ ।

Read More

काठमाडौँ, २५ जेठ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सोसम्बन्धी लिखित जवाफ माग गरेको हो ।इजलासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार ८ गते बोलाउने आदेशसमेत गरेको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित छ जनाले उक्त विषयमा रिट निवेदन दायर गर्नुभएको थियो ।

Read More

काठमाण्डौ. २५ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन…

Read More

स्याङ्जा, जेठ २५ । स्याङ्जामा आउँदो जेठ ३१ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । जेठ २५ गते मध्यरातसम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ मसान्तसम्म पुर्याईएकोे हा े।सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि एटीएम बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । थप निषेधाज्ञालाई कडाईका साथ लागु गरिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको छ। अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनको आग्रह छ ।स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो ।…

Read More

मदन कडेल, कृषि विद्यार्थी  पक्लिहवा क्याम्पस,भैरहवा १९५०को दशकमा विश्वमा लागेको भोकमरीको समस्या समाधान गर्ने उद्देश्यले धेरै उत्पादन दिने धान र गहुँको खोज, कीटनाशक विषादीको प्रयोग, अत्याधुनिक बाली व्यवस्थापन प्रविधिहरु जस्ता कृत्रिम नविनतम प्रविधिहरुको अवलम्बन गर्दै जब हरित क्रान्ति अर्थात(Green revolution)  कोसुरुवात भयो तब धेरै हदसम्म त भोकमरीको समस्या दुरभयो तर प्रकृतिमा भने सो क्रान्तिले ठूलो दाग बसाल्यो। हरित क्रान्तिमा कीटनाशक विषादीको चरम प्रयोगले गर्दा किरा विशेषज्ञहरुले किराहरुमा बिषादी प्रतिको प्रतिरोध शक्तिको विकास भएको पत्ता लगाएपछि, विषादीको भावीप्रयोगले कृषिमा भयानकस मस्या निम्त्याउने ठानेर, प्रकृतिमा यथास्थितिमा रहेको किराले किरालाइ खाने खाद्यश्रृंखलालाइ प्रयोग गरेर अर्गानिक पद्धतिमा कीराहरुको नियन्त्रण गर्ने उच्चतम जैविक नियन्त्रण विधीलाई अवलम्बनगर्दै…

Read More

स्यांजा, २५ जेठ ।नेपाली काँग्रेस अर्जुनचौपारी वडा नं ४ रापाकोटले सोही वडाभित्रका ७५ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।वडा कार्य समितीको समन्वयमा इच्छुक सहयोगीदातासंग आर्थिक संकलन गरी ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै परिवार पाल्दै आएका परिवारलाई १ सय ५० बोरा चामल सहित नून उपलब्ध गराएको वडा समितीले जनाएको छ ।बढ्दो कोरोना संक्रमणको जोखिमका कारण झण्डै एक महिनाजति लामो निषेधाज्ञाका कारण यि परिवारलाई खाद्यान्न अभाव भएकोले समस्यामा परेका बर्गलाई केही राहत उपलब्ध गराइएको वडा अध्यक्ष बेलप्रसाद गुरुङले जानकारी दिनुभयो ।सिमित ब्यक्तिका उपस्थितीमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सामाग्री खाद्यान्न उपलब्ध गराइएको छ ।राहत वितरण गर्दै वडाअध्यक्ष बेलप्रसाद गुरुङ, नेपाल महिला…

Read More

स्या्जा, २५ जेठ । भीरकोट नगर अस्पतालले सोमबारदेखि अक्सिजन सहितको सेवा सोमबारदेखि सुचारु गरेको छ।राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट स्याङजाको भीरकोटमा मिनी अक्सिजन प्लान्ट निर्माण गरेपछि सेवा सुचारु भएको हो।अक्सिजन सेवा सूचारु गर्दै गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले आफना नागरिकका स्वास्थ्यप्रतिको भीरकोट नगरपालिकाको काम उदाहरणीय भएको बताउनुभयो । प्लान्ट निर्माणपछि अक्सिजनको अभावमा अव कसैले ज्यान गुमाउनु पर्दैन भन्ने सन्देश भीरकोट र आविश्कार केन्द्रले दिएको बताउदै अस्पताल विकासका लागि सदैव सहयोग गर्नेमा जोड दिनुभयो।कोभिडका बिरामीलाई अक्सिजन सहितको उपचार अत्यावश्यक भएकाले अस्पतालमै अक्सिजन प्लान्ट राखिएको नगर प्रमुख छाँयाराम खनालले बताउनुभयो ।‘हामीसंग अक्सिजन नभएकाले यसअघि यहाँका धेरै संक्रमित वालिङमा पठायौं, अधिकांश बिरामी निको…

Read More

काठमाडौं, २५ जेठ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गएराति कुवेतको अल अहमद अन्र्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जोर्डनलाई जिताउने क्रममा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गर्नुभयो। खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो ।नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । खेलको ४९ औं मिनेटमा बाहा फाइजलले फ्रिकिक मार्फत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाउन सफल हुनुभयो ।…

Read More

धनगढी, २५ जेठ ।: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री भट्टले मंगलबार भएको मतदानमा बहुमत सांसद्को समर्थन पाउनु भएको हो । मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत परेको थियो। यस्तै विपक्षमा ९ मत परेको थियो। १२ जनाले भने मतदानमा सहभागी जनाएनन्। मुख्यमन्त्री भट्टलाई माओवादी र एमाले माधवकुमार नेपाल पक्षले विश्वासको मत दिएका हुन्। प्रतिपक्षी नेपाली कांग्रेसले भने मत हालेन। तर, कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्था आएमा उनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्ना पक्षका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्देशन दिनुभएको थियो । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका…

Read More