काठमाडौँ २२ साउन । कोरोना संक्रमण बढ्ने क्रममा छँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०लाई सिफारिस गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढ्ने क्रममा छ । सोही अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन भन्दै शुक्रबार शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०लाई सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रालयले अहिले चालु तथा निकट भविष्यमा सञ्चालन गरिने भनिएका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो। परीक्षा भन्दा पनि लाखौँ विद्यार्थीको जीवन रक्षाका लागि आफूहरु संवेदनशील रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा यसबारे लेखेर…
Author: Syangja Sandesh
स्याङजा २२ साउन । स्याङजा कारागारमा रहेका एक कैदी राम थापा (नाम परिवर्तन) को पेशी बुधवारका दिन थियो।नियमतः उनी सो दिन अदालतमा उपस्थित हुनुपथ्र्यो। तर, उहालाई अदालतसम्म जानु परेन। उहाले कारागार शाखाबाटै आफनो उपस्थिती जनाए। कारागार शाखामा भएको इन्टरनेटको प्रबिधि उपयोग गर्दे उहाले आफनो पेशी धान्नुभयोे।उहा जस्तै कारागार शाखामा रहेका धेरैजना कैदीवन्दीको पेशीका दिनचर्या यसरी नै बित्ने गरेका छन्।अदालत र कारागार शाखाको दुरी करिब सय मीटर पनि पुग्दैन। तर, संक्रमणका कारण उपसिथती सहज नभएको कारागार शाखा प्रमुख चुडामणी भण्डारी भन्नुहुन्छ्। अदालतको प्रबिधिमैत्री कार्यप्रति उहा पनि खुशी हुनुहुन्छ ।‘क्षमता भन्दा तेब्बरको संख्यामा रहेका कैदीवन्दी एकजनामा पनि संक्रमणले छोयो भने सबैजना संक्रमित…
काठमाडौं २२, साउन । शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । काँग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरु निर्धारण गरिएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकारका साझा कार्यक्रमको प्रतिवेदन शीर्षनेताहरुलाई बुझाएको छ। कार्यदलले शुक्रबार बालुवाटारमा गठबन्धन दलका शीर्ष नेतालाई सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाएको हो। अब नेताहरुले अध्ययन गरेर छिट्टै सार्वजनिक गर्ने बताएका छन्। काँग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले दुईसाता लगाएर तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शुक्रबार बालुवाटारमा शीर्ष नेताहरुलाई बुझाएको हो । कार्यदलमा डा। मिनेन्द्र…
स्याङ्जा, २२ साउन । स्याङ्जामा १० दिने निषेधाज्ञा थप गरिएको छ । देशभरी नै कोरोना संक्रमण दर बढिरहेको भन्दै साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । आजै शुक्रवार मध्यरातबाट लागु हुनेगरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो छ । यसअघि थपिएको निषेधाज्ञा गएरातीबाट सकिएको हो । साउन २१ गते बसेको बैठकको निर्णय ससेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)ले दिएको अधिकार प्रयोग गरी साउन २२ गते राती १२ बजेदेखि साउन ३२ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा निषेधाज्ञाको आदेश जारी गरेको छ ।निषेधाज्ञाको…
लुम्बिनी २१ साउन । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । प्रदेशसभा सचिवालयले हिजो एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी दिनुभएको छ । साउन १८ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
काठमाडौं २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको बताउनु भएको छ। पत्रकार सम्मेलनमा सांसद वलीले आफू माओवादी केन्द्रमै रहेको पनि बताउनु भयो । पत्रकार सम्मेलनमा उहाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको उल्लेख गर्नु भएको छ । नेपालगन्ज उपचारका लागि जान लागेको आफूलाई एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले नेपालगन्ज पुर्याइदिने भन्दै घरमै आएर गाडीमा राखेर नेपालगन्ज नगई बुटवलतर्फ हुइँक्याएर मुख्यमन्त्रीको निवासमा लगेको सांसद वलीको आरोप छ। वलीले साउन १६, १७, १८, १९ र २० गते मुख्यमन्त्री निवासमा थुनेर राखिएको र १८ गते विज्ञप्ति लेखेर पढ्नै…
काठमाडौं २१ साउन । विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रियेससले कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा तत्काल नलगाउन आग्रह गर्नुभएको छ । इजरायल, जर्मनीसहित केही देशले खोपको पूर्ण मात्रा लगाएका आफ्ना नागरिकलाई बुस्टर मात्रा भन्दै तेस्रो डोज दिने योजना सार्वजनिक गरेका बेला महानिर्देशक गेब्रियससले आउँदो सेप्टेम्बरको अन्त्यसम्ममा बुस्टर मात्राको योजनालाई रोक्दा विश्वका अरु देशमा कम्तीमा १० प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने बताउनु भएको हो । विश्वका गरिब देशहरुमा अहिले पनि खोपको अभाव रहेकाले धनी देशहरुले तेस्रो मात्रा खोप दिने योजना सान्दर्भिक नहुने डब्लुएचओको भनाइ छ ।
काठमाडौं २१ साउन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीवारदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ । लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौं स्थानमा छ ।त्यसैगरी दश खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । बाह…
काठमाडौं २१ साउन । अबको पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणअनुसार साउन महिनापछि कोरोना संक्रमणको दर घट्दै जानेछ । लोहनीले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । साउनमा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा मंसिर महिनासम्ममा यो संख्या घटेर २५ हजार पुग्ने मन्त्रालयको अनुमान छ । पाँच महिनाको…
स्याङजा २१ साउन । संबिधानसभा एवं स्याङजा कांग्रेस सभापति कमलप्रसाद पंगेनीको असामयिक निधनको तेस्रो बर्ष पुरा भएको छ । उहाको ह्दयघातका कारण साउन २० गते भीरकोटमै निधन भएको थियो ।पंगेनीको तेस्रो स्मृति दिवस पारेर नेपाल बिद्यार्थी संघ स्याङ्जाले अक्षयकोष स्थापना गरेको छ ।साविकको खिलुङदेउराली हाल भीरकोट नगरपालिकामा जन्मनु भएका उहाको माध्यमिक तहको पढाई पनि नगरपालिका २ स्थित दहथुम माध्यमिक बिद्यालयमै पुरा भएको थियो । त्यसपछि उहाँ उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानुभयो ।पंगेनीले सोही बिद्यालयमा अध्ययन गर्ने क्रममा नेपाली कांग्रेस नीति रुचाएपछि नेपाल बिद्यार्थी संघको सदस्य बन्नु भएको थियो । उहालाई अध्ययन गराउने उहाँका गुरु एवं पूर्व सांसद, कांग्रेसका…
स्याङजा २१ साउन । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गल्याङका किसानहरु आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ ।उहाँले किसानहरु व्यवसायिक र आत्मनिर्भर बन्ने क्रममा रहेको बताउनुभयो ।स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर २ बटुवामा भएको दुधमा प्रतिलिटर १५ रुपैयाँ तथा गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमको अनुदान वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अनुदानको व्यवस्थाले किसानहरु धेरै उत्साहित हुनुभएको छ । पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत रहनेछ ।’उहाँले नगरपालिकाले दिएको अनुदानको व्यवस्थाले किसानहरुमा व्यवसायिक बन्ने क्रम बढेको र यसलाई अझै व्यवस्थित बनाउने क्रममा नगरपालिका लागिरहेको बताउनुभयो ।बाटो खन्नु मात्रै विकास नभएको भन्दै उहाँले सन्तुलित विकासको अवधारणा अन्तर्गत…
काठमाण्डाै २० साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै पन्ध्र जना पूर्वमहानिरीक्षक (आईजीपी) ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रपतिको कार्यालय विस्तार गर्ने सिलसिलामा प्रहरी प्रतिष्ठान स्थानान्तरणको निर्णयबाट त्यसको ऐतिहासिक परिचय मेटिने तथा नेपाल प्रहरीको संस्थागत विकासको महत्त्वपूर्ण आधारशिला एवम् जीवन्त सङ्ग्रहालयको अस्तित्व मासिने भन्दै उनीहरूले निर्णय सच्याउन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउनु भएको हो । पूर्व प्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र…
काठमाण्डाै २०साउन । संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ । यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन् । कोभिड–१९ संक्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने जाने यी मुलुकका लागि प्रतिबन्ध लगाइएको थियो । यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटीले ट्वीटमार्फत जारी दिइएको सन्देशमा यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैध रूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने भनिएको छ ।
स्याङजा, २० साउन । चापाकोट नगरपालिकाबाट प्रवाह हुने सबैखालका सेवा बुधवारदेखि बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण बढेसंगै नगरपालिकाको आकस्मिक बैठकले आजदेखि लागु हुने गरी १० दिनको लागि बन्द गर्ने निर्णय गरेको हो।नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत साउन २९ गतेसम्म स्वास्थ्य सेवा वाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने जनाएको छ। नगरभित्रका कार्यालय सहित बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा अर्धसरकारी गैरसरकारी संघ संस्थाहरु तथा शैक्षिक संघसंस्थाहरु सबै पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।नगर प्रमुख शिवकुमार गिरीले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। निस्कनु परेमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ। तोकिएको समयभित्र र तोकिएका पसलमा…
स्याङजा २० साउन । कोरोना संक्रमण बृद्धि भएसंगै स्याङजा प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरेको छ। मास्क नलाएका ब्यक्ति भेट्ने बित्तिकै प्रहरीले सोध्ने र उत्नीखेरै मास्क उपलब्ध गराउने गरेको छ।जिल्ला प्रहरी कार्यालयले सदरमुकाम, वडा कार्यालय वालिङले वालिङमा र इलाका प्रहरी कार्यालय चापाकोटले चापाकोट क्षेत्र वरपर मास्क खोइ अभियान सुरु गरेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।।निमित्त सूचना अधिकारी समेत रहेका थापाले पुतली बजारनगरपालिका स्थित शहिदचोकबाट स्याङ्जा बजार ,ट्राफिक चोक ,अभियान पथ , ग्यालेक्सी चोक सहित स्याङ्जा बजार क्षेत्रमा कोभिडका तेस्रो लहर सम्बन्धी जनचेतना सम्बन्धी माईकिङ गरेको जनाउनुभयो । हाल उच्च जोखिमको अबस्थामा रहेको कोभिड संक्रमणबाट सुरक्षित रहनको…