स्याङ्जा, २ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा सडकखण्डको कुभिण्डेमा मंगलबार साँझ खसेको पहिरो हटाएपछि एकतर्फी यातायातका साधन चलेका छन्।फेदीखोला गाउँपालिका १ कुभिण्डेमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो। पहाडबाट खसेका साना ठूला ढुंगा, माटो र बालुवाले सिद्धार्थ राजमार्ग नै अवरुद्ध बनाएको थियो।सडक डिभिजन कार्यालय पोखरा र स्थानीय पालिकाको समन्वयमा पहिरो पन्छाइएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।केहीदिनदेखिको वर्षका कारण सिद्धार्थ राजमार्ग लगायत भित्री सडकमार्गमा पहिरा खसेका छन्। भित्री तथा कच्ची सडकमा पहिरा जाने क्रम अझ बढी छ।अप्रत्याशितरुपमा बढेको बर्षाले स साना खोलानाला पनि ठूला बनेका छन्। खोला किनारका बस्ती र जमिनलाई समेत नराम्ररी क्षति पुरयाएको छ।
Author: Syangja Sandesh
काठमाण्डौं, १ असार । राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गएकाे जेठ २१ गतेदेखि सुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिकांश खेलाडी काठमाण्डाै आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमन्ड क्लबबाट सात/सात तथा भरतपुर मेट्रोबाट एक जना खेलाडी छनोटमा परेका छन् । आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारु, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, संगम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी,…
एजेन्सी, १ असार । विश्वकाे सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको निधन भएको बीबीसीले जनाएको छ । मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३६ जना नातिनातिनी छन् । उनीहरू सबै जना एक सय कोठा भएको चार तले घरमा बस्दै आएका छन् । यही परिवारका कारण बख्तवांग गाउँ पर्यटकको आकर्षणको केन्द्र बनेको बीबीसीले जनाएको छ । जियोना सिकर्मी हुनुहुन्थ्याे भने उहाँकी जेठी पत्नीले घरका सबै सदस्यको कामको बाँडफाँड र अनुमगन गर्नुहुन्छ । अरू पत्नी र छोरा–बुहारी खेतीपाती गर्छन् । केही छोराहरू पैसा…
काठमाडौं,१ असार : सर्वोच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्नेगरी वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई एमिकस क्युरीमा सिफारिस गरिएको छ। सर्वोच्च अदालत बार एसोसिएन कार्यसमिति बैठकले एमीकस क्युरीमा घिमिरे र केसीको नाम सिफारिस गरेको हो। जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइमा सहयोग गर्नेगरी वरिष्ठ अधिवक्तद्वयलाई एमिकस क्युरी तोकिएका हो। हिजै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन…
काठमाण्डाै, १ असार । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा पनि कर उठाउन सरकारलाई बाटो खुला गरिदिएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि लकडाउन सकिएको ३० दिनभित्र कर उठाउन भनी सर्वोच्च अदालतले नै दिएको अन्तरिम आदेश खारेज गरेसँगै अब सरकारले लकडाउनको समयमा पनि कर उठाउन सक्ने भएको हो । आर्थिक ऐन २०७७ को दफा १९ अनुसार आवागमनमा अवरोध, विपद् लगायतका कारणले कर तिर्न समस्या भएमा अर्थ मन्त्रालयले बाधा अड्काउ फुकाउ गर्न सक्ने व्यवस्था भएकाले कर तिर्ने विषयमा छुट्टै आदेश गर्नु नपर्ने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चको यो आदेशसँगै सरकारले कर विवरण र कर दाखिला गर्ने निश्चित…
विराटनगर, १ असार ः राजस्व स्रोतको सुनिस्चितता नभएकाले प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८र०७९ का लागि बजेटको आकार घटाएर ल्याएको छ। गतवर्ष ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ ले यसपटक ८ अर्ब ४३ करोड कम बजेट ल्याएको हो। ठूलो आकारको बजेट ल्याउँदा चालु आर्थिक वर्षमा प्रदेश सरकारलाई स्रोत जुटाउन समस्या भएको थियो। मंगलबार प्रदेश १ सभामा आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्षका लागि सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ल्याएको बजेटमा कोरोना विरुद्धको खोपको व्यवस्थापन, जनस्वास्थ्य केन्द्र…
मकवानपुर, १ असार । वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभामा मङ्गलवार (आज) आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब रुपैयाँभन्दा धेरै को बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजन गरिएको मध्ये चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यसमा पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार र वित्तीय व्यवस्थातर्फ दुई अर्ब रुपैयाँ विनियोजन गरिएको मन्त्री ढुंगेलले बताउनुभयो । कुल विनियोजनमा चालुतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ चार प्रतिशत रहेको उहाँले जानकारी…
कैलाली, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड नौ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको मन्त्री शाहले बताउनुभयो । चालु आर्थिक वर्षको भन्दा झन्डै तीन अर्ब रुपैयाँ घटाएर आउँदो आर्थिक वर्षको बजेट ल्याइएको हो । चालु आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको…
रुपन्देही, १ असार । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब रुपैयाँभन्दा बढीकाे बजेट सार्वजनिक गरेको छ । प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ । यस्तै पालिकामा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । कोभिड नियन्त्रण , उपचार , कृषि र पूर्वाधार निर्माणलाई बजेटमा प्राथमिकता दिइएको छ । ‘जीवन रहे त्यसलाई सजाउन र सिँगार्न सकिन्छ’…
सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कोरोना महामारी नियन्त्रण, उपचारमा उत्कृष्टता, अस्पतालहरूको स्तरोन्नति र स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नु भएको हो । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तीयतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रहेको छ । नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बजेट बक्तव्य…
जनकपुर । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्था तर्फ १० करोड विनियोजन गरिएको छ । प्रदेशले नेपाल सरकारबाट १३ अर्ब ९० करोड ३४ लाख अनुदान र आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार स्रोत व्यवस्थापन गर्ने मन्त्री यादवले बताउनुभयो । राजश्व बाँडफाँडबाट ९…
पोखरा १ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको छ । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले तेस्रो दिनमै बजेट ल्याए गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि बजेट केही खुम्चिएर आएको छ । मुख्यमन्त्री पोखरेलले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याइएका छन् । गत वर्ष ३४ अर्बकाे बजेट आएकाे थियाे । चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको उनले बताए । अघिल्लो आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी…
स्याङजा: गत रातिदेखि परेको भारी वर्षाका कारण गल्याङ नगरपालिका ५ स्थित सेतीवेणी बजार डुवानमा परेको छ। डुवानसँगै स्याङ्जातर्फका ३५ घर उच्च जोखिममा परेका छन्। बजारसँगै रहेको विश्वकै ठूलो मानिएको शिला शालिग्राम आधाभन्दा बढी डुवानमा परेको छ। स्याङ्जा, पर्वत र गुल्मीको स्थलमा रहेको स्याङ्जाको गल्याङ नगरपालिका ५ स्थित सतीवेणीका झण्डै ३५ घर उच्च जोखिममा रहेको वडा अध्यक्ष बिष्णुबहादुर क्षेत्री बस्यालले जानकारी दिनुभयो ।। मुलुककै ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् उत्पादन केन्द्रको बाँधका कारण वर्षातका समयमा सधैँजसो सेतीवेणी प्रभावित हुने गर्दछ। सेतीवणी स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको पुरानो ब्यापारिक केन्द्र हो । तर, अहिले गाउँगाउँमा सडक सञ्जाल बिस्तार भएसँगै यो बजार केही छायाँमा…
स्याङजा, १ असार ः अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । स्याङजा, पर्वत र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको गल्या् नगरपालिका ५ का वडा अध्यक्ष बिष्णुबहादुर क्षेत्री बस्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि ३० देखि ३५ घर उच्च जोखिममा परेका छन् । मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा स्याङ्जा, पर्वत र गुल्मी…