पोखरा ४ असार । गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ । उहाले आज राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गर्नुभएको हो । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरेका थिए भने २७ सांसद विपक्षमा उभिएका थिए । सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाउनुभयो । एकल विपक्षी एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका थिए ।अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो । उहाको कारबाहीले पोखरेल समूहलाई झनै सहज बनाएको हो ।…
Author: Syangja Sandesh
काठमाण्डौं ३ असार । राष्ट्रपति कार्यालयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरिनुको कारणसहित सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरि प्रतिनिधि सभा विघटन गर्नुको कारण खुलाएर राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ पठाएको हो । कांग्रेस सभापति देउवाले दाबी प्रस्तुत गर्दा दुई दलको मात्र समर्थन पत्र पेस भएको, अरू दलको नभएको, हस्ताक्षरको सिलसिला नमिलेको र कतिपय सांसदको दलीय हैसियत नखुलेकाले दाबी विश्वसनीय नलागेको राष्ट्रपतिको कार्यालयले पठाएको पत्रमा भनिएको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले…
काठमाण्डौं ३ असार । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी गर्नुभएको छ । संवैधानिक इजलाशको आदेश अनुसार बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले देउवासहितका १४६ निवर्तमान सांसदले माग गरे बमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाझै निर्दलियता ब्युँतने जिकीर गर्नुभएको छ । प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले सातौं दिन बिहीबार महान्यायाधिवक्ता कार्यालयमार्फत् पठाइएको जवाफमा रिट निवेदकहरुको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत रहेको दलील पेश गर्दै प्रधानमन्त्रीले दलीय…
काठमाण्डौं ३ असार । सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आदेश जारी गरेको हो । कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको निषेधाज्ञाका कारण निर्वाचन सर्दै आएको छ । निषेधाज्ञा निरन्तर रहेकाले समाप्त भइसकेपछि विधानले स्पष्ट अवधि तोकी कार्यकाल चार वर्ष र थप गर्न सकिने अवधि एक वर्ष भनी उल्लेख भएकामा थप गरेको अवधि तथा निषेधाज्ञा जारी हुँदा बचत भएको समयलाई ध्यानमा राखी कार्यसमितिको वैधानिक प्रतिनिधित्व कायम राख्न यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाउन आदेशमा भनिएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको…
काठमाण्डौं ३ असार । चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । चीनले पठाएको तीन अन्तरिक्ष यात्री निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट तीन सय ८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउने बीबीसीमा उल्लेख छ । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो । यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको…
काठमाडौं, असार ३ । विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले बाढी, पहिरो र डुबान पीडित जनताको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार विज्ञप्ति निकाल्दै नेताहरुले आफ्ना दलका नेता–कार्यकर्ता र संघसंस्थाहरुलाई राहत तथा उद्धारमा जुट्न पनि अपील गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले संयुक्त वक्तव्य निकाली बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इमानदारी, तदारुकता र पारदर्शी रुपमा राज्यका सम्बन्धित…
गण्डकी, ३ असार । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको हो ।प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।हिमाल पारीको जिल्ला मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली आजै मनाङ जाने भएको छ । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ जान लागिएको हो ।वैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला…
काठमाण्डौं ३ असार । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । बिहीवार बिहान फलाम खानीको एउटा कुवामा पानी पसेको जनाइएको छ । यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो । खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको छ । हराइरहेका मजदूरको खोजी जारी रहेको छ । खानी मजदूरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र बिस्फोटक पदार्थ छ् । बिस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको…
काठमाण्डाै, ३ असार । नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनोट प्रक्रिया संशोधन गरेसँगै नेपाल प्ले अफ नखेलिकन सिधै तेस्रो चरणमा प्रवेश गरेको हो । एसियन कपको आयोजक चीन र विश्व कपको आयोजक कतारले विश्व कप छनोट तथा एसियन कपमा स्थान बनाएपछि हरेक समूहको चौथो स्थानमा रहने टोली सिधै तेस्रो चरणमा प्रवेश गरेका हुन् । पुछारका टोलीले भने तेस्रो चरण पुग्नका लागि प्लेअफ नै खेल्नुपर्नेछ । नेपालसँगै थाइल्याण्ड, सिङ्गापुर, मङ्गोलिया, माल्दिभ्स, हङकङ, श्रीलङ्का, यमन, बङ्गलादेश, म्यानमार र अफगानिस्तानसँग तेस्रो चरणमा पुगेका छन् । विश्व कप छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले…
काठमाडौं, ३ असार । देशभर बाढी पहिरोबाट पछिल्लो दुई दिनमा कम्तिमा ५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ५ जनाले ज्यान गुमाउँदा ३४ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २० जना र जाजरकोटमा सात जना बेपत्ता भएको खबर छ । बाढीले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ भने पाल्पा, कास्की र डोटीमा एक–एक जनाको मृत्यु भएको छ । हिजो साँझसम्म देशभर २२ ठाउँमा बाढी र पहिरोले क्ष्ति गरेको छ । बाढी र पहिरोबाट २६ जना घाइते भएका विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राकृतिक प्रकोपका कारण…
पोखरा, ३ असार । कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको छ ।सोमबारदेखि लगातार परेको वर्षाका कारण खोलामा फसेका १६० जना मजदुर तथा १० जना कर्मचारी गरी १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको हो । मादी गाउँपालिका २ का अध्यक्ष एकजङ्ग गुरुङ सहित, भगवती दल गण फूलबारी ब्यारेकका नेपाली सेना, स्थानीय युवा क्लब र जनप्रतिनिधिको सहयोगमा बुधवार ५ घण्टा समय लगाएर कलबन्दी खोलाबाट उद्धार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उद्धार गरिएका सबै जनालाई हिमालयन निम्न माध्यमिक विद्यालयमा राखिएको र उनीहरूलाई स्थानीय ताङ्तिङ आमा समूहले खाजा र खानाको व्यवस्था गरेका छन् । अव उनीहरुलाई हाइड्रोपावरका…
काठमाडौं, ३ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाबाट जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
स्याजा, २ असार । भीरकोट नगरपालिका बयरघाँरी स्थित आँधीखोला किनारमा बुधवार घनश्याम ढकालको मृत शरिर भेटिएको छ।आँधीखोला गाउँपालिका ६ का ५७ बर्षिय ढकाल मंगलबार साँझपख घरवाट निस्केपछि वेखबर हुनुहुन्थ्यो ।खोलाको बिच भागमा रहेको खाली बगरमा पछारिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।शव भेटिएको खबर संचार भएपछि आफन्तले खोजीगर्दा पहिचान भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा पोष्टमार्टमपछि शवलाई आफन्तले बुझेका छन्।ढकालको मृत्युका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
स्याङ्जा, २ असार । केहीदिनदेखिको लगातारको बर्षाका कारण कालीगण्डकी नदी बढेपछि सेतीवेणी बजारका ८ वटा घरमा पूर्ण क्षति पुगेको छ।उच्च बाढीका कारण गल्याङ नगरपालिका ५ स्थित सेतीवेणी बजार डुवानमा पर्दा ती घरहरुमा पूर्णक्षति पुगेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।सचेत र जागरुकका कारण मानवीय क्षति हुन पाएन। मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरको धनको क्षति पुगेको छ। पुराना शैलीका ती घरका आधाआधी भाग भत्केका छन्। घरका आधाआधी भाग पानीको डुवानमा छन्। घरभित्रका सामान झिक्न नपाउदा सबै नदीले बगाएका हुन्।मानवीय क्षति हुन नदिन प्रहरी, स्थानियबासी, जनप्रतिनिधी र रेडक्रसको सहकार्यमा ती परिवारलाई उद्धारगरी सुरक्षित स्थलमा सारिएको छ। प्रनाउ अधिकारीका अनुसार…
स्याङ्जा, २ असार । भीरकोट नगरपालिका ४ मा बुधवार बिहान जिप दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ। एकजनाको सकुशल उद्धार भएको छ भने ६ जना घाईते भएका छन्।भीरकोटको दर्बुङठाँटी स्थित भित्री कच्ची सडकमा जीप अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बानेथोकबाट बयरघारी बजारकालागि गुडेको ग १ ज ४९४० नम्वरको महिन्द्रा जीप दुर्घटना भएको हो।दुर्घटनामा घाईते भएका ३६ बर्षे गणेशजंग अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।यसैगरी, चालक ३० बर्षे मनु भन्ने विकास थापा, ४० का रेशम परियार, ४६ का प्रतिमा परियार, ४८ का रुकबहादुर परियार, २८ का सोनी श्रेष्ठ र २४ का दिनेश परियार घाइते भएका हुन।ती…