काठमाडौं, २९ असार । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सी एपीका अनुसार अस्पतालका ७० वटा शय्या आगोमा जलेका छन् । यो घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले अस्पताल प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । घटनाको विरोधमा बिरामीका आफन्तहरुले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीका गाडीहरु पनि जलाइदिएका छन् ।
Author: Syangja Sandesh
काठमाडौँ, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना…
स्याङजा, २८ असार । नेपाली कांग्रेस स्याङजाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दे स्याङजा सदरमुकाम स्थित सहिदचोकमा सोमबार साझ दिप प्रज्वलन गरेको छ ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले प्रतिनिधीसभा पुर्नस्थापना ऐतिहासिक एवं स्वागतयोग्य रहेको बताउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संबिधानसभा विघटन गरेर असंवैधानिक काम गरेको ठहर गर्दे सर्वोच्चले संबिधानका मर्म र भावनालाई समेट्दै आमनागरिकका पक्षमा फैसला गरेको खुशीयालीमा स्याङजा ११ वटै स्थानीय पालिकामा दिपप्रज्वलन गर्दे स्वागत गरिएका उहाको भनाई छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले गरेको फैसलामा २ दिनमा शेरबहादुर देउवालाई प्रधानमन्त्री र सात दिनभित्र प्रतिनिधिसभाको बैठक समेत बोलाउन परमादेश जारी हुनु नेपाली जनता…
काठमाडौं २८ असार । सर्वोच्च अदालतले असार २९ गते मंगलबार अर्थात् भोलि बेलुका ७ बजेसम्म प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ । सोमबार लामो प्रतीक्षाको घडी चिर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनविरुद्धमा परेको रिटमाथिको फैसला वाचन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिन र समय नै तोकिदिनुभएको हो । देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गर्दै इजलाशले प्रतिनिधि सभाको बैठक ६ दिनभित्र बोलाउन पनि आदेश दिएको छ । सर्वोच्च अदालतले संविधानको धारा ७६९५० बमोजिम कुनै सदस्यले प्रधानमन्त्री दाबी गरे ह्वीप नलाग्ने पनि पनि प्रष्ट गरेको छ । संविधानको धारा ७६९५०…
काठमाडौं २८ असार । लगातार सात दिनसम्म बसेको एमाले कार्यदलको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न १० बुँदे सहमति सार्वजनिक गरेको छ । तर, कतिपय बुँदाहरु अस्पष्ट र गोलमटोल रहेका छन्, जसले एमाले नेता–कार्यकर्ताहरुमा थप अन्योल सिर्जना गरेको छ । एमालेमा पछिल्लो समय निकै विवादित बनेको प्रतिनिधि सभा विघटन र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा तथा सरकारका सम्वन्धमा पार्टी एकताको मर्म र भावना अनुसार विधिसम्मत एवं संस्थागत निर्णयअनुरुप अघि बढ्ने कार्यदलमा सहमति भएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समुहमा यी मुद्दामा फरक–फरक बुझाइ रहेको थियो । नेता नेपालले प्रतिनिधि सभा विघटन संविधानविपरीत भन्दै आएको थियो भने अध्यक्ष…
स्याङजा २७ असार । स्याङजा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाईन — पुतलीखेत जोड्ने बाटो भत्किएपछि कागारार परिसरमा पहिरो गएको छ।केही दिनेदेखिको लगातारको बर्षाका कारण गतबर्ष निर्माण गरेको सो पक्की मोटरबाटो आइतवार मध्यान्हमा भत्किएको हो।जिल्ला अदालत परिसर भन्दा मुनि र कारागार शाखा भन्दा माथितिरको सो बाटो भत्किएपछि त्यहाँवाट झरेका ढुंगा माटो कारागार तर्फ झरेको छ।पक्की बाटो चर्किएपछि आवत जावतमा रोक लगाइएको थियो। सवारी साधन चलाउन र मानिसलाई आवतजावत गर्न दिइएको थिएन्।कारागार शाखा माथिको भाग चर्किएर जमिन नै ढल्केको देखेपछि कारागारभित्र बसेका ३० जना कैदीबन्दीलाई पोखरा र तनहुँका कारागार शाखामा स्थानान्तरण गरिएको जेलर चुडामणी भण्डारीले जानकारी दिनुभयो ।कारागार शाखा प्रमुख…
स्याङजा २७ असार । स्याङ्जामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेकोे छ।कालीगण्डकी गाउँपालिकाका १४ र ६० बर्षका दुई पुरुषमा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।नयाँ भेरियन्टको आशंकापछि जेठको ३१ गते नमूना परीक्षणका लागि काठमाडौं स्थित प्रयोगशालामा पठाउदा परिक्षणपछि डेल्टा भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।उहाका अनुसार म्भतिब ९द्य।ज्ञ।टज्ञठ।द्द० रहेको र यो पहिलो अल्फा भेरीयन्टमा भन्दा संक्रमण हुने दर केही बढी भएकाले ब्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन सुझाव छ।
कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले समाजलाई रेडियोमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको भन्दै समग्र सञ्चार क्षेत्रको विकासले नै समाज परिर्वतन गर्न सकिने बताउनुभयो । कार्यक्रममा स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजालले आफ्नो जन्म जिल्लाको गतिविधिलाई थप विस्तार गर्न र पत्रकारहरुको क्षमता विकास तथा पत्रकारहरुलाई स्थापित गराउनका लागी समाजले भुमिका खोल्ने बताउनुभयो । कार्यक्रममा भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी, रेडियो आँधीखोलाका सचिव यमकान्त खनाल, सदस्य अमृत खनाल, धु्रव पंगेनी, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैह्रे, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष तथा रेडियोका सदस्य श्रीकृष्ण सिग्देल, प्रेस युनियनका अध्यक्ष प्रदिप कोईराला, पत्रकार महासंघका उपाध्यक्ष राधाकृष्ण डुम्रे, योगी लगायतको…
काठमाडौं, २७ असार। अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमानसमेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अजेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधिसमेत हो ।त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।तर यस पटक भने अर्जेन्टिनाले…
स्याङ्जा, २७ असार ।कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ ।गल्याङ् नगरभित्रका कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण निधन भएकाका आश्रित परिवारलाई सहकारीले सहयोग गरेको हो ।सहकारीका संस्थापक अध्यक्ष एवं गल्याङ् नगर प्रमुख भुपराज अधिकारीले मृतक परिवार सदस्यलाई सहयोग प्रदान गर्नुभएको हो ।सहकारीका प्रबन्धक शम्भुनारायण अधिकारीका अनुसार नगरभित्रका १५ परिवारलाई जनही दश÷दश हजारका दरले सहयोग गरिएको हो ।
स्याङजा, २५ असार । पुतलीबजार नगरपालिका–४, नागडाडामा बन्न लागेको आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क जग्गा प्राप्त भएको छ । सोही स्थानका सेतीदेवी पोखरेल र चुडामणी पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी जग्गा उपलब्ध गराउनुभएको हो । स्थानीय चुडामणी पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आना ३ दाम जग्गा उपलब्ध गराउनुभएको हो । उहाहरुले मालपोत कार्यालयबाट आधारभुत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिनुभयो । जग्गा हस्तान्तरण कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, ओजना अधिकृत ताराचन्द्र ढकाल, वडा अध्यक्ष…
काठमाण्डौं २५ असार । पुतलीबजार नगरपालिका १४ स्थित चण्डिकालिका कफी फलफूलत तथा तरकारी संस्थाले १५५ वटा मौरीका गोला सहितको घार बितरण गरेको छ । साना ब्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्र्तगत छनौटमा परेका कृषकलाई ५० प्रतिशत अनुदानमा घार उपलब्ध गराइएको हो । मारीपालनलाई ब्यावासयिक रुपले अघि बढाउने उदेश्यले प्रत्येक किसानले न्यूनतम ५ वटा घार अनिवार्यरुपले पालन गर्नुपर्नेगरी कार्यक्रम संचालन गरिएको सहकारीका अध्यक्ष इश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । यसैगरी, पुतलीबजार नगरपालिका वडा नं. १३ मा पनि ५० प्रतिशत अनुदानमा ५० जनालाई मौरीपालक किसानलाई घार उपलब्ध गराइएको उल्लेख छ ।
काठमाण्डौं २५ असार । बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ । बङ्लादेशको रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ । कतिपय…
काठमाण्डौं २५ असार । हेइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना संलग्न भएको प्रहरीले जनाएको छ । त्यसमध्ये २६ जना कोलम्बिया तथा २ जना हेइटी–अमेरिकी रहेको बताइएको छ । ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जनाइएको छ । हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हेइटी प्रहरीका निर्देशक लियोन चाल्र्सका अनुसार १५ कोलम्बियाली र दुई हेईटी–अमेरिकीलाई पक्राउ गरिएको छ । तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन् । बुधबार बिहान हतियारधारीले राष्ट्रपति भवनमा प्रवेश गरी राष्ट्रपति जोभिनल मोइसमाथि आक्रमण गर्दा मोइसको घटनास्थलमै मृत्यु भएको थियो । मोइसकी श्रीमती घाइते…
काठमाण्डौं २५ असार । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप फुटबल छनोटमा नेपाल समूह ‘बी मा परेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी मा परेको हो । एएफसीले वेस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । ताजिकिस्तानमा हुने समूह ‘बी छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी…