Author: Syangja Sandesh

स्याङ्जा २७ भदौ । राजनीतिक परिवर्तनका लागि आन्दोलन हुनु स्वभाविक प्रकृया हो । नेपालको इतिहासमा यस्ता आन्दोलन पटक पटक हुँदै आएका छन् र हुनु पनि पर्दछ । विश्वका विभिन्न मुलुकहरुमा पनि यस्ता आन्दोलन र राजनीतिक परिवर्तन हुदै आएका कुरा हन् । समय र परिवेश अनुसार आन्दोलनका शैली फरक फरक हुने गर्छन् भन्ने हामीले इतिहासका पानामा पढ्दै र देख्दै आएका छौं । पृथ्वी नारायण शाहले गरेको नेपाल एकिकरणदेखि देशमा धेरै पटक यस्ता आन्दोलन र व्यवस्था परिवर्तन हुँदै आएका छन् । विक्रम सम्वत २००० पछि मात्रै पाँच पटक भैसकेका छन् भने अहिले भएको जेन जी आन्दोलन छैटौं हो । वि. सं.२००७, २०१७,…

Read More

स्याङ्जा २७ भदौ । स्याङजाका चार राजनीतिक दलका नेताहरुले देशमा बिषम एवं संक्रमणकालिन परिस्थितिबाट छिटो निकास दिनकालागि राष्ट्रका अभिभावक राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन । पुतलीबजार नगरपालिका १ नेपाली कांग्रेसको मुख्यालयमा शुक्रवार साँझ बसेको बैठकपछि ४ दलद्धारा जारी संयुक्त बिज्ञप्ति मार्फत जनतामा निहित सार्वभोैमसत्ता, नागरिक सर्वोच्चता, भौगोलिक अखण्डता र बिधिको शासनलाई अंगाल्दै संबैधानिक प्रक्रिया मार्फत निकास खोज्न आग्रह गरिएको छ । नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैहे्र पारस, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लोकेन्द्र थापा मगर, नेकपा एकिकृत समाजवादीका सचिव नारायणप्रसाद तिवारीद्धारा हस्ताक्षरित सो बिज्ञप्तिमा बिषम परिस्थितीमा रहेको मुलुकको निकासका लागि राष्ट्रका अभिभावक…

Read More

स्याङ्जा २६ भदौ । नेपालमै पहिलोपटक वालिङ नगरपालिकामा वनस्पतिको नक्साङ्कन हुने भएको छ । जसका लागि पतञ्जली अनुसन्धान प्रतिष्ठान र वालिङ नगरपालिकाबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । वालिङमा वनस्पतिको वैज्ञानिक नक्साङ्कन सुरु हुने भएको छ । यसका लागि भारतको हरिद्वारमा पतञ्जली अनुसन्धान प्रतिष्ठान, पतञ्जली योग पीठ नेपाल र वालिङ नगरपालिकाबीच मूल्य शृङ्खलामा आधारित जडिबुटी उत्पादन तथा बजारीकरण त्रिपक्षीय ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । वालिङ नगरपालिकाबाट नगरप्रमुख कविता तिवारीको संयोजकत्वमा ५५ सदस्यीय टोलीले भारतको हरिद्वार स्थित पंतजली योगपिठ , पतञ्जली आयुर्वेद र पतञ्जली अनुसन्धान प्रतिष्ठानको अध्ययन अवलोकन गरेका थिए । सोही अवसरमा पतञ्जली अनुसन्धान प्रतिष्ठानको सभाहलमा जडिबुटी…

Read More

स्याङ्जा २६ भदौ । नेपाल तरुण दल स्याङ्जाले संविधान बमोजिम राष्ट्रपतिबाटै सरकार गठन गरी ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्नू पर्ने जनाएकोे छ । बिहीबार साँझ स्याङ्जा सदरमुकाम स्थित सहिदचोकमा आयोजित कार्यक्रममा बोल्दै तरुण दलका कार्यवाहक अध्यक्ष रविन केसीले संविधानद्वारा तोकिएको जिम्मेवारी बमोजिम राजनीतिक निकास दिनु पर्नेमा जोड दिनुभयो । सरकार विहीन अवस्थामा रहेको मुलुकलार्ई जतिसक्दो छिटो संवैधानिक निकास दिन उहाले आग्रह गर्नुभयो । आन्दोलनका क्रममा भएको जनधनको अपुरणीय क्षतिप्रति दुख ब्यक्त गर्नुभयोे । संबैधानिक मूल्य मान्यता बमोजिम सबैको सहमति बमोजिम जेनजी पुस्ताले उठाएको जायज मागलाई सम्बोधन गर्नुपर्ने कार्यवाहक अध्यक्ष केसीको भनाई छ । तरुण, युवा, बिद्यार्थी लोकतान्त्रिक, गणतान्त्रिक शक्ति…

Read More

स्याङ्जा २६ भदौ । गत भदौ २३ गते दिनभर शान्तिपूर्ण प्रर्दशनमा उत्रिएको २८ बर्ष मुनीको युवा समूहको प्रर्दशन अपरान्हपछि हिंस्रक गतिबिधिमा उत्रिए पनि त्यसपछिका दिनमा भने स्याङजा शान्त बन्दै गएको छ । जेनजी समूहको पूर्व घोषित कार्यतालिका अनुसार जिल्लाका बिभिन्न भागमा दबावमूलक प्रर्दशन गर्ने र अवरुद्ध सामाजिक संजाल खुलाउन, मुलुकमा सुशासन, राजनीतिक स्थिरता र भ्रष्टाचारमुक्त समाज निर्माणकालागि राज्यलाई दबाव दिने उदेश्यले ८ सेप्टेम्बरका दिन प्रर्दशनको आयोजना गरिएको थियो । तर, प्रर्दशन प्रारम्भ भएपछि केही संगठित संस्थाका सदस्य र राजनीतिक दलमा आवद्ध ब्यक्तिहरु पनि प्रर्दशनमा देखिएपछि प्रर्दशन हिंस्रक बन्न पुग्यो । प्रर्दशनकारीले कांग्रेस र एमालेको पार्टी कार्यालय, पुतलीबजार नगरपालिका तोडफोडगरी क्षति…

Read More

स्याङ्जा २५ भदौ । जिल्ला प्रशासन काया{लय स्याङ्जाले पनि बुधवार मध्यान्ह १२ बजेदेखि बिहीवार बिहान ६ बजेसम्मका लागि कफ्य{ू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अया{लद्धारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को संशोधन सहितको दफा ६ को (क) बमोजिम स्याङ्जा जिल्लाभर कसैले आवतजावत गन{, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदश{न, घेराउ गन{ नपाउनेगरी कफ्य{ू आदेश भएको छ । सो अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकमी{, पय{टक सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकमी{हरुबाट सहजीकरण गरिने समेत उल्लेख गरिएको छ । यसैगरी, नेपाली सेनाले पनि…

Read More

स्याङजा २४ भदौ । गल्याङ्ग नगरपालिका भित्रका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि साक्षरता तथा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइ सि एफ सी फाइनान्स लिमिटेड गल्याङ्ग शाखाको आयोजनामा तथा गल्याङ्ग नगरपालिका का नगरप्रमुख गुरुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नगरपालिका भित्रका विद्यालयका इस इ इ तयारी गरिरहेका विद्यार्थीहरूलाई निःशुल्क अनलाइन शिक्षा उपलब्ध गराउने उद्देश्य राखिएको थियो । कार्यक्रममा आइ सि एफ सी फाइनान्स लिमिटेड को पहलमा ब्mदष्तष्यल न्गचग मार्फत सञ्चालित अनलाइन कक्षा सम्बन्धी जानकारी दिइएको थियो । यस अवसरमा घुन्सा फाउन्डेशनकी संस्थापक याङजोम शेर्पाले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै अध्ययनमा निरन्तरता र लगनशीलता आवश्यक रहेको बताउनुभयो ।…

Read More

स्याङ्जा २४ भदौ । आन्दोलनरत युवाहरुको समूहले स्याङ्जा स्थित नेपाली कांग्रेस, नेकपा एमालेको जिल्ला पार्टी कार्यालय र पुतलीबजार नगरपालिकको कार्यालयमा तोडफोडगरि क्षति पु¥याएका छन् भने पुतलीबजार नगरपालिकको प्रवेशद्धारमा आगजनी गरेका छन । दिउसोभर शान्तिपूर्ण प्रदर्शन गरेका युवाहरुले साँझपख कांग्रेसका संस्थापक वीपी कोइरालाको शालिक र एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको शालिकमा समेत प्रहार गरेका थिए । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार दिनभरी शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका युवाहरुका उत्तेजित समूहले साँझपख कांग्रेस र एमालेका जिल्ला स्थित मुख्यालयमा ढुंगा प्रहार गरेका हुन्। ढुंगा प्रहारबाट शिशा फुट्नुका साथै तोडफोड भएका छन । यसैगरी, प्रदर्शनकारीले पुतलीबजार नगरपालिकाको कार्यालयमा पनि तोडफोड गरेका छन्। नगरप्रमुख…

Read More

स्याङ्जा २३ भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा स्याङ्जा सदरमुकाम १ स्थित सहिदचोकमा दीप प्रज्वलन सहित खबरदारि सभा ।

Read More

स्याङ्जा २३ भदौ । स्याङ्जामा कृषि र पशु क्षेत्रमा क्रियाशिल सरकारी निकायबीच एक दिने अभिमूखिकरण गोष्ठी गरिएको छ ।राष्ट्रिय कृषि आधुनिकीकरण काय{क्रम काया{न्वयन एकाइ स्याङ्जाको आयोजनामा पकेट÷ब्लक विकास कायक्रम विषयमा एक दिने अभिमूखिकरण गोष्ठी गरिएको हो । एकाईका प्रमुख अजय अधिकारी र कृषि विकास अधिकृत प्रतिभा बुढाथोकीले सहभागिलाई सहजीकरणगदै{ कृषि पेशा र पशुपालनमा आबद्ध कृषकहरुको क्षमता अभिवृद्धिलाई बढवा दिन सबै पक्षको सहकाय{ आवश्यक रहेको औल्याउनुभयो । जिल्लामा सुन्तला सुपरजोन, अदुवा–बेसार (मसलाबाली) जोन, आँप–लिची, गाई–भौसी जोन संचालनमा रहेका छन् । सुपरजोन र जोन संचालन भएका स्थानीय तहका कृषकहरुलाई सेवा प्रबाहमा सहजीकरण गरिने भएको छ । अभिमूखीकरणमा जिल्ला भित्र कृषि र पशु…

Read More

स्याङ्जा २३ भदौ । उद्यमशीलतासँगै स्वरोजगारी आजको आवश्यकता हो, चाहे त्यो कृषिमा होस, चाहे उत्पादनसँग सम्बन्धित र प्रविधिका क्षेत्रमा नै किन नहोस् । समय यसै खेर फाल्ने होइन, कुनै न कुनै काममा जोडिएर समयलाई आम्दानीमा परिणत गनु{पछ{ र मात्र हामी आत्मनिभ{र बन्न सक्छौं । यसका लागि आवश्यक तालिम तथा सीप सिकाई जरुरी हुन्छ । यही मान्यताले वालिङ नगरपालिकाले स्थानीयस्तरमै स्वरोजगारी सिज{नाका लागि विभिन्न तालिमहरुमा सहभागी गराएर नागरिकहरुलाई प्रेरित गदै{ आएको छ । यसै शिलशिलामा ८ नम्वर वडाको एक समूहले तालिमको सिकाईलाई उपयोग गरेर उत्पादनसँगै स्वरोजगारीमा अगाडि बढेको छ । सरसफाई हामी सबैका लागि अति आवश्यक कुरा हो । यही सरसफाईसँग…

Read More

स्याङ्जा, २३ भदौ । स्याङ्जा प्रहरीले चेकजाँचका क्रममा ५० वटा आइफोन मोबाइल पक्राउ गरेको छ । गल्याङमा सञ्चालन गरेका चेकपोष्टमा चेकजाँच गने{ क्रममा अवैध तरिकाबाट ल्याउदै गदा{ गल्याङ्मा पक्राउ परेको हो । आइतबार दिउँसो करिब ११ बजे गल्याङ नगरपालिका –१ राम्दी चेकपोष्ट नजिकै सिद्धाथ{ राजमाग{मा वडा प्रहरी काया{लय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले उक्त आइफोन मोबाइलहरु बरामद गरेको हो । प्रहरीका अनुसार बुटवलबाट पोखरा आउँदै गरेको लु २ ख १४०३ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गदा{ बिल नभएका विभिन्न मोडलका आइफोन फेला परेका हुन् । बरामद गरिएका सेटहरूमा २८ थान आईफोन १३ प्रो, ७ थान आईफोन ११…

Read More

स्याङ्जा, २३ भदौ । विकासको प्रमुख आधार भएको मान्दै तिनै तहका सरकार पछिल्लो समय सडक तथा पूर्वाधार निर्माणमा केन्द्रित छन् । सडक नबन्दासम्म विकासमा पछाडी पर्यौ भन्ने हाम्रो मानसिकता छ । आमनागरिकको बुझाईसँगै सरकारले पुँजीगत खर्चको ठूलो हिस्सा सडक र पूर्वाधार निर्माणमै लगानी गरेको छ । केन्द्र तथा स्थानीय तहले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाले सडक समेतका पूर्वाधारमा झण्डै ५७ करोड लगानी गरेकोे छ । पुतलीबजारले ठूला सडक तथा पूर्वाधारतर्फ ९ वटा सडकमा ५२ करोड ६१ लाख ७६ हजार २९१ र सिँचाइ तथा खेलकुदमा ४ करोड ६७ लाख ८३ हजार ९१२ रुपैयाँ लगानी गरेको नगर प्रमुख तुलसी…

Read More

स्याङ्जा २३ भदौ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा जिल्ला मुख्यालय स्थित त्रिभुवन आदर्श माविको नेपाल रेडक्रस जूनियर सर्कलद्धारा आयोजित जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा आयोजक बिद्यालय त्रिभुवन आदर्श मावि प्रथम भएको छ । जिल्ला स्थित २० वटा माध्यमिक बिद्यालय सहभागी भएको सो प्रतियोगितामा रोशनी आवासिय मावि द्धितिय, ज्योति आवासिय मावि तृतीय भएका छन भने स्याङ्जा माविले सान्त्वना पुरस्कार पाएका छन् । बिजयी प्रतियोगीहरुलाई पुरस्कार एवं प्रमाण्पत्र बितरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले प्रतिस्पर्धाले बिद्यार्थीमा थप मेहनत गर्ने प्रेरणा मिल्ने बताउनुभयो । नियमित पढाईलेखाइका अतिरिक्त बाह्य गतिबिधिमा अभिरुची जगाउन पनि मद्धत मिल्ने रेग्मीको कथन थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय…

Read More

स्याङ्जा २३ भदौ । जेन–जि आन्दोलनमा देखाइएको दमन र आक्रमणप्रति अर्जुनचौपारी गाउँपालिकाले विरोध जनाएकोे छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विज्ञप्ति मार्फत लोकतान्त्रिक मूल्य र मान्यतालाई कुण्ठित गर्ने प्रयास अस्वीकार्य भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष तिवारीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जेन जि आन्दोलनमाथि भएको दमन र आक्रामणप्रति गहिरो चिन्ता, आक्रोस र दुख प्रकट गरेकोे छ । लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा जेनजि पुस्ता र नागरिकहरुले आफ्ना आवाजहरु शान्तिपुर्ण रुपमा उठाउने अधिकारलाई दबाउने जुनसुकै प्रयास स्वीकार्य नभएको उल्लेख छ । आन्दोलनमा सहभागि नागरिकहरुमाथि गरिएको बल प्रयोग, दमन र अवरोधले राज्यप्रतिको विश्वासलाई गम्भीर रुपमा खल्बल्याएको भनिएको छ । साथै उक्त घटनामा गम्भीर…

Read More