Author: Syangja Sandesh

स्याङ्जा । २३ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले काँग्रेसमा रुपान्तरणको खाँचो रहेको बताउनुभएको छ । नेपाली काँग्रेसलाई समय अनुसार परिवर्तन गर्न नसक्दा पार्टी कमजोर बन्दै जान थालेको उहाले बताउनुभयो । नेपाली काँग्रेसको १४ औं महाधिवेसनबाट निर्वाचित भीरकोट नगर कार्यसमितिको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस नेता गुरुङ्ले पार्टीमा रुपान्तरणको खोजी गनुपर्ने अवस्था आएको बताउनुभयो । पार्टीमा निरन्तर लाग्ने व्याक्तिको पहिचान हुनु आवश्यक छ उहाले भन्नुभयोे,¥पाटीमा योगदान गर्ने नेताको खोजी हराउदा पार्टीले क्षेती व्यहोनुपरेको छ ।¦ पार्टीको संगठकहरुको मुल्याङ्कन हुनु जरुरी छ ।पाटीमा निरन्तरता नदिने व्याक्तिहरु हराउदै जान्छन् भन्दै संविधान सभाका सदस्य समेत भएका गुरुङ्ले व्याक्तिहरु बदलिनुपर्ने धारणा…

Read More

काठमाण्डौ २२ असोज । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका पत्रकार मारिया रेसा र रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा गरेको प्रयासका लागि सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ । अभिव्यक्ति स्वतन्त्रताको आदर्शमा उभिएका सबै पत्रकारहरुको साझा व्यक्तिको रुपमा पुरस्कृतलाई लिइएको कमिटीले जनाएको छ । उहाँहरुलाई ३ सय २९ उम्मेद्वारहरुबाट छानिएको हो । रेसा समाचार साइट ¥यापलरको सह–संस्थापक हुनुहुन्छ । शक्तिको दुरुपयोग, अधिनायकवादका लागि हिंसाको उपयोगकको विषयलाई उहाँले फिलिपिन्समा उजागर गर्दै आउनु भएको छ । रुसी पत्रकार मुरातोभ स्वतन्त्र…

Read More

काठमाण्डौ २२ असोज । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दा केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिनुभएको छ । मन्त्रालयमा गृहमन्त्रीमा बालकृष्ण खाँण, उर्जा तथा जलस्रोतमा पम्फा भुसाल, संङ्घीय मामिला तथा सामान्य प्रशासनमा राजेन्द्र प्रसाद श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिरोध खतिवडा, रहनुभएको छ । यस्तै अर्थमन्त्रीमा जनार्दन शर्मा, रक्षा मन्त्रालयमा मीनेन्द्र रिजाल, खानेपानीमा उमाकान्त चौधरी,…

Read More

स्याङ्जा २२ असोज । पुतलीबजार नगरपालिका ११ सुम्रेखोलामा एनपी ग्याभिन उद्योग संचालनमा आएको छ । निर्मलकुमार अर्याल र पृग्वीराज अर्यालको संयुक्त लगानीमा ग्याभिन उद्योग संचालनमा ल्याइएको हो ।उद्योगको औपचारिक उदघाटन गर्दे वडा अध्यक्ष भवानीप्रसाद लामिछानेले नगरपालिकामा स्थापित नमूना उद्योगको सम्र्बद्धन र प्रवद्र्धनका लागि आफुले आवश्यकता अनुरुपको सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो । उहाले कोरोनाका कारण आर्थिक मन्दीका बेला २ युवाहरुको सक्रियताबाट संचालनमा ल्याएको उद्योगलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शमा केन्द्रीय सदस्य नन्दकुमारी लम्साल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत खगेन्द्र भण्डारी, पर्यटन ब्यवासायी कृष्णजंग केसी, पत्रकार महासंघका…

Read More

स्याङ्जा २२ असोज । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ । वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित कुमाल समुदायका महिलाहरुका लागि लक्षित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना ब्यवसायिक सिलाई कटाई तालीमको उद्घाटन गर्नुहुँदै उक्त धारणा ब्यक्त गर्नुभएको हो । विशेष गरेर महिला दिदीबहिनीहरुलाई सीप सिक्न अनुरोध गर्नुहुँदै सिकेको सीपलाई ब्यवसायिकरुपमा लगाएर आर्थिक लाभ लिन पनि सुझाव दिनुभयो । “तपाईहरुले सीप सिकेपश्चात सिकेको सीपलाई भरपूर प्रयोग गरी ब्यवसाय थाल्नुहोस् र उत्पादनमा जोड दिनुहोस्” प्रमुख खाँणले भन्नुभयो,…

Read More

स्याङ्जा २१ असोज । नेपाली काँगे्रसका नवनिर्वाचित पुतलीबजार नगर कार्यसमितिले नजिकिदै गरेका पर्वहरुलाई लक्षित गर्दे नागरिक सेवाप्रति उत्तरदायी बन्न प्रमुख जिल्ला अधिकारी र नगरप्रमुखको ध्यानाकर्षण गराएका छन्।प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र नगरप्रमुख सीमा क्षेत्रीका कार्यकक्षमा पुगेर छुट्टाट्ट्टै ज्ञापनपत्र बुझाउदै समसामयिक ६ बुदें माग शिघ्र पुरा गर्न आग्रह गरेका छन्।कोरोना संक्रमणका कारण बिगत २ बर्षदेखि परिवारभित्रै चाडपर्व मनाएका नागरिकलाई आफना गाउँघरसम्म पुग्ने ग्रामिण सडक मर्मत, सडक बत्तीको उपलब्धता, अखाद्य र महंगो मूल्य नियन्त्रण, खानेपानीका मुहान र पाइपको उचित ब्यवस्थापन, जोखिमपूर्ण सवारी यात्रामा निरीक्षण एवं नियन्त्रण, चाडपर्वमा हुनसक्ने चोरी डकैती, जुवातास र आपराधिक घटनाप्रति संवेदनशील बन्न ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गरिएको हो…

Read More

स्याङ्जा २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । दुर्गा पक्ष अर्थात् बडादसैं आज देखी सुरु भएकोछ । आज सबैको दसैंघर वा पूजा कोठमा घटस्थापना गरीन्छ । आजदेखि नवरात्रको नौ दिनसम्म देवीको नौ अवतारको पुजा आराधना गरी दसौं दिन देवीको टिका प्रसाद ग्रहण गरी कोजाग्रत पूर्णिमाका दिन देवीको प्रसादलाई सेलाएर दसैंको बिदा गरिन्छ । नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन पनि हो घटस्थापना । आजको दिन…

Read More

काठमाण्डौ २० असोज । यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्त रुपमा प्रदान गरिएको छ । अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरूलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । नयाँ तरिकाले औषधि क्षेत्रमा अनुसन्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ । यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

Read More

स्याङ्जा, २० असोज । चाडवाड नजिकिएसगै ग्रामिण सडकहरु मर्मत गर्न माग गर्दिै गाउपालिकाको ध्यानाकर्षण गरिएकोे छ ।नेपाली काँग्रेसले दशैतिहार मनाउन गाँउ फर्केने नागरिकलाई यात्रामा सहज बनाउन माग गर्दै स्थानीय पालिकाहरुलाई अनुरोध गरेको हो । बर्षातले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध देखि जिर्ण अबस्थामा पुगेकाले सडकलाई सहज बनाउन काँग्रेसले स्थानीय सरकारलाई आग्रह गरेको हो ।बिरुवा गाँउपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै चाडवाडमा नागरिकलाई सहजपुर्ण रुपमा यात्रा गर्ने बातावरण मिलाउन आग्रह गर्नुभएको छ । बिरुवा सभापति डोलराज पोख्रेलले प्रेस बिज्ञप्ती जारी गरि ग्रामिण सडकहरुमा सवारी आवागमनमा कठिनाई देखिएकाले अविलम्व छिटो सडक मर्मत गरी सहजता प्रदान गर्न विज्ञप्ती मार्फत आग्रह गर्नुभएको हो ।दशैतिहारमा गाँउ फर्कर्ने…

Read More

स्याङ्जा, २० असोज । स्याङ्जा प्रहरीले ६६ औं प्रहरी दिवस बिबिध कार्यक्रम गरि मनाएको छ। नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दे प्रत्येक बर्ष आजका दिन प्रहरी दिवस मनाइने गरिन्छ।दिवसमा प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गर्नुभयो ।प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापाद्धारा प्रेषित शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले स्याङ्जा प्रहरीले पुरयाएको सेवाप्रति आफु सन्तुष्ट रहेको जनाउनुभयोजिल्लामा भए गरेका घटनाप्रति प्रहरीले गर्दे आएको कामको प्रशंसा गर्दै अपराध अनुसन्धान र घटनाका प्रकृतिहेरी प्रहरीले संयमता र घटनाका तथ्यपरक डकुमेन्ट्री आफैंले सुरक्षित राख्न निर्देशन…

Read More

स्याङ्जां १९ असोज । वालिङ् नगरपालिकाले कोरोना प्रभावितलाई उद्यमी बनाउन अनुदान दिने जनाएको छ। कोरोनाका कारण रोजगार गुमाएका युवायुवतीलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ुस्टार्टअपुका रुपमा आउँदो साता ५० हजार नगद अनुदान दिने भएको हो। वालिङ नगरपालिका र यूएनडीपीको आर्थिक सहयोग तथा दियालो संस्थाद्वारा सञ्चालित ुकोभिड(१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजनाु मार्फत अनुदान दिने बताइएको छ। कोरोनाका कारण विदेशबाट फर्केका वा स्वदेशमै रोजगार गुमाउन वाध्य युवालाई पुनःस्वरोजगार बनाउने उदेश्यले अनुदान सहयोग गरेको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिनुभयो। नगरपालिकाले ुउद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७ु निर्माणगरि प्रभावितलाई आफनै गाउँघरमै उद्यमी बनाउने लक्ष्य लिएको छ। नगरपालिकाले पनि व्यवसाय…

Read More

काठकाण्डौं १९ असोज । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापान, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । नोबेल पुरस्कार कमिटीले मंगलबार भौतिक विज्ञानतर्फका तीन जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा गरेको हो । जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको कमिटीले जनाएको छ । जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न उनीहरूले गरेका खोजका लागि सन् २०२१ को नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । ९० वर्षका मानाबे र ८९ वर्षका हसलम्यानले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको…

Read More

 काठकाण्डौं १९ असोज । साढे ३३ किलाे सुन तस्करी र भरिया सनम शाक्यकाे हत्या प्रकरणमा जिल्ला अदालत माेरङले मुख्य आराेपी चूडामणि उप्रेती ‘गाेरे’ सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ । आज मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदकाे फैसला सुनाएकाे हाे । यस्तै एक जनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएकाे छ । यस प्रकरणमा मुछिएका सबै प्रहरीले पनि सफाइ पाएका छन् । यस प्रकरणमा प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएकाे छ ।  सफाइ पाउने प्रहरी…

Read More

स्याङ्जा १९ असोज । मोटरसाईकल र स्कुटर चोरी गरेको आरोपमा ४ जना युवा पक्राउ परेका छन्।चोरीका आरोपित रुपन्देही र स्याङ्जाका हुन्। पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिकाका ३४ वर्षीय विष्णुबहादुर नेपाली र २८ वर्षीय प्रकाश सिन्धौली (सार्की) हुन।यसैगरी, भीरकोट नगरपालिकाका २० वर्षीय बिप्लव श्रेष्ठ र २० कै ज्ञानबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।उनीहरुबाट ७ वटा मोटरसाइकल र २ वटा स्कुटर भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।पक्राउ गरेका ४ जनालाई चोरी मुद्धा दर्ता भै स्याङ्जा अदालतबाट म्याद थपगरी अनुसन्धान गरीरहेको प्रहरीको भनाई छ।

Read More

काठमाण्डौ १९ असोज । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई पराजित गरेकाे छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल फर्काए । नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायो । तर, श्रीलङ्काका ह्यामिल्टनले ५७ औं मिनेटमा एक गोल फर्काए । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६ औं…

Read More