स्याङ्जा, ४ असोज । वालिङ नगरपालिकाको –१ यवादीमा आयुर्वेद अस्पताल निर्माणकार्य अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले भवन निर्माण कार्य अलपत्र परेको हो । २०७९ सालमा शिलन्यास भएको उक्त अस्पतालको भवन निर्माणकार्य अलपत्र परेको छ । सेफ इन्जिनियरिङ विल्डर्स चितवनले १५ महिनामा सम्पन्नगर्ने गरी २०७९ भदौमा सुरु भएको निर्माण कार्य हालसम्म सकिएको छैन । ३ वर्ष पुरा भैसक्दा पनि भवन निर्माणको काम सक्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको छैन । एकसरो भवनको संरचना निर्माण भएता पनि अन्य काम अलपत्र अवस्थामै छ । उक्त अस्पताल २०७७ सालमै निर्माण सुरु गर्न लागिएको अवस्थामा जग्गा अपुग हुने देखिएपछि जग्गा थप गरी ०७९…
Author: Syangja Sandesh
स्याङ्जा ३ असोज । संबिधानसभा सदस्य राजु थापाले जेन—जीका माग जायज भएको बताउनुभएको छ । जेन—जी ले उठाएका सुशासन र स्थिर सरकार मागलाई समर्थन गर्नुपर्ने जानकारी गराउनुभयो । संबिधान दिवसका अवसर पारेर जिल्ला समन्वय समिति स्याङ्जाद्धारा आयोजित संबिधान दिवसको शुक्रवार उदघाटन गर्दै सदस्य थापाले सुुशासन, युवा सहभागिता, स्थिर सरकार, संबिधान संशोधन, स्टार्ट अप का बारेमा प्रतिनिधिसभामा धेरै पटक छलफलकोे बिषय भएकोे थापाले भन्नुभयो । ‘जेन—जी (पुस्ता) का हामी अभिभावक हौं । हामी सबैका घर घरमा यो पुस्ता छ । यी पुस्तालाई राष्ट्र निर्माणमा लगाउनु पर्छ । जुन कुरामा राजनीतिक दल चुके । जसका कारण मुलुकमा विद्रोह भयो ।’ बिघटित प्रतिनिधीसभाका…
स्याङ्जा ३ असोज । संबिधान दिवस पारेर स्याङ्जामा यहाँका ४ राजनीतिक दलले संयुक्त कार्यक्रम गरेका छन् । शुक्रवार आयोजित दिवसलाई जिल्ला स्थित प्रमुख ४ राजनीतिक दलका शिर्ष नेताहरुले एकै मंचमा बसेर संबिधानको रक्षार्थ एकजुट हुने प्रतिबद्धता जनाउनु भयो । संविधान रक्षार्थ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला नेतृत्वले संविधान बिपरितका कार्य स्वीकार्य नहुने जनाउदै संबिधानको रक्षार्थ सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनेमा जोड दिनुभएको छ ।कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जेन—जी का मागहरु जायज रहेको बताउदै उहाहरुका मागलाई समर्थन गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । सुशासन , स्थिर सरकार…
स्याङ्जा ३ असोज । शुक्रवार अर्थात असोज ३ अर्थात आज संविधान दिवस । स्याङ्जा लगायत देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको १० वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन…
स्याङ्जा ३१ भदौ । गल्याङ नगरपालिका –८ करादीखोलामा “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना गरिएको छ । स्वर्गीय पोतप्रसाद उपाध्याय, स्वर्गीय पवित्रादेवी उपाध्याय र स्वर्गीय प्रवीण ज्ञवालीको स्मृतिमा करादीखोलाका ज्ञानप्रसाद – कमला उपाध्यायका घरपरिवारको तर्फबाट स्मृति पुरस्कार कोषको स्थापना गरेको युवा साहित्यकार मिलन समीरले जानकारी दिनुभयो । नेपाली साहित्यको क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पु¥याएका राष्ट्रियस्तरका एकजना सिर्जनशील अग्रज स्रष्टालाई विसं. २०८३ सालदेखि सो पुरस्कारले पुरस्कृत ÷ सम्मानित गरिने उहाले बताउनुभो । पहिलो पुरस्कार २०८३ साल भदौको कृष्ण पक्षको षष्टी तिथीमा वितरण गरिनेछ । पहिलो वर्ष साहित्य पुरस्कारको नगद राशि ११ हजार १११, दोस्रो वर्ष १२ हजार २१२ र…
स्याङ्जां १ असोज । आज अशोज १ गते वास्तुदिवस अर्थात १७ सेप्टेम्बर भगवान विश्वकर्माको धुमधामका साथ पूजा गरि मनाइदैछ । विश्वकर्मा बाबाको जन्म दिन भएकोले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजा आजा गरिन्छ । नेपालको विभिन्न जिल्ला लगायत भारतमा समेत विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विभिन्न उद्योग कलकारखानाहरुमा विश्वकर्मा पूजाको ठूलो महत्त्व रहेको छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्ने गर्छन । आजको दिन धेरैजसो कलकारखाना बन्द रहने तथा मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो…
स्याङ्जा ३१ भदौ । यसबर्षको संबिधान दिवस मनाउने सम्बन्धमा जिल्ला स्थित लोकतन्त्रवादी राजनैतिक दलहरु संयुक्त बैठकबसी निर्णय गरेका छन् । पुतलीबजार नगरपालिका १ स्थित नेकपा एमालेका मुख्यालयमा बसेको जिल्ला स्थित ४ राजनैतिक दलहरुले संयुक्त बैठले सो निर्णय गरेका हुन । बैठकले संबिधान रक्षाकोलागि संबिधान दिवसकै दिन स्याङ्जा सदरमुकाम स्थित स्याङजा जिल्ला उद्योगण वाणिज्य संघको भवन अगाडी बिहान ११ बजे सबैजना सहभागी भै नगरपरिक्रमागरी सहिदचोकमा कोणसभा गर्ने निर्णय भएको छ । पुतलीबजार नगरपालिका १ सहिदचोकमा गरिने कोणसभामा जिल्ला स्थित राजनैतिक दलका शीर्ष नेताहरुद्धारा संबोधन गर्ने कार्यक्रम रहेको जनाउदै सो कार्यक्रममा उपस्थिती हुनका लागि सम्पूर्ण लोकतन्त्र तथा गणतन्त्रवादी जनसमुदायलाई अनुरोध गरिएको नेपाली…
स्याङ्जा ३१ भदौ । आईतवार र सोमबार परेको अविरल बर्षाका कारण पुतलीबजार नगरपालिका ३ स्थित चिचिकुनाका ६ घर र ६ गोठ बस्नका लागि जोखिममा छन । राधाकृष्ण मन्दिर परिसरमा रहेका ईश्वरीप्रसाद मरासिनी, भवानी मरासिनी, पिताम्बर मरासिनी, हुमाबती दोरंगा, भवानीदत्त दोरंगाा र नबिन दोरंगाका घर तथा गोठहरु बस्नका लागि जोखिममा देखिएका हुन । एउटा बस्ती नै जोखिम देखिएपछि पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, प्रहरी उपरीक्षक दधिराम न्यौपाने, राष्ट्रिय अनुसन्धान उपनिर्देशक जईन्द्र उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगााना, सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतको प्राबिधिक टोलीले मंगलबार स्थलगत अध्ययन, अवलोकनगरी प्रभावित स्थानीयबासीसंग…
स्याङ्जा २९ भदौ । नेपाल बार एशोसियशन स्याङ्जाका पूर्वअध्यक्ष अधिवक्ता प्रकाश अर्यालले आफना दिवंगत पिता हुमनाथ अर्यालको सोह्रश्राद्धको तिथिमा स्याङ्जा जिल्ला कारागारका कैदीबन्दीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी टयांकी उपलब्ध गराउनु भएको छ । झण्डै एकसय ५० केैदीबन्दी रहेको कारागारमा खानेपानीको अभाव थियो । आमा द्रोणकुमारी अर्यालले कारागार प्रमुख दिनेश शर्मा मरासिनीलाई टंकी हस्तान्तरण गरेको अर्यालले बताउनुभयो । दुई हजार लीटर क्षमताको टंकी उपलब्ध भएपछि निर्धारित समयमा मात्र आउने पानीलाई संकलनगरी आवश्यकता अनुसार उपयोग गर्न सकिने कारागार प्रमुख शर्माले जानकारी दिनुभयो । कारागारका कैदीबन्दीकालागि समाजका लब्धप्रतिष्ठीत ब्यक्तिहरुले अत्यावश्यक सेवाका लागि आवश्यक सामाग्री उपलब्ध गराएर सुधारगृहमा आचरण सुधार गरिरहेकाहरुकालागि ठूलो गुन…
स्याङ्जा २९ भदौ । जेन—जी का आन्दोलनका कारण स्थगित स्याङ्जा जिल्ला अदालतका केही सेवा पुनः सोमबारदेखि सुचारु गरिने भएको छ । जनजीवन सामान्य बन्दै गएको र यातायात सञ्चालन पनि सुचारु भएका कारण स्याङ्जा अदालतले सोमबारदेखि सबै कामकाज पूर्ववत् रुपमा पूर्ण रुपले सञ्चालन गर्ने जनाएको हो । आइतवार जारी सूचना मार्फत अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवा उपलब्ध गराउनेगरी सूचित गरिएको छ ।आन्दोलनका क्रममा सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली सहित सर्भरमा क्षति पुगेपछि इन्ट्रानेट प्रणाली ठप्प भएको थियो । सार्वजनिक यातायात समेत अवरुद्ध भएकाले स्याङ्जा अदालतले भदौ २६ गतेबाट पक्राउपुर्जी जारी÷जरुरी पक्राउपूजी स्वीकृत÷म्याद थप÷बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र अन्तिम हदम्याद मात्र…
स्याङ्जा २८ भदै । राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाले भदौ २९ गते आइतवार आयोजना गर्ने भनिएको बालबालिका समूहबीच पञ्चेबाजा प्रतियोगिता स्थगित भएको छ । बालबालिकाको अधिकार प्रवद्र्धन गर्ने उद्देश्यका साथ गर्ने भनिएको प्रतियोगिता स्थगित भएको हो । सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले देशको प्रतिकुल अवस्थाका कारण प्रतियोगिता स्थगित गरिएको जानकारी दिनुभयो ।प्रमुख पौडेलले देश विषम परिस्थितिमा रहेकाले प्रतियोगिता स्थगित भएको भन्दै अवस्था सामान्य बनेपछि कार्यक्रमहरुलाई सामाजिक विकास कार्यालय स्याङ्जाले निरन्तरता दिने बताउनुभयो । भदौ २९ गते आइतबार बिहान ११ः०० बजे स्याङ्जामा हुने भनिएको प्रतियोगितामा कक्षा एकदेखि दशसम्म पढ्ने बालबालिकाले भाग लिन सक्ने बताइएको थियो ।
स्याङ्जा २८ भदै । स्याङ्जा जिल्लाभर लगाइदै आएको कफ्र्यू र निषेधाज्ञा शनिवारबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना प्रकाशित गर्दै पछिल्ला केही दिन यता विकसित बिषम परिस्थितीका कारण लगाइएको कफ्र्यू र निषेधाज्ञा हटाइएको जनाएको हो । सुरक्षा संबेदनशिलताका आधारमा जिल्लाभर भेला, जुलुस, प्रर्दशन, सभा, बैठक घेराउ गर्न नपाउनेगरी निषेधाज्ञा जारी भएकोमा पछिल्लो अवस्था सामान्य हुदेै गइरहेको जनाउदै अर्को आदेश नभएसम्मका लागि कफ्र्यू र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । साथै, जिल्लाको शान्ति सुब्यवस्था र पारस्पारिक सदभावलाई कायम राख्दै सार्वजनिक सेवा सुचारुगरी बजार ब्यवस्थापनलाई क्रमिक रुपमा चलाएमान बनाउनका लागि सबै सबै सरकारी…
काठमाण्डौ २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानूनविद्हरू सहभागी छलफलपछि उहालाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो। जेन( जीको माग अनुसार संसद् विघटन गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति जुटेको थियो । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । यसअघि हिजो नै राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार…
स्याङ्जा २७ भदौ । स्याङ्जा जिल्ला अदालतले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । भदौ २६ गते सूचना जारी गर्दै अदालतले जेन—जी आन्दोलनका क्रममा सर्बोच्च अदालतमा सञ्चालित सरभर प्रणालीमा क्षति पुग्नुका साथै इन्टरनेट सेवा अवरुद्ध भएपछि अदालतका नियमित सेवा प्रवाहमा समस्या आएको जानकारी दिएको छ । सार्वजनिक यातायात बन्द हुनुका कारण अदालतमा पक्षकारहरूको उपस्थितिमा समेत कठिनाइ भएको सूचनामा उल्लेख गरिएको छ । यस्तो अवस्थामा अदालतले अत्यावश्यक प्रकृतिका सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । जारी सूचना अनुसार हालका लागि अन्तिम तारिखमा पेश गर्नुपर्ने अभियोग वा प्रतिवेदन दर्ता गर्ने काम र पक्राउ पुर्जी जारी÷जरुरी पक्राउ पुर्जी स्वीकृत,…
स्याङ्जा २७ भदौ । राष्ट्रिय युवा संघ स्याङ्जाले संविधानको रक्षा सहित ‘जेनजी’ पुस्ताले उठाएका जायज माग सम्बोधन गर्नू पर्ने जनाउदै स्याङ्जा सदरमुकाममा प्रर्दशन गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित नेकपा एमाले पार्टी कार्यालयबाट निस्केको रयालीले नगर परिक्रमा गर्दै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संबिधानको रक्षा गर, वैदेशिक हस्तक्षेप बन्द गर, जेन—जीका जायज माग पुरा गर भन्दै नारा लगाएर नगर परिक्रमा गरेका थिए । कोणसभामामा बोल्दै युवा संघ स्याङ्जाका संयोजक राजन पोखरेलले संविधानलाई आधार मानेर सर्बपक्षिय सहमतिमा राजनीतिक निकास दिनु पर्ने बताउनुभयो । संबैधानिक मूल्य मान्यता बमोजिम सबैको सहमति बमोजिम जेनजी पुस्ताले उठाएको जायज मागलाई सम्बोधन गर्न समेत…