Author: Syangja Sandesh

स्याङ्जा ९ कात्तिक । नेकपा एमाले गल्याङ नगरपालिकाको प्रथम अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । नगर कमिटीको अध्यक्षमा दानबहादुर थापा, उपाध्यक्षमा घनश्याम भट्टराई, सचिवमा राजेन्द्र खनाल, उपसचिबमा भेमला बराल र सशिकुमार बिक निर्वाचित हुनु भएको नेकपा अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा ९ कात्तिक । नेकपा एमाले हरिनास गाउपालिकाको प्रथम अधिवेशनले खिमनारायण मानन्धरको अध्यक्षतामा ५९ सदस्यीय गाउ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा उपाध्यक्ष ओम सिग्देल, सचिवमा इन्द्र रुचाल, उपसचिव चिन्तामणी शर्मा र पर्शुराम लम्साल निर्वाचित हुनु भएको नेकपा एमालेले जनाएको छ ।

Read More

स्याङ्जा ९ कात्तिक । नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाको पहिलो अधिवेशनले ५७ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । गठित कमिटीको अध्यक्षमा मोहनबहादुर अधिकारी उपाध्यक्षमा चक्र गुरुङ सचिबमा टिकारम खनाल उपसचिवमा नारायण ढकाल लगायत ५७ सदस्य सर्बसम्मत निर्बाचित हुनु भएको पालिकाका उपाध्यक्ष चिनुमाया गुरुङ्ले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा ९ कात्तिक । नेकपा एमाले भीरकोट नगरपालिकाको पहिलो अधिवेशनले बिश्वनाथ अर्यालको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।नवगठित समतिको उपाध्यक्षमा मिठु अधिकारी, सचीवमा गोकुल अधिकारी र उपसचिवमा पर्बत खाम्चा मगर र केशरजंग अधिकारी रहनु भएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा ९ कात्तिक । नेकपा एमालेको प्रथम पालिका अधिवेशन अन्तर्गत आज भएको आँधीखोला गाँउ कमिटिमा सिंहबहादुर क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत समिति चयन भएको छ। नवगठित समितिको उपाध्यक्षमा लोकप्रसाद ढकाल, सचीवमा शिवप्रसाद पौडेल र उपसचिवमा सीता नेपाली र भक्तबहादुर केसी लगायत ५५ सदस्यीय गाउपालिका कमिटी निर्वाचित भएको नेकपा एमाले नेता सुधीरकुमार पौडेलले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा ९ कात्तिक । स्याङ्जाका ९६ वडामा सर्वसम्मत टुंग्याएको नेकपा एमाले एउटा वडामा भने नेतृत्व चयनका लागि मंगलबार बिहानसम्म प्रयासरत छन्। मुलुकभर एकसात शनिवार सुरु अधिवेशन अनुरुप स्याङ्जामा सोही दिन ९३ वटा वडामा सर्वसम्मत अध्यक्ष चयन भए। आइतवार र सोमबार ३ वटा वडामा टुंगियो। तर, गल्याङ् नगरपालिका ११ मा भने अहिलेसम्म छलफलकै प्रक्रियामा रहेको वडाअध्यक्षका प्रतिस्पर्धी मध्येका एक रुमलाल कडेंलले जानकारी दिनुभयो। नेकपा एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे ९पारस० का अनुसार जिल्लाभरका ९७ वडामा सौहार्दपूर्ण वातावरणमा सर्वसम्मतरुपमा पहिलो अधिवेशन सम्पन्न भएको छ। पुतलीबजार नगरपालिकाको १ मा लोकनारायण ढकाल, २ मा भिमगुरुङ, ३ मा तेजप्रसाद शर्मा, ४ मा दोलराज पोखरेल, ५ मा…

Read More

स्याङ्जा ९ कात्तिक । पुतलीबजार नगरपालिका ७ ठूलाडिही बाचपुर निवासी सुजन गुरुङ्ले आफनो जन्मदिन पारेर बालगृहमा आश्रित बालबालिकालाई जिन्सी सामाग्री सहयोग गर्नुभएको छ । जन्मदिनका दिन गरिने खर्चलाई उहाले फेदिखोला स्थित अमोर सेवा नेपालमा आश्रित २३ जना बालबालिकालाई कपडा, शैक्षिक सामाग्री र खाद्यान्न सहयोग गरेको बताउनुभयो । गुरुङ्का अनुसार जाडोमा लगाउने न्यानो कपडा, कपी, कलम, शिसाकलम, खाद्यान्न सामाग (चामल, नून, तेल, बच्चाहरुका लागि खाजा) सहित नगद प्रदान गर्नुभएको हो । उहाले कपडा र शैक्षिक सामाग्री बालबालिकालाई हस्तान्तरण गर्नुभयो भने खाद्यान्न सामाग्री बालगृह संचालिका कमला पराजुलीलाई प्रदान गरेको गुरुङ्ले जानकारी दिनुभयो ।

Read More

काठमाण्डौ ८ कात्तिक । सूडानमा सेनाले सत्ता कब्जा गरेको छ । सूडानी सेनाले प्रधानमन्त्री र अन्तरिम सरकारका अन्य मन्त्रीलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको बताइएको छ । सेनाले प्रधानमन्त्री सहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि सरकार विघटन गर्दै देशभर संकटकाल घोषणा गरेको छ । शक्ति बाँडफाँड सम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गर्नुभएको हो । त्यस्तै उहाँले सरकार तथा सङ्क्रमणकालीन परिषद् विघटन गरेको जानकारी समेत गराउनुभयो । साथै सेनाले देशको सरकारी टेलिभिजन र रेडियोलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । सूडानको सूचना मन्त्रालयले आफ्नो फेसबुक पेजमा सेनाले विभिन्न मन्त्री र प्रधानमन्त्रीलाई हिरासतमा…

Read More

स्याङ्जा ८ कात्तिक । गण्डकी प्रदेशका शिक्षा प्रविधि तथा बिज्ञान संस्कृति, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले माटो सुहाउदो दक्ष जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले बिशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो ।प्रदेशका ८५ वटै पालिकाहरुको समन्वयमा प्राबिधिक क्षेत्रलाई प्रधावकारी बनाउने उहाले भन्नुभयो । प्राबिधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद सिटिईभिटी गण्डकी प्रदेश र गण्डकी प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम प्रतिष्ठानले ‘आधारभूत तथा मध्यमस्तरीय सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका’ बियषक वालिङ्मा भएको अन्तक्र्रियामा बोल्दै उहाले सो बताउनुभएको हो । कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डाक्टर हरि लम्साल, गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले…

Read More

स्याङ्जा ८ कात्तिक । गल्याङ नगर अस्पतालमा आजदेखि दाँत उपचार सेवा सुरु गरेकोे छ । गल्याङ अस्पतालले पहिलो पटक दाँत सम्बन्धी उपचार सेवा सुरु गरेको हो । रोटरी क्लब अफ काठमाडौँ नर्थको पहलमा रोटरी क्लब अफ आइआरडीको सहयोगमा दन्त उपचार सेवा सुरु गरिएको हो । रोटरी क्लबले मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो भने कान्तिपुर डेन्टल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सेवा थालिएको उहाँले बताउनुभयो । अस्पताल, रोटरी क्लब र कान्तिपुर अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार दुई वर्षसम्मको सञ्चालन तथा व्यवस्थापन रोटरी क्लब र कान्तिपुर डेन्टल अस्पतालले गर्ने तथा त्यसपछि अस्पतालले व्यवस्थापन गर्ने छ । सुरुआतका क्रममा…

Read More

स्याङ्जा ८ कात्तिक । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिसँगै लुकेर रहेका प्रतिभा अगाडि बढाउन आवश्यक पहल गर्ने बताउनु भएको छ। वालिङ नगरपालिका ८ स्थित भीमटारी युवा क्लबले भीमटारी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा आयोजना गरेको प्रथम शिव स्मृति स्याङ्जा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिताको समापनमा विजयी खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले सो कुरा बताउनु भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नयाँ खेलाडीको प्रतिभा प्रष्फुटन गर्न र अग्रज खेलाडीलाई खेल क्षेत्रमै रहिरहने वातावरण सिर्जना…

Read More

स्याङ्जा, ७ कात्तिक । कालीगण्डकी गाउँपालिका अहिले सयपत्रीमय बनेको छ। जिल्लामै पहिलो पटक यो गाउँपालिकाले ठूलो मात्रामा फूल खेतीको शुभारम्भ गरेको हो। सयपत्री फुलेर ढकमक्क भएपछि गाउँ नै सुन्दर देखिएको छ। गाउँघरमा सयपत्रीको बासना छाएको छ। तिहारको झल्को बढाएको छ। बर्सेनि हजारौं रुपैयाँका माला खरिद गर्ने गाउँलेले यस वर्ष भने आफैंले फुलाएको फूल उपयोग गर्ने भएका छन्। गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उदेश्यले सयपत्री रोपण सुरु गरेको जनाएको छ। कालीगण्डकी गाउँपालिका ७ स्थित लालीगुराँस होमस्टेलाई फूलैफूलको घरवास बनाउने उदेश्यले नमूना बारीचौरमा ५ रोपनीमा व्यवसायिक फूलखेती गरिएको हो। यसैगरी, वडा न। ४ स्थित ड्रागन खेतीभित्र १५ रोपनी क्षेत्रफलमा फूलखेती गरिएको…

Read More

स्याङ्जा ७ कात्तिक । वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।वालिङ भलिबल क्लबकोे दोस्रो वार्षिकोत्सव पारेर सोही क्लबले यही कात्तिक ८ (भोली) देखि १३ गतेसम्म खुला भलिबल प्रतियोगिता हुनेभएको हो। खेलकूदका माध्ययमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाउने र प्रतिभाशाली खेलाडी पहिचानगरी वालिङमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिने भएको क्लबका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी दिनुभयो ।मुख्य प्रायोजनमा वालिङ नगरपालिका रहेको ६ दिनसम्म सञ्चालन हुनेभएको छ। प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय खेलाडीको सहभागिता रहने आयोजकको भनाई छ। पुरुषतर्फका बिजेताले १ लाख, द्वितीयले ५० हजार, तृतीयले २५ हजार र सान्त्वना हुनेले १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र…

Read More

काठमाण्डौ ७ कात्तिक । टर्कीले नेटो आबद्ध १० देशका राजदूतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई नयाँ नीति स्वीकार गर्न आग्रह गर्नु भएको छ । नीति स्वीकार नभए देश छोड्न उहाँको चेतावनी छ । टर्कीको यो नीतिसँगै १० राष्ट्रका राजदूतहरुमाथि जुनसुकै मुद्दामा छानबिन तथा कारबाही अगाडि बढाउन पाइने भएको बीबीसीले जनाएको छ । विगत चार वर्षदेखि टर्कीको कारागारमा रहेका अभियन्ता ओस्मान कवलाको रिहाइको मागसहित वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्दोगानले यो निर्णय गरेको विश्लेषण गरिएको छ । कबलाकै नेतृत्वमा राष्ट्रपतिलाई सत्ताच्युत गर्नुपर्ने मागसहित चार वर्ष अघि देशभर विरोध प्रदर्शन भएको…

Read More

काठमाण्डौ ७ कात्तिक । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ुएु क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सुरु भएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ुएु, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ुएु, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । भिटामिन ुएु र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो…

Read More