Author: Syangja Sandesh

स्याङ्जा, ११ कात्तिक । नेवा देदवु जिल्ला समिति स्याङ्जाले नेपाल सम्बत ११४२ को अवसर पारेर बिहीवार पुतलीखेतमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित नेवार समुदायको पुरानो बस्ती रहेको यहाँ निर्मित नेवा संग्राहयमा आयोजित कार्यक्रमकोे उदघाटन केन्द्र र प्रदेश पदाधिकारी र सदस्यहरुको सहभागिता थियो। शुभकामना कार्यक्रमको उदघाटन गर्दै केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारण नेपाल भाषा, कला संस्कृतिको संरक्षण गर्नपर्ने बताउनुभयो ।बहुसंख्यक जातजाती भाषा, कलाले भरिपूर्ण नेपालको पहिचान बिबिधताभित्र एकता रहेको औल्याउदै नेवार समुदायका मौलिकपनको संरक्षणका लागि राज्य तयार हुनुपर्नेमा जोड दिनुभयो ।सबैजातजाती र वर्ग समुदायका पहिचान र संरक्षणका लागि राज्य र हामी आफैं जागरुक ह्ुनुपर्नेमा उनले जोड दिदै…

Read More

हेटौंडा १० कात्तिक। वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षर सहित दाबी पत्र आज बेलुकी बुझाउनुभएको छ । उहाँको समर्थनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले सर्मथन सहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न भोली दिउँसो ३ बजेसम्म समयसीमा निर्धारण गर्नुभए अनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आज नै दाबी पत्र दर्ता गराउनुभएको थियो ।

Read More

हेटौंडा १० कात्तिक। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गर्नुभएको छ ।आज प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गर्नुभएको हो । उहाँले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गर्नुभएको थियो । मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेको बताउनुभयो । शाक्यले दिनुभएको राजीनामा आज नै स्वीकृत भएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोली दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गर्नुभएको हो ।

Read More

स्याङ्जा १० कात्तिक । सरकारले मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू गर्ने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै आज नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो । मङ्सिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिर्नुपर्नेछ । त्यसका लागि प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गनुपर्नेछ ।आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिट अनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका…

Read More

स्याङ्जा १० कात्तिक । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । कांग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि थालेर मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । समितिले कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । मंगलबारको पदाधिकारी बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितलाई मंसिरभित्र सकिनेगरी महाधिवेशनको कार्यतालिका बनाउन निर्देशन दिनुभएको…

Read More

स्याङ्जा १० कात्तिक । नेकपा एमाले स्याङ्जाको पुतलीबजार नगर कमिटीको अध्यक्षमा भरत गोदार निर्वाचित हुनुभएको छ । कमिटिको उपााध्यक्षमा रेशम केसी, सचिवमा अमृत नेपाली, उपसचिवमा लक्ष्मी थापा मगर र बिद्या भट्टराई निर्वाचित हुनु भएको हो ।

Read More

स्याङ्जा, १० कात्तिक । नेपालकै नमूना पयटकीय गाउँ ‘सिरुवारी होमस्टे’ पर्सी कात्तिक १२ गते (शुक्रवार) देखि संचालनमा ल्याईने भएको छ।मुलुककै पहिलो होमस्टेका रुपमा प्रख्यात सिरुवारी कोरोना भाइरस संक्रमण बढेसंगै बन्द गरिएको थियो। कोरोनाको दोश्रो चरणसंगै बन्द रहेका होमस्टे पुनःसंचालनको तयारीकालागि यहाँका पर्यटनकर्मीहरु आ आफना कर्ममा जुटेका छन्। आँधीखोला गाउँपालिका १ पञ्चमूल स्थित शिरुवारी बाक्लो गुरुङ बस्ती छ। कला, संस्कृति, रहनसहन र आत्मियता साट्न सिपालु यहाँका स्थानीयबासीसंगको साक्षात्कार साच्चीकै यादगार रहन्छन्। गाँउले तथा पहाडीय जीवन, कला, संस्कृति, गुम्वा, भ्यू टावर, म्यूजियम, धारु, बुद्धको मूर्ति लगायतका क्षेत्रका घुमिफिर तथा अवलोकन गर्ने स्थल यहाँका मनमोहक छन्। पाहुना आउने खबर भएपछि होमस्टे संचालकहरु मुख्य…

Read More

स्याङ्जा १० कात्तिक । गल्याङ नगरपालिका वडा नम्बर ४, दुधेचौरमा उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजनाद्वारा सञ्चालितउन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसान आत्मनिर्भर बन्नका लागि परियोजनालाई सही रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले कृषि र पशुपालनबाट आत्मनिर्भर बन्नका लागि गल्याङ नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अनुदानका लागि मुख ताक्ने मात्रै होइन, काम नै गरेर अगाडि बढ्नुस् नगरपालिकाले सबै खालको सहयोग गर्न तयार छ ।’ उहाँले कृषकहरुका…

Read More

स्याङ्जा १० कात्तिक । नेकपा एमाले कालीगण्डकी गाउपालिकाको अधिवेशनले कृष्णबहादुर लामिछानेकोे अध्यक्षतामा पालिकास्तरीय कमिटी सर्वसम्मत चयन गरेको छ । गठित कमिटीको उपाध्यक्षमा इन्द्र थापा मगर, सचिवमा एक नारायण न्यौपाने, उपसचिवमा सूलोचना पाण्डे र कृष्णप्रसाद भट्टराई निर्वाचित हुनुभएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।

Read More

स्याङ्जा १० कात्तिक । नेकपा एमाले चापाकोट नगरपालिकाको अधिवेशनले राजु कोइरालाको अध्यक्षतामा पालिकास्तरीय कमिटी सर्वसम्मत चयन गरेको छ । गठित कमिटीको उपाध्यक्षमा शंकरभक्त भण्डारी, सचिवमा राजु भट्टराई, उपसचिवमा शेषकान्त भण्डारी र गोबरधन पाठक निर्वाचित हुनुभएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।

Read More

स्याङ्जा १० कात्तिक । नेकपा एमाले बिरुवा गाउँपालिकाको अधिवेशनले प्रकाश थापा मगरको अध्यक्षतामा पालिकास्तरीय कमिटी गठन गरेको छ । गठित कमिटीको उपाध्यक्षमा कल्याणकुमार पोखरेर्ल, सचिवमा गोपाल कोइराला, उपसचिवमा नविन आले र सितलजंग केसी निर्वाचित हुनुभएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।

Read More

स्याङ्जा १० कात्तिक । नेकपा एमाले फेदिखोला गाउँपालिकाको अधिवेशनले घनश्याम सुवेदीको अध्यक्षतामा ५६ सदस्यीय पालिका कमिटी गठन गरेको छ । गठित कमिटीको उपाध्यक्षमा दुर्गा शर्मा, सचिवमा हर्क कार्की, उपसचिवमा डिवी मिजार र चेतन शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।

Read More

स्याङ्जा ९ कात्तिक । वालिङ भलिबल क्लबको आयोजनामा आजदेखि वालिङ खेलमैदानमा पुरुष र महिला भलिबल प्रतियोगिता शुरु भएको छ । भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका यूवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले खेल क्षेत्रको विकाससँगै खेलाडीको क्षमता अभिवृद्धि गर्नतर्फ ध्यान केन्द्रीत भएको बताउनुभएको छ । उहाँले खेलको गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, गण्डकी प्रदेश खेलकूद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेश क का सभापति अर्जुनप्रकाश अर्याल, खेलकूद विकास समिति स्याङ्जाका…

Read More

काठमाण्डौ ९ कात्तिक । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गर्नुभएको छ । विवादका बीच उहाँले आज सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिनुभएको छ । त्यसअघि उहाँले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गर्नुभएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नुभएको थियो । जापानको शाही परिवार सम्बन्धी नियम अनुसार उहाँले सर्वसाधारणसँग बिहे गरेसँगै उहाँको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेम सम्बन्ध आजदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो । उहाँहरूको मगनी गएको सन् २०१७ मा भए पनि विवाहको मिति तय भएको थिएन । जापानका राजा नारुहितोकी ३०…

Read More

स्याङ्जा ९ कात्तिक । नेपाल बिद्यार्थी संघ स्याङ्जाले विद्यालयमा अक्षयकोषको स्थापना गरेको छ । डम्बर बहादुर बिक स्मृति जयनेपाल छात्रवृत्ति कोष निर्माण गरि अर्जुनचौपारी गाउँपालिका स्थित नबदुर्गा आधारभुत बिधालयलाई हस्तान्तरण गरेको छ । मंगलबार अर्जुनचौपारीमा आयोजित कार्यक्रममा नेबिसंघ स्याङ्जाको एक सय प्रजातन्त्र सेनानी एक सय जयनेपाल अक्षयकोष अभियान अन्र्तगत विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले स्व बिकले काङ्ग्रेस र समाजको लागि सकारात्मक चेतना बोकेर संघर्ष गरेको स्मरण गर्नुभयो । उहा दलित अगुवा र प्रजातान्त्रिक नेता भएको स्मरण गर्दै छात्रवृत्तिकोष मार्फत प्रजातन्त्र सेनानीलाई स्मरण गर्न पाएकोेमा नेबिसंघलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस उद्योग बिभाग केन्द्रिय सदस्य प्रकाश तिवारी…

Read More