स्याङ्जा, १५ कात्तिक । यही कात्तिक महिनामा स्याङ्जामा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन अभियान सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्धारा आज आयोजित अन्तरक्रिया सहित समन्वय बैठक मार्फत सो को जानकारी गराइएको हो ।गृह मन्त्रालयद्धारा खटिआएका प्रबिधि सहितका ६० जना कर्मचारीले स्याङ्जामा राष्ट्रिय परिचयपत्रका विबरण संकलन गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिनुभयो । उहाका अनुसार यहाँका ११ पालिकामा झण्डै ४ महिना लाग्ने र आवश्यक सहयोगका लागि स्थानीय पालिकाले समन्वय गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बिभागका निर्देशक बिष्णुहरी उपाध्यायले राष्ट्रिय परिचयपत्रको आवश्यकता र यसका उपयोगिताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । अन्र्तक्रियामा बोल्दै जिल्ला समन्वय समितिका…
Author: Syangja Sandesh
काठमाण्डौ १५ कात्तिक । प्रदेश १ मा मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आचार्यले गएको ५ गते प्रदेश सभामा पेस गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल गरी मत विभाजन हुँदैछ । सभामुख प्रदीप भण्डारीले आज दिउँसोको लागि प्रदेश सभाको बैठक डाक्नुभएको छ । आज मत विभाजन भएसँगै नेकपा एमालेले गण्डकी र वाग्मतीपछि प्रदेश(१ मा सरकार गुमाउने निश्चित छ । गएको ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । तर, त्यही दिन नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएपछि सदन स्थगित भएको थियो । हिजो बसेको…
काठमाण्डौ १५ कात्तिक । जी–२० देशका नेताहरूले जलवायु परिवर्तनको बारेमा प्रतिवद्धता मात्रै जाहेर गरेका छन् । कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक काम गरेका नेताहरुले जलवायु परिवर्तनमा भने खासै उल्लेख्य निर्णय गर्न सकेनन् । विश्वका समृद्ध अर्थतन्त्र भएका १९ मुलुक तथा युरोपेली युनियन मिलेर बनेको जि–२० समूहले विश्वको कार्बन उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छ । समूहका नेताहरू ‘अर्थपूर्ण र प्रभावकारी कार्यहरू’ गर्दै ग्लोबल वार्मिङलाई सीमित गर्ने प्रयासहरू जारी राख्न सहमत भएका छन् । इटालीको रोममा भएको जी–२० सम्मेलनले केही ठोस प्रतिवद्धता जाहेर गरेपनि अभियान्ताहरुलाई सन्तुष्ट बनाउन भने सकेन । जी–२० को प्रतिवद्धता पर्याप्त नभएको उनीहरूको गुनासो छ ।
काठमाण्डौ १५ कात्तिक । नेपाल एएफसी युथ २३ एसियन कप फुटबलको छनोट चरणमा जितिविहन तथा गोलबिहिन हुँदै बाहिरिएको छ । समूह बी मा लगातार तेस्रो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । आइतवार भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित भयो । वर्तमान राष्ट्रिय टोलीका ६ खेलाडी तथा सिनियर टोलीको अनुभव बोकेका अन्य ५ खेलाडी भएपनि टोलीको आक्रमण फितलो देखियो । पहिलो खेलमा इरानसँग ४–० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० को हार बेहोरेको थियो । नेपालले प्रतियोगितामा उक गोल पनि गर्न सकेन भने अंकको खाता खोल्न सकेन ।
काठमाण्डौ १५ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ९कोप–२६० मा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा गएराति स्कटल्याण्डको ग्लासगो पुगनुभएको छ । प्रधानमन्त्री देउवा लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो पुग्नुभएको हो । देउवाले आज वर्ल्ड लिडर समिटमा भाग लिनुहुनेछ । स्थानीय समयानुसार आज दिउँसो सम्मेलनको उद्घाटन हुँदैछ । देउवाले आजै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
स्याङ्जा १५ कात्तिक । स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले नजिकिदै गरेको दिपावली, नेपाल सम्वत, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान सहित नवआगन्तुक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई स्वागत एवं सम्मान गरेको छ । संघको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले संघको आत्मिय स्वागतप्रति धन्यवाद दिदै उद्योग ब्यवासायी र कर्मचारीबीच हातेमालो गर्दे अघि बढ्ने बताउनुभयो । पेशागत इमान्दारितालाई अंगाल्दै अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, समरजीत गुल्पति अशोक मल्ल, सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन न्यौपाने, अनुसन्धान अधिकृत सुरेश तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बिक्रान्तकुमार श्रेष्ठ सुवर्ण र शोभाकान्त…
स्याङ्जा १४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले चार वर्ष प्रदेश चलाएको सरकारले भन्दा वर्तमान सरकारले राम्रो काम गरेको बताउनुभया। आँधीखोला गाउँपालिका १ पञ्चमूलस्थित नेपालकै पहिलो र नमूना पर्यटकिय गाउँ सिरुवारीमा बुद्ध शालिकको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले छोटो समयमै सरकारले उपलब्धीमूलक काम गरेको दावी गर्नुभयो। चार(चार वर्षसम्म एकलौटी चलाएको सरकार हटेर एकैचोटी प्रादेशिक सरकारले बजेट ल्याएर काम गर्ने क्रममा चुनौती देखिए। तर, पनि नागरिकले मूल्यांकन गर्नेगरी काम गर्नेमा आफू ढुक्क रहेकोमा जोड दिनुभयो। उहाले भन्नुभयो, ‘आफू नेतृत्वको सरकारले पाठेघर क्यान्सर पीडित महिलालाई निशुल्क उपचार, कोभिडबाट मृतक परिवारलाई ५० हजार र मृतकका बालबच्चालाई मासिक पाँच हजार दिने, प्राकृतिक विपत्तीलाई…
स्याङ्जा १४ कात्तिक । गण्डकी प्रदेश सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले ७ वटा प्रदेश मध्येकै उत्कृष्ठ सञ्चार बिधेयक बनाउने बताउनुभयोआदीवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा स्याङ्जाको सिरुवारीमा आयोजित ग्रामिण पर्यटन प्रवद्र्धन तथा क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रमको शनिवार उदघाटन गर्दे मन्त्री थापाले पत्रकारबीच छलफल पश्चात पत्रकारमैत्री बिधेयक निर्माणमा प्रयासरत रहेको जनाउनुभयोउहाले भन्नुभयोे, ‘बिद्यायन समितिका सभापतिसंग निरन्तर सम्वादमा छु। अबको सदनबाट बिधेयक ल्याउनेछौं।’गण्डकी सरकारले प्रक्रियाका रुपमा अघि बढाएको जनाउदै मन्त्री थापाले भने,‘पत्रकारका अधिकार संकुचित पार्नेगरी विधेयक ल्याउन हामी दिदैनौ।’कार्यक्रममा आदीवासी जनजाती पत्रकार महासंघ गण्डकीका इन्चार्ज होम गुरुङ, सञ्चार मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्याल, आधीखोला वडा नं. १ का अध्यक्ष लोकप्रसाद ढकाल,…
काठमाण्डौं १२ कात्तिक ।विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले कू गरी सत्ता लिएपछि भईरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भैरहेको बेला विश्व बैंकले सुडानलाई दिंदै आएको सहयोग रोक्ने बताएको हो । सेनाले असंवैधानिक तरिकारले सत्ता कब्जा गरेकै भन्दै अफ्रिकन युनियनले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ । धमाधम आर्थिक अनुदान सहयोग काटिन थालेकाले नाजुक अर्थतन्त्र भएको सुडानले गम्भीर परिणामहरू भोग्नुपर्ने आर्थिक विशेषज्ञहरूले चेतावनी दिएका छन् । यसैबिच विश्व बैंक र एयुकै कदमका कारण सैनिक विद्रोहका नाइके जनरल अब्देल फत्ताह बुर्हानमाथि नागरिक सरकारको पुनस्र्थापनाका लागि दबाब परेको बताईएको छ । विश्व…
स्याङ्जा, १२ कात्तिक । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादी पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजायँ तोकिएका फरार प्रतिवादी ४५ बर्षपछि पक्राउ परेका हुन् । २०३६ साल माघ १७ गते जिल्ला अदालत स्याङ्जाले जन्मकैदको फैसला गरेको चापाकोट ८ का ७३ वर्षीय गणेश बहादुर कुमाललाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका कुमालले आफुलाई गोरे कुमाल भनी नाम परिवर्तन गराई स्याङ्जाबाट भागी नवलपरासीमा परिवार सहित लामो समयदेखी लुकीछीपी बस्दै आएकोमा विशेष सूचनाको आधारमा दशैमा पुरानो घरमा आएर फर्कदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका ।…
स्याङ्जा, १२ कात्तिक । नेकपा एमालेको वालिङको अधिवेशनले शोभाकान्त पौडेलको अध्यक्षतामा ७५ सदस्यीय कमिटि निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा यामखनाल, उपसचिवहरुमा उमेश दर्लामी, सीता गुरुङ र पिताम्बर खनाल लगायत अन्य सदस्यहरु रहनुभएको छ । निर्वाचित कमिटिले शुक्रबारनै सपथ ग्रहण गर्नुभएको छ । निर्वाचन समितिका संयोजक वाईबि कुँवरले नवनिर्वाचित अध्यक्ष पौडेललाई शपथ ग्रहण गराउनुभएको हो भने अध्यक्ष पौडेलले पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । यो संगै मंगलबारदेखि सुरु नेकपा एमालेको पालिका स्तरीय अधिवेशन सम्पन्न भएका छन् ।
स्याङ्जा, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादीं) का अध्यक्ष माधबकुमार नेपालले एकिकृत समाजबादीको शक्ति सुदुरपश्चिममा हेर्नुपर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादीं ) स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन गर्नै नेपालले समाजबादीको शक्ति केपी ओलीको निद हराम भएको बताउनुभयो । सुदुरपश्चिममा हाम्रो पार्टी पहिलो र एमाले चौथो रहेको बताउदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने ढोकुवा गर्नुभयो । पार्टी कम्पनी नभएको बताउदै बिचारको लागि पार्टी बिभाजन भएको बताउदै नेपालले अहिले केपी ओली केशरजंग रायमाझी भन्दा फरक नभएको बताउनुभयो । पछिल्लो क्रममा एमाले केपी फाउण्डेसन भएको बताउदै नेपालले एकिकृत समाजबादी ब्याक्ती प्रदान नभई नीति प्रदान भएको…
काठमाडौँ, १२ कात्तिक । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले वडा तहदेखि प्रदेशसम्मका सम्पूर्ण निर्वाचन सम्पन्न गरेर आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा १४ औँ महाधिवेशन सम्पन्न गर्नेगरी नयाँ मिति तोकेको हो । काँग्रेसले सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते सम्पन्न गर्ने, गाउँ नगरपालिका अधिवेशन कात्तिक ३० गते सम्पन्न गर्ने, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएको…
स्याङ्जा १२, कार्तिक । स्याङ्जा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सचिव दबेन्द्र पराजुलीले अब देश माओवादीमय बन्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति स्याङ्जाको वालिङमा भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै पराजुलीले एमाले, कांग्रेसको जनतामा जाने एजेण्डा हराएको भन्दै अब जनताले माओवादीलाई साथ दिने बताउनुभयो । उहाँले नेकपा भित्र देखिएको बहस, विवाद बिभाजनमा गएको संकेत गर्दै सच्चा क्रान्तिकारी र यथास्थीतीवादी बीच धुर्विगरण हुने क्रम सुरुभएको बताउनुभयो । पराजुलीले नयाँ परिवेशमा माओवादीले पार्टीलाई व्यवस्थित र संगठित बनाउँदै लगेकाले माओवादी पार्टी विस्तारको कामले क्रान्तिकारी छालाङ मार्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा रहेका नेता कार्यकर्ताहरुलाई जनतामाझ ठोक्किन र जनताका…
हेटौंडा ११ कात्तिक । बागमती प्रदेशको मुख्यमन्त्रीका नेकपा ९एकीकृत समाजवादी० प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथग्रहण गराउनुभएको हो । उपधारा ९२०मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा ९एमाले०का नेताहरू डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । गठबन्धनका…