काठमाडौँ ११ पुस । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्।राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन्।आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने भएका हुन । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश,…
Author: Syangja Sandesh
काठमाडौँ ११ पुस । नेकपा माओवादी केन्द्र को आठौँ महाधिबेसनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ । स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टीपङ्क्तिमा पनि…
स्याङ्जा १० पुस । इसाइ धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिन पारेर मनाइने इसाई धर्भालम्बीहरुको महान पर्व क्रिसमस डे’ आज नेपाल लगायत विश्वभर मनाईदैछ। इसाइ / क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनका अनुसार मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर…
स्याङ्जा ९ पुस । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आज स्याङ्जा सदरमुकाम सरसफाई गरिएको छ । पुतलीबजार नगरपालिका, जिल्ला प्रहरी, नेपाली सेना, उद्योग ब्यवसायी, बिद्यार्थी र स्थानीय नागरिकगरी झण्डै ३ सय जनाले सिद्धार्थ राजमार्ग लगायत केही भित्री मार्गको समेत सरसफाई गरिएको हो । बिभिन्न १५ वटा समूह बनाई सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्याङ्जा ९ पुस । कोभिड १९ सम्बन्धि लान्छना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको आयोजना तथा राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपालको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा क्षयकुष्ठ वरिष्ट अधिकृत बिष्णुप्रसाद ढकालले एचआईभी, क्षयरोग र कोरोना सम्बन्धी जिल्लाको बस्तुगत अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्मा, स्वास्थ्य अधिकृत मित्रबन्धु अर्याल लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
स्याङ्जा ९ पुस । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका निवर्तमान सभापति प्रकाश डोटेलले मानव जातिका अधिकारका पक्षमा यस संस्थाले बिगतदेखि नै सकारात्मक कार्य गर्दे आएको बताउनुभयो । स्वयंसेवी भाव सहित स्तस्फुर्तरुपमा मानवीय सेवामा समर्पित अधिकारकर्मीले आ आफनै पहलमा धेरै मानवीय सहयोग गरेकोमा जोड दिनुभयो । कार्यक्रममा पूर्व उपसभापति केशवराज लम्साल, सदस्य गंगादेवी पोखरेल, सदस्य सुजन पोख्रेल लगायतले सबैभन्दा ठूलो पुण्य कार्य भनेको मानवीय सेवा र सहयोग रहेको जनाउदै यस संस्थामा आवद्धता हुनु नै महत्वपुर्ण रहेको बताउनुभयो । आउदा दिनमा समेत संस्थाको लक्ष्य र उदेश्य…
स्याङ्जा, ६ पुस । नेपाल एकिकरणका योद्धा केहरसिंह बस्न्यातलाई उनका सन्ततीले २५० बर्षपछि खोजी गर्दै स्याङ्जाको सतौंकोट आएका छन्।बस्न्यातको निधनको दिन पारेर उनका सन्ततीले वडा कार्यालयसंग समन्वय गर्दे स्मृति सभा पनि मनायो ।विस १८२८ पुस ५ गतेका दिनको घटनाका स्मरण गर्दे बस्न्यात सन्तती सतौंकोट आएर स्मृतिसभा गरेका हुन। सहिद महेन्द्र शाह स्मृति पार्कमा बस्न्यातको स्मृतिसभा गरिएको हो।आफना पूर्वजको सम्झना गर्दै नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यात लगायत श्रीपाली बस्न्यात समाज र वडा नं. १४ ले स्मृति सभाको आयोजना गरेको हो।हालको पुतलीबजार नगरपालिका १४ मा सतौंकोट छ। सतौंचण्डी र सतौंकोट यहाँका पहिचान हुन।तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणको अभियान…
काठमाण्डौ ४ पुस । नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ। शनिबारदेखि थालिएको मतगणना आइतबार आज साँझ सकिएको हो। ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले चुनाव लडेका थिए। खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाउनुभएको छ । यस्तै दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँण, चौथोमा उदयशमशेर राणा र पाँचौमा रामहरि खतिवडा हुनुहुन्छ । यसैगरी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिप छिरिङ लामा, अर्जुननरसिंह केसी, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा र नैनसिंह महर लगायत क्रमश ः १५ औं नम्बरमा रहनु भएको हो । यसैगरी, दिलेन्द्रप्रसाद बडु, डा.…
स्याङ्जा ४ पुस । मानवअधिकारको लागि महिला एकल महिला समूह स्याङ्जाले द्धन्द्ध प्रभावित महिलाहरुको न्यायमा पहुँच बिषयक कार्यशाला गरेको छ । कार्यशालाको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख महेश पुरीले नगरपालिकाको उदेश्य भनेको महिलालाई आय आर्जनमा संलग्न गराउनु रहेकाले नगरपालिका र महिला समूहबीच समन्वय गरेर धेरै कार्यक्रम गर्न सकिने उहाले बताउनुभयो । उहाले महिला समूहलाई आवश्कता अनुरुप सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी, रेडियो स्याङ्जा एवं टेलिभिजनका अध्यक्ष अनन्तराज मरासीनी, द्धन्दपिडित हिरामोती शाही लगायतले द्धन्द्ध प्रभावित महिलाका पिडा र आवश्यकताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभयो । समूह स्याङ्जाका अध्यक्ष सरिता थापाको अध्यक्षतामा…
स्याङ्जा ४ पुस । पुतलीबजार नगरपालिकाले फोहोरमैला बर्गिकरण र ब्यवस्थापन सम्बन्धि दुइ दिने तालिम आजबाट सुरु गरेको छ । वडा नं. १, २, ३, ४, १० र ११ का टोल विकास संस्थाका पदाधिकारी तथा सरोकारवालाई तालिम दिने भएको हो ।तालिम उदघाटन गर्दे नगर उपप्रमुख महेश हामी सबैका घरबाट निस्केका फोहोर मध्ये ८० देखि ९० प्रतिशत फोहोर मैलालाई घरमा उपयोगगरी गर्न सकिने बताउनुभयो । उहाले फोहोरलाई समस्याको रुपमा नलिई अवसरका रुपमा उपयोग गर्न सुझाव दिनुभयो । कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै बर्गिकरणगरी नगरपालिकालाई उपलब्ध गराउन समेत उपप्रमुख पुरीको आग्रह छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम नेपाल, योजना तथा प्रशासकिय अधिकृत…
स्याङजा ३ पुस । पुतलीबजार नगरपालिका १० स्थित जनजागृती तरकारी तथा फलफूल सहकारी संस्थाको १८ औं अधिवशेनले बिष्णुप्रसाद अर्यालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा रेग्मी, सचिवमा लक्ष्मण शाह, कोषाध्यक्षमा बिष्णु भट्टराई (अर्याल), सदस्यमा अर्जुन अर्याल (सुवास), प्यामनारायण अधिकारी र बिष्णु अर्याल निर्वाचित हुनु भएको छ । यसैगरी, लेखा समितिमको संयोजकमा गंगा अर्याल र सदस्यमा तिलकुमारी सार्की र बिजयबन्धु अर्याल चयन हुनुभएको हो । अधिवेशनमा बोल्दै वडा अध्यक्ष दुर्गाबहादुर शाह, सहकारी शाखा प्रमुख विष्णुप्रसाद ढकाल, सीतलादेवी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव अनन्तनारायण अर्याल, सिद्धवावा सहकारीका खेमबन्धु अर्याल, स्थानीयबासी मोतीलाल अर्याल, माधवप्रसाद रेग्मी शुभकामना…
स्याङजा ३ पुस । सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं बार्षिकोत्सव तथा सातौं अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दे संस्थापक सदस्य बिद्यादेवी श्रेष्ठले आफुले कमाएको केही अंश बचत गर्ने वानी बनाएमा भोलीका ठूल्ठूला समस्या समेत टार्न सहज बन्ने बताउनुभयो । आजभन्दा २० बर्षअघि ३ जना साथि मिलेर बचत गरेको रमक आज जिल्लाकै उत्कृष्ठ सहकारी बन्न सकेकोमा खुशी ब्यक्त गर्दे उहाले बचतका लागि धेरै रकम आवश्यक नहुनेमा जोड दिनुभयो । सहकारीले नाफा भन्दा सेवामुलक कार्यमा लगानी गर्न जोड दिनुभयो । कार्यक्रममा अर्का संस्थापक सदस्य द्धय अनन्तकुमार श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ, सल्लाहकार गोविन्दप्रसाद शर्मा, पूर्व अध्यक्ष…
स्याङजा ३ पुस । निजी तथा आवासीय बिद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) को १४ औं जिल्ला अधिवेशन शनिवारदेखि सुरु भएको छ ।अधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य अमृत अर्यालले राज्यको निजी बिद्यालयलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक नभएको बताए । एउटै देशका नागरिकबीच राज्यले बिभेद गरेको उहाको भनाई छ ।सरकारी बिद्यालयमा राज्यले सौतेलो ब्यवहार गरेको बताउनुभयो । सरकारी बिद्यालयमा राज्यले गरेको लगानी भन्दा धेरै कममा निजी बिद्यालयले गुणस्तरीय शिक्षा दिइरहदा पनि राज्यले सधैंभरी निजी बिद्यालयलाई उपेक्षा गरेको उहाले बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव गुरु भट्टराई, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष श्री गुरुङ, जनता समाववादीका पमनारायण अर्याल, प्याब्सनका पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज…
स्याङ्जा, ३ पुस । पाल्पा पूर्वखोला गाउँपालिकाका बर्ष २३ का मिलन थापा मगर सुकेको गाँजाको धुलो सहित पक्राउ परेका छन ।मगरप्रति शंका लागेर खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई राखेको ६ सय) ग्राम सुकेको गाँजा फेला पारीएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।पुतलीबजार नगरपालिका १ स्थित ट्याक्सी चोकमा भेटिएका उनलाई अदालतबाट १० दिनको म्याद थपगरी अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ । उनलाई लागु औषध (गाजा) सम्बन्धी कसुर मुद्धा चलाइएको छ।
स्याङ्जा, ३ पुस । पत्नी हत्याको आरोपमा भीरकोटका ४५ बर्षे डबलबहादुर थापा पक्राउ परेका छन् ।भीरकोट नगरपालिकाका भीरकोट ६ फोक्सीङ बस्ने थापाले बर्ष ४५ कै मायादेवी थापालाई कुटपिट सहित अचेत बनाएको भन्ने सूचनाका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी जानकारी दिनुभयो ।‘पत्नीलाई हातपात र कुटपिट गरी घाटीमा सल कपडाको पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको भन्ने सुचना पाएपछि पुगेको प्रहरी अधिकृत सहितको टोलीले अचेत अवस्थामा देखिएकी मायादेवीलाई उपचारको लागि गह्रौ प्राथमिक अस्पताल वालिङमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे।’ उहाले बताउनुभयो।हत्या आरोपित थापालाई थापालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतले ७ दिनको म्याद थपेको छ।…