स्याङ्जा ९ कात्तिक । वालिङ भलिबल क्लबको आयोजनामा आजदेखि वालिङ खेलमैदानमा पुरुष र महिला भलिबल प्रतियोगिता शुरु भएको छ । भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका यूवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले खेल क्षेत्रको विकाससँगै खेलाडीको क्षमता अभिवृद्धि गर्नतर्फ ध्यान केन्द्रीत भएको बताउनुभएको छ । उहाँले खेलको गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, गण्डकी प्रदेश खेलकूद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेश क का सभापति अर्जुनप्रकाश अर्याल, खेलकूद विकास समिति स्याङ्जाका…
Author: Syangja Sandesh
काठमाण्डौ ९ कात्तिक । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गर्नुभएको छ । विवादका बीच उहाँले आज सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिनुभएको छ । त्यसअघि उहाँले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गर्नुभएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नुभएको थियो । जापानको शाही परिवार सम्बन्धी नियम अनुसार उहाँले सर्वसाधारणसँग बिहे गरेसँगै उहाँको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेम सम्बन्ध आजदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको हो । उहाँहरूको मगनी गएको सन् २०१७ मा भए पनि विवाहको मिति तय भएको थिएन । जापानका राजा नारुहितोकी ३०…
स्याङ्जा ९ कात्तिक । नेपाल बिद्यार्थी संघ स्याङ्जाले विद्यालयमा अक्षयकोषको स्थापना गरेको छ । डम्बर बहादुर बिक स्मृति जयनेपाल छात्रवृत्ति कोष निर्माण गरि अर्जुनचौपारी गाउँपालिका स्थित नबदुर्गा आधारभुत बिधालयलाई हस्तान्तरण गरेको छ । मंगलबार अर्जुनचौपारीमा आयोजित कार्यक्रममा नेबिसंघ स्याङ्जाको एक सय प्रजातन्त्र सेनानी एक सय जयनेपाल अक्षयकोष अभियान अन्र्तगत विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले स्व बिकले काङ्ग्रेस र समाजको लागि सकारात्मक चेतना बोकेर संघर्ष गरेको स्मरण गर्नुभयो । उहा दलित अगुवा र प्रजातान्त्रिक नेता भएको स्मरण गर्दै छात्रवृत्तिकोष मार्फत प्रजातन्त्र सेनानीलाई स्मरण गर्न पाएकोेमा नेबिसंघलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस उद्योग बिभाग केन्द्रिय सदस्य प्रकाश तिवारी…
स्याङ्जा ९ कात्तिक । नेकपा एमाले गल्याङ नगरपालिकाको प्रथम अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । नगर कमिटीको अध्यक्षमा दानबहादुर थापा, उपाध्यक्षमा घनश्याम भट्टराई, सचिवमा राजेन्द्र खनाल, उपसचिबमा भेमला बराल र सशिकुमार बिक निर्वाचित हुनु भएको नेकपा अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
स्याङ्जा ९ कात्तिक । नेकपा एमाले हरिनास गाउपालिकाको प्रथम अधिवेशनले खिमनारायण मानन्धरको अध्यक्षतामा ५९ सदस्यीय गाउ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा उपाध्यक्ष ओम सिग्देल, सचिवमा इन्द्र रुचाल, उपसचिव चिन्तामणी शर्मा र पर्शुराम लम्साल निर्वाचित हुनु भएको नेकपा एमालेले जनाएको छ ।
स्याङ्जा ९ कात्तिक । नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाको पहिलो अधिवेशनले ५७ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । गठित कमिटीको अध्यक्षमा मोहनबहादुर अधिकारी उपाध्यक्षमा चक्र गुरुङ सचिबमा टिकारम खनाल उपसचिवमा नारायण ढकाल लगायत ५७ सदस्य सर्बसम्मत निर्बाचित हुनु भएको पालिकाका उपाध्यक्ष चिनुमाया गुरुङ्ले जानकारी दिनुभयो ।
स्याङ्जा ९ कात्तिक । नेकपा एमाले भीरकोट नगरपालिकाको पहिलो अधिवेशनले बिश्वनाथ अर्यालको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।नवगठित समतिको उपाध्यक्षमा मिठु अधिकारी, सचीवमा गोकुल अधिकारी र उपसचिवमा पर्बत खाम्चा मगर र केशरजंग अधिकारी रहनु भएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।
स्याङ्जा ९ कात्तिक । नेकपा एमालेको प्रथम पालिका अधिवेशन अन्तर्गत आज भएको आँधीखोला गाँउ कमिटिमा सिंहबहादुर क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत समिति चयन भएको छ। नवगठित समितिको उपाध्यक्षमा लोकप्रसाद ढकाल, सचीवमा शिवप्रसाद पौडेल र उपसचिवमा सीता नेपाली र भक्तबहादुर केसी लगायत ५५ सदस्यीय गाउपालिका कमिटी निर्वाचित भएको नेकपा एमाले नेता सुधीरकुमार पौडेलले जानकारी दिनुभयो ।
स्याङ्जा ९ कात्तिक । स्याङ्जाका ९६ वडामा सर्वसम्मत टुंग्याएको नेकपा एमाले एउटा वडामा भने नेतृत्व चयनका लागि मंगलबार बिहानसम्म प्रयासरत छन्। मुलुकभर एकसात शनिवार सुरु अधिवेशन अनुरुप स्याङ्जामा सोही दिन ९३ वटा वडामा सर्वसम्मत अध्यक्ष चयन भए। आइतवार र सोमबार ३ वटा वडामा टुंगियो। तर, गल्याङ् नगरपालिका ११ मा भने अहिलेसम्म छलफलकै प्रक्रियामा रहेको वडाअध्यक्षका प्रतिस्पर्धी मध्येका एक रुमलाल कडेंलले जानकारी दिनुभयो। नेकपा एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे ९पारस० का अनुसार जिल्लाभरका ९७ वडामा सौहार्दपूर्ण वातावरणमा सर्वसम्मतरुपमा पहिलो अधिवेशन सम्पन्न भएको छ। पुतलीबजार नगरपालिकाको १ मा लोकनारायण ढकाल, २ मा भिमगुरुङ, ३ मा तेजप्रसाद शर्मा, ४ मा दोलराज पोखरेल, ५ मा…
स्याङ्जा ९ कात्तिक । पुतलीबजार नगरपालिका ७ ठूलाडिही बाचपुर निवासी सुजन गुरुङ्ले आफनो जन्मदिन पारेर बालगृहमा आश्रित बालबालिकालाई जिन्सी सामाग्री सहयोग गर्नुभएको छ । जन्मदिनका दिन गरिने खर्चलाई उहाले फेदिखोला स्थित अमोर सेवा नेपालमा आश्रित २३ जना बालबालिकालाई कपडा, शैक्षिक सामाग्री र खाद्यान्न सहयोग गरेको बताउनुभयो । गुरुङ्का अनुसार जाडोमा लगाउने न्यानो कपडा, कपी, कलम, शिसाकलम, खाद्यान्न सामाग (चामल, नून, तेल, बच्चाहरुका लागि खाजा) सहित नगद प्रदान गर्नुभएको हो । उहाले कपडा र शैक्षिक सामाग्री बालबालिकालाई हस्तान्तरण गर्नुभयो भने खाद्यान्न सामाग्री बालगृह संचालिका कमला पराजुलीलाई प्रदान गरेको गुरुङ्ले जानकारी दिनुभयो ।
काठमाण्डौ ८ कात्तिक । सूडानमा सेनाले सत्ता कब्जा गरेको छ । सूडानी सेनाले प्रधानमन्त्री र अन्तरिम सरकारका अन्य मन्त्रीलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको बताइएको छ । सेनाले प्रधानमन्त्री सहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि सरकार विघटन गर्दै देशभर संकटकाल घोषणा गरेको छ । शक्ति बाँडफाँड सम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गर्नुभएको हो । त्यस्तै उहाँले सरकार तथा सङ्क्रमणकालीन परिषद् विघटन गरेको जानकारी समेत गराउनुभयो । साथै सेनाले देशको सरकारी टेलिभिजन र रेडियोलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । सूडानको सूचना मन्त्रालयले आफ्नो फेसबुक पेजमा सेनाले विभिन्न मन्त्री र प्रधानमन्त्रीलाई हिरासतमा…
स्याङ्जा ८ कात्तिक । गण्डकी प्रदेशका शिक्षा प्रविधि तथा बिज्ञान संस्कृति, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले माटो सुहाउदो दक्ष जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले बिशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो ।प्रदेशका ८५ वटै पालिकाहरुको समन्वयमा प्राबिधिक क्षेत्रलाई प्रधावकारी बनाउने उहाले भन्नुभयो । प्राबिधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद सिटिईभिटी गण्डकी प्रदेश र गण्डकी प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम प्रतिष्ठानले ‘आधारभूत तथा मध्यमस्तरीय सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका’ बियषक वालिङ्मा भएको अन्तक्र्रियामा बोल्दै उहाले सो बताउनुभएको हो । कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डाक्टर हरि लम्साल, गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले…
स्याङ्जा ८ कात्तिक । गल्याङ नगर अस्पतालमा आजदेखि दाँत उपचार सेवा सुरु गरेकोे छ । गल्याङ अस्पतालले पहिलो पटक दाँत सम्बन्धी उपचार सेवा सुरु गरेको हो । रोटरी क्लब अफ काठमाडौँ नर्थको पहलमा रोटरी क्लब अफ आइआरडीको सहयोगमा दन्त उपचार सेवा सुरु गरिएको हो । रोटरी क्लबले मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो भने कान्तिपुर डेन्टल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सेवा थालिएको उहाँले बताउनुभयो । अस्पताल, रोटरी क्लब र कान्तिपुर अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार दुई वर्षसम्मको सञ्चालन तथा व्यवस्थापन रोटरी क्लब र कान्तिपुर डेन्टल अस्पतालले गर्ने तथा त्यसपछि अस्पतालले व्यवस्थापन गर्ने छ । सुरुआतका क्रममा…
स्याङ्जा ८ कात्तिक । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिसँगै लुकेर रहेका प्रतिभा अगाडि बढाउन आवश्यक पहल गर्ने बताउनु भएको छ। वालिङ नगरपालिका ८ स्थित भीमटारी युवा क्लबले भीमटारी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा आयोजना गरेको प्रथम शिव स्मृति स्याङ्जा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिताको समापनमा विजयी खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले सो कुरा बताउनु भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नयाँ खेलाडीको प्रतिभा प्रष्फुटन गर्न र अग्रज खेलाडीलाई खेल क्षेत्रमै रहिरहने वातावरण सिर्जना…
स्याङ्जा, ७ कात्तिक । कालीगण्डकी गाउँपालिका अहिले सयपत्रीमय बनेको छ। जिल्लामै पहिलो पटक यो गाउँपालिकाले ठूलो मात्रामा फूल खेतीको शुभारम्भ गरेको हो। सयपत्री फुलेर ढकमक्क भएपछि गाउँ नै सुन्दर देखिएको छ। गाउँघरमा सयपत्रीको बासना छाएको छ। तिहारको झल्को बढाएको छ। बर्सेनि हजारौं रुपैयाँका माला खरिद गर्ने गाउँलेले यस वर्ष भने आफैंले फुलाएको फूल उपयोग गर्ने भएका छन्। गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उदेश्यले सयपत्री रोपण सुरु गरेको जनाएको छ। कालीगण्डकी गाउँपालिका ७ स्थित लालीगुराँस होमस्टेलाई फूलैफूलको घरवास बनाउने उदेश्यले नमूना बारीचौरमा ५ रोपनीमा व्यवसायिक फूलखेती गरिएको हो। यसैगरी, वडा न। ४ स्थित ड्रागन खेतीभित्र १५ रोपनी क्षेत्रफलमा फूलखेती गरिएको…