Author: Syangja Sandesh

स्याङ्जा ११ असोज । स्याङ्जामा ६७ प्रतिशत नागरिक स्वास्थ्य कार्यक्रममा आबद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाका दुई लाख ५४ हजार २७७ कुल जनसंख्यामध्ये एक लाख ७० हजार १५९ अर्थात ६७ प्रतिशत नागरिकले स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । ८७ हजार ६०८ महिला र ८२ हजार ५५१ गरी एक लाख ७० हजार १५९ नागरिक बीमामा आबद्ध भएका छन् । जनसंख्याका आधारमा ६७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध रहेको स्याङ्जामा झण्डै ८० प्रतिशत घरपरिवार बीमामा आबद्ध छन् । जिल्लाका ७० हजार ७२१ घरपरिवारमध्ये ८० प्रतिशत अर्थात ५६ हजार ७४ घरपरिवार बीमा कार्यक्रममा आबद्ध छन् । जिल्लामा जनसंख्याको तुलनामा बीमा…

Read More

स्याङ्जा १० असोज । श्रीमद्देवी भागवत महापुराणम ज्ञान यज्ञको सन्दर्भमा बिहीबार वालिङ स्थित भकुण्डे साहित्य उत्सव सम्पन्न भएको छ । शिवपार्वती मन्दिरको आयोजनामा र नवदुर्गा पूजा व्यवस्थापन समिति भकुण्डेको ब्यवस्थापनमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाको संयोजनमा बिहीबार वालिङ्मा साहित्य उत्सव गरिएको हो । स्याङ्जाको साहित्यिक इतिहासमै यसरी पहिलोपटक धार्मिक अनुष्ठानको सन्दर्भमा आयोजना गरिएको ऐतिहासिक साहित्य उत्सवमा मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे विकल्प, हरि पङ्गेनी र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका थिए । गजलकारहरु अजित काफ्ले, गुरुप्रसाद ढकाल, खगेन्द्रजंग थापा र नारायण न्यौपानेले गजल वाचन गर्नुभएको थियो ।कविहरु अनन्त अर्याल, वसन्त खनाल, चण्डिकाप्रसाद भट्टराई, बोधराज…

Read More

स्याङ्जा १० असोज । भीरकोट नगरपालिका ६ उजेलीडांँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयले यसबर्ष स्वर्ण महोत्सव मनाउने भएको छ । भीरकोट नगरपालिकाको मध्यभागमा रहेको शैक्षिक संस्था विक्रम सम्बत २०३३ सालमा स्थापना भएको हो । तीन तहको सरकार सञ्चालन भएसँगै पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षामा अगाडि बढेको शैक्षिक संस्थामा पर्दछ । यसरी सुविधा सम्पन्न भौतिक संरचना सहित गुणस्तरीय शैक्षिक अभ्यासमा अगाडि बढेका जिल्लाका शैक्षिक संस्थामध्ये भाग्योदय मावि पनि एक हो । भीरकोट नगरपालिकाकै मध्येभागमा रहेको विद्यालयले नमूना विद्यालयकारुपमा विकास गर्नका लागि केही असल अभ्यासहरु समेत प्रयोगमा आइसकेको छ । भीरकोटको उजेलीडाँडाको मनोरम वातावरणमा रहेको विद्यालयले आउँदो माघ महिनामा स्वर्ण महोत्सव मनाउने भएको…

Read More

स्याङ्जा १० असोज । पुतलीबजार नगरपालिकाले पुतलीबजार नगरपालिका वडा नं. १४ लामागे का बालबालिकालाई पंचेबाजाको सेट उपलब्ध गराएको छ । पढ्दै कमाउदै भन्ने योजना अनुरुप नगरपालिकाले नेपालीहरुका मौलिक बाजा पंचेबाजाको सेट उपलब्ध गराएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी गराउनुभयो । बाजा हस्तान्तरण गर्दै उहाले पंचेबाजामा लामागेको नाम जताजतै प्रख्यात रहे झै अवका बालबालिकाले पनि सो नामलाई टिकाइराख्न समेत सुझाव दिनुभयो । अध्ययन संगसंगै अतिरिक्त सिकेका अन्य क्रियाकलापले मानिसलाई जागरिलो एवं उद्यमशील बनाउने प्रमुख रेग्मीको भनाई छ । पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो ।…

Read More

स्याङ्जा १० असोज । भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति पुगेको भन्दै स्याङ्जाका समाजसेवी ७२ बर्षिय हरिनारायण शर्माले सरकारको कोषमा जम्मा हुनेगरि १ लाख ११ हजार १११ रुपैंया नगद प्रदान गर्नुभएको छ । पुतलीबजार नगरपालिका ३ बरसारे निवासी एक कृषक शर्माले शुक्रवार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको कक्षमा पुगेर सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै जेन—जी को २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको नरसंहारमा ज्यान गुमाउने युवाप्रति श्रद्धान्जली सहति साथै २४ गते भएको आन्दोलनमा अराजकवादीको घुसपैठ, तोडफोड र आगजनीका कारण भएको अपुरणीय क्षतिप्रति दुख ब्यक्त गर्नुभयो ।…

Read More

स्याङ्जा १० असोज । नेपालीहरुका यसबर्षका महान पर्वहरु वडा दशैं, दिपावली, नेपाल सम्बत, छठ, इद तथा ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ । स्याङ्जा सदरमुकाम स्थित लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, सामुदायिक रेडियो तथा टेलिभिजनको आयोजनामा शुक्रवार पर्वहरुका बारेमा रेडियो संचालक, सल्लाहकार र कर्मचारीबीच शुभकामना आदानप्रदान गरिएको हो । शुभकामना ब्यक्त गदैृ पुस्तकालय, रेडियो तथा टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेलले आमसमुदायको मन र विश्वास जित्दै अघि बढेको पुस्तालय, रेडियो र टेलिभिजनलाई समायानुकुल परिमार्जित गर्दै अघि बढ्ने बताउनुभयो । सबैका अपनत्व हुनेगरी र भावनालाई समेट्दै अघि बढेको बताउदै रेडियो र टेलिभिजन डिजिटल माध्यम र पुस्तकालयलाई इ लाइब्ररीका रुपमा अघि बढीरहेको पनि जानकारी…

Read More

स्याङ्जा ८ असोज । वालिङ नगरपालिकास्थित गह्रौँसुर मन्दिरमा बडादसैं व्यवस्थापनको जिम्मेवारी वालिङ नगरपालिकाले लिने भएको छ । ब्यवस्थापन समिति चयन भैनसकेको जनाउदै यसपटक वडादशैंको अवसरमा मन्दिरको ब्यवस्थापनको जिम्मेवारी वालिङ नगरपालिकाले लिने भएको हो । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको यस गह्रौंसुर कालिका मन्दिरमा दशैं पर्वलाई लक्षितगर्दै पूजा–अर्चना, मेला, र मन्दिर परिसरमा सञ्चालन हुने व्यापारिक गतिविधिमा पनि नगरपालिकाको प्रत्यक्ष निगरानी रहनेगरि जिम्मेवारी रहनेगरि नगरपालिकाले निर्णय गरेको छ । नगर उपप्रमुख कविता तिवारीको अध्यक्षतामा सम्पन्न बैठकले मन्दिरको अभिभावकत्व ग्रहण गर्ने निर्णय गर्दै व्यवस्थित र पारदर्शी व्यवस्थापन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले घटस्थापनादेखि फूलपातीसम्म मन्दिर परिसरमा खाजा–नास्ता तथा पूजा सामग्री…

Read More

स्याङ्जा ८ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपालीहरुका महान चाडपर्वहरु दशैँ, तिहार, नेपाल संवत र छठको शुभकामना सहित प्रचलित कानूनको मर्यादाभित्र रहेर मनाउन आग्रह गरेको छ । प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम रहनेगरि मनाउनकालागि जिल्लाबासीलाई शुभकामना सन्देश सहित प्रशासनकोे आग्रह छ । कसैका इच्छा र चाहान विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानुन विपरित कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुसीयालीपुर्वक मनाउन स्याङ्जा प्रशासनले सूचना मार्फत अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा जारी शुभकामना सहित ८ बुदें सूचनापत्रमा चाडपर्वमा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा एकआपसमा भाईचारा र आत्मियता अभिवृद्धि तथा आ–आफ्नो संस्कृतिको संरक्षणहुने गरी अरुको…

Read More

स्याङ्जा ८ असोज । जेनजी आन्दोलनका कारण कारागारबाट फरार भएका कैदी धमाधम स्याङ्जामा पक्राउ परेका छन् ।भदौ २४ गतेको जेनजीआन्दोलनका बेला फरार रहेका ४ जनाकैदी स्याङ्जामा पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये केन्द्रिय कारागारमा रहेका २ जना र कास्की कारागारबाट २ जनाभागेका कैदीबन्दीहरु पक्राउ परेका हुन् । विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अस्थायीप्रहरी चौकीपौवेगौडे टक्सारबाट खटिएको विषेश अप्रेसन टोलीले बुधबार थपदुई फरार कैदीपक्राउ गरेको हो । केन्द्रिय कारागार जगन्नाथदेवल काठमाडौबाट फरार कर्तव्य ज्यान मुद्धाका ६७ वर्षीय नुनुमाया कार्की पुतलीबजार नगरपालिका ५ पौवेगौडेबाट पक्राउ परिन् । पौवेगौडे गौरीखोला घर भएको नुनुमाया कारागारबाट फरार भई आफ्नै घर आएकी थिईन् ।…

Read More

स्याङ्जा ७ असोज । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान उत्तरवाहिनीमा विभिन्न विद्यालयका शिक्षकहरुबीच छलफल तथा अन्तरक्रिया गरिएको छ । यही असोज २१ देखि कार्तिक १९ गतेसम्म हुने कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ को मिति नजिकिदै गर्दा विभिन्न विद्यालयका शिक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा स्याङ्जाको गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका तथा रम्भा गाउँपालिका पाल्पाको विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ का सन्दर्भमा गल्याङ नगर शिक्षा समिति सदस्य एवम् सार्वजनिक नमूना माविका प्रधानाध्यापक चुडामणी पाण्डेले कार्यक्रमको जानकारी गराउनुभयो । कार्यक्रमको जानकारीसँगै सहभागीहरुले आ–आफ्नो तर्फबाट कालीगण्डकी महामेला दामोदर महोत्सव सफल पार्न पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ…

Read More

स्याङ्जा ७ असोज । जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका बिनोद दर्जीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । चापाकोट नगरपालिका –४ का दर्जीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवा अर्चलेको संयुक्त टोलीले मंगलबार बिरुवा –६ धरादीबाट नियन्त्रणमा लिएको हो । जबरजस्ती करणी मुद्दाका कैद सजाए भोगिरहेका बताइएको छ । दर्जीलाई आवश्यक प्रक्रिया पूरा गरी कानूनी कारवाहीकालागि जिल्ला कारागार स्याङ्जामा बुझाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा ७ असोज । जेन—जी का आन्दोलनका क्रममा भदौ २४ गते राती कास्की कारागारबाट भागेका यमबहादुर रोका स्याङ्जामा पक्राउ परेका छन । कर्तव्य ज्यान मुद्दाका कैद भुक्तान गरिरहेका स्याङ्जा भीरकोट नगरपालिकाका उनी असोज ६ गते सोमबार आफ्नै घरबाट पक्राउ परेका हुन । जिल्ला र वडा प्रहरी कार्यालयको समन्वयमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । रोकालाई आवश्यक प्रक्रिया पूरा गरी कानूनी कारवाहीकालागि जिल्ला कारागार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

Read More

स्याङ्जा ६ असोज । नजिकिदै गरेका चाडबाडलाई लक्षितगर्दै ट्राफिक सहित स्याङ्जा प्रहरीले ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । पुतलीबजार नगरपालिका १ बिष्णुपधेरा स्थित बसपार्कमा सोमबार यात्रु सहायता कक्षको उद्घाटनगर्दै प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले यात्रुलाई लक्षितगर्दै स्थापित कक्षबाट यात्रुका समस्या पहिचान एवं समाधानमा ध्यान दिन समेत सुरक्षाकर्मीलाई सुझाव दिनुभयो । स्याङ्जा सदरमुकाम, वालिङ र गल्याङ् नगरपालिकामागरि ३ स्थानमा सोमबार यात्रु सहायता कक्ष स्थापना गरेको हो । चाडबाडका बेलायात्रुको चापबढ्ने र बिभिन्न खालका घटना घट्न सक्ने जनाउदै प्रहरी र ट्राफिकप्रहरी कार्यालयले सिद्धार्थ राजमार्ग अन्र्तगतका य ब्यस्त बजारलाई लक्षित गर्दै कक्ष स्थापना गरेको प्रजिअ अर्यालको भनाई छ । आजदेखि…

Read More

स्याङ्जा ६ असोज । आपसी सहयोग केन्द्र (आक्स) नेपालको २८ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशन सहित बार्षिक समाजिक परीक्षण सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका १ नारायणस्थान स्थित केन्द्रको कार्यालयमा भएको अधिवेशनको आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले उदघाटन गर्दै गैरसरकारी संस्था महासंघमा गरेका कामको अनुभवले धेरै साथीहरु जनप्रतिनिधि बन्ने अवसर पाएको बताउनुभयो । आफु पनि केन्द्रमा बसेर समुदायका घरघरमा पुगी काम गरेका कारण स्थानीयबासीले चिन्ने मौका पाएको र काम गर्नै तौर तरिका बारे पनि धेरै कुरामा जानकारी लिन सकेको उहाको भनाई छ । गैरसरकारी संस्थामा काम गरेकाहरुले अन्य क्षेत्रमा पनि राम्रा र उदाहरणीय काम गरेको बताईन । यस…

Read More

स्याङ्जा ६ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वादशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवादशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।…

Read More