Author: Syangja Sandesh

स्याङ्जां २५ पुस । प्ुातलीबजार नगरपालिका १ स्थित चण्डीकालिका बचत तथा ऋण सहकारी संस्थाको १८ आ्रै बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका जेष्ठ शेयर सदस्य कमलकान्त कोइरालाले उदघाटन गर्दै संस्थाको प्रगतिको शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष एवं कार्य समिति सदस्य निर्मलकुमार शेरचन, पुतलीबजार नगर सहकारी शाखा प्रमुख बिष्णु ढकाल, शेयर सदस्यहरु ख्यामबहादुर गोदार, हरिनारायण शर्मा, इन्द्रकुमारी शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएका थियो । उपाध्यक्ष ख्यामनारायण शर्मा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक सदस्य हिक्मत श्रेष्ठले स्वागत एवं सल्लाहकार ओमप्रकाश शर्माले संचालन गर्नुभएको थियो । यसैगरी, सभामा अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन सहित पुतलीबजार नगरपालिका…

Read More

काठमाण्डौं २५ पुस । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भोली (सोमबार) देखिनै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जनाइएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव बन्द रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्नेसीसीएमसीले निर्णय गरेको छ । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने…

Read More

स्याङ्जा २५ पुस । नेपाली कांग्रेस स्याङ्जाका १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतवार (आज) पदस्थापना गरेका छन् । स्याङ्जा सदरमुकाम स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पदस्थापना कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कांग्रेसलाई ५१ प्रतिशत मत ल्याउने बनाएर आफुले बिश्राम लिने बताउनुभयो । जबसम्म ५१ प््रातिशत मत आउदैन तबसम्म आफुले बिश्राम नलिने र पार्टीको संगठन बिस्तारमा जुटीरहने बताउनुभयो । कार्यक्रममा निर्वतमान कार्यवाहक सभापति कुमार राना, केन्द्रिय सदस्य सरस्वती तिवारी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, पूर्व पाटी सभापति द्धय खगेन्द्रराज रेग्मी र विश्वप्रेम अधिकारी लगायतले शुभकामना सहित निर्वाचित पदाधिकारीलाई स्वागत एवं बधाई दिनुभएको थियो । नवनिर्वाचित सभापति राजु थापाको…

Read More

स्याङ्जा २५ पुस । नेकपा एमाले स्याङ्जाको नेतृत्व चयनका लागि सोमबार चुनाव हुने भएको छ । एमाले स्याङ्जाको अध्यक्षमा हालका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) र संघीय सांसद नारायणप्रसाद मरासिनी बीच २ समूहगत चुनावी प्रतिस्पर्धा हुने भएको हो ।गैह्रे समूहबाट उपाध्यक्षमा कृष्ण खाँण, सचिवमा राजेन्द्र डुम्रे तथा उपसचिवमा सन्तोष केसी र तारा शर्माले उमेद्वारी दर्ता गर्नुभएको छ ।त्यस्तै मरासिनी समूहबाट उपाध्यक्षमा महेश पुरी, सचिवमा भूपराज अधिकारी तथा उपसचिवमा बिश्व पौडेल र जीवन पौडेलले उमेद्वारी दिनुभएको हो ।नेतृत्व छान्नका लागि भोलि (सोमबार) विहान ८ बजेबाट मतदान गर्ने तयारी गरेको निर्वाचन समितिले जनाएको छ ।एमाले सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज पद्मा कुमारी अर्याल…

Read More

स्याङ्जा २४ पुस । पुतलीबजार नगरपालिका १३ मा जारी अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी स्मृति युवा क्लवले हात पारेको छ । स्मृति युवा क्लवद्धारा साताब्यापी प्रतियोगितामा बरजा युवा क्लवलाई ट्राइव्रेकरमा ३— २ गोल अन्तरले पराजित गर्दे स्मृति युवा क्लवले उपाधी जितेको हो । उपाधी संगै स्मृति क्लवले प्रथम ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने , द्धितिय हुने बजरजाले नगद २० हजार सहित , मेडल र प्रमाणपत्र पाएको छ । पुस १८ गतेदेखि संचालित प्रतियोगितामा २० समूह सहभागी थिए । बिजयी प्रतियोगिलाई पुरस्कार प्रदान गर्दे एवं प्रतियोगिताको समापन गर्दे वडा अध्यक्ष ख्यामनारायण अधिकारीले खेल स्वास्थ्यका लागि…

Read More

काठमाण्डौं २४ पुस । पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातपछि कठ्याङ्ग्रिएर २१ जनाको मृत्यु भएको छ । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सेनाले सडकहरू खाली गर्ने प्रयास गरिरहेको छ भने मुरीको पहाडी शहर नजिकै फसेका मानिसहरूलाई उद्धार गरिरहेको छ । इस्लामाबाद–मुरी राष्ट्रिय राजमार्गलाई बन्द गर्दै सो आसपासका जिल्लामा आपतकाल घोषणा गरिएको छ । आन्तरिक मन्त्री शेख रसिदका अनुसार हिमपातका कारण करिब १ हजार सवारी साधन राजमार्गमा फसेका थिए । राजधानी इस्लामावादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीमा थुप्रै पर्यटकहरू…

Read More

स्याङ्जा २४ पुस । पुस २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन वालिङ् नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ।विश्व हिन्दु युवा संघ स्याङ्जाको अनुरोधलाई स्वीकार गर्दे एकता दिवस मनाउने उदेश्यले सार्वजनिक विदा दिने भएको नगरपालिकाले जनाएको छ।संघका अध्यक्ष नवराज पौडेल, केन्द्रिय सदस्य डण्डपाणी पंगेनी, समाजसेवी द्धय बसन्त मल्ल र राजु रेग्मी लगायतका पदाधिकारी सहितको टोलीले वालिङ् नगर प्रमुख दिलिपप्रताप खाँणलाई २७ गतेलाई राष्ट्रिय एकता दिवस सहित सार्वजनिक बिदाको माग गर्दे अनुरोधपत्र बुझाएका थिए। बिभिन्न बाईसे र चौविसे राज्यमा टुक्रे मुलुकलाई एकीकरण गरेर ऐतिहासिक कार्य गरेका व्यक्तिलाई कहिल्यै बिर्सनु नहुने सो पत्रमा उल्लेख छ।सो पत्र बुझ्दै नगर प्रमुख खाँणले सबैभन्दा…

Read More

स्याङ्जा २४ पुस । भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा अस्पतालनमा सोलार जडानगरिएको हो । अस्पतालमा १० केविए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पताल व्यवस्थापक छायादत्त रेग्मीले जानकारी दिनुभयो । सोलार जडान पश्चात अस्पतालको सेवाप्रवाह प्रभावकारी भएको रेग्मीले बताउनु भयो । अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगर प्रमुख छायाराम खनालले बिद्युत आपुर्तीमा समस्या नभएपछि सेवाग्राहीलाई निक्कै सजिलो हुने बताउनु भयो । उहाँले भन्नुभयो,‘अस्पतालमानिकटभविश्यमा नै शुरु हुनलागको डाईलाईसिस सेवाकालागि सोलार बिद्युतलेमहत्वपूर्ण सहयोग पुर्याउने छ ।’ जिल्लाको मुख्य भागमा रहेको अस्पतालमा सबै प्रकारका सेवा उपलव्धहुने गरी तयारी…

Read More

स्याङ्जा २४ पुस । वालिङमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथादियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक ार्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत पावर टिलर तथाहाते ट्याक्टर मर्मत सम्वन्धी तालिम सम्पन्न भएको हो । उपकरण मर्मतको सिप नहुँदा किसानहरुलाई टाढाटाढा मर्मतका लागी लानुपर्ने झण्झटको अन्त्य गर्नका ालागी तालिमको आयोजना गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो । कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष नेत्रप्रसाद सुवेदी, दियालो संस्थाका उपाध्यक्ष विष्णु सुवेदी, प्रशिक्षक दिलबहादुर पौडेल, सहभागि रुद्रप्रसाद ढकाल लगायतले बोल्नु भएको थियो । संस्थाका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको…

Read More

काठमाण्डाै २३ पुस । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न सचेत गराएको छ । सङक्रमण विश्वभरि फैलिएको र मानिसले ज्यान गुमाउन थालेका भन्दै डब्ल्यूएचओले ओमिक्रोनलाई कमजोर नआँक्न चेतावनी दिएको हो । पछिल्ला अध्ययनले ओमिक्रोन कोरोनाका अरु भेरियन्टभन्दा कमजोर देखाएका थिए । तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिस सङ्क्रमित हुँदा स्वास्थ्य प्रणाली नै दबावमा परेको बताउनुभएको छ । साथै डा. टेड्रोसले गरिब देशमा खोप पुर्‍याउन यसको समुचित विवरणको सुनिश्चितामाथि पुनः जोड दिनुभएको बीबीसीले जनाएको छ । गएको हप्ता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा सय प्रतिशतले बढेको तथ्याङ्क छ…

Read More

स्याङ्जा २३ पुस । नेकपा एमालेका केन्द्रिय सचिव पद्मा अर्यालले गठबन्धनसंग एमाले एक्लै जुध्न तयार रहेको बताउनुभएको छ । नेकपा एमाले स्याङ्जाको ८ औँ जिल्ला अधिवेसनका उद्दघाटन गर्दै पुर्व मन्त्री समेत रहनु भएका अर्यालले यस्तो बताउनुभएको हो ।ओली सरकारले जनताको मनमनमा वस्ने काम गरेको भन्दै एमालेकै सरकार जनताले चाहेको उहाँले बताउनुभएको हो । सरकारका लागी गठबन्धन गरेका पार्टीहरु पार्टी एकता गरेपनि एमाले जुध्न तयार रहेको र ओली सरकारले विकास निर्माणका साथै ऐतिहासिक कार्यहरु गरेकाले आगामी निर्वाचनमा एमाले नै पहिलो पार्टीको रुपमा पुन सरकारमा जाने उहाँले दावी गर्नुभयो । विकास र समृद्धिको यात्रामा अगाडि बढेको सरकारलाई सत्ताच्युत गरेर अगाडि बढेका प्रतिगमनकारीहरुले…

Read More

स्याङ्जा २३ पुस । भीरकोट नगरपालिका वडा न ८ र ९ को सिमामा अस्थित गडहरे गुफको भू गर्भ अभ्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । भीरकोट नगरपालिकाद्धारा आयोजित कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले भीरकोट नगरपालिका नगरपालिलका पर्यटकीय हिसावले उल्लेख्य संभावना रहेको वताउनुभयो । नगरपालिकाले ऐतिहासीक, धार्मीक, क्षेत्रहरुको पहिचानगरी संरक्षण गर्दै आएको र आन्तरिक तथा बाह्य पर्यटकहरु भीत्राउने योजनामा रहेको बताउनुभयो । उहाले प्रदेश र संधिय सरकार संग सहकार्य गर्दे यही क्षेत्रमा काम गर्दे आएको बताउनुभयो । सोही बमोजिम पालिकाले गुफाको अहिले निर्माण तथा मर्मत सम्भारको काम गर्दे आएको छ । त्रिभुवन विश्व विधालयका भू गर्भ शास्त्र विभागका प्रमुख डा. कविराज…

Read More

काठमाण्डौं २३ पुस । अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाइ भएको उद्धारकर्मीले जनाएका समाचार संस्था एपीले जनाएको छ । विद्युत् सर्ट भइ आगलागी भएकोे हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भवनको धेरैजसो भागमा क्षति भएको छ ।

Read More

काठमाण्डौं २३ पुस । नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दै हुनुहुन्छ । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने तयारी छ । एमाले नेता विष्णु रिजालका अनसार प्रदेश–२ मा सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन नहुने भएको छ । यस्तै, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटीले आज जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो…

Read More

स्याङ्जा, २१ पुस । नेकपा एमाले स्याङ्जाले आठौं जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।स्याङ्जा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलन मार्फत सो को जानकारी गराइएको हो । नेकपा एमालेले सातौं अधिवेशन २०६९ साल माघ २६ गते भएपछि झण्डै ९ बर्षपछि आठौं अधिवेशन गर्न लागेको हो । सातौं अधिवेशनले पदमा अर्याललाई निर्वाचित गरेको थियो ।त्यसपछि उहाँ केन्द्रिय सदस्यमा निर्वाचित भएपछि कार्यवाहक मिनप्रसाद गुरुङ्ले पाउनु भएको थियो । त्यसपछि नेकपा माओवादीसंग एकता पछि पुन सूर्यप्रसाद गैह्रे पारस अध्यक्ष भई हालसम्म क्रियाशिल रहनुभएको छ । अधिवेशन सम्पन्न गर्न बिभिन्न १० उपसमिति निर्माण गरिएको छ ।पुस २३ गते शुक्रवार सदरमुकाम स्थित सभागृहमा उदघाटन…

Read More