काठमाण्डौं २८ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्ने चेतावनी दिएको छ ।आगामी दुई महिनाभित्र युरोपभर ओमिक्रोन महामारीको रुपमा फैलने चेतावनी दिंदै यस्तो बताएको हो । डब्ल्युएचओका बरिष्ठ चिकित्सक हान्स क्लुगेले ओमिक्रोन पश्चिम युरोपदेखि पूर्वी युुरोपसम्म पुरै फैलिसकेको भन्दै निकट भविष्यमा आधा युरोप प्रभावित हुने दाबी गर्नुभएको हो ।सन् २०२२ लागेपछिको डेढ सातामा युरोपमा ७० लाख नयाँ संक्रमित थपिएको जनाइएको छ । डा. क्लुगेले पत्रकार सम्मेलन गरी सन् २०२१ मा बिश्वका कैयौं राष्ट्रहरुले डेल्टा भेरिएन्ट नियन्त्रणका लागि गरेको अथक प्रयासले नियन्त्रण सफल भए पनि ओमिक्रोन महामारी नियन्त्रणका लागि चुनौती थपिएको बताउनुभयो ।साथै उहाँले युरोप…
Author: Syangja Sandesh
स्याङ्जा, २८ पुस । चक्कु प्रहारका कारण एकैदिन एकाघरका भाईको मृत्यु भएको छ भने दिदी घाईते छन्। धारिलो चक्कु प्रहारगरी घाईते र मर्नेसम्मको अवस्थामा पुरयाएकोे भन्दै प्रहरीले ३३ बर्षे जितेन्द्र गुरुङलाई पक्राउ गरेको छ । पर्वत घर भई हाल वालिङ्मा नगरपालिका १० भकुण्डे डेरागरी बस्ने गुरुङ्ले १६ महिने बालक र ५ बर्षे बालिकालाई चक्कु प्रहारपछि फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।बुधवार (आज) दिउँसो साढे एक बजे रनमायाको १६ महिने छोरा साईमन गुरुङको घाटीमा चक्कु प्रहार गरेको र त्यसपछि उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको उहाले भन्नुभयो । अर्का…
स्याङ्जा, २८ पुस । स्याङ्जा स्थित जिल्ला बचत तथा ऋण सहकारी सघ लिमिटेडको नवौ साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै संघिय सांसद नारायणप्रसाद मरासीनीले बचत तथा ऋण सहकारी संस्थाले सामाजिक तथा आर्थिक जीवनोस्तरमा सकारात्मक परिवर्तन गरेको बताउनुभयो । स साना रकम संकलन गरेर ठूलो आवश्यकता पुरा गर्न सफल यस्ता सहकारीको दिगोपनका लागि सहकारीका नियमानुसार संचालन गर्नुपर्नेमा उहाले जोड दिनुभयो । सांसद मरासिनीले सहकारीकर्मीका मनोभावना र आवश्यकता बुझेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेल, सहकारीकर्मीहरु दयाराम लामिछाने, चिन्तामणी पौडेल, नेफ्स्कुन प्रा.लि.कम्पनीका विद्या श्रेष्ठ, पुतलीबजार सहकारी शाखा प्रमुख बिष्णुप्रसाद ढकाल, पत्रकार महासंघका उपाध्यक्ष…
स्याङ्जा २७ पुस । स्याङ्जा प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुन र स्वास्थ्य सुरक्षाका मापदण्डको प्रयोग अनिवार्य गर्न सुझाएको छ। ओमिक्रोन भाइरस संक्रमण बढेसँगै जिल्ला कोभिड ब्यवस्थापन समितिको मंगलबार साँझ बसेको बैठकले गरेको निर्णयका बारेमा जानकारी गराउँदै स्याङ्जामा स्वास्थ्य सर्तकता अपनाउन सुझाव दिइएको हो। जिल्ला स्थित सरोकारवालाको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुन, मेला तथा महोत्सव आयोजना नगर्न, भौतिक दुरी कायम गर्ने र सुरक्षाका मापदण्ड मास्क र सेनीटाइजरको प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको छ। यसै गरी माघ ७ गतेदेखि विभिन्न होटल, रेष्टुरेन्ट तथा पार्कमा जाँदा खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर हिंड्नुपर्ने, सबै सेवा प्रदायक निकायले…
काठमाण्डौ २७ पुस । शहीद स्मारक ‘ए डिभिजन लिग फुटबलमा आठौं चरणका खेल सकिएका छन् । अहिलेसम्म आइपुग्दा लिग उपाधिको होडमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब देखिएका छन् ।मछिन्द्रको जारी दिगमा २० अंक छ भने मनाङको १९ अंक छ । तेस्रो स्थानमा रहेको संकटा क्लबको १४ अंक हुँदा आर्मी पनि समान अंकसहित तालिकाको चौथो स्थानमा छ । संकटा र आर्मी दुवै टीम शीर्ष स्थानमा रहेका मछिन्द्र र मनाङसँग ठूलो अंकको दूरी छ । लिगमा अब पाँच चरणका खेल मात्र बाँकी हुँदा आर्मी र संकटाले मनाङ र मछिन्द्रलाई उछिन्नका लागि खेलमा नाटकीय नतिजा निकाल्नु पर्नेछ । तर, हालसम्मको…
काठमाण्डौ २७ पुस । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति हुनुभएको छ । डाक्टरका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरलाई अमेरिकाको चिकित्सा सम्बन्धी नियामक निकायले सुँगुरको मुटु प्रत्यारोपणको प्रक्रिया गर्न विशेष छुट दिएको थियो । सुँगुरको मुटु प्रत्यारोपण गर्ने डाक्टरको टोलीले परीक्षण सफल भएपछि विश्वभरका मानिसको जीवनलाई परिवर्तन गर्न सक्ने आशा जगाएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । शल्यचिकित्सक बाट्र्ली पी. ग्रिफिथले यो शल्यक्रियाले…
स्याङ्जा, २७ पुस । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनले सूर्यप्रसाद गैह्रे (पारस) विजयी हुनु भएको छ ।मंगलबार सम्पन्न मतगणना अनुसार प्रतिस्पर्धी नारायणप्रसाद मरासीनीलाई १ सय ८३ मतले पछि पार्दै विजयी हुनु भएको हो । गेैह्रेले ४ सय ४० मत पाउदा मरासिनीले २ सय ५७ मत पाउनुभएको छ ,यसैगरी, उपाध्यक्षमा कृष्ण खाँण निर्बिरोध विजयी हुनुभयो । सचिवमा राजेन्द्र डुम्रेले ३ सय ९४ र उपसचिव द्धयमा विश्व पौडेलले ३ सय ९५ र तारा शर्माले ३ सय ७३ मत सहित निर्वाचित भएका छन ्।सचिवका प्रत्यासी भूपराज अधिकारीले २ सय ८०, उपसचिवका प्रत्यासी सन्तोष केसी र जीवन पौडेलले क्रमश ः ३ सय ४६ र…
काठमाण्डौं २७ पुस । गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै हिजो सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने , अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने तथा अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने निर्णय गृह मन्त्रालयले गरेको हो । यसअघि अस्ति बसेको सीसीएमसीको बैठकले यस्तो…
काठमाण्डौं २७ पुस । सरकारले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको सरकारले आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिनुभएको हो । विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ । सरकारले विज्ञप्ति मार्फत विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन भनेको छ । त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य…
काठमाण्डौं २७ पुस । म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । तीन वटा अपराध सम्बन्धी आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्षको जेल सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ । नोबेल पुरस्कार विजेता नेतृ सुकी गएको फेब्रुअरीदेखि हिरासतमा हुनुहुन्छ । म्यानमारमा सेनाले ‘कु’ गरी सुकीलाई नियन्त्रणमा लिएको थियो । अहिले म्यनमारको सैनिक शासनयता एक हजार चार सयभन्दा बढी नागरिक मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् । सेनाले सञ्चालन गर्दै आएको अदालतले सुकीलाई अवैध रूपमा वाकी–टकी आयात र प्रयोग तथा कोरोना भाइरस महामारीपछि लागू भएका स्वास्थ्यका मापदण्ड…
स्याङ्जा, २७ पुस । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं ५ मैदानका मोहन सिंह थापा तीन हप्तादेखी सम्पर्कविहिन हुनुभएको छ । उहाँ मङ्सिर २८ गतेदेखि परिवारसँगबाट सम्पर्कविहीन हुनुभएको हो । ६८ वर्षीय थापा एक्कासी सम्पर्कविहीन भएपछी उहाँका छोरा थम बहादुर थापाले इलाका प्रहरी कार्यालय जैपतेमा पुस १ गते निवेदन दिनुभएको छ । छरछिमेक, आफन्त, नजिकैका जंगल, खोला, छिमेकी जिल्लाहरुमा खोजी कार्य गर्दासमेत नभेटीएपछी निवेदन दिनुपरेको उहाँले बताउनुभयो । उहाँको मानसिक अवस्था सामान्य रहेको तर एकसुरे स्वभाव रहेकोले गाडी चढेर अन्यत्र कतै गएको हुनसक्ने छिमेकी हेम थापाले बताउनुभयो । रक्तचापको औषधी नियमित सेवन गरिरहेकाले उहाँको अवस्थाको बारेमा परिवारले चिन्ता व्यक्त गरेका छन्…
स्याङ्जा २७ पुस । आज ३ सय औं पृथ्वी जयन्ती । राष्ट्रिय एकता दिवस पनि । सोही अवसरमा स्याङ्जाका ६ स्थानीय तहले सार्बजनिक बिदा दिएका छन्। हिजो छुट्टाछुट्टै बिज्ञप्ति जारी गर्दै स्याङ्जाका ११ स्थानीय तहमध्ये हालसम्म ६ स्थानीय तहले सार्बजनिक बिदा दिने निर्णय गरेका हुन् । यसरी बिदा दिनेमा वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधिखोला गाउँपालिका रहेका छन् । पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा बिभक्त राज्यलाई एकिकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै एकता दिवसका रुपमा मनाउन विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ती अर्थात पुस २७ गतेका दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन जिल्लाका…
काठमाडौं २६ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दर बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गरिएको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बिदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरूले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने पनि बताउनुभयो । मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरूले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोपको प्रवन्ध गरिने पनि बताउनुभयो । विश्वविद्यालयको परिक्षाहरू भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो । विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको…
स्याङ्जा, २६ पुस । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनले सहमतिय आधारमा नेतृत्व चयन गर्न नसकेपछि अन्ततः ४ दिनपछि मतदानमा पुगेको छ। लगातारको सहमतिको प्रयास सफल नभएपछि सोमबार मतदान प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो। एक सय ५ सदस्यीय जिल्ला कार्यसमितिमा १ सय ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्ला अध्यक्षमा नारायणप्रसाद मरासिनी र सूर्यप्रसाद गैह्रे ९पारस० र बीच समूहगत प्रतिस्पर्धा छ। मरासिनी प्रतिनिधीसभा क्षेत्र नं। १ बाट निर्वाचित संघीय सांसद हुन भने गैह्रे एमाले निवर्तमान जिल्ला अध्यक्ष। त्यस्तै मरासिनी समूहबाट पदाधिकारीमा सचिवमा भूपराज अधिकारी तथा उपसचिवमा विश्व पौडेल र जीवन पौडेल लगायतका उम्मेदवार हुन्। यस्तै गैह्रे समूहमा देखिएका पदाधिकारीमा उपाध्यक्ष…
स्याङ्जां २५ पुस । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान सम्बन्धी कसुरमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं १ का भिम बहादुर सुनार, सुनिल विक, रेवत पौडेल, धनबहादुर विक, फुननारायण अधिकारी र साजन कामी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रवक्ता अधिकारीका अनुसार पुस २० गते राति अन्दाजी १० बजे स्याङ्जाको आँधिखोला गाउँपालिका १ कालिखर्क जंगलमा सात जना व्यक्तिहरु अवैध भरुवा बन्दुक लिई वन कुखुरा मार्न भनि जाँदो सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको उक्त भरुवा बन्दुकको छर्रा (गोली) लागि घटनास्थलमै मृत्यु भएपश्चात उनीहरु फरार थिए। विभिन्न समयमा पक्राउ…